
काठमाडौंको तीनकुनेमा राजावादीको आन्दोलनमा प्रहरीले दमन गरेपछि उग्र रुप लिएको छ।
राजसंस्थावादी आन्दोलनकारीले तीनकुनेस्थित एक भवनमा आगजनी गरेको बताइएको छ। यस विषयमा प्रहरीले थप पुष्टि नगरे पनि आन्दोलन चलिरहेको स्थानमा धुँवाको ठूलो मुस्लो निस्किएको देखिएको छ।
आगजनीपछि प्रहरीले थप बल प्रयोग गरी आन्दोलनकारी तितरबितर पारिरहेको छ। अश्रुग्याँस प्रहार भएका छन् भने पानीका फोहोरा पनि चलाइएका छन्।
काठमाडौंको तीनकुनेमा शुक्रबार राजावादी पक्षधरले प्रदर्शन गरेपछि स्थिती तनावग्रस्त बनेको छ । राजसंस्था पुनस्थापना माग गर्दै प्रदर्शनरत राजावादीहरुका कारण स्थिति तनावग्रस्त बनेको हो ।
राजावादी समर्थकले प्रदर्शनका क्रममा व्यक्तिका घर समेत तोडफोड गरेका छन् । प्रदर्शनका क्रममा राजावादीहरुले तीन जना व्यक्तिका घर तोेडफोड गरेका हुन् ।
यसैबीच राजावादीहरूको प्रदर्शन बिथोलिएपछि नेताहरू कार्यक्रमस्थल छाडेर तीनकुनेबाट बाहिरिएका छन् । प्रहरीले स्थिती नियन्त्रणमा लिन अश्रु ग्यास समेत प्रयोग गरेको थियो ।
काठमाडौं । प्रहरीले राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार गरेको छ । सुरक्षा निकायले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । यसअघि पनि उनीहरू बानेश्वरतर्फ जान खोजेका थिए । तर, प्रहरीले बल प्रयोग गरेपछि उनीहरू पछि हटेका थिए ।
अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको भागाभाग भएको छ । सभाका लागि विभिन्न ठाउँबाट मानिसहरु प्रदर्शनमा आइरहेका थिए । प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएको थियो । त्यहाँको प्रहरी घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ । सभाका लागि विभिन्न ठाउँबाट राजाका समर्थकहरु भेला हुन तिनकुने आउने क्रम जारी थियो । उनीहरुको सभा सुरु नहुँदै तनाव सिर्जना भएको छ । काठमाडौंको तीनकुनेमा राजावादी समर्थकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राजसंस्था पुनस्र्थापना र हिन्दू राज्यसहितका माग गर्दै राजावादीहरू तीनकुनेमा भेला भए भएर प्रदर्शन गरिरहेका छन्। सो क्रममा राजावादी समर्थकहरूले निषेधित क्षेत्र तोड्न खोजेका थिए । निषेधित क्षेत्र तोड्न खोजेपछि केही प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सुरक्षाकर्मीहरूले प्रदर्शनकारीहरूलाई तीनकुने पुलबाट बानेश्वरतर्फ प्रवेश गर्न दिएको छैन ।
नेपाली बजारमा सुनको मूल्यले एक सातामै नयाँ कीर्तिमान (रेकर्ड) बनाएको छ ।
बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्यमा १ हजार ४ सय रुपैयाँको वृद्धि भएको छ । बिहीबार प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाली इतिहासमा सुनको मूल्य यो इतिहासकै उच्च हो । यसअघि ७ चैतमा १ लाख ७६ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा तोकिएको छ ।
यस्तै अघिल्लो रिक्त कार्यकालको पारिश्रमिकसहित आर्थिक सेवा सुविधा माग गर्दै नव नियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको पेसी पनि मुसलमानकै इजलासमा परेको छ । घिसिङको पेसी इजलासको दोस्रो र शाक्यको पाँचौँ नम्बरमा रहेको छ । घिसिङ र शाक्य दुवै बुधबार साँझ सर्वोच्च पुगेका थिए ।
