२०८३ असार १० गते बुधबार
२०८३ असार १० गते बुधबार

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाका समर्थकहरूबीच झडप भएको छ । उपमहानगरपालिका कार्यालयबाहिर दुवै पक्षका समर्थकहरूबीच तनाव उत्पन्न भएको हो ।

दुई पक्षबीचको विवाद र झडपले गर्दा मंगलबार दिनभर नगर परिसर तनावग्रस्त बन्यो ।

‘बहुभाषिक विद्यालय पश्चिम सर्दु रोकथाम समिति’ले नगरपालिकासँग ७ लाख ४१ हजार भुक्तानी माग गरेको थियो ।

१७ लाख ४० हजार बराबरको काम मध्ये ९ लाख ९८ हजारको श्रमदान र नगरपालिकाबाट ७ लाख ४१ हजार भुक्तानी मागेपछि उपमेयर बेघाले रोकिदिए । त्यसपछि धरान १० को रायणपथमा श्रमदानमा प्रयोग भएको नगरको सवारीको चाबी बेघाले खोस्न लगाए ।

दुई वटा काम रोकिएपछि सोमबार दुई पक्षबीच सामान्य विवाद भएको थियो । मंगलबार भने हात हालाहालको स्थिति बनेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले दुई पक्षबीच विवाद भएको बताए । दुवै पक्षलाई नगर परिसरबाट हटाएपछि अवस्था सामान्य बनेको उनले बताए ।

सोमबार मेयरका समर्थकले उपमेयर बेघालाई हातपात गर्ने प्रयास गरेका थिए, मंगलबार साम्पाङको समूहले उपमेयरसँग श्रमदानका क्रममा खोसिएका सवारीको चाबी माग गरेको थियो । बेघाले चाबी छैन भनेपछि विवाद सुरु भएको थियो । हुलहुल्जत गरेपछि बेघाले पनि आफ्ना समर्थकलाई बोलाएका थिए ।

दुई पक्षबीच आरोप प्रत्यारोप चर्किएपछि झडप भएको थियो ।

मेयर पक्षधरले भने श्रमदानबाट काम भइरहेको स्थानमा उपमेयरले अनावश्यक अवरोध सिर्जना गरेको दाबी गरको छ । बेघा पक्षले भने श्रमदानमा सरकारी सम्पति दुरुपयोग हुन नदिने बताएको छ ।

 
 

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले संसदमा निलो रिवन लगाउनु अमर्यादित नहुने बताएका छन्।

प्रतिनिधि सभा बैठक स्थगित भएपछि सामाजिक सञ्जाल ट्वीटर (एक्स) मा लेख्दै सांसद झाले निलो रिवन–सल लगाउँदा संसदीय मर्यादा नतोडिने बताएका छन्।

उनले विगतको संसद वैठकमा नेकपा एमाले र नेकपा माओवादीका शीर्ष नेताहरुले रातो मफ्लर लगाएको तस्वीरहरु सार्वजनिक गर्दै प्रश्न गरेका छन्–सदनमा रातो मफलर लगाउन पाउने, निलो नलगाउ भन्ने कुन नियमावलीले भन्छ ? भिजिट भिसामा मानव तस्करीको विरोध स्वरुप आज रास्वपाका सांसदहरु गलामा निलो रिवन लगाएर संसदमा उपस्थित भएका थिए । रास्वपा सांसदहरु निलो रिवन गलामा भिरेर संसदमा आएपछि सत्ता साझेदार नेपाली कांग्रेसले पोसाक अमर्यादित भएको भन्दै रास्वपा सांसदहरुलाई निष्कासन गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए। मंगलबार संसदमा निलो रिवन लगाएर उपस्थित भएको विषयमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नियमापत्ति जनाएका थिए।

