आज सूर्योदय बिहान ६ बजेर ५१ मिनेट र सूर्यास्त साँझ ५ बजेर १५ मिनेटमा हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रलाई लिएर छोटो मिठो यात्रा हुन सक्ला। व्यापार व्यवसायमा प्रतिद्वन्दीहरू हार खानेछन्। सवारी साधनमा धन खर्चको योग छ। विद्यार्थीहरूको आत्मविश्वासमा वृद्धि हुनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ४ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नोकरी वा पेशामा लिएको निर्णयको प्रशंसा हुनेछ। आर्थिक पक्षमा हानिका योग छन्। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। व्यापार व्यवसायलाई पारदर्शी राख्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ। सहयोगीहरूले सहयोग दिने हुँदा नयाँ कार्यतर्फ अग्रसर हुनुहोला। नोकरी वा पेशामा बुद्धिको उपयोगले सफलता पाइनेछ। भौतिक संसाधनहरू जुटाउन सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायमा लाभ मिल्नेछ। कार्यक्षेत्रमा नयाँ अवसरले उत्साह जगाउनेछ। घरायसी काममा धन खर्चको योग छ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) समाजमा मान प्रतिष्ठा बढ्नेछ। विश्वासपात्रबाट धोखा मिल्न सक्छ। कार्यक्षेत्रमा सोचेअनुरूप कार्य पूरा हुनेछ। मित्रता र प्रेमको बन्धन कसिने छ। फिजुल खर्च गर्नदेखि बच्नुहोस्। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक १ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) वैदेशिक रोजगारमा सफलता पाइनेछ। विदेशतिर बसोबास गर्नेहरूलाई आफन्तबाट शुभ सुचना मिल्नेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। प्रेम सम्बन्ध प्रगाढ हुनेछ। धार्मिक संस्थामा आवद्ध हुनुहुन्छ भने पदमा उन्नति पाइनेछ। पारिवारिक सद्भावना बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साहस र पराक्रममा वृद्धि हुनेछ। सामाजसेवा वा परोपकार जस्तो कार्यहरुमा रुचि बढ्नेछ। कृषि कार्यमा व्यवसायबाट लाभ मिल्नेछ। सेवामूलक कार्यमा आम्दानी बढ्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ६ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आर्थिक पक्ष सामान्य रहनेछ। व्यापार व्यवसायमा गलत निर्णयले विवाद निम्त्याउन सक्छ। अर्थ उपार्जनका नयाँ स्रोतहरू बन्नेछन्। नोकरीको लागि नयाँ अवसरहरू मिल्नेछ। सहयोगीहरूको साथमा तालमेल मिलाउन गाह्रो हुनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक पक्षमा पिताको सहयोग मिल्नेछ। कानुनी मुद्दा मामिलामा सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। नोकरी वा पेशामा अधिकारीहरुको सहयोग मिल्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पुराना रोकिएका कामहरू प्रारम्भ हुनेछन्। व्यापार व्यवसायमा श्रम अनुरूप प्रतिफल मिल्नेछ। नोकरीको लागि नयाँ अवसरहरू मिल्नेछ। विद्यार्थीहरूलाई परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नोकरी वा पेशामा प्रतिभाको उचित मूल्याङ्कन मिल्नेछ। राजनीति प्रभाव बढ्नेछ। कार्य क्षेत्रमा पदोन्नतिको योग छ। साझेदारी व्यापारमा लाभ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर रहेको छ ।
युरो, पाउण्ड स्टर्लिङ, स्वस फ्र्यांक, अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलर जापानी येन, साउदी रियाल, थाई भाट साउथ कोरियन वन, स्विडिस र डेनिस क्रोनर, कुवेती र बहराइन दिनार तथा ओमनी रियालको भाउ बढेको छ ।
केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ३७ पैसा, स्विस फ्र्यांक एकको खरिददर एक सय ५१ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८५ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ६८ पैसा र बिक्रीदर आठ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६ रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४० पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३० पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ६१ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ०३ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ६२ पैसा, ओमानी रियाल एकको खरिदर तीन सय ५२ रुपैयाँ ५३ पैसा र बिक्रीदर तीन सय ५४ रुपैयाँ ०९ पैसा तोकिएको छ । त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
प्रस्तुत विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने केन्द्रीय बैंक जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । तराईका केही भूभागमा हुस्सु लागेको छ ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै, आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थनमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।