२०८३ जेष्ठ १७ गते आईतवार
२०८३ जेष्ठ १७ गते आईतवार

तस्करीका दुई करोड रुपैयाँ भन्दा बढीका सुनचाँदीसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धको टोली विभिन्न स्थानहरुबाट ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत महाराष्ट्र घर भइ जोरपाटी बस्ने ३० वर्षीय नबनाथ बाकु कसदी, २० वर्षीय सन्दीप पोपट हजारे, २२ वर्षीय अन्सार दिलावर सिकल्गार, १८ वर्षीय सुरज राजेश मदने, २१ वर्षीय अरमान हनिफ इनामदाय, २२ वर्षीय मनोज सुभाष सकट, ३८ वर्षीय अमोल कुमार गोस्ले, २० वर्षीय सुनिल मिटकरी र २० वर्षीय सुरज नन्दीवाली छन् ।

यो समूहले भन्सार छलीका र बिल बिजक बिनाका सुनको कारोबार गर्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । सुन रिफाइनिङ एण्ड टन्च हाउसबाट उनीहरुलाई सुनचाँदीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जोरपाटी, कपन र चाबहिलको टन्च हाउसबाट १ किलो ७६.५१८ ग्राम सुन बरामद भएको छ । उक्त सुनको मु्ल्य १ करोड ७० हजार १० हजार ६० रहेको बताइएको छ ।

त्यसैगरी यी तीन ठाउँबाटै १८ किलो ४५.५२१ ग्राम चाँदी बरामद भएको छ । उक्त चाँदीको मुल्य ३० लाख भन्दा बढी रहेको बताइएको छ । नगद ८ लाख २७ हजार ५ सय नेपाली र ११ हजार ७ सय भारु बरामद भएको छ ।

पक्राउ परेकाहरुलाई आन्तरिक राजश्व विभाग हरिहर भवन पठाइएको छ ।

काठमाडौँ- ४ हजार जनाको ईसेवा खाताबाट १ करोडभन्दा बढी रकम चोरी गर्ने युवक पक्राउ परेका छन् ।

गत मंगलबार (हिजो) काठमाडौँको कालीमाटीबाट कञ्चनपुर घर भई हाल काठमाडौँ अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा पक्राउ परेका हुन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले ईसेवा प्रयोगकर्ताहरूलाई एसएमएसमार्फत द अलर्ट, एटी अलर्टजस्ता फिसिङ लिङ्कहरू पठाउँथे ।

त्यसपछि भेरिफाइका लागि भन्दै लिंक खोल्न लगाएर ईसेवा अनधिकृत पहुँच पुर्‍याउँथे ।

प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार उनले ४ हजारभन्दा बढी व्यक्तिहरूको ईसेवा खाताबाट १ करोड २ लाख रुपैयाँ बराबरको रकम चोरी गरेको खुल्न आएको छ ।

उनले चोरी गरेका सबै रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खाताहरूमा ट्रान्सफर गरेका थिए ।

अहिले उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीद र बेपत्ता परिवारका सदस्यहरूको समस्यालाई अनदेखा नगर्न आग्रह गरेका छन् ।
पार्टीको नवलपरासी जिल्ला समन्वय समिति निर्वाचन क्षेत्र नम्बर १ द्वारा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा शहीद र बेपत्ता परिवारको आँशु लाग्ने भन्दै यस्तो बताएका हुन् ।

‘शहीद र बेपत्ता परिवारका सदस्यहरूलाई अनदेखा नगर्नुहोला । उहाँहरूको आँशु, पीडालाई बेवास्ता नगर्नुहोला, पाप लाग्छ । हुन त पाप र धर्म हाम्रो अर्कै बुझाइ हुन्छ । तर पनि शहीद र बेपत्ता परिवारको आँशु लाग्छ,’ प्रचण्डले भनेका छन् । उनले आफ्नो पार्टीले गरेको अभियानमा हजारौं जनसमुदाय जोडिएको उल्लेख गर्दै यो अभियानसँगै बेपत्ता परिवारको पीडा पनि जोडिएको बताए ।

‘हजारौं र लाखौं जनसमुदाय जोडिनु भएको छ । सबै शहीद बेपत्ता परिवारका पीडाहरू पनि जोडिएका छन्,’ प्रचण्डले भने, ‘मैले त त्यो कुरा बुझेर आत्मसमीक्षासहित एकचोटी फेरि ७० पार हुँदा पनि २५ को जवान जसरी दौडिएको छु, देश र जनताको निम्ति । तपाईहरू पनि दौडिनु होला ।’
‘मोदीजीसँग मैले खरो कुरा नगरेको भए हुलाकी राजमार्गको कामले गति लिने थिएन’
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोकिएको हुलाकी राजमार्गको कामलाई आफूले तीव्रता दिएको दाबी गरेका छन् । आफू प्रधानमन्त्री भएको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खरो कुरा नगरेको भए भारतले रोकिएको हुलाकी राजमार्गको कामलाई अघि नबढाउने उनको दाबी छ ।