‘उहाँहरू सबै स्कार्फ बाँधेर आउनु भएको छ। यो मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन ? जे पनि लगाएर आउने गर्न थालियो भने भोलि कोही हाफ प्यान्टमा आए भने ?,’ उनले प्रश्न गरेका थिए।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गरिरहेको रास्वपाका सबै सांसदहरूले निलो रिवन लगाएर संसद पुगेका थिए। उनीहरूले संसद सुरू भएपछि वेल घेरेर नाराबाजी गरेपछि बैठक स्थगित भएको थियो। भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले सत्तापक्षसँग दुई बुँदे सहमति गरेर संसद खोल्न तयार भए पनि रास्वपाले अवरोध जारी राखेको छ। यस्तै रास्वपाकी सांसद तोसिमा कार्कीले संसदमा निलो सल लगाउनु अमर्यादित नहुेन बताएकी छन्।

प्रतिनिधी सभा बैठक स्थगित भएपछि संसद भवन परिसरमा पत्रकारहरूसँगको कुराकानीमा सांसद कार्कीले सल लगाउँदा संसदीय मर्यादा नतोडिने बताइन्् । ‘हामीले गर्ने अबको क्रान्ति भनेको यस्तै किसिमको निलो शान्त विद्रोह बौद्धिक क्रान्ति हो । रचनात्मक ढंगले सांकेतिक रूपमा खबरदारी गर्दा आवज उहाँहरूको सात्तोपुत्लो उडेको छ,’ उनले भनिन्, ‘हामी प्रश्न गर्न चाहन्छौं हामीले आज सल लगाएर आउँदै गर्दा कहाँ निर अभद्र भयो ? हाम्रो आन्दोलन जारी छ।’

उनले आफूहरू हिंसाको पक्षमा नरहेको भन्दै अहिले शान्त विद्रोह गरेको पनि बताए। सरकारले मौलिक हकलाई नै बेवास्ता गरी गिरोह बनाएर भिजिट भिसामा मानिसहरू पठाउने गरिएको बताएकी छन्। ‘यी तमाम हकलाई बेवास्ता गरेर जालो नै क्रिएट गरेर गृह मन्त्रालयको सचिवालय स्वयम् आवद्ध भएर अध्यागमन विभागदेखि ट्राभल एजेन्सी म्यानपावर सबैलाई तानिने गरी ठूलो गिरोह छ। यसमा छानबिन हुनुप¥यो, उच्चस्तरीय छानबिन समिति भनेका छौं,’ उनले भनिन्। अहिले गृहमन्त्रीको सचिवालयमै रहेका व्यक्ति मुछिएका खबर आइरहेकाले सरकारले छानबिन गर्न नसक्ने भएकाले समिति बनाएर छानबिन गर्नुपर्ने अडान राखेको उनले बताइन्।

काठमाडौं । काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे उच्च अदालत पुगेका छन्।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरगाईंको निर्णयविरुद्ध उनी उच्च अदालत पुगेका हुन्। पाण्डेको रिटमाथि भोलि बुधबार सुनुवाइ हुने अदालतले जनाएको छ। गत चैत २१ गते गुरागाईं कार्यालयमा हाजिर हुन जाँदा पाण्डेकै नेतृत्वमा रहेको नगर प्रहरीको टोलीले अवरोध गरेको आरोपमा उनीमाथि कारबाही अघि बढाइएको थियो। महानगरले उक्त घटनाबारे छानबिन गर्न प्रशासन प्रमुख ध्रुव काफ्लेको नेतृत्वमा जाँचबुझ समिति पनि अध्ययन गरिरहेको छ।

त्यसअघि गुरागाईंले पाण्डेसँग स्पष्टीकरण सोधेका थिए। प्रारम्भिक रूपमा उनको स्पष्टीकरण चित्तबुझ्दो नआएकाले निलम्बन गरी थप जाँचबुझ अघि बढाइएको गुरागाईको भनाई थियो। चैत २१ गते उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दा समेत प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको ताला खोल्ने काममा अवरोध किन गरेको भनेर ७ बुँदे पत्र पाण्डेलाई थमाइएको थियो।

