२०८३ भाद्र १२ गते शुक्रबार
२०८३ भाद्र १२ गते शुक्रबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको जनप्रदर्शनका लागि सरकारले सुरक्षा व्यवस्था कडा बनाइएको छ। राप्रपाले व्यवस्था उल्टाउने भन्दै काठमाडौंको बल्खुमा गर्न लागेको प्रदर्शनमा सुरक्षा व्यवस्था कडा पारिएको हो।

केहीबेरमा राप्रपाले मंगलबार काठमाडौंको बल्खुमा प्रदर्शन र आमसभा गर्ने भएको छ । विरोध सभा एवं प्रदर्शनलाई मध्यनजर गर्दै करिब सात हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमध्ये नेपाल प्रहरीका पाँच हजार र सशस्त्र प्रहरीका एक हजार पाँच सय सुरक्षाकर्मी रहने जनाइएको छ । सभामा सहभागी हुन कालीमाटी, सानेपा, कलंकीदेखि नाराजुलुससहित कार्यकर्ता सभास्थल बल्खु पुग्नेछन् । उक्त क्षेत्रमा सञ्चालन हुने सवारीसाधनलाई प्रहरीले अन्यत्र डाइभर्ट गरेको छ ।

सम्भावित दुर्घटना हुन नदिन प्रहरीले आसपासका सबै सपिङ मल, सरकारी कार्यालय, ठुला भवनआसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले मंगलबारको सभा सुरक्षाका लागि आवश्यक सबै प्रबन्ध तयार भएको बताए ।विभिन्न ठाउँबाट र्‍याली बल्खुमा पुगेर आमसभामा रूपान्तरित हुनेछ । आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।

राजसंस्था पुनस्र्थापना, संघीयता खारेजीलगायत एजेण्डासहित राप्रपाले प्रदर्शन र आमसभा गर्न लागेको हो । राप्रपाले पार्टी वा राष्ट्रिय झण्डा लिएर प्रदर्शन र आमसभामा आउन अपिल समेत गरेको छ। यसअघि तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले कडा सुरक्षा प्रबन्ध गरेको छ। सयौंको संख्यामा सशस्त्र र नेपाल प्रहरी बल्खु र आसपासका क्षेत्रमा खटिएका छन्।

राप्रपाले सभा आयोजना गर्न सुरुमा नारायणहिटी राजदरबार बाहिरका लागि अनुमति मागेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त स्थानमा अनुमति नदिएपछि भृकुटीमण्डपमा गर्ने तयारी भएको थियो । भृकुटीमण्डपमा पनि प्रशासनले अनुमति नदिएपछि बल्खुमा आयोजना गर्न लागेको हो । विरोध सभा शान्तिपूर्ण र भद्र रूपमा हुने राप्रपाको भनाइ छ । सोमबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले सबै प्रकारका घुसपैठ रोक्ने र शान्तिपूर्ण प्रदर्शन र सभा गर्ने निर्णय गरेको छ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बिहानको काम सन्तोषजनक नभए पनि दाेहाेर्याएर प्रयास गर्नुहाेला। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। दिउँसोबाट दिगो काम प्रारम्भ गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

 

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
विशेष काम गर्न बिहानको समय अनुकूल हुनेछ। अग्रजको सहयोग लिँदा राम्रो हुनेछ। तर योजना सार्वजनिक नगर्नुहोला। दिउँसोदेखि समय केही प्रतिकूल रहनेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा असमझदारी बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। हतारमा निर्णय नलिनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
बिहानकाे याेजना दिउँसाेतिर कार्यान्वयन हुनेछ। शुभचिन्तककाे साथ–सहयाेग जुट्नाले पेसा–व्यवसायमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। शत्रु परास्त हुनेछन् र प्रतिस्पर्धीले हार खानेछन्। साथीभाइकाे सहयाेग जुट्नाले व्यावसायिक लक्ष्य प्राप्त हुनेछ। आयस्रोत बढ्नेछ भने दिगो काम सुरु गर्ने समय छ।

 

