राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक गरिएको रूपरेखामा पार्टी सचिवालयलाई निश्चित पदका उम्मेदवार छनोट गर्दा अधिकतम १५ प्रतिशतसम्म विशेषाधिकार प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ।

रूपरेखाअनुसार सचिवालयले यस्तो अधिकार प्रयोग गरी छनोट गरेका उम्मेदवारलाई पार्टी केन्द्रीय समितिबाट अनुमोदन गराउनुपर्नेछ। यो व्यवस्था गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्ष पदका उम्मेदवारको हकमा लागू हुने रास्वपाले जनाएको छ ।
महानगरपालिकाका हकमा भने वडा सदस्य, वडा अध्यक्ष, उपप्रमुख र प्रमुख पदका उम्मेदवार छनोटमा समेत अधिकतम १५ प्रतिशतसम्म विशेषाधिकार प्रयोग गर्न सकिने प्रावधान राखिएको रुपरेखामा उल्लेख छ ।