काठमाडौँ भ्यू टावरको नक्सा पास विवादपछि बिदामा बसेका गुरागाईं महानगरमा हाजिर हुन जाँदा विवाद भएको थियो। उपप्रमुख सुनीता डंगोलकै नेतृत्वमा गुरागाईं हाजिर हुन भनेर महानगर पुगेका थिए। महानगरको नगर प्रहरी बलले कार्यालय प्रवेशमा अवरोध गरेको थियो । काठमाडौँ महानगरपालिकाको कर्मचारीको रूपमा प्रमुख प्रशासकीय अधिकृतको निर्देशन पालना गर्नुपर्नेमा पाण्डेले कर्मचारी आचरण र अनुशासन पालना नगरी अनुशासनहीन कार्य गरेको आरोप लगाइएको छ।

काठमाडौं । प्रमुख सत्तारुढ नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विरोधमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई संसद् बैठकबाट निष्कासन गर्न माग गरेको छ ।

मंगलबार दिउँसो २ बजे बसेको प्रतिनिधिसभा बैठकमा नियमापत्ति जनाउँदै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यस्तो माग राखेका हुन् ।

‘सभामुख महोदय, संसद् सचिवालयको नियमावली ३० मा अभद्र व्यवहार नियन्त्रणको व्यवस्था छ । नियम ३१ मा बैठक कक्षबाट निष्कासनको प्रावधान छ,’ उनले नीलो स्कार्फ लगाएर आएका रास्वपा सांसदहरूतर्फ सङ्केत गर्दै भने, ‘नीलो स्कार्फ लगाएर संसद्मा आउनु मर्यादित हो कि होइन ? भोलि हाफ प्यान्ट मात्र लगाएर वा जथाभावी पोशाकमा आएमा त्यो संसद्को मर्यादामा पर्छ कि पर्दैन ?’

उनले सभामुखलाई रास्वपा सांसदहरूलाई चेतावनी दिएर निष्कासन गर्न आग्रह गरे । ‘सभामुखले चेतावनी दिएर उनीहरूलाई संसद्बाट निष्कासन गर्नुपर्छ,’ उनले भने, ‘यो संसद्को मर्यादाविपरीतको कार्य हो । यसमा उचित निर्णय लिन जरुरी छ ।’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरण छानबिनको माग गर्दै संसदमा विरोध गर्दै आइरहेको छ। गृह मन्त्रालय अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले संगठित रूपमा पैसा उठाएको विषय भिजिट भिसा प्रकरणका रूपमा चर्चित छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति बनाउन माग गर्दै रास्वपाले बैठक अवरोध गर्दै आइरहेको छ। रास्वपाले संसदमा नाराबाजी र वेल घेराउ गर्दै आइरहेको छ। यसैबीच आज (मंगलबार) संसद भवन प्रवेश गर्नुअघि रास्वपाले विरोधको फरक शैली अपनाएको छ। रास्वपाका सबै सांसदहरूले निलो रङको खादा (रिवन) लगाएर विरोध जनाएका छन्।

‘हामीले रचनात्मक ढंगले कसरी विरोध गर्न सकिन्छ भनेर सोच्यौं,’ रास्वपाका एक सांसदले भने, ‘त्यही अनुरूप हामीले निलो रङको खादा लगाएर विरोध जनाएका छौं ।’ रास्वपाका सांसद तथा कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार मानव तस्करीविरुद्धको अभियानलाई विश्वभर ‘निलो रिबन’ को प्रतिकले जनाउने भएकाले आफूहरू त्यस्तै गरी प्रस्तुत भएको बताए। रास्वपा गत जेठ १३ गतेदेखि लगातार सदनमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने भन्दै विरोध जनाउँदै आइरहेको छ। तर सत्तापक्षले भने यसलाई इन्कार गरिरहेका छन्। प्रतिनिधि सभाको केहीबेरमा बस्दैछ । बैठकमा जेठ १५ गते पेस भएको बजेटमाथिको छलफल हुनेछ।

जनकपुरधाम । गौशाला नगरपालिकाकी उपप्रमुख रेणु कुशवाहालाई नगरपालिका प्रवेशमा रोक लगाइएको छ। आइतबार उपप्रमुख कुशवाहाले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा अनियमितताको लागि दर्ता चलानी खाली राखेको भेटाएपछि दर्ता तथा चलानी किताब खोसेको लगेको समाजिक सञ्जालमा पोष्ट गरेकी थिइन्। सोही विषयलाई लिएर नगर प्रवेशमा रोक लगाएको उपप्रमुख कुशवाहको भनाइ छ।

