२०८३ असार १३ गते शनिबार
२०८३ असार १३ गते शनिबार

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जानकारी दिएका छन् । बीबीसीका अनुसार दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा एक विमान दुर्घटना भएको हो, जसमा करिब १८१ जना सवार थिए ।

अवतरणका क्रममा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको अनुमान गरिएको छ । दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार, सामाजिक सञ्जालमा तस्बिर भाइरल भइरहेको छ जहाँ धुवाँ निस्किएको देख्न सकिन्छ । यस घटनामा कति जनाको ज्यान गएको छ भन्ने यकिन भएको छैन।

यद्यपि, समाचार एजेन्सी एएफपीले यस घटनामा करिब २३ जनाको मृत्यु वा घाइते भएको भनेको छ । चीनको सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार १७५ यात्रु र ६ चालक दलका सदस्य सवार थिए । समाचार एजेन्सी योनहापका अनुसार, दुर्घटनाको कारण चरासँग विमान ठोक्किएको देखिन्छ । योनहापले विमानको पछाडि भागबाट यात्रुहरूलाई बाहिर निकालेको भनेको छ ।

 

बाह्य पर्यटकको कम आवागमन र साना होटेल धेरै भएपछि ठुला होटेलहरूले विदेशी पाहुना पाउन छाडेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान कटौती, महँगो हवाई भाडा र होटेल क्षेत्रमा देखिएको प्रतिस्पर्धाका कारण राजधानीलगायत मोसफलमा रहेका होटेलले नयाँ ‘बुकिङ’ पाउन छाडेका हुन्।

गत वर्षको तुलनामा नयाँ सानाठूला होटेल थपिएको र पोहोरभन्दा विदेशी पाहुनाको आवागमनसमेत घटेका कारण अहिले होटेलले पुराना ग्राहकबाहेक नयाँ पाहुना पाउन छाडेको होटेल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाह बताउँछन्।

‘अहिले देशभरका होटेलको वार्षिक क्षमता ३५ लाख रहेको छ तर होटेल क्षेत्रमा भित्रिएको प्रतिस्पर्धा र बाह्य पर्यटकको आगमन घट्दा अहिले काठमाडौँमा मात्रै होइन पोखरा, चितवन, नगरकोट, धुलिखेल, लुम्बिनीलगायत क्षेत्रका होटेल एक तिहाइ क्षमतामा मात्रै सञ्चालनमा छन्’, उनले भने।

अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमसको समयमा आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने होटेल, रेष्टुरेन्ट अहिले आन्तरिक पर्यटकमा निर्भर हुनुपरेको छ।

आरोहण र पदयात्राका लागि आउने खर्चालु पर्यटक आउन बन्द भएसँगै अन्नपूर्ण क्षेत्र, मुस्ताङ, स्याङबोचेलगायतका उपल्ला हिमाली क्षेत्रमा रहेका होटेल बन्द भइसकेको शाहले बताए।

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार क्रिसमस र नयाँ वर्ष जस्ता चाड विदेशी पर्यटकले आफ्नै देश, परिवारमा मनाउने गरेकाले पनि अहिले बाह्य पर्यटकको आगमन घटेको हो। अहिले भारत, बङ्गलादेशलगायतका मुलुकबाट आउने पर्यटक र विभिन्न मेला, महोत्सवले आन्तरिक पर्यटन चलायमान रहेको सरोकारवाला बताउँछन्।

सन् २०२४ को नोभेम्बरमा गत वर्षभन्दा भन्दा १० हजार पर्यटक घटेका छन्। झञ्झटिलो हवाईयात्रा लगायतका कारण पछिल्लो समय पर्यटकले नेपाल आउन गरेको बुकिङ रद्द गरेका कारण अन्तिम महिनामा पनि पर्यटकको आगमनमा असर पुग्नसक्ने शाहको अनुमान छ।गोरखापत्र दैनिकमा समाचार छ

 फाकफोकथुम गाउँपालिका–३ सल्लेरी गाउँका पृथ्वीप्रसाद भण्डारीको सपना आँगनमा पानीको धारो बनाउने छ । ‘भालेको डाँकोसँगै उठेर डोको नबोके पानीको व्यवस्था गर्न सकिँँदैन । पानीको जोहोमै बित्छ बिहान’, उनले भने, ‘जुरुक्क उठेर डोको बोक्यो, पानी खोज्न हिँड्यो । बिहान अरु काम गर्न भ्याइँदैन । सरकारले कहिले ठूलो आयोजना ल्याइदेला र आँगनमा धारा बनाउँ जस्तो भएको छ ।’

सल्लेरी गाउँमा ९० परिवारको बसोबास छ । यहाँको मुख्य समस्या खानेपानी नै हो । गाउँमा पानीको स्रोत नहुँदा हिउँदमा हाहाकार हुने गरेको छ । नजिकै कुवा, खोला र खोल्सा छैन । केहीले छिमेकी गाउँबाट निजी लगानीमा पाइप बिछ्याएर पानी ल्याएका छन् भने अधिकांशले गाग्रीमा ओसारेर दैनिकी चलाइरहेका छन् ।