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बिहानकाे समय विशेष भेटघाट र परिस्थिति मिलाउन जुट्नुपरे पनि दिउँसाेतिर चिताएकाे काम सम्पादन हुनेछ। बौद्धिक कलाको प्रभाव बढ्नेछ। पहिलेकाे नतिजाले नयाँ जिम्मेवारी दिलाउनेछ। काममा शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले धन आर्जन हुनेछ। अध्ययन र लेखनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बिहान केही खर्चिलाे काम गर्नुपर्ने देखिन्छ। टाढाका आफन्तसँग सम्पर्क बढ्नेछ। यात्राकाे साइत जुर्न सक्छ। दिउँसाे परिस्थिति अनुकूल बन्नाले नयाँ काम सुरु हुनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। स्वादिष्ट खानपानकाे आनन्द प्राप्त हुनेछ। पेसा–व्यवसायमा राम्रै फाइदा हुनेछ र स्वाभिमानको रक्षा गर्न सफल भइनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। केही आम्दानी हुने समय छ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएको काम बन्नाले नयाँ जिम्मेवारी समेत पाइनेछ। तर दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। खर्चिलो काम थालनी हुनेछ। आकस्मिक समस्याले खर्च बढ्न सक्छ। यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतले पहिलेको स्थितिमा सुधार आउनेछ र गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन्। दिउँसोदेखि काम बन्नाले आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आँटले कीर्तिमानी दिलाउनेछ। परोपकारी काममा प्रवृत्त भइनेछ। दिगाे फाइदा हुने जिम्मेवारी प्राप्त हुने देखिन्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। बिहानकाे याेजना दिउँसाेतिर कार्यान्वयन गर्न सकिनेछ। पुरुषार्थी काम गर्दै लाभ उठाउने माैका छ। स्रोतसाधन जुट्नाले पेसा–व्यवसायमा विशेष फाइदा हुनेछ। प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आँटले कीर्तिमानी दिलाउनेछ। परोपकारी काममा प्रवृत्त भइनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। फाइदाका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। श्रम परे पनि दिउँसाेदेखि विशेष उपलब्धि प्राप्त हुनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। तत्काल काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ। मनमा अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बिहानको समय उत्साहवर्द्धक रहनेछ। रमाइलो यात्राका बीच मानसम्मान प्राप्त हुनेछ। व्यवसायमा मनग्य फाइदा उठाउन सकिनेछ। दिउँसोदेखि स्वास्थ्यबाधा हुन सक्छ। साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ। सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
बिहानकाे समय संघर्षपूर्ण देखिए पनि दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। व्यापार बढ्नेछ भने यात्रा गर्ने अवसर जुट्न सक्छ। केही भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। आफन्तहरूको साथ जुट्नेछ। वादविवादमा अघि नसर्नुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
दिन उत्साहजनक रहनेछ। बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ।

काठमाडौं । आज (मंगलबार) काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सडक आन्दोलन हुँदैछ । आज एकै दिन नेपाल शिक्षक महासंघ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), सहकारी र लघुवित्त पीडितले प्रदर्शन गर्ने भएपछि काठमाडौंको सवारी आवागमन प्रभावित हुने भएको हो ।

गत बुधबारदेखि शिक्षकहरुले विद्यालय शिक्षा ऐनको माग गर्दै माइतीघरबाट बानेश्वरसम्म प्रदर्शन गरिरहेका छन् । प्रदर्शनस्थलमा ठूलो संख्यामा शिक्षकको सहभागी भए पनि आन्दोलन शान्तिपूर्ण रहेको छ । सहकारी र लघुवित्त पीडितले शान्तिबाटिकामा कार्यक्रम गर्ने गरेका छन् ।

डाइभर्सन गरिने मुख्य स्थानहरु :-
– खसीबजार – मकालु – कलंकी चोक– बाफल
– बल्खु चोक– कुलेश्वर– कालीमाटी चोक– टेकु
– किर्तिपुर– सुन्दरीघाट– सानेपा– एकान्तकुना
आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाईन्टहरु
– त्रिपुरेश्वर,बालाजु, हलचोक, नैकाप, सीतापाईला,
–चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर ।

प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानहरूबारे जानकारी गराउँदै बल्खुमा आन्दोलनरत पक्षलाई पार्किङको समेत जानकारी गराएको छ ।

पार्किङ्ग गर्ने स्थानहरु :
त्रिवि गेटदेखि चोभार सडक
सानेपा करिडोर सडक (दुबै तर्फ)
चोभार सुख्खा बन्दरगाह
नयाँबसपार्क
सीतापाईला – बाफल सडक खण्डमा एक लाइन

काठमाडौं । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो। विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गते भएको थियो ।

नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त बाममोर्चाले संयुक्त रूपमा आन्दोलन गरी ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गरेका थिए। विसं २०४६ चैत २६ गतेदेखि नेपालमा बहुदलीय शासन व्यवस्थाको पुनःस्थापना भएको हो । कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो ।

विक्रम संवत् २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारी विसं २०४६ फागुन ७ गतेदेखि आन्दोलन सुरु भएको थियो । यो आन्दोलन २०४६ चैत २६ गते सुरु भएको हो। तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै चैत २६ गते बहुदलीय व्यवस्थाको पुनःस्थापना गरेका थिए ।

२०४६ चैत २६ गते दलमाथिको प्रतिबन्ध हटाई बहुदलीय व्यवस्थाको स्मृतिमा प्रत्येक वर्ष चैत २६ गते विभिन्न कार्यक्रम गरी जनआन्दोेलन दिवसका रूपमा मनाउने गरिन्छ । यस अवसरमा यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।