पार्टीले सञ्चालन गरेको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी–तराई–मधेस जागरण अभियानअन्तर्गत बुधबार पश्चिम नवलपरासीको प्रतापपुरस्थित बेलाटारी र पाल्हीनन्दनमा आयोजना गरेको खबरदारी जनसभामा प्रचण्डले सो दाबी गरेका हुन् । वर्षौंदेखि लथालिङ्ग भई काम अगाडि बढ्न नसकेको हुलाकी राजमार्गको कामलाई आफू दोस्रो पटक प्रधानमन्त्री भएपछि अघि बढाएको उनको तर्क थियो। त्यतिबेला आफूले भारतले नबनाए नेपालले हुलाकी राजमार्ग बनाउने बताएपछि भारतले चासो दिएको उनको भनाइ छ ।

‘भारत भ्रमणका क्रममा मैले नरेन्द्र मोदीजीसँग खरो कुरा गरे। हुलाकी राजमार्ग भारत सरकारले गर्ने समझदारी छ, तपाईहरू बनाउनु हुन्छ कि म नेपालकै बजेटबाट काम सुरु गरौं भने । मोदीजीले तपाईँहरू अघि बढ्नुस् भन्नुभयो । भारत भ्रमणपछि मैले २०७३ सालमा सिरहाको बरियारपट्टीबाट शिलन्यास गरेपश्चात काम सुरु भएको हो,’ उनले भने ।

आफूले सुरु गरेको कामले अहिले तिव्रता पाएको बताउँदै उनले अहिलेसम्म साढे ३ सय किलोमिटर हुलाकी सडकको काम सकिएको र केही बाँकी भएकाले त्यसलाई पनि समयमा सम्पन्न गराउनका लागि आफूले दबाब दिने बताए।

उनले सरकार बेथिति र भ्रष्टाचारतर्फ उन्मुख भएको आरोप लगाउँदै भ्रष्टचारीहरूलाई उदांगो पार्न पनि यो अभियान सञ्चालन गरेको बताए। जनसभालाई सम्बोधन गर्नुअघि अध्यक्ष प्रचण्डले मुक्तिनाथ पिठाधिश्वर कमलनयनाचार्यले स्थापना गरेको त्रिवेणीस्थित गजेन्द्र मोक्षधामको दर्शन र अवलोकन गरेका थिए। माओवादीका नेताहरू नन्दकिशोर पुन, कृष्णबहादुर महरा, अग्नि सापकोटालगायतका केन्द्रीय टोली लिएर मंगलबार राति पश्चिम नवलपरासी पुगेका प्रचण्डले बेपत्ता र जनयुद्धमा सहिद भएका परिवारका आफन्तलाई समेत भेटघाट गरेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल फर्किएका पुरूषलाई लछारपछार गरी दुर्व्यवहार गर्ने तीन जना प्रहरी जिम्मेवारीबाट हटाइएका छन्।

विमानस्थलमा कार्यरत तीन जना प्रहरीलाई त्यहाँको जिम्मेवारीबाट हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालयमा झिकाएको एसएसपी शेखर खनालले जानकारी दिए।

उनले तीन जनाको जिम्मेवारी खोसेर आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको जनाएको छ।

युएईबाट फर्किएका मोरङका सञ्जय ओझामाथि विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएको थियो।

काठमाडौं । मधेशवादी अभियन्ता तथा मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश अहिराजविरुद्ध जबरजस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ। प्राप्त जाहेरीका आधारमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले जनाउ छ ।

जाहेरवाला पक्षको दाबी पुष्टि हुने /नहुने कुरा अनुसन्धानपछि मात्रै भन्न सकिने उनले बताए ।
जाहेरीमा डा. अहिराजले मधेशमूलकी एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको छ । शुरूमा राष्ट्रिय महिला आयोगमा पुगेकी पीडित पछि केही महिला अधिकारकर्मीको साथमा प्रहरीमा पुगेकी हुन् ।

काठमाडौँ । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरूले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् ।

उनीहरूको प्रदर्शनका कारण माइतीघर-बबरमहल सडकमा यातायात सेवा ठप्प छ । उनीहरूले पूरै सडक ढाकेर प्रदर्शन गरिरहेकाले यातायात सेवा प्रभावित भएको हो ।

