
मनाङ । जिल्लाको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन । यही माघ १८ गते बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
तिमाङ जङ्गलमा लागेको डढेलो जटिल भौगोलिक संरचनाका कारण नियन्त्रणमा लिन नसकिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए । उनका अनुसार डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा संयन्त्र परिचालन गरिएको छ ।
उनले भने, “डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा निकाय परिचालन गरिएको छ । स्थानीयवासी पनि सक्रिय भएर जङ्गलमा खटिनुभएको छ, तर हालसम्म नियन्त्रणमा लिन सकिएको छैन ।” डढेलो समयमा नियन्त्रणमा लिन नसक्दा जङ्गलमा रहेका भेडा, च्याङ्ग्रा, याक, चौरीका चरन क्षेत्र नष्ट भएका उनले बताए ।
“आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, यहाँ हावा चल्ने भएकाले पनि डढेलोको जोखिम बढ्न सक्ने अवस्था छ”, प्रजिअ आचार्यले भने, “साथै राष्ट्रको गहनाका रूपमा रहेका राष्ट्रिय पन्छी डाँफेको बासस्थान र कोपिला लागेको लालीगुँरासको बोट नष्ट भएका छन् ।” जानसक्ने स्थानसम्म पुगेर सुरक्षाकर्मी र स्थानीयले डढेलो निभाउने प्रयास गरिरहनुभएको उनले जानकारी दिए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका प्रमुख ढकबहादुर भुजेलले हिउँ पर्ने स्थानमा हिउँ नपर्नु, सुक्खा हुनुलगायत कारणले आगलागी भएको भन्दै सुख्खा बढी भएकाले आगो नियन्त्रणमा लिन नसकिएको बताए । उनले भने, “संरक्षण क्षेत्रमा प्रत्येक वर्ष आगलागी हुने गरेको छ । सुक्खायाम, हिउँ नपर्नु, वनजङ्गलमा रहेका सुकेका ठुटालगायत कारणले आगो लाग्ने गरेको हो ।”
भुजेलका अनुसार राष्ट्रिय वन क्षेत्रमा यसरी लामो समय आगलागी हुँदा बासस्थान बनाएर बसेका पशुपन्छी अन्यत्र सर्ने गरेका छन् । यसरी प्रत्येक वर्ष वन्यजन्तु तथा पशुपन्छीको बासस्थान मासिँदै गएपछि यहाँका लोपोन्मुख वन्यजन्तु पूर्ण रूपमा लोप हुनसक्ने उनले बताए । उनका अनुसार आगलागीबाट जङ्गलमा भएका सल्लाको काठ, धुपीजस्ता बहुमूल्य तथा औषधीय जडीबुटीको विनास हुनेसक्ने अनुमान गर्न सकिन्छ ।
जङ्गलमा भएका झिजा, पातपतिङ्गरले गर्दा आगो बढ्न सक्ने जोखिम यथावत रहेको प्रमुख भुजेलले बताए । उनले भने, “सुक्खयाम र हुरीबतास चल्ने मौसमका कारण आगो नियन्त्रणमा लिन कठिन भएको छ ।” तत्काल जङ्गलमा आगलागी नियन्त्रण गर्न नसके यसको क्षेत्रफल बढ्ने उनको भनाइ छ । उनका अनुसार जङ्गलमा भएका वनआलु, लौडसल्ला, जटामसी, पाँचऔँले, गुची च्याउलगायत जडीबुटी डढेलोले नष्ट हुने थालेका छन् ।
आगलागीका कारण चराचुरुङ्गी, वन्यजन्तुको बासस्थानमा प्रभाव पार्नुका साथै चराचुरुङ्गी, वन्यजन्तु तथा याकचौँरीका चरन क्षेत्र नास हुन थालेको कार्यालय प्रमुख भुजेलले बताए । यस वर्षको मङ्सिरयता ताल, आइसलेक, पिसाङ भिर आगलागी भएको कार्यालयले जनाएको छ ।