उनीहरूको रिट निवेदन दर्ता भएको थियो । कुलमानले रिटमा आफूलाई हटाउने निर्णय बद्नियतपूर्ण र गैरकानुनी दाबी गरेका छन् । उनले सरकारको उक्त निर्णय कार्यान्वयनमा तत्काल रोक लगाई आफूलाई काम गर्न दिने अन्तरिम आदेश माग गरेका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेर शाक्यलाई नियुक्त गरेको थियो । कुलमानको यो दोस्रो कार्यकाल हो । चार वर्षको कार्यकालमा चार महिना समय बाँकी थियो ।
शाक्यले पदभार ग्रहण गरिसकेका छन् । शाक्य नियुक्त भएसँगै सञ्चालक समितिको बैठक बसिसकेको छ । बैठकले दुरगामी निर्णयसमेत गरिसकेको छ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका हितेन्द्र देव शाक्यको पनि बिहीबार नै सर्वोचमा रिट निवेदन दर्ता भएको थियो । उनले आफ्नो पुरानो निवेदनमा कारबाही नगरी नयाँ विषयमा प्रवेश नगर्न माग गरेका छन् ।
सरकारले आफूलाई ४ वर्षको पदावधिका लागि २९ माघ २०७७ देखि २८ माघ ०८१ माघसम्म लागू हुने गरी नियुक्ति दिएको भए पनि साउन २७ गते हटाएर जल तथा ऊर्जा आयोगमा सारेर अन्याय गरेको भन्दै उनले ४ वर्षअघि नै निवेदन दिएका थिए । उनको निवेदनमा सर्वोच्चले ४ वर्षसम्म निर्णय दिएको छैन ।
काठमाडौं । समाजवादी मोर्चा र राजावादी समूहको प्रदर्शनको कारण काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन न्यून गुडेका छन् । यसबाट एसईई परीक्षा दिने विद्यार्थीहरू प्रत्यक्ष प्रभावित भएका छन् ।
काठमाडौं महानगरपालिका-२८ पुरानो बसपार्कमा १३ तलासम्म निर्माण भइसकेको काठमाडौं भ्यू-टावर भत्काउने तयारी भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले टावरमा अनियमितता भएको भन्दै भत्काउने तयारी गरेका हुन् ।
मेयर शाहले काठमाडौं टावर निर्माणमा भ्रष्टाचार भएको आरोप लगाउँदै सरकारको समेत संलग्नता रहेको आशंका व्यक्त गरेका छन् । उनका प्रमुख स्वकीय सचिव भूपदेव साहका अनुसार टावर नभत्काएसम्म वास्तविकता बाहिर आउन नसक्ने भएकाले महानगरपालिकाले यसबारे कडा निर्णय लिन लागेको हो ।
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि टावरको नक्सा अनियमित ढंगले पास गरिएको आरोप लगाइएको छ । यही कारण उनलाई कार्यालय प्रवेशमा रोक लगाइएको थियो । यद्यपि, छानबिन समितिले गुरागाईंलाई निर्दोष देखाएको प्रतिवेदन बुझाएपछि पनि मेयर शाहले उक्त प्रतिवेदन अस्वीकार गरेका छन् ।
स्वकीय सचिव साहले काठमाडौं टावरको विषयमा छानबिन गर्न गठन गरिएको समितिबाट आएको रायअनुसार नै अघि बढ्न खोजिएको बताएका छन् । उनले सरकारलाई नै भ्रष्टाचारको दोष लगाउँदै जनताको पैसामा खेलवाड गरेको आरोप लगाए । टावर भत्काउनुपर्ने स्पष्ट राय समितिको प्रतिवेदनमा नआए पनि महानगरपालिकाले भ्रष्टाचारको पोल खोल्नका लागि टावर भत्काउनुपर्ने तर्क गरेको छ ।
साहका अनुसार टावर भत्काएपछि मात्र यसमा को–को संलग्न छन् भन्ने कुरा बाहिर आउनेछ । पीपीए मोडलमा बनेको यस संरचनाको थप अध्ययन गर्न गठित समितिको प्रतिवेदन आउने चरणमा रहेको र त्यसपछि मात्रै आवश्यक निर्णय लिइने बताइएको छ । काठमाडौं टावरको भविष्य अन्योलग्रस्त बनेको छ ।
