२०८२ जेष्ठ २ गते बिहीबार
२०८२ जेष्ठ २ गते बिहीबार

काठमाडौँ । मंगलबार सेयर बजार ५.०८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६१३ मा कायम भएको छ ।

दिनभर बजारको उतारचढाव न्यून रह्यो । परिसूचक बढ्दा पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ६ अर्ब १९ करोडको भयो ।

१०६ कम्पनीको मूल्य बढ्दा १३९ को घट्यो भने ८ को स्थिर रह्यो । यस दिन बीमा सेक्टरमा आकर्षण देखिएको छ । जीवन बीमा १.१० र निर्जीवन बीमा १.७८ प्रतिशत बढ्यो ।

दुई पुनर्बीमा कम्पनी र टेलिकमको मूल्य बढ्दा अन्य समूह सबैभन्दा धेरै २.७९ प्रतिशत बढ्यो । विकास बैंक ०.१९, होटेल तथा पर्यटन ०.७८, लगानी ०.७४, उत्पादन ०.८९, माइक्रोफाइनान्स ०.०३ प्रतिशत बढे । व्यापार समूह सबैभन्दा धेरै २.१० प्रतिशत घट्यो । हाइड्रोपावर ०.९२, फाइनान्स १.०३, बैंकिङ ०.३५ प्रतिशत घटेका छन् ।

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघले कारबाही गरेको छ । अनुशासन उल्लंघन गरेको भन्दै उनलाई क्यानले आयोजना गर्ने एक खेलमा प्रतिबन्ध लगाउने निर्णय भएको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बि लामाले जानकारी दिए ।

जय ट्रफीको क्रममा उनले सामाजिक सञ्जालमा रेफ्रीविरुद्ध टिप्पणी गरेपछि क्यानले कारबाही गरेको लामाले बताए । क्यानले उनलाई स्पष्टीकरण समेत सोधेको छ । क्यान र खेलाडीबीचको सम्झौतामा क्यानसँग सम्बन्धित अधिकारीहरुविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी गर्न नपाउने व्यवस्था छ । सन्दीपले सोही कुराको उल्लंघन गरेको क्यानको निष्कर्ष छ ।

जय ट्रफीमा सन्दीपले बागमती प्रदेशको टोलीको कप्तानी गरेका थिए । उनको टोली फाइनलमा पुग्न सकेन । नेपाल पुलिस क्लबले आर्मी क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो । सन्दीपले जनवरी १० मा सामाजिक सञ्जालमा नेपाली अम्पायरको स्तरमा सुधार हुनुपर्ने उल्लेख गर्दै अम्पायरको निर्णय राम्रो नभए धेरै खेलाडीहरूलाई असर पुग्ने बताएका थिए ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ गरेका छन् ।

अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संवाद कार्यक्रमको ‘लन्चिङ’ गरेका हुन् ।

सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको छ ।

प्रधानमन्त्री ओलीले नेपालले किन यस प्रकारको कार्यक्रम गर्न लागेको भन्ने विषयमा सम्बोधन गरे । नेपालले जलवायु न्यायका सन्दर्भमा अन्तर्राष्ट्रिय जगतमा सशक्त आवाज उठाउँदै आएको उनले बताए ।

कार्यक्रममा उपप्रधानमन्त्री, मन्त्रीहरू, सचिवहरू, विशिष्ट अधिकारी र नेपालस्थित कूटनीतिक निकायका प्रमुख र प्रतिनिधिको उपस्थिति रहेको थियो ।

पोखरा । उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई धरौटीमा छाड्नुको कारण पेश गर्न जिल्ला अदालत कास्कीलाई आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीश राजकुमार खतिवडाको इजलासले लामिछानेसहित सात जनालाई धरौटीमा छाड्नुको आधार र कारणसहितको प्रतिवेदन पेश गर्न कास्की अदालतलाई आदेश दिएको हो ।

सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका लामिछानेसहित सात जनालाई छाड्ने आदेशको ‘कैफियत प्रतिवेदन’ पेश गर्न अदालतको आदेश छ । जिल्ला अदालत कास्कीले लामिछानेसहित सात जनालाई धरौटीमा छाड्ने आदेश गरेपछि त्यो आदेश बदर हुनुपर्ने माग राखेर जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले उच्च अदालत पोखरामा निवेदन दिएको थियो ।

२५ पुस, २०८१ मा जिल्ला अदालत कास्कीले गोर्खा मिडियाका पूर्व प्रवन्ध निर्देशक समेत रहेका लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर समूह मिलेर अपचलन गरेको आरोपमा उनीसहित सात जनामाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएको थियो ।

जिल्ला अदालत कास्कीले गोर्खा मिडियाका पूर्व उपाध्यक्ष तथा पूर्व डीआईजी छविलाल जोशीलाई ८८ लाख, जीबीको सहयोगी लिला पछाईंलाई ३७ लाख, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाललाई १५ लाख, संस्थापक कोषाध्यक्ष आरती गुरुङ र संस्थापक उपाध्यक्ष मीना गुरुङलाई ५-५ लाख, संस्थापक सदस्य कृष्णबहादुर गुरुङलाई १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । आदेशपछि धरौटी बुझाएर सबैजना थुनामुक्त भइसकेका छन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कुल ६३ जना विरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको थियो । अहिलेसम्म सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याललगायत पुर्पक्षका लागि थुनामै छन् ।

काठमाडौँ । सडक स्तरोन्नति तथा मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको मकवानपुर र काठमाडौँ जिल्ला जोड्ने दुई सडक पुनः सञ्चालनमा आएको छ ।

थानकोट-चित्लाङ सडक (गणेशमान मार्ग) र मातातीर्थ सडक आज बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरीका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ती दुवै सडक स्तरोन्नतिका लागि गत पौष ७ गते र पौष २२ गतेबाट बन्द गरिएको थियो ।

यसैगरी, मकवानपुर-काठमाडौँ जोड्ने कुलेखानी-फाखेल सडकखण्ड र कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक-खण्डमा एकतर्फी मात्रै सवारी साधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं । सत्तारुढ एमालेका सांसद गोकुल बास्कोटाले बजेट पारित भएको महिनौं बितिसक्दा पनि योजनाको ठेक्का नलागेको भन्दै असन्तुष्टि जनाएका छन् । सरकारले हालसम्म पनि योजनाको ठेक्का नलगाउँदा योजना आर्थिक वर्षभित्रै सम्पन्न हुनेमा उनले आशंका जनाएका छन् ।

सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा सांसद बास्कोटाले बजेटमार्फत ल्याइएका योजना कार्यान्वयनमा भइरहेका ढिलाइबारे प्रश्न उठाएका हुन् । ‘बजेट आएको कति भयो ? ठेक्का लागेको छैन । ठेक्का कहिले लाग्ने हामी कसैलाई पनि थाहा छैन । संसद त बोलाइया छ,’ बास्कोटाले प्रश्न गरे, ‘अहिलेसम्म पनि ठेक्का लगाइएको छैन भने कहिले लाग्छ ? चैतमा ठेक्का लाग्छ ?’

चैतमा ठेक्का लागेर जेठमा काम गर्ने अनि असारमा बजेट फरफारक गर्ने परम्परा अन्त्य गर्नुपर्ने उनको भनाइ थियो । ‘यसलाई सच्याउन लागि हामीले केही भनेका छैनौं ?,’ उनले समितिमा प्रश्न उठाए । बीपी राजमार्ग बाढीले प्रभावित गरेको तर त्यसलाई पुनर्निर्माणका लागि सरकारी संयन्त्रले काम नगरेको पनि बास्कोटाले बताए । उनले थपे, ‘बाढीपीडित क्षेत्रको मान्छे हो, त्यहाँ काम केही भएको छैन । बीपी हाइवे कति बनेको छ ? पूर्व जाने, मधेस झर्ने कति जना माननीय हुनुहुन्छ ?’