विसं २०७७ मङ्सिर २ गतेदेखि लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रण आएको थियो । उक्त आगलागीका कारण मनाङको एक हजार दुई सय हेक्टर क्षेत्रफल वनजङ्गल नष्ट भएको थियो । तिमाङ जङ्गलमा लागेको डढेलो नियन्त्रणमा तीनै तहका सरकारले यथाशीघ्र प्रभावकारी पहल गर्नुपर्नेमा स्थानीयको जोड छ ।
रक्षामन्त्री मानवीर राई सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ ।
आइतबार बिहान माइतीघरमा रक्षामन्त्री सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको हो ।
ठक्करबाट मोटरसाइकलमा सामान्य क्षति भएको तर, चालकलाई भने कुनै चोट नलागेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
दुवै पक्षबीच मिलापत्र भइसकेको बताइएको छ ।
रक्षामन्त्री सिंहदरबार जाने क्रममा गाडीले रोकिराखेको मोटरसाइकललाई ठक्कर दिएको हो ।
धनगढी । धनगढीमा विद्यालयबाट फर्किदै गरेकी एक किशोरी बलात्कृत भएकी छन् । बाजुराबाट अध्ययनका लागि धनगढी आएकी १४ वर्षीया किशोरीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ। धनगढीमा बसेर अध्ययन गर्दै आएकी किशोरीमाथि गत बिहीबार साँझ जबरजस्ती करणीमा परेकी हुन् ।
पीडित कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन् । स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएको पाइएको प्रहरीले जनाएको छ । त्यसपछि उनी धनगढीकै १८ वर्षीय युवकसँगै उनको घर पुगेकी थिइन्।
किशोरीमाथि घरमै जबरजस्ती करणी गरेर युवक भागेका छन् । पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीषक (डीएसपी) कबिन्द्रसिंह बोहराले शनिबार साँझ मात्र किटानी जाहेरी प्राप्त भएको बताए । किशोरीलाई चक्कु देखाउँदै डर, त्रासमा पारेर घरमै लगेर जबरजस्तीकरण गर्ने युवकको खोजी भइरहेको डीएसपी बोहराले बताए।
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ ।
आइतबार प्रतितोला १ सय रुपैयाँ बढेर १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुर्खेतसँगै जोडिएको दैलेखको गुराँस गाउँपालिकामा दुई हजार ७३३ जनसङ्ख्या छ । जसमा पाँच वर्षदेखि २० वर्षसम्मका बालबालिकाको एक हजार १२१ छ । जसमध्ये बालक ६३० र बालिका ४९१ जना छन् । एउटा माध्यमिक र पाँच वटा प्राथमिक विद्यालय रहेको यस वडामा कुल विद्यार्थी ८७७ जना छन् । विद्यालयको तथ्याङ्क अनुसार ८० जना विद्यार्थी विद्यालय नै आउँदैनन् । तीमध्ये अधिकांश विद्यार्थी कक्षा ४ देखि ८ सम्मका छन् । उनीहरू बाबुआमासँगै भारत (मुगलान) गएका छन् ।
गाउँपालिकाको तल्लो डुङ्गेश्वरमा रहेको महादेव माविमा ४८० विद्यार्थी छन् । तीमध्ये २० जना विद्यार्थी भारतमा छन् । बिपी प्राविमा भर्ना भएका एक सय विद्यार्थीमध्ये २० जना विद्यालय आउँदैनन् । दुर्गादेवी प्रावि पुरैनीमा भर्ना भएका ७१ जनामा पाँच जना विद्यार्थी अभिभावकसँगै भारत गएका छन् । भैरव प्रावि रानीवन सेरिबाडामा भर्ना भएका ५३ जना विद्यार्थीमध्ये १० जना, भगवती प्रावि सेरिबाडामा भर्ना भएका ३२ जनामध्ये छ जना, भैरव प्रावि लमचुडीमा १४१ विद्यार्थीमध्ये १८ जना बालबालिका बाबुआमासँगै भारत गएका छन् ।
