
काठमाडौँ । खाद्य तथा गुण नियन्त्रण। विभागले मोवाइल फुड ल्याव भ्यान प्रयोग गरी कालीमाटी तरकारी तथा फलफूल बजारमा भित्रिने ताजा तरकारी र फलफूलमा जीवनाशक विषादी अवशेष परीक्षण गरेको छ। विभागको स्यापिड रेसपोन्स टिमले २०७९ माघ ८ गते राति ११ बजेदेखि ९ गते बिहान ४ बजेसम्म स्थलगत अनुगमन गरेको हो।
अनुगमनका क्रममा आलु, प्याज, गोलभेँडा, फूलगोभी, बन्दाकोभी, खुर्सानी, धनियाँ, फर्सी, काँक्रो, रायो साग, ब्रोकाउली, लसुन, सिमी, चम्सुर, गाजर, सुन्तलालगायत २२ प्रकारका तरकारी र फलफूलका १५० नमूनामा जीवनाशक विषादी अवशेष परीक्षण गरिएको थियो।
परीक्षणमा न्यूनतम १ प्रतिशतदेखि अधिकतम ४२ प्रतिशतसम्म इन्जाइम इन्हिबिशन देखिएको विभागले जनाएको छ। आरबीपीआर मापदण्ड अनुसार ३५ प्रतिशतभन्दा कम इन्जाइम इन्हिबिशन हुने तरकारी र फलफूल खानयोग्य मानिन्छ। ३५ देखि ४५ प्रतिशतसम्मका नमूनालाई क्वारेन्टाइनमा राखी पुनः परीक्षण गरिन्छ भने ४५ प्रतिशतभन्दा बढी भएमा अस्वीकृत गरी नष्ट गरिन्छ। चितवनबाट आएको हरियो सिमीको एउटा नमूनामा ४२ प्रतिशत इन्जाइम इन्हिबिशन पाइएकाले ११४ केजी सिमीलाई ३ दिन क्वारेन्टाइन होल्डमा राखिएको छ। बाँकी सबै नमूना खानयोग्य रहेको विभागले जानकारी दिएको छ।
अनुगमनका क्रममा १०८ वटा गाडीका तरकारी र फलफूल परीक्षण गरिएको थियो। ती गाडी भक्तपुर, काभ्रे, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, सर्लाही, सिन्धुली, तनहुँ, पर्वत, कास्की लगायत २० जिल्लाबाट आएका थिए। एक गाडी भारतबाट पनि आएको थियो।
मोवाइल फुड ल्यावले विषादी परीक्षणलाई प्रभावकारी बनाएको र खाद्य व्यवसायी तथा उपभोक्तालाई सचेत बनाउँदै कारबाही प्रक्रियालाई सघाएको विभागले जनाएको छ।
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेर १ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजारमा कायम भएको थियो ।
बुटवलको सुप्रिम सहकारीको रकम ठगी मुद्दामा अभियोग लागेका गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने बुधबार रूपन्देही जिल्ला अदालतमा हाजिर भएका छन् ।
जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले बयान सकेपछि लामिछानेलाई परिवार र प्रतिवादीका वकिलको जिम्मामा रिहा गर्ने आदेश दिएको हो ।
बुधबार दिउँसो १ बजेबाट सुरु भएको बयानमा लामिछानेले अभियोग अस्वीकार गरेका थिए । उनले गोर्खा मिडियाको आर्थिक व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी कम्पनी अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईको रहेको दाबी गरे । बयानको अन्त्यमा उनले अदालतलाई सहयोग गर्न आफैं उपस्थित भएको उल्लेख गर्दै आजको थुनछेक बहसका लागि जिम्मामा छोड्न अनुरोध गरेका थिए । अदालतले लामिछानेलाई आज बिहान १० बजे पुनः उपस्थित हुने सर्तमा हिरासतबाहिर रहन अनुमति दिएको हो ।
अब सरकारी वकिल पक्षबाट उच्च सरकारी वकिल कार्यालय बुटवलका सोमकान्ता भण्डारी, प्रेमराज पौडेललगायतले बहस गर्नेछन् भने प्रतिवादीतर्फ वरिष्ठ अधिवक्ता सुशील पन्त र सुरेन्द्र थापासहितका वकिल सहभागी हुनेछन् ।
जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारी ठगी प्रकरणमा २२ जनाविरुद्ध पूरक अभियोगपत्र दर्ता गरेको छ । अभियोगपत्रमा ५५ करोड ५९ लाख रुपैयाँ बिगो माग गरिएको छ। त्यसमध्ये लामिछाने, जीबी राई र पूर्व उपाध्यक्ष छविलाल जोशीसँग मात्र १० करोड ९९ लाख रुपैयाँ बिगो माग गरिएको छ ।
पहिलो चरणमा लामिछाने र जोशीबाहेकका २८ जनाविरुद्ध वैशाख २ मा मुद्दा दर्ता गरिएको थियो । दोस्रो चरणमा थप तथ्य र प्रमाण जुटाउँदै उनीहरूमाथि कसुर र बिगो थप गरिएको छ ।
यसअघि पनि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगीमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।
आफूखुसी गैर हाजिर भएका १५ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आज एक सूचना जारी गर्दै गैर हाजिर भएका प्रहरी हवलदार रघुनाथ हजाम, ताप्लेजुङको प्रहरी चौकी थेचम्बुमा कार्यरत सहायक हवलदार धनबहादुर कार्कीसहितका प्रहरीहरूको नाम-ठेगाना सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रियजनहरूको सानिध्यले दिन रमाइलो रहनेछ। प्रशासनिक सहयोगले कुनै विशिष्ट कार्य सम्पादन गर्नमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। जीवनसाथीबाट उपहार मिल्न सक्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। छरछिमेकीहरुको सहयोग मिल्नेछ। पेट सम्बन्धी समस्याले सताउनेछ। अरूको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा विरोधी तत्वहरू सक्रिय रहनेछन्। व्यापार व्यवसायमा भावनामा आएर कुनै निर्णय नलिनुहोला। धैर्यता वा साहसले नयाँ कार्यहरू बन्नेछन् । आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ५ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) उद्योग