प्रदर्शनमा सहभागीहरूले ‘शिक्षा ऐन जारी गर,’ ‘शिक्षा ऐन विरोधीहरू होसियार’ लगायतका नारा लगाएका छन् ।

शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा शिक्षक तथा कर्मचारीहरूले २० चैतदेखि काठमाडौँमा केन्द्रित आन्दोलन गरिरहेका छन् ।

मंगलबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले शिक्षक कर्मचारीका माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन त्यागेर विद्यालय फर्किन आग्रह गरेको थियो । साथै शिक्षकका माग समेत सम्बोधन गर्न भन्दै वैशाख १२ देखि संसदको बर्खे अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

तर सरकारबाट पटक–पटक उधारो आश्वासन पाउँदै आएको भन्दै शिक्षक महासंघले भने शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने जनाएको छ । आन्दोलनको नेतृत्व गरिरहेको महासंघले आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै थप शिक्षक कर्मचारीहरूलाई काठमाडौँमा केन्द्रित भएर आन्दोलन चर्काउन आह्वान गरेको छ ।

विद्यालयमा हड्ताल गरेर शिक्षक कर्मचारीहरू आन्दोलनमा उत्रिँदा सरकारी विद्यालयहरूमा नयाँ भर्ना अभियान रोकिएको छ । वार्षिक परीक्षाको नतिजा प्रकाशन, एसइईको उत्तर पुस्तिका परीक्षण लगायतका सम्पूर्ण शैक्षिक गतिविधि पनि प्रभावित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने तयारी गरे पनि अहिलेसम्म उत्तर पुस्तिका परीक्षण सुरु नै नभएकाले नतिजा सार्वजनिक ढिलो हुने सम्भावना छ ।

नेपाल औषधि लिमिटेडले विगत डेढ महिनादेखि सिटामोल र जीवनजल उत्पादन रोकेको छ ।

स्वास्थ्य मन्त्रालयले औषधि खरिद प्रक्रिया अगाडि नबढाउँदा सरकारी स्वामित्वको औषधि लिमिटेडले औषधि उत्पादन बन्द गरेको हो । कच्चा पदार्थको ठूलो परिमाण खरिद गरेर उत्पादन बढाइए पनि सरकारका विभिन्न निकायहरूले औषधि खरिद नगरेपछि बजारमा विक्री ठप्प हुँदा उत्पादन नै बन्द गर्नुपरेको औषधि लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले बताए ।

उनकाअनुसार लिमिटेडमा हाल १.५ करोड रुपैयाँ बराबरको औषधि स्टकमा थन्किएको छ । जसमध्ये सिटामोल र जीवनजल सबैभन्दा धेरै छन् । २०७९ चैत्र २० गते औषधि लिमिटेडलाई २० प्रकारका औषधि उत्पादन गराउन सरकारले २४ करोड रकम दिने निर्णय भएको थियो । तत्कालीन मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा गठित समितिले स्वास्थ्य, उद्योग र अर्थ मन्त्रालयलाई नेपाल औषधि लिमिटेडको सुधार योजना पठाउने र त्यसलाई तीन मन्त्रालयले समन्वय गरेर कार्यान्वयनमा निर्णय समेत गरेको थियो ।

त्यही आधारमा लिमिटेडले दुई चरणमा काम गरेर १० प्रतिशत औषधि उत्पादन वृद्धि गरेको भएपनि त्यो रकम अझै पाउन नसकेको महाप्रबन्धक पनेरुले बताए । औषधि उत्पादन १० प्रतिशतले बढाएको भएपनि गत वर्षको जति पनि औषधि उत्पादन गर्न नसकिएको उनको भनाइ छ ।

काठमाडौं । नेपालमा नयाँ प्रजातिको चरा अभिलेख गरिएको छ । समुद्री सतहबाट तीन सय मिटर उचाइमा रहेको इलामको सुखानी वन क्षेत्रमा ‘भिओलेट कुक्कू’ नामको चरा अभिलेख गरिएको नेपाल पन्छीविद् सङ्घले जनाएको छ ।

चराविद् राजेन्द्र गुरुङसमेतको टोलीले चरा अवलोकनका क्रममा गत चैत २५ गते पहिलोपटक बिहान सुखानी वन क्षेत्रमा उक्त प्रजातिको भाले चरा देखेका थिए । सोही दिन सोही स्थानमा पटकपटक एक रुखबाट अर्को रुखमा उड्दै बस्दै गरेको अवस्थामा एक घण्टाभन्दा बढी समयसम्म उक्त चरालाई अवलोकन गरिएको थियो ।