काठमाडौं । आज (शुक्रबार) संघीय राजधानी काठमाडौँमा एक साथ दुई वटा प्रदर्शन हुँदैछन् । एउटा, गणतन्त्रवादीहरूको र अर्को राजावादीहरूको । गणतन्त्रवादीहरूको प्रदर्शनको नेतृत्व चार दलीय समाजवादी मोर्चाले गर्दै छ भने राजावादीहरूको प्रदर्शनको नेतृत्व राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समितिले गर्दैछ । पछिल्लो प्रजातन्त्र दिवसयता पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादी दल तथा घटकहरू सक्रिय छन् ।
यो गणतन्त्रवादीहरूका लागि ‘सह्य’ विषय छैन । त्यसैले उनीहरूले गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेका हुन्। तर, गणतन्त्रवादीहरूलाई राजावादीहरूले गणतन्त्रको विपक्षमा प्रदर्शन गरेर ‘काउन्टर’ दिन लागेका छन् । यस प्रदर्शनमा राप्रपा, राप्रपा नेपाललगायत दल तथा केही राजा र हिन्दूवादी संघसंस्थाहरूले पनि समर्थन जनाएका छन् ।
राजावादीहरूले स्वयं पूर्वराजा शाहलाई नै सहभागी गराउने प्रयत्न गरेका छन् । त्यसकै लागि राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदी, समितिको जनकमान्डर दुर्गा प्रसाईंलगायतले पूर्वराजालाई भेटिसकेका छन् । उनीहरूले तीनकुनेमा प्रदर्शन र आमसभा गर्दैछन् । गणतन्त्रवादीहरूले भने भृकुटीमण्डपमा प्रदर्शन र आमसभा गर्दैछन् । त्यसको नेतृत्व गरेको समाजवादी मोर्चासम्बद्ध दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नेसपा) र नेपाल कम्युनिष्ट पार्टीले विभिन्न ठाउँबाट जुलुश निकालेर गर्दैछन् ।
यी दलहरूले बबरमहल, त्रिपुरेश्वर, कुपण्डोल, सोह्रखुट्टे, सुन्धारा, न्यूरोड, थापाथली, पुतलीसडक, मैतीदेवी, कमलादीलगायतका स्थानहरूबाट जुलुश निकाल्दै छन् । यता जिल्ला सुरक्षा समितिले सुरक्षार्थ योजना बनाइसकेको छ। समितिले गणतन्त्र पक्षधर र विरोधी प्रदर्शनकारीलाई भेट्न नदिने विशेष रणनीति अपनाएको छ । त्यसैले एउटालाई तीनकुने र अर्कोलाई भृकुटीमण्डप स्थान तोकिएको समितिले जनाएको छ। प्रदर्शन एकै दिन हुने हुँदा मुडभेठ हुन सक्ने भन्दै सुरक्षा समितिले विशेष रूपमा रणनीति बनाएको हो ।
शुक्रवार काठमाडौंमा हुने विभिन्न प्रदर्शनका क्रममा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउने भएको छ । पूर्वराजा पक्षीय दुर्गा प्रसाईहरूले चक्रपथ भित्र प्रवेश नपाउने र समाजवादी मोर्चाका प्रदर्शनकारीले चक्रपथ बाहिर निस्कन नपाउने गरी सुरक्षा योजना बनेको प्रहरी स्रोतले जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार उच्च सतर्कताका साथ सुरक्षा योजना बनाइएको छ । त्यसअन्तर्गत उपत्यकाका विभिन्न भागमा ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ ।
नेपाल प्रहरीले रानीपोखरी र भद्रकाली क्षेत्रमा मात्रै ३ हजार जनशक्ति तैनाथ गर्दैछ । यसबाहेक काठमाडौंमा अवस्थित विभिन्न गण र गुल्मबाट थप ११ सय १६ प्रहरी जनशक्ति परिचालन गर्ने तयारी छ । प्रदर्शनका क्रममा काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित हुने उपत्यका ट्राफिक प्रमुख एसएसपी विनोद घिमिरेले बताए । वैकल्पिक ट्राफिक व्यवस्थापन (डाइभर्सन) का विषयमा शुक्रवार ११ बजेपछि योजना बनाइने भएको उनले बताए ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। साँझदेखि सरसापटमा सञ्चित धन बाहिरिने सम्भावना छ। खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। साँझतिर व्यापारमा फाइदा हुनेछ। तर महत्त्वाकांक्षाले केही समस्या पनि निम्त्याउन सक्छ, सजग रहनुहोला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