रित्तो गाग्री लिएर सिंहदरबार जाने प्रवेश गर्न खोजेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको गाग्री खोसिएको छ ।

मेयर साम्पाङ खानेपानीमन्त्री प्रदीप यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भन्दै मंगलबार बिहान खाली गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न खोजेपछि गाग्री खोसिएको हो ।

उनलाई भने सिंहदरबार प्रवेश दिइएको छ । मेयर साम्पाङले धरानको खानेपानी समस्या समाधानका लागि संघीय सरकारको ध्यानाकर्षण गराउन आफू रित्तो गाग्री बोकेर आफू काठमाडौं आएको बताए । धरानको खानेपानी समस्या समाधानका लागि संघीय सरकारले बजेट नदिएको भन्दै रित्तो गाग्री बोकेर आउनुपरेको उनको भनाइ छ ।

सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको गरेको भन्दै हर्क साम्पाङ खालि गाग्री लिएर सोमबार काठमाडौँ आएका थिए । राई सिंहदरबार जाने बताएपछि प्रहरीले पूर्वी, दक्षिण र पश्चिम गेट मा सुरक्षा मा कडाइ गरेको हो ।

 नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बस्ने गरी बोलाइएको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमकाअनुसार सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्ने तयारी गरेको छ । पुस तेस्रो साता एमाले केन्द्रीय कमिटी बैठक बसेको थियो ।

सचिवालय बैठकले एमालेमा प्रवेश गर्न लागेका नेता वामदेव गौतमलाई दिने जिम्मेवारीका विषयमा पनि छलफल गर्नेछ । यसअघि एकीकृत समाजवादीमा जाने सुर गरेका गौतमसँग प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले छलफल गरेपछि एमालेमै फर्किन तयार भएका हुन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेहनत र प्रयत्नले सजिलै लक्ष्य प्राप्ति गर्न सकिनेछ। भौतिक संसाधन जुटाउनमा सफल भइएला। न्यायिक मामिलाहरूमा दिन अलि कमजोर रहेको छ। आर्थिक पक्ष सामान्य रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आयका नयाँ स्रोतहरू बढ्नेछन्। अध्ययनमा रुचि बढ्नेछ। पूजापाठ र धार्मिक क्रियाकलापहरूमा सहभागी हुनूहुनेछ। कार्यक्षेत्रमा सन्तानको सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नोकरी वा पेशामा पुराना सम्झौताहरूलाई नवीकरण गर्ने समय रहेको छ। कार्यक्षेत्रमा मित्रहरूको सहयोग मिल्नेछ। आमाको स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। व्यापार व्यवसायलाई पारदर्शी राख्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा रोकिएको कार्य बन्ने वा नयाँ कार्य प्रारम्भ हुनेछ। आत्म विश्वासमा वृद्धि हुनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा शिक्षकद्वारा राम्रो सहयोग प्राप्त हुनेछ। नयाँ नोकरीमा प्रतिद्वन्दीहरूलाई सजिलै हराउन सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा प्राथमिकताको आधारमा कार्य गर्नुहोला। आकस्मिक धनलाभका योग छन्। कार्यक्षेत्रमा विवाद उत्पन्न हुन सक्छ सावधानी राख्नुहोला सफलता मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा नयाँ प्रस्ताव आउने तथा साझेदारहरूको सहयोग बढ्नेछ। पारिवारिक जमघटको बीच स्वादिष्ट भोजन प्राप्त हुनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ साथै रचनात्मक क्रियाकलापहरूमा मन लाग्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा कार्यसम्पादन हुनाले मन प्रसन्न रहनेछ। विगतका कुराहरूलाई लिएर घरपरिवारमा मनमुटाव रहनेछ। यात्रामा हुनुहुन्छ भने आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। अनलाइन वस्तु किन्दा सावधान रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक सञ्जालको माध्यमबाट शुभ सूचना मिल्नेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। कृषि वा पशुपालन व्यवसायबाट लाभ प्राप्त होला। कार्यक्षेत्रमा तारिफ योग्य कामले धेरैको प्रशंसा बटुल्न सकिएला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा विशिष्ट जनहरूको साथ मिल्नेछ। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। ठेकापट्टाको कामबाट विशेष लाभ प्राप्त गर्ने अवसर मिल्नेछ। बिग्रीएका कार्यहरू बनाउने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पूजा आराधनामा र देवालयमा समय बित्नेछ। गृहणीहरू आज गृहकार्यमा व्यस्त रहनेछन्। अप्ठ्यारो काममा छरछिमेकीहरूको सहयोग मिल्नेछ। स्वास्थ्यमा खानपानको विशेष ध्यान राख्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा कार्यकुशलता वा नेतृत्वले अधिकारी वर्गहरूलाई प्रभावित गर्न सकिनेछ। आय आर्जन सामान्य रहनेछ। आफन्तहरूसँग वैचारिक मतभेद रहन सक्छ। सवारी साधनमा धन खर्च हुनसक्छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन मिल्नेछ। व्यापार व्यवसायमा निजी दायित्व निर्वहनमा बाधा आउनेछ। समाजमा मान सम्मान बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ साथै जीवन साथीको सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ ।

