२०८३ बैशाख १८ गते शुक्रबार
२०८३ बैशाख १८ गते शुक्रबार

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोशी ब्यारेजको विकल्पमा प्रस्तावित नयाँ सडक र पुल निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

कोशी ब्यारेजको निर्धारित आयु समाप्त भइसकेकाले कुनै पनि समय नदीको बहावले ब्यारेजमा क्षति पुगी जनधनको ठुलो क्षति हुन सक्ने भएकाले नयाँ पुलको प्रस्ताव गरिएको हो । कोशी ब्यारेजको सञ्चालन अवधि (म्याद) समाप्त भइसकेकाले नयाँ पुल निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ ।

विभागका अनुसार कोशीको विकल्पमा नयाँ पुल र सडक निर्माणका लागि अध्ययन र डिजाइनसमेत सम्पन्न भइसकेको छ । सन् १९६२ मा निर्माण सम्पन्न गरिएको कोशी ब्यारेजको आयु ५० वर्ष तोकिएको थियो तर पुलको आयु ६० वर्ष नाघिसकेको छ । कोलकाताको ‘जोसेफ एन्ड कम्पनी लिमिटेडले कोशी ब्यारेज निर्माण गरेको थियो ।

प्रस्तावित नयाँ पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भए पनि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले अनुमति नदिँदा निर्माण प्रव्रिmया अगाडि बढ्न नसकेको हो । एसियाली विकास बैँक (एडिबी) को सहयोगमा पाँच वर्षअघि कोशी ब्यारेजको विकल्पमा प्रस्तावित नयाँ सडक र पुल निर्माणको ‘डिपिआर’ तयार गरिएको थियो ।

नेपालस्थित ‘एडिबी’ निर्देशनालय प्रमुख चूडाराज ढकालले एडिबीको सहयोगमा सडक र पुल निर्माणका लागि तयार गरिएको रेखाङ्कन (एलाइनमेन्ट) नेपाल सरकारद्वारा स्वीकृत भएर पनि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले अनुमति नदिँदा निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको बताए । गोरखापत्र दैनिकमा समाचार छ ।

काठमाडौं । गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनर्निर्माणपश्चात् गत मंसिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि यही माघ १५ गतेदेखि एक घण्टा समय बढाइएको हो। यही माघ १४ गतेसम्म ३ः१५ बजेसम्म मात्र धरहरा चढ्न टिकट काट्ने गरिएको थियो ।

अहिले समय थप गरी ४ः१५ बजेसम्म टिकट काट्ने पाइने र साँझ ५ बजेसम्म चढ्न पाइने आयोजनाका कायम मुकायम निर्देशक प्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार सञ्चालनको तीन महिना नपुग्दै प्रवेश शुल्कबापत रु एक करोड ५२ लाख राजस्व संकलन भएको छ ।

गत मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएका ऐतिहासिक धरहराबाट यही माघ २४ गते बिहीबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम संकलन भएको निर्देशक अर्यालले बताए । प्रत्येक बुधबार धरहरा बन्द रहने भन्दै अन्य दिन यहाँ आउने नागरिकको संख्या दैनिक एक हजार दुई सयको हाराहारीमा रहेको उनले जानकारी दिए ।

पछिल्लो समय छिमेकी मुलुकका पर्यटक पनि धरहरा अवलोकन गर्न आउने गरेका छन् । धरहरा चढ्न प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेकका राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति रु एक हजार शुल्क अर्यालले बताए । उनका अनुसार विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिइ धरहरा सञ्चालनमा ल्याइएको हो । गत मङ्सिर ६ गतेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो ।

उक्त स्थानमा पार्किङ गर्दा चारपाङ्ग्रे सवारीका लागि प्रतिघण्टा रु २० र दुईपाङ्गे्र सवारीका लागि रु १० तोकिएको छ। धरहरा परिसरमा प्रवेशका लागि रु ५० निर्धारण गरिएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा रु पाँच हजार तोकिएको छ भने व्यावसायिक भिडिओ छायाङ्कनका लागि प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार तोकिएको निर्देशक अर्यालले उल्लेख गरे ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चल अचल सम्पत्तिमा वृद्धि हुनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। आफन्तहरूसँगको मनमुटाव सुल्झिनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धैर्य र पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा नयाँ कार्यहात लाग्नेछ। श्रमको उचित मूल्यांकन मिल्नेछ। गृहणीहरूको सौन्दर्य वस्तुमा धन खर्च हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक सद्भाव बढ्नेछ। कार्यक्षेत्रमा प्रतिभाको सम्मान हुनेछ। बोलिको प्रभावले कार्य सिद्ध गर्न सकिनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा कार्यलाई आफ्नो अनुरूप अगाडी बढाउनुहोस्। रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। नोकरी वा पेशामा तारिफ योग्य कामले प्रशंसा बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कीर्तिमान कार्यले गर्दा जस मिल्नेछ। कार्यक्षेत्रमा सहकर्मीको भने जस्तो सहयोग नमिल्ला। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायबाट मनग्य लाभ प्राप्त हुनेछ। कला र व्यक्तित्वलाई निखार्ने समय रहेको छ। कार्यक्षेत्रमा गुप्त कुराहरू शेयर नगर्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा लोकप्रियता हासिल गर्न सकिनेछ। आँटेको कार्यसम्पादन हुनेछ। व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। विभिन्न भौतिक वस्तु जुटाउनमा धन खर्च हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मानसम्मानमा वृद्धि हुनेछ। छरछिमेकीसँगको मनमुटाव सुल्झिनेछ। कृषि र ठेकापट्टाबाट लाभ मिल्नेछ। लगनशीलताले कार्यक्षेत्रमा प्रशंसा मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) जमघटको बीचमा स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। आवश्यकता नभए सम्म सल्लाह दिनदेखि बच्नुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सानो प्रयत्नले दिगो कार्य प्रारम्भ गर्न सकिनेछ। टाढाका इष्टमित्रसँगको भेटघाटले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा प्रतिक्षा गर्दा सकारात्मक परिणाम मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक कार्यको सम्बन्धमा विशिष्ट व्यक्तिहरूको साथ मिल्नेछ। रोकिएको कार्य सम्पादित हुनाले नयाँ कार्यतर्फ अग्रसर हुन सकिनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) उच्च महत्वकांक्षी कार्यको पूर्तिको लागि योजना बनाएर कार्य गर्नुहोस्। नोकरी वा पेशामा निर्णयलिँदा विवेकपूर्ण ढंगबाट लिनुहोला। असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

 

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्यांकको मूल्य बढेको छ ।

अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ६७  पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ २७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ४४ रुपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ १५ पैसा, स्विस फ्र्यांक एकको खरिददर एक सय ५३ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ २० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १२ पैसा र बिक्रीदर १९ रुपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ तीन पैसा र बिक्रीदर ३८ रुपैयाँ १९ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्री दर ३१ रुपैयाँ ३८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १२ रुपैयाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३५ पैसा र बिक्री दर १९ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हंकङ डलर एकको खरिददर १७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १८ रुपैयाँ एक पैसा, कुवेती दिनार एकको खरिददर चार सय ५२ रुपैयाँ ३३ पैसा र बिक्रीदर चार सय ५४ रुपैयाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ ५२ पैसा र बिक्रीदर तीन सय ७२ रुपैयाँ ११ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६२ रुपैयाँ ७७ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ ।

यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको  छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।