विद्यालय जाने उमेरका बालबालिका अभिभावकको पछि लागेर मुगलान जानु यहाँका लागि नौलो होइन । दैलेख गुराँस गाउँपालिका–२ मा यो चलन लामो समयदेखि चलिरहेको छ । जसले गर्दा बालबालिका विद्यालय शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था छ । स्थानीय दलबहादुर विकले रोजीरोटीका लागि मुगलान जानुको विकल्प नभएको बताउछन् । गाउँका अधिकांश व्यक्ति रोजगारीका लागि भारतमै आश्रित छन् । दलित समुदायको बाहुल्य रहेको यस वडाका मानिसहरू भारत जाँदा सपरिवार जाने चलन छ । भारतमा जसले जे काम पायो त्यही गर्ने र केही कमाइ गरेर नेपाल फर्कने उनीहरूको चलन पनि हो ।
विद्यालयमा अनुपस्थित विद्यार्थी बाबुआमासँगै भारतका विभिन्न ठाउँमा गएको पाइएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।
विश्वका सातवटै महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियान थालेका नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण गरेका छन्।
अर्जेन्टिनास्थित माउन्ट अकोन्कागुआको बिहीबार (यही फेब्रुअरी ६ तारिख) सफलतापूर्वक आरोहण गरेको पाण्डेले जानकारी दिए। आरोहणपछि त्यहाँबाट उनले आरोहण गरेको प्रमाणपत्रसमेत प्राप्त गरिसकेका छन्।
आरोही पाण्डेले अकोन्कागुआको शिखरमा स्थानीय समयअनुसार बिहीबार बिहान ७:५० बजे चन्द्रसूर्य अङ्कित नेपाली राष्ट्रिय झन्डा फहराएका थिए। उक्त चुचुरो छ हजार नौ सय ६१ मिटर अग्लो छ। उनले आगामी बुधबारसम्ममा नेपाल आइपुग्ने भिडियो कुराकानीमार्फत जानकारी दिए।
सातै महादेशका उच्च शिखरहरूको आरोहण गर्ने अभियानअन्तर्गत पाण्डे प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रिय झन्डा लिई जनवरी २१ मा अर्जेन्टिनाको ब्युनस आयर्सतर्फ प्रस्थान गरेका थिए।
पर्वतारोहणको क्षेत्रमा विशेष मानिने सेभन समिट अभियानमा उनको यो चौथो हिमाल आरोहण हो भने समग्रमा उनको यो ११ औँ आरोहण भएको पनि पाण्डेले जानकारी दिए। उनी सन् २०२२ देखि यस अभियानमा रहेका छन्। यस अभियानमा उनीसँग कीर्तिमानी पर्वतारोही चतुर तामाङ पनि छन्।
आरोही पाण्डेले यसअघि आरोही तामाङसँगै रुसमा रहेको सर्वोच्च युरोपेली हिमाल माउन्ट एलब्रुस चढेका थिए। पाण्डेले तान्जानियामा रहेको अफ्रिकी महादेशको उच्च हिमशिखर किलिमन्जरोको पनि सफल आरोहण गरिसकेका छन्।
उनले स्वदेशमा रहेको किलर माउन्टेन भनिने मनास्लु हिमाल र टेक्निकल मानिएको आमादब्लम हिमालको पनि सफल आरोहण गरिसकेका छन्। उचाइ धेरै नभए पनि यो आरोहण निकै चुनौतीपूर्ण रहेको बताउँदै आरोही पाण्डेले उक्त क्षेत्रमा छिटोछिटो परिवर्तन भइरहने मौसमका कारण आरोहण सगरमाथा चढे जत्तिकै कठिन महसुस गरिएको भिडियो कुराकानीमार्फत जानकारी दिए।
नेपाली झन्डासँगै नेपाल स्काउट र रोटरी इन्टरनेशनल समेतका सामाजिक संस्थाहरूको झन्डा पनि ती संस्थाहरूको प्रतिनिधित्व गर्दै आफूले फहराउन पाउँदा खुसी लागेको उनले बताए। हिमाल आरोहण अभियानकै क्रममा जलवायु परिवर्तनको मुद्दा पनि उठाउने बताउँदै आरोही पाण्डेले स्थानीय सरोकारवालाहरूसँग अन्तरक्रिया पनि गरेको जानकारी दिए।