 

बैतडी, बझाङ र दार्चुला जिल्लाका चार वटा सरकारी कार्यालय प्रमुखको जिम्मेवारी एउटै व्यक्तिको काँधमा आइपरेको छ।

बैतडी र दार्चुला जिल्ला हेर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख गोविन्द देवकोटाको जिम्मामा बैतडी र बझाङको भवन डिभिजन कार्यालयको पनि जिम्मेवारी थपिएको हो।

दिनभरि एक जिल्लाको काम सकेर राति हिँडेर बिहान अर्को जिल्ला पुग्नुपर्ने बाध्यता देवकोटालाई आइलागेको छ।   

बैतडीबाट बझाङ पुग्न गाडीमा एक दिन लाग्छ। बझाङमा एक दिन बसेर उनी भोलिपल्ट दार्चुलाको मालिकार्जुनस्थित तीन करोड रुपैयाँको लिफ्ट खानेपानी योजनाको काम हेर्छन्। त्यहाँका योजना हेरेर खानेपानी र भवन डिभिजन कार्यालय बैतडी पुग्दा चार दिन बित्छ।

बैतडी र दार्चुलामा मात्रै खानेपानीका ३४९ वटा योजना छन्। खानेपानीका क्रमागत योजनासमेत जोड्ने हो भने बैतडीमा १२१ र दार्चुलामा ६० वटा पुराना योजना छन्। दुई जिल्लाका खानेपानी योजना हेर्ने उनी एक जना मात्रै इन्जिनियर हुन्।  

गाउँबस्तीमा आधारभूत खानेपानी पुर्‍याउन सुदूरपश्चिम प्रदेश सरकारले यो वर्ष बैतडी र दार्चुलाका लागि ४७ करोड रुपैयाँ बजेट पठाएको देवकोटाले बताए। खानेपानी कार्यालयमा जनशक्ति नहुँदा करारका एक​सब इन्जिनियर नियुक्त गरी काम गर्नु परेको उनले सुनाए। 

उनका अनुसार दुई जिल्ला हेर्ने खानेपानी तथा सरसफाइ डिभिजनमा एक जना डिई, तीन जना इन्जिनियर, चार सब इन्जिनियर र चार खानेपानी प्राविधिकको दरबन्दी भए पनि दरबन्दी अनुसारको जनशक्ति छैनन्। 

प्रदेश सरकारले देवकोटालाई शहरी विकास तथा भवन कार्यालय प्रमुखको जिम्मेवारी दिएपछि उनले बैतडी र बझाङ जिल्लाका ४८ वटा शहरी योजनाको समेत काम गर्दै आएका छन्। कार्यालयले सरकारी भवन, शहरी सडक, नाला निर्माण जस्ता योजनाको काम गर्दै आएको छ। बैतडी र बझाङ हेर्ने भवन कार्यालयमा पनि एक जना डिभिजनल इन्जिनियर, तीन जना इन्जिनियरको दरबन्दी भए पनि सबै रिक्त छन्। भवनमा तीन जना ओभरसियर भएकाले केही सहज भएको देवकोटाले बताए। गोरखापत्र दैनिकमा समाचार छ

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।