व्यापारमा लाभ रहनेछ। घरपरिवारमा पुरानो कुरालाई लिएर मनमुटाव रहनेछ। श्रमको उपयुक्त मूल्यांकन मिल्नेछ। नयाँ कार्य सुरु गर्ने समय रहेको छ। सरकारी नोकरीमा पदको दुरुपयोग नगर्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा उच्च अधिकारीहरूसँग राम्रो सम्बन्ध रहनेछ। समाजमा तपाईंको कार्यको चर्चा हुनेछ। धार्मिक कार्यक्रममा मन लाग्नेछ। आयआर्जन राम्रो रहनेछ। व्यापार व्यवसायमा परिस्थिति हेरेर निर्णय लिनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घरपरिवारमा आफन्तहरूको साथमा मनोरञ्जनात्मक समय बित्नेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। शिक्षाको क्षेत्रमा विद्यार्थीहरूलाई गुरुजनको राम्रो सहयोग मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रतिष्ठित कार्य प्रारम्भ गर्ने मौका मिल्नेछ। कार्यक्षेत्रमा आत्मबल र धैर्य बढ्नेछ। कानुनी मामिलाहरूमा सफलता मिल्नेछ। व्यक्तिगत जीवनमा चुनौती आउन सक्ला। व्यापार व्यवसायमा हतारमा निर्णय नलिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा लगनशीलताको कमीले कार्यमा बाधा आउनेछ। कुनै नयाँ काम गर्दा मन आत्तिन सक्ला,निडर वा आत्मविश्वासको साथमा आफूलाई प्रस्तुत गर्ने प्रयास गर्नुहोला। नोकरी वा पेशामा नयाँ इष्टमित्रहरूको सहायता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनोबल उच्च रहनेछ। आर्थिक पक्ष सुदृढ रहनेछ। शुभचिन्तकहरूको सहयोगले नयाँ कार्य प्रारम्भ गर्नमा सफलता मिल्नेछ। आयस्रोत बढाउनको लागि नयाँ विचारहरू उत्पन्न हुनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आजको दिन हजुरलाई उत्तम रहनेछ। परिवारको साथमा नयाँ स्थानमा भ्रमणका योग छन्। शत्रुपक्ष कमजोर भएपनि सक्रिय रहनेछन् सावधान रहनुहोला। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) एकाग्रताको साथमा मेहनत गर्नुभयो भने परिणाम अवश्य राम्रो आउनेछ। रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोस्। विद्यार्थीहरूलाई अध्ययनमा सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आफ्नो स्वास्थ्यलाई विशेष ध्यान दिनुहोला। मन अशान्त तथा कार्यक्षेत्रमा अनुमानित भन्दा धेरै समय लाग्नेछ। कसैसँग झुठो बाचा नगरौँ। आकस्मिक धन हानिका योग छन्। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदार अनुसार अमेरिकी डलरको मूल्य आज घटेको छ भने युरोको मूल्य स्थिर रहेको छ ।
युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्यांक र अष्ट्रेलियन डलर अघिल्लो दिनको तुलनामा बढेको छ । जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन रिंगेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य स्थिर रहेको छ । यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६७ पैसा, सिंगापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ०२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ८५ पैसा र बिक्री दर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०८ पैसा र बिक्रीदर चार रुपैयाँ ०९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६२ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२ रुपैयाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ २९ पैसा र बिक्री दर १९ रुपैयाँ ३८ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७० पैसा र बिक्रीदर १७ रुपैयाँ ७७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ ६२ पैसा र बिक्रीदर तीन सय ६७ रुपैयाँ २२ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपैयाँ ०६ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ६२ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले पनि अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै देखिएको बताए । कारणबारे उनले भने, ‘लामो समयसम्म पानी पनि नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेको छ, त्यसको पनि असरले तापक्रम बढेको छ ।’
उनले अब बढ्ने समय पनि हुन लागेको बताए । न्यून चापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्च चापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ । यद्यपि केही दिनमा भारतको उच्च चापीय प्रणाली सिफ्ट हुने (हट्दै जाने) हुनाले अहिले दुई–तीन दिनमा जसरी तापक्रम बढेको छ, त्यो ‘रेसियो’मा भने नबढ्ने उनको भनाई छ । तर पनि अब तापक्रम उकालो लाग्ने समय भने हुन लागेको उनले जनाए ।
विभागले सार्वजनिक गरेको विवरणमा काठमाडौँको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस पुगिसकेको छ । न्यूनतम तापक्रम पनि ६.२ डिग्री रहेको छ । यसपालि काठमाडौँको तापक्रम दुई डिग्रीसम्म झरेको थियो ।