गौशाला उपप्रमुख कुशवाहाले नगरपालिकामा आफूलाई मेयरको निर्देशनमा नगर प्रहरीले रोक लगाएको भन्दै भिडियो सन्देश जारी गरेकी छन्। भिडियोमा उनी नगरपालिकाको मुख्य गेटमा छिर्न खोज्दा नगर प्रहरीले माथिको आदेश भन्दै उनलाई प्रवेशमा रोक लगाएको देखिन्छ । भिडियोमा नगर प्रहरीले उपमेयरलाई प्रवेश गर्न खोज्दा मूल ढोक बन्द गरेको देखिन्छ । उनले पटक–पटक पत्राचार गरी कागजात उपलब्ध गराउन अनुरोध गर्दा पनि उपलब्ध नगराएको तथा प्रमुख प्रशासकीय अधिकृतलाई अनुगमनको लागि पत्राचार गर्दा पनि जवाफ नपठाएकाले गौशाला नगरपालिकाको दर्ता,चलानी फाइल नियन्त्रणमा लिएको दावी गरेकी छन्।

सोमबार राखिएको कार्यपालिका बैठकमा उपस्थित हुन जाँदा मेयर डा. दिपेन्द्र महतो र प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीको निर्देशनमा नगरप्रहरीले प्रवेश गर्न नदिएको उपमेयर कुशवाहाको भनाइ छ। उनले भिडियोमार्फत् दर्ता चलानीको किताब नियन्त्रणमा लिएपछि आफ्नो कार्यकक्षमा तोडफोड समेत भएको आफूले सूचना पाएको भिडियोमार्फत् जानकारी गराएकी छन्। नगरपालिकामा मेयर डा. महतो र उपमेयर कुशवाहा जसपा नेपालबाट निर्वाचित भएका हुन्। निर्वाचनको केही महिनामै मेयर र उपमेयरबीच खटपट सुरू भएको थियो।

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र तीन महिनाका लागि सडक तथा फुटपाथ खन्न पूर्ण रूपमा रोक लगाएको छ ।

महानगरको सार्वजनिक निर्माण विभागले मंगलबार एक सूचना जारी गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म नगर पालिका क्षेत्रका सडक तथा फुटपाथ खन्न स्वीकृति दिने कार्य रोकिएको जानकारी दिएको हो ।

सूचनामा भनिएको छ ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र मिति २०८२ असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडक र फुटपाथ खन्न स्वीकृति र सहमति दिने कार्य रोकिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

मनसुनको समयमा सडक खन्दा हिलो, खाल्डाखुल्डी र पानी जम्ने जस्ता समस्याले सर्वसाधारणलाई सास्ती हुने तथा दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्तो निर्णय गरेको हो ।

काठमाडौं । हाल कोशी, मधेस, बागमती र गण्डकीका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जसको प्रभावले आज देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। राति पनि यही सिलसिलाले निरन्तरता पाउने भएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

विभिन्न साधन स्रोत जुटाई दिगो फाइदा हुने काम आरम्भ गर्न सकिनेछ। पैतृक सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ। बैङ्किङ तथा शेयर बजारमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रणय सम्बन्धका रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ। दाजुभाइको सहयोगले भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ। सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

शुभचिन्तक तथा परिचित व्याक्तिबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ। कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ। पुर्खौली धन तथा सम्पत्तिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ। पुराना विवादलाई सल्टाउन तपाईँको महत्त्वपूर्ण भूमिका हुने तथा लोकप्रियता चुलिनेछ। अध्ययनमा मन जानेछ। प्रणय सम्बन्धमा पथ प्रगाढता थपिनेछ। राजनीति तथा सामाजिक क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

