देउवा नेतृत्वको मन्त्रिपरिषदको नियमित बैठक आज बस्दै

0
457

मंसिर २८,काठमाडौं । वाम गठबन्धनले दुईतिहाई बहुमत ल्याइसकेपछि कामचलाउ हैसियतमा पुगेको शेरबहादुर नेतृत्वको मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछन् । स्रोतका अनुसार बैठकले नेकपा एमालेको विरोधका बीच प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुखको नियुक्ति गर्ने तयारी गरेको छ ।

एमाले र माओवादी केन्द्रले कामचलाउ हैसियतमा पुगेको सरकारलाई प्रदेश प्रमुख तोक्ने अधिकार नभएको भन्दै यस्तो निर्णय नगर्न सचेत गराइरहेका छन् । तर, देउवाले एमाले र माओवादीको विरोधका बीच प्रदेश प्रमुख तोक्ने अन्तिम तयारीमा पुगेका हुन् ।

प्रदेश प्रमुखहरुको टुंगो नलागेपनि त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, पूर्वप्रधानसेनापति रुक्मांगत कटवाल, सर्वोच्च अदालतका पूर्वन्यायाधीश रामनगिना सिंहदेखि माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला लगायतको नियुक्तिको सम्भावना रहेको छ । उनीहरुलाई नै प्रदेश प्रमुख ब

प्रधानमन्त्री कार्यलय स्रोतका अनुसार मन्त्रिपरिषद बैठकले अस्थायी मुकाम र त्यसपछि थप तयारी गरी प्रदेश प्रमुख नियुक्त गर्नेछ । यता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बराल, अर्का सचिव प्रेमकुमार राई र शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माको नेतृत्वमा प्रदेश कार्यालयको संरचना छनोटको काम भइरहेको छ ।

प्रारभ्भिक चरणमा प्रदेश नं १ को धनकुटा, धरान, इटहरी वा विराटनगर, प्रदेश नं २ को जनकपुर वा वीरगन्ज, प्रदेश नं ३ को मकवानपुर, धादिङ वा ललितपुर, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को भैरहवा, बुटवल वा दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को कञ्चनपुरमा अस्थायी राजधानी तोकेर प्रदेशसभा सञ्चालन गर्ने स्थल, प्रदेश प्रमुख, प्रदेशसभाका सभामुख र मुख्यमन्त्रीको कार्यालय लगायतस्थल तोक्ने तयारी छ ।