आँटले काम लिन नसक्दा केही पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्नेछ। साँझतिर सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्न सक्छ। साँझदेखि स्थितिमा सुधार आउनाले कर्मको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रियजनसँग भेटघाट हुनेछ। तर विचार नमिल्नाले आफ्नैसँग वादविवाद हुन सक्छ। प्रेमको बन्धन कमजाेर बन्ने समय छ। उधाराे व्यापार गर्नुपर्ला। आँटेकाे यात्रा राेकिन सक्छ। काम बिग्रनाले अलि दुःख पाइनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। प्रयत्न गर्दा साँझतिर आंशिक लाभ उठाउन सकिनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। साँझतिर व्यापारमा राम्रो फाइदा हुनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। प्रियजनसँगको भेटघाटले साँझ रमाइलो रहनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
काममा केही अलमल हुन सक्छ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। परिस्थितिवश लक्ष्यमा पुग्न विलम्ब हुनेछ। प्रतिस्पर्धीहरूबाट पनि अलि जाेगिएर काम लिनुपर्ने समय छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्न सक्छ। साँझतिर नयाँ कामतर्फ अग्रसर भइनेछ। तर भौतिक साधनमा क्षति पुग्ने सम्भावना देखिएकाले सजग रहनुहाेला।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ। साँझतिर केही हाेसियारपूर्वक काममा जुट्नुहाेला। अरूकाे समस्या सुल्झाउने प्रयास गर्दा आफैंलाई समस्या पर्न सक्छ। परिणाम अध्ययन नगरी लिइएकाे निर्णयले समस्या पर्न सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। अवसरले उत्साह जगाउने देखिन्छ। साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ। आफन्त टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूको मुख ताक्ने बानीले पछि परिनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अध्ययनमा त्यति समय दिन नसकिएला। प्रतिस्पर्धीहरूले वादविवादमा फसाउन सक्छन्, सजग रहनुहोला। मिहिनेतले केही नयाँ काम गर्ने अवसर भने दिलाउन सक्छ। साँझदेखि प्रतिस्पर्धीहरूले अलि दुःख दिनेछन्। अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। प्रतिस्पर्धीहरू जाग्नेछन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर आए पनि कामले पछि परिने समय छ। अरूका काम र भेटघाटमा अलमलिनुपर्ला। आफ्नो क्षेत्रमा अरूले प्रभुत्व जमाउन सक्छन्, सावधान रहनुहोला। साँझतिर विवादास्पद कामको जिम्मेवारी आउनेछ भने खर्च पनि बढ्ने सम्भावना छ। अवसरवादीहरूले आफ्ना कमजाेरीबाट लाभ उठाउने चेष्टा गर्नेछन्। अनावश्यक वस्तु किन्नाले खर्च बढ्नेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पछिका लागि केही वस्तु त्याग्नुपर्ला। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। टाढाका साथीहरूसँगको भेटघाटले खुसियाली छाउनेछ। कर्जामार्फत धन जुट्नेछ। साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना प्रारम्भ गर्ने अवसर जुट्नेछ।