जलवायु परिवर्तनका कारणले नेपालसहित जैविक विविधता युक्त तथा विशिष्ट भौगोलिक अवस्थिति भएका मुलुकले अनपेक्षित क्षति र समस्याहरू व्यहोर्नु परिरहेको उनले उल्लेख गरे। आफ्नो आरोहण भ्रमणले नेपाल र अर्जेन्टिनाबीच दौत्य सम्बन्धमा टेवा पुग्ने र साहसिक पर्यटनको क्षेत्रमा नेपाललाई दक्षिण अमेरिकी महादेशमा थप परिचित गराउने उनले विश्वास व्यक्त गरे।
सेभेन समिट अभियानमा अब उत्तर अमेरिकी महादेशको हिमाल आरोहण गर्ने लक्ष्य रहेको बताउँदै पाण्डेले भने, ‘संयुक्त राज्य अमेरिकामा रहेको डेनाली हिमालको आरोहण मेरो लक्ष्य हो।’
सन् २०१८ मा पहिलोपटक सगरमाथा चढेका पाण्डेले क्रमशः अन्य महादेश तथा क्षेत्रका हिमालहरू आरोहण गर्दै नेपालमा आएर सगरमाथामा सेभेन समिट अभियानको समापन गर्ने योजना रहेको पनि जानकारी दिए।
देशकै ठूलो तरकारी बजार कालीमाटीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले तरकारी परीक्षणको रिपोर्ट उपभोक्ताले खाइसकेपछि मात्रै सार्वजनिक गर्ने गरेको छ ।
केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको कालीमाटीको उक्त प्रयोगशालाले बजारमा भित्रिएकामध्ये केही तरकारीको नमुना संकलन गरी परीक्षणको रिपोर्ट निस्किँदासम्म त्यो तरकारी उपभोक्ताले खाइसक्ने गरेको पाइएको हो ।
गत बिहीबार कालीमाटी फलफूल तथा तरकारी बजारमा सर्लाहीबाट भित्रिएका दुई गोलभेँडाको नमुना परीक्षणको रिपोर्टमा खान नहुने विषादी भेटियो । विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा बढी हुनुलाई खान अयोग्य मानिन्छ । परीक्षणको रिपोर्टमा अर्गानोफन्टफेट नामक विषादीको अवशेष ८३.६५९ र ७२.७५३ प्रतिशत भेटियो ।
प्रयोगशालाले सर्लाहीका दुई किसान प्रेम गोपाली र धानचरी लामाले ल्याएको गोलभेँडा परीक्षणपछि घातक विषादी भेटिएकाले नष्ट गर्नुपर्ने भनेर कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिसमक्ष बिहान ६ बजे रिपोर्ट बुझायो । समितिका सुरक्षागार्डसहित तरकारी स्टलमा ८ बजे पुग्दा घातक विषादी भेटिएको गोलभेडा सबै बजार हुँदै उपभोक्ताको भान्सामा पुगिसकेको थियो । थोरै बाँकी रहेको गोलभेडा समितिको नेतृत्वमा नष्ट गरियो ।
कालीमाटी समितिका अनुसार बजारमा सामान्यतया तरकारी राति १२ देखि बिहान ३ बजेभित्र आइसक्छ । बिहान ३ बजेदेखि ६र७ बजेसम्म बजारमा भित्रिएको लगभग सबै तरकारी स्थानीय बजार, खुद्रा बजार हुँदै उपभोक्ताको भान्सामा पुगिसक्छ ।
तरकारी भान्सामा पु¥याइसकेपछि बल्ल विषादी परीक्षण भएको रिपोर्ट सार्वजनिक हुने गरेको यो पहिलो घटना भने होइन । कालीमाटीमा मात्र होइन, केन्द्रीय प्रयोगशाला अन्तर्गत रहेका सबै प्रयोगशालामा परीक्षण गर्ने शैली यस्तै रहेको प्रयोगशालामा कार्यरत कर्मचारी स्वीकार्छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले पनि हाल प्रयोगशालाले गर्दै आएको परीक्षणको प्रभावकारिता कमजोर हुँदै गएको बताए। राति आएको तरकारी बिहान ३ बजेदेखि स्थानीय बजारमा पुर्याउन थालिन्छ । प्रयोगशालाका कर्मचारी ६र७ बजे आएर नबिकेका तरकारीको नमुना लिएर परीक्षण गरी खान नहुने प्रतिवेदन दिएर केही अर्थ हुँदैन । गोरखापत्र दैनिकमा समाचार छ