सामाजिक तथा धार्मिक काममा अभिरुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्ने अवसर जुर्नेछ। पढाइ लेखाइको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ। भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला उपलब्धि हासिल हुनेछ। सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँको सम्मानजनक उपस्थिति रहनेछ। प्रेममा सामीप्य बढ्नेछ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए पनि आम्दानी कम हुनेछ। भौतिक सम्पत्ति तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु हुन सक्छन्। प्रेममा टाढिने समय रहेको छ भने घर परिवार तथा दिदीबहिनीसँग मनमुटाब बढ्नेछ। खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ। पढाइ लेखाइमा प्रशस्त समय दिए मात्र सफलता हात पार्न सकिनेछ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

भौतिक सम्पत्ति तथा बिलासी वस्तुको व्यापार व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ। व्यावसायिकै सिलसिलामा यात्राको तय गर्न सकिनेछ। माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ। मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति हात पार्न सकिनेछ। बौद्धिकताको प्रयोग मार्फत अधिकार स्थापित गर्न सकिनेछ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

आट, साहस, हिम्मतले कामहरू सम्पादन हुनेछन्। अध्ययनमा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ। पुराना ऋण तिर्न सकिने तथा रोग केही भए बिसेक हुनेछ। मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ। पछिसम्म आम्दानी भइरहने व्यवसाय सुरु गर्न सकिनेछ। प्रेमको डोरो कसिलो हुनेछ। वित्तीय क्षेत्र तथा शेयर बजारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ। शेयर बजार तथा व्यापार व्यवसाय अरू दिन भन्दा सुधार भएर जाने हुनाले दैनिकी सुदृढ हुनेछ। चिट्ठा पर्ने तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ। माया प्रेममा नजिक हुने तथा मायाको डोरो कसिलो भएर जानेछ। सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ। आफन्त तथा छोराछोरीको प्रगतिमा मन प्रसन्न हुनेछ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

चुनौतीका बावजुत पनि राजनीति तथा समाजसेवामा राम्रा काम गरेर देखाउन सकिनेछ। विशेष तथा गोप्य योजनाहरू केही दिन पछि मात्र सार्वजनिक गर्नुहोला। आफन्त तथा अग्रजसँग सैद्धान्तिक विषयमा राय बाझिनेछ। घर जग्गा तथा सवारी साधनको कारोबार तथा प्रयोग गर्दा ध्यान दिनुहोला। प्रेममा अविश्वास बढ्ने योग रहेको छ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

अध्ययनमा उत्कृष्ट नतिजा हात पार्न थोरै समय लगानी नै काफी हुनेछ। छोटो तथा रमाइलो यात्राको तय गर्न सकिनेछ। विवादित विषयको निर्णय तपाईँकै पक्षमा हुनेछन्। दाजुभाइ तथा छिमेकीसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ। भौतिक सम्पत्ति तथा नगद जुट्नाले लगानी गर्ने सहज वातावरण बन्नेछ। शेयर बजारमा आज गरिने लगानीबाट लाभ लिन सकिनेछ। प्रेममा सामीप्य बढेर जानेछ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

विगतमा गरिएको कामको सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न रहनेछ। रोकिएर बसेका कामहरू सम्पादन हुनेछन् भने नयाँ काम गर्ने वातावरण बन्नेछ। शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ। पढाइ लेखाइमा अरूभन्दा एक कदम अगाडी बडी नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ। प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

अवसरहरूको सदुपयोग गर्दै राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ। व्यापार, शेयर बजार तथा उद्योगको लगानी फस्टाएर जाने तथा मनग्गे धन आर्जन गर्न सकिनेछ। राजनीतिमा समय लगानी गर्र्नेहरुले पद पाउने तथा इज्जत प्रतिष्ठा जोड्न सक्नेछन्। पढाइ लेखाइमा मन जानेछ भने पढाइ कै सवालमा लामो दुरीको यात्रा गर्न सकिनेछ। प्रणय सम्बन्ध थप बलियो बन्नेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

समय मध्यम रहेकोले पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिने छैन। खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ। माया प्रेममा धोका तथा विश्वासघात हुनेछ। काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ। तापनि विदेशी सामानको व्यापार व्यावसfय फस्टाएर जानेछ। लामो दुरीको यात्