
झापाबाट काठमाडौं आउँदै गरेको गाडी सिन्धुलीस्थित बीपी राजमार्गअन्तर्गत सिन्धुलीमाडी-खुर्कोट खण्डमा दुर्घटना भएको छ ।
बागमती प्रदेश ०१-०३० च ९६४२ नम्बरको ईभी शुक्रबार बिहान दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परी २६ वर्षीय चालक सुशान्त नेपालीको मृत्यु भएको छ । उनको उपचारको क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा परी पाँज जना घाइते भएका छन् । त्यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
गाडी सडकबाट झण्डै ३ सय मिटर तल खसेको जनाइएको छ । यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।
सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको जंगली हात्ती (मकुना)को मृत्यु प्रकरणमा छानबिन समिति गठन गरेको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले वन मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए।
उक्त छानबिन समितिमा वन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाली सेनाका एकरएकजना प्रतिनिधि तथा चितवनका एकजना पशु चिकित्सक सदस्य रहेको महानिर्देशक कँडेलले बताए। ‘आज वनमन्त्रीकै उपस्थितिमा भएको बैठकले उक्त समिति गठन गरेको हो, वन्यजन्तु संरक्षणका लागि कस्ता उपाय अपनाउन सकिन्छ ? भन्ने विषयमा समेत राय सुझाव समेटेर प्रतिवेदन दिने छ’, महानिर्देशक कँडेलले भने।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार बुधबार कुमरोज सामुदायिक वनको लामिताल क्षेत्रमा हात्तीलाई ‘स्विपिङ’ गर्दै निकुञ्जतिर पठाउने क्रममा निकुञ्जका हात्ती र मानिसलाई समेत आक्रमण गर्न थालेपछि सुरक्षार्थ खटिएको नेपाली सेनाले आत्मरक्षाका लागि गोली चलाउँदा मकुनाको मृत्यु भएको जानकारी दिएको छ।
निकुञ्जले आज सार्वजनिक गरेको विज्ञप्तिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २१ मा भएको व्यवस्थाबमोजिम आत्मरक्षाका लागि टोलीले दुई राउन्ड ‘वार्निङ’ (चेतावनी) स्वरुप हवाई फायर गरिएको र भाग्नुको सट्टा थप आक्रामक बन्दै सानो हात्ती खगेन्द्रप्रसादतर्फ आउँदा त्यहाँ सवार रेन्जर श्याम तामाङ भुइँमा खसेकाले उनको सुरक्षा गर्न अत्यन्तै कठिन भएपछि गोली चलाउनु परेको उल्लेख गरेको छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विचार गरेर निर्णय लिनुहोला समय अनुकूल छैन। भौतिक सुख सुविधामा धन खर्च हुनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नोकरी वा पेशामा विवेकपूर्ण निर्णय लिने प्रयास गर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रभावशाली व्यक्तिको हस्तक्षेपले कार्य चाँडै सम्पादन हुनेछ। रचनात्मक कार्यबाट प्रशन्नता मिल्नेछ। धार्मिक यात्रा राम्रो रहनेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा अरुमाथि धेरै विश्वास गर्दा धोखा मिल्न सक्ला। पारिवारिक जरुरत पूर्तिमा धन खर्च हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। शेयर बजारबाट मनग्य लाभ प्राप्त होला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अचल सम्पत्तिको क्रय विक्रयको लागि दिन उपयुक्त नहोला। पारिवारिक मनमुटाव सुल्झिनेछ। कार्यक्षेत्रमा इष्टमित्रको सहयोगले नयाँ कार्य प्रारम्भ गर्नमा सफल भइनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आध्यात्म वा आर्थिक क्षेत्रमा विकास हुनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्राबाट लाभ मिल्नेछ। सामाजिक सञ्जालमा बोल्दा बोलिको विशेष ध्यान राख्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा मेहनत अनुरुप परिणाम नमिल्ला। स्वास्थ्यलाइ लिएर खानपिनमा विशेष ध्यान दिनुहोला। अरुलाई ऋण दिनदेखि बच्नुहोस्। प्रतिस्पर्धामा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नोकरी वा पेशामा आफ्नो योजना गुप्त राख्नुहोस्। मशीनरी आदिमा कार्य गर्दा सावधान भएर कार्य गर्नुहोला। कार्यक्षेत्रमा कार्य समयमा सम्पादन हुन गाह्रो हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापारमा वृद्धि हुनेछ। कार्य समयमा सम्पादन गर्ने प्रयास गर्नुहोला। विद्यार्थीहरूलाई पढाइमा आइरहेका बाधाहरू समाप्त हुनेछन्। कार्यस्थलमा सबैको सल्लाहले कार्य गर्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा विरोधीहरूले हजुरको कार्यप्रणालीमा प्रश्न चिन्ह उठाउने छन्। राम्रो सफलताको लागि समय अनुसार चल्नुहोस्। आध्यात्मिक रुचि बढ्नेछ। सन्तानबाट सुख मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) घर र कार्यक्षेत्रमा सामन्जस्य बनाउन गाह्रो हुनेछ। साझेदारी व्यापारमा आपसी मतभेद हुने सम्भावना रहेको छ। सोशल मिडियाको खबरहरूलाई धेरै चासो नदिनुहोला। स्वास्थ्यमा ध्यान राख्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कानुनी मामिलाहरूमा पक्ष मजबुत रहनेछ। आयका नयाँ स्रोतहरू बढ्नेछन्। धर्म कर्ममा आस्था बढ्नेछ। नँया कार्यमा जग बसाउने मौका मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा जोखिमका कार्यहरूमा रुचि बढ्नेछ। सामाजिक कार्यक्रमहरूको सम्मेलनमा सम्मान मिल्नेछ। आर्थिक कारोबारमा नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ ।