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भाग्यले कार्यक्षेत्रमा नयाँ अवसरहरू दिलाउनेछ। विपरीत परिस्थितिमा बुद्धि र विवेकको प्रयोग गरेर निर्णय लिनुहोला। स्वास्थ्यमा ध्यान दिनुहोला। यात्रा सुखदाई रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विवादास्पद मामिलाहरूमा धेरै नबोल्दा राम्रो होला। मित्रहरूसँगको भेटघाटले मन प्रशन्न रहनेछ। कार्यक्षेत्रमा अधिकारी वर्गहरूको कुरालाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साझेदारी व्यापारबाट लाभ मिल्नेछ। प्रियजनहरूबाट उपहार मिल्नाले खुसी मिल्नेछ। नोकरी वा पेशामा कार्यशैलीमा सानो परिवर्तनले पनि ठूलो कार्य सम्पादन हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरको साज सजावटमा धन खर्च हुनेछ। अड्किएको ऋण लिनमा सफलता मिल्नेछ। स्वास्थ्यले साथ नदिनाले कार्य समयमा सम्पादन नहोला। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लक्ष्य प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। वाक्चातुर्यले गर्दा उल्झेको कार्यहरु सुल्झिनेछ। कार्यक्षेत्रमा विरोधीहरू सक्रिय रहनेछन्। पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सहकारी र वित्तीय मामिलाहरूमा गम्भीर विचार गरेर निर्णय लिनुहोला। कार्यक्षेत्रमा अधिकारको लागि संघर्ष गर्नुपर्ला। नयाँ नोकरीमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कारोबारमा थप लगानी लगाउनको लागि उपयुक्त समयको विचार गर्नुहोस्। खर्चमा नियन्त्रण राख्ने प्रयास गर्नुहोला। सवारी साधनमा धन खर्चका योग छन्। स्वास्थ्यमा खानपिनको विशेष ध्यान राख्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ सम्पर्क बन्नाले भविष्यमा लाभ हुनेछ। घर परिवारमा आफन्तहरूसँग मनमुटाव हुनसक्छ। आफ्नो सिद्धान्तलाई नत्याग्नुहोला। आर्थिक पक्ष राम्रो रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) घरपरिवारमा मांगलिक वा धार्मिक कार्यक्रममा सहभागी हुनाले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा नयाँ योजनाहरू क्रियान्वित गर्ने समय रहेको छ। विद्यार्थीहरूलाई पढाइमा मन नलाग्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । कार्यको व्यस्तताले गर्दा परिवारलाई समय दिन नसकिएला। अविवाहितहरूलाई विवाहका कुराहरू चल्नेछन्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ। अनलाइन किनमेलमा धोखा मिल्न सक्ला सचेत रहनुहोस्। विद्यार्थी वर्गलाई आफ्नो करियरमा नयाँ अवसर मिल्नेछ। कृषि वा पशुपालनबाट लाभ मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिए ।
घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रु सकुशल छन् ।
‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।