चरा अवलोकन गर्ने क्रममा गुरुङका साथमा रहेका मलेसियन नागरिक अलेक्जेन्डर जोन एङ्ग याङले आवाज पहिचान गरी चरालाई पहिल्याएका थिए । टोलीमा रहेका अर्का मलेसियन नागरिक रोगर रोबर्ट राजह र नेपाली चराविद् अनिस तिम्सिनाले पनि सो भाले चरालाई अवलोकन गरेको सङ्घद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

टोलीका सदस्यहरूले चराको फोटो र भिडियो खिचेर प्रारम्भिक पहिचान गरेका थिए । चैत २८ गते सो चराको एकीन पुष्ट्याइका लागि चराविद् राजेन्द्र गुरुङले चराको विवरणसहित फोटो नेपाल चरा तथ्याङ्क समितिमा पठाएका थिए । समितिले प्राप्त विवरणहरूको अध्ययन गर्दै, राष्ट्रिय अन्तरराष्ट्रिय पन्छीविद्हरूसँग पनि रायसुझाव सङ्कलन गरी नयाँ चराको अभिलेख गरेको उक्त चराको नेपाली नाम बेजनी कोइली राखिएको छ ।

यो चरा भुटान, फिलिपिन्स, सिङ्गापुर, बङ्गलादेश, ब्रुनाइ, चीन, भारत, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, थाइल्यान्ड र भियतनाममा आवासीय रूपमा पाइन्छ भने यसले भुटान, फिलिपिन्स, सिङ्गापुरमा प्रजनन गर्दछ । विश्वमा यस चराको दुई उपप्रजाति अभिलेख भएका छन् । यो सँगै नेपालको अभिलेखमा चरा प्रजातिको सङ्ख्यामा एउटा प्रजाति थप भएको छ र अब नेपालमा जम्मा चरा प्रजातिको सङ्ख्या आठ सय ९९ पुगेको छ ।

 प्रेम सम्बन्ध रहेको जोडीले आपसमा सहमतिबाट करणी गर्छन् भने नाबालिका भए पनि त्यसलाई जबरजस्ती करणी मान्न नहुने अदालतले आदेश दिएको छ । 

उच्च अदालत विराटनगर अन्तरगत रहेको इलाम इजलासले झापा जिल्ला अदालतको आदेशले कारागार कार्यालय झापामा थुनामा रहेका गोपाल अधिकारी प्रतिवादी रहेको मुद्दामा यस्तो आदेश दिएको हो ।

पाँचथरको हिलिहाङ गाउँपालिका १ स्थायी घर भई झापाको बिर्तामोड नगरपालिका १ टायमलेस होटलमा काम गरिरहेका २१ वर्षीय अधिकारी विरुद्ध सांकेतिक नाम ‘र-३-०७८-०७९’को जाहेरीमा नेपाल सरकार बादी रहेको मुद्दामा न्यायाधीश किरणकुमार पोखरेल र रेखा थापाको संयुक्त इजलासले केही दिन अघि यस्तो आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘मिसिल संलग्न सम्पूर्ण प्रमाणबाट पीडित र प्रतिवादीबिच प्रेम सम्बन्ध रहेको तथ्यमा विवाद देखिएन । यसरी प्रेम सम्बन्ध रहेको दुई प्रेमिल जोडीले आपसमा सहमतिद्वारा करणी गर्छन भने त्यसलाई जबरजस्ती मान्न मिल्दैन । न्याय सम्पादनको क्रममा पीडितको उमेरलाई सुक्षमताका साथ हेरिनुपर्छ त्यसका बाबजुद सदैव पीडितको उमेरलाई हेरेर नै पीडितलाई प्रलोभनमा पारि प्रतिवादीले जबरजस्ती करणी गरेको निक्यौल गर्न न्यायोचित हुँदैन अर्थात प्रस्तुत मुद्दामा पीडितको उमेर १७ वर्ष भए पनि प्रतिवादीले पीडितलाई अनुचित प्रभावमा पारि जबरजस्ती करणी गरेको देखिएन ।’

उनीहरू बिचको प्रेम सम्बन्धका आधारमा आपसी सहमतिमा करणी लिनदिन गरेको कार्यलाई पीडितको उमेरलाई मात्र आधार मानी उनीहरू प्रेम सम्बन्धमा रही आपसी सहमतिमा करणी लिनु दिनु गरेको कार्यलाई अपराधिकरण गर्न न्यायको हिसाबले उपयुक्त नदखिएको फैसलामा भनिएको छ । प्रतिवादीलाई अभियोग दाबी बमोजिमको कसुर ठहर गरी सजाय गरेको सुरु फैसला कानून सम्मत नदेखिएको फैसलामा उल्लेख छ ।

स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला एक हजार सात सय रुपैयाँले बढेर एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी १० रुपैयाँले बढेर एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।