बर्खामा अकासे पानी थापेर प्रयोग गर्ने गाउँलेलाई हिउँद सुरु भएपछि पानी अभावले हरेक बर्ष सताउने गरेको छ । ‘बर्खामा अकासे पानीको भर पर्नुपर्छ । हिउँद त नआए हुन्थ्यो जस्तो लाग्छ । हामी अर्को बर्खाको पर्खाइमा छौं’, स्थानीय वेदप्रसाद पाण्डेले भने । ‘पल्ला गाउँमा जस्तै सबैको आँगनमा पानीको धारा भए हामी पनि ढुक्कले रोजगारीमा हिँड्न पाउँथ्यौँ । घरमै पानीको धारा बनाउने सपना पूरा नहोला जस्तो छ ।’

गाउँको बीचमा कक्षा ५ सम्मको सल्लेरी प्राथमिक विद्यालय छ । विद्यालयमा एउटा धारा छ । तर धारोमा पानी आउँदैन। विद्यार्थीले घरबाट बोत्तलमा पानी लिएर पढ्न आउँछन् । पिउन मात्र होइन, शौच गर्न पनि समस्या छ । टिफिन समयमा टाढा धाएर बालबालिकाले पानी ओसार्छन् र प्रयोग गर्छन् । ‘सकेसम्म विद्यार्थीलाई पानीको अभाव हुन दिएका छैनौं । तर, बोकेर सधैं साध्य नहुने रहेछ । हामीलाई पनि गाह्रो छ, अभिभावकलाई पनि गाह्रो छ, हाम्रो गाउँको मुख्य समस्या नै पानी भयो’, प्रधानाध्यापक तारादेव नेम्वाङले भने।

तीन तहका सरकारले खानेपानीको दिगो व्यवस्थापन गरिदिनुपर्ने स्थानीयको माग छ । ‘संघीयतापछि आधारभूत आवश्यकता पूरा हुन्छ भन्ने सुनेका थियौँ । स्थानीय सरकार सञ्चालन भएकै आठ वर्ष भयो । हाम्रो गाउँमा खानेपानीको समस्या समाधान हुनै सकेन’, स्थानीय भगिरथ भण्डारीले भने, ‘दुई पटक तीन तहको चुनाव भयो । सबै उम्मेदवार मत माग्न घरघरमा आउनुभयो । हामीले खानेपानीको समस्या सुनायौं । भोलि नै समाधान गरिदिने जसरी आश्वस्त पार्नुभयो । तर, समस्या ज्यूँका त्यूँ देखिन्छ ।’

फाकफोकथुम–३ का वडाध्यक्ष दीपेन्द्र लिम्बूले यहाँको खानेपानी समस्या समाधानका लागि काम सुरु गरिएको बताए । ‘सिङ्गो वडामा पानी पुर्याउने उद्देश्यका साथ गत आर्थिक वर्षमा रु ८२ लाखमा पाँचवटा ‘रिजर्भ ट्याङ्की निर्माण गरेका छौँ’, वडाध्यक्ष लिम्बूले भने, ‘वडाको केन्द्र रहेको शुक्रबारे बजारमा २० लाख लिटर क्षमता भएको ट्याङ्की र अन्य ठाउँमा एक–एक लाख क्षमताको ट्याङ्की निर्माण भइसकेको छ । यस वर्ष पाइप विस्तारको काम हुनेछ ।’

घरघरमा पुर्‍याउने पाइपका लागि रु एक करोड बजेट रहेको र अब त्यो ठेक्कामार्फत अघि बढ्ने तयारी रहेको वडाध्यक्ष लिम्बूको भनाइ छ । नसुवा गैंडे मुहान, मुगेखोला मुहान, लोखरुम्बा खोला मुहानबाट आमचोकमा खानेपानी ल्याउने तयारी रहेको उनले बताए । गाउँमा भएको एउटा कुवा बारेर चार परिवारले पानी पाइपमा तानेर प्रयोग गरिरहे पनि पर्याप्त छैन । स्थानीय सन्त लुङ्गेलीले निजी लगानीमा २० एमएमको एक क्वाइल पाइप बिछ्याएर पानी ल्याएका छन्। ‘बिग्ररहन्छ, बनाउन हरेक दिनजसो जानुपर्छ ।

अरुको हेरी आफ्नो केही सहज जस्तो लाग्छ’, लुङ्गेलीले भने, ‘गाउँमा आयस्रोत छैन । पाइप किन्न सबैले सक्दैनन् । कतिले मेरोबाट थापेर पनि लैजान्छन् । सबैलाई त पुग्दैन ।’ सल्लेरी मात्र होइन यहाँ नजिकैको आमचोक बजार र खत्री गाउँको समस्या पनि उस्तै छ । पानी अभावले खाना पकाउन, लुगा कपडा धुन, गाईवस्तुलाई खुवाउन, सरसफाइ गर्न सबैथोकमा समस्या हुने गरेको स्थानीय बताउँछन् । खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्न स्थानीय तहलाई अधिकार दिएको छ ।

पालिकाभित्रका हरेक बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय पानी भएकाले यस क्षेत्रमा स्थानीय सरकार नै जिम्मेवार बन्नुपर्ने मानवअधिकार मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले बताए । ‘खानेपानी र सरसफाइको सुविधा सर्वव्यापी, न्यायोचित र पहुँचयोग्य बनाउन स्थानीय सरकार लाग्नुपर्छ । सल्लेरी गाउँमा पानी पुर्‍याउन सरकारको ध्यान जानुपर्छ’, उनले भने । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा बाधा आउन सक्छ। प्रशासनिक मामिलाहरू सुल्झिनाले लाभ मिल्नेछ। नयाँ योजनाहरूमा धन खर्चका योग छन्। चिसोबाट जोगीनुहोस्। शरीरमा थकान र कमजोरी महसुस हुनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) उद्योग र व्यवसायबाट विशेष लाभ मिल्नेछ। कार्यक्षेत्रमा रोकिएका काम बन्नको साथै नयाँ कार्य प्रारम्भ हुनेछ। उच्च पदस्थ व्यक्तिहरूसँगको भेटघाटले मन हर्षित रहनेछ। जीवन साथीसँग वादविवाद हुने सम्भावना रहेको छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापार क्षेत्रमा प्रतिस्पर्धीहरूसँग सावधान र सतर्क रहनुपर्ने हुन्छ। पारिवारिक कार्यमा व्यस्तता बढ्नेछ। धनको लेनदेनमा सचेत रहनुहोला। राज्यपक्षको सहयोग मिल्न गाह्रो होला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक सद्भाव बढ्नेछ। सन्तानको प्रगतिले मन उत्साहित रहनेछ। मित्रवर्गको सहायताले सफलता मिल्नेछ। कार्यक्षेत्रमा गरिएको प्रयासले सफलता मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरपरिवारमा वादविवाददेखि बच्नुहोस्। बाणीमा संयम राख्नुहोला। विद्यार्थीहरूलाई पढाइमा आज मेहनतको अनुरुप सफलता नमिल्ला। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धैर्य र पराक्रमले व्यापार क्षेत्रमा मनग्य लाभ हुनेछ। भौतिक सुख सुविधामा वृद्धि हुनेछ। प्रशंसनीय कार्यले प्रतिष्ठा बढ्नेछ। कमजोरीमा अवसर खोज्नेहरुबाट सतर्क रहनुहोला। न्यायिक क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा अनुकूल स्थानान्तरणका योग रहेको छ। परिस्थितिले गर्दा नयाँ जिम्मेवारी मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। प्रतिस्पर्धात्मक परीक्षाहरूमा उत्कृष्ट सफलता प्राप्त गर्ने सम्भावना रहेको छ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधिकारी वर्गहरूसँगको मेलमिलापले लाभ मिल्नेछ। कार्यस्थलमा ठूला परियोजनाहरू हात पार्न सकिनेछ। रोकिएको धन पुनः फिर्ता हुने सम्भावना रहेको छ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दिखावा गर्नदेखि बच्नुहोस्। नयाँ सम्पर्कले गर्दा लाभ मिल्नेछ। सरकारी कामकाजमा बाधा आउन सक्ला। आध्यात्मिक क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ जागिर वा नोकरीमा सफलता मिल्नेछ। आर्थिक वा सामाजिक प्रतिष्ठा बढ्नेछ। शैक्षिक क्षेत्र मध्यम रहनेछ। शेयर बजारबाट लाभ मिल्नेछ। व्यापारलाई लिएर यात्रा गर्नुपर्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्य कुशलताले अधिकारी वर्गहरू प्रभावित रहनेछन्। उच्च शिक्षामा आइरहेको बाधा पन्सिनेछ। पायक स्थानमा भ्रमणको योग रहेको छ। आत्मविश्वास बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आयस्रोत सबल रहनेछ। नोकरी वा पेशामा पदोन्नतिको योग रहेको छ। धार्मिक मठ मन्दिरको यात्रा हुनसक्ला। पशुधनबाट राम्रो लाभ हुनेछ। नयाँ पहिरनको लाभ मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

 

 नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दर अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०४  पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १२ पैसा, स्वीस फ्र्यांक एकको खरिददर एक सय ५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८५ रुपैयाँ २२  पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९५ रुपैयाँ २५ पैसा, सिंगापुर डलर एकको खरिददर १०० रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०२ पैसा र बिक्रीदर चार रुपैयाँ ०४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा निर्धारण भएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३०  पैसा, स्विडीस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १२ रुपैयाँ ४८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ १३ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६१ रुपैयाँ ८९ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ४८ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५४ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ २४ पैसा तोकिएको छ । त्यसैगरी  भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।  देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कर्णाली, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा तथा  सुदूरपश्चिम र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कर्णाली, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थान तथा  सुदूरपश्चिम र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ । साथै सोमबार बिहान तराई तथा काठमाडौँ उपत्यका र खोचमा हुस्सु लाग्ने सम्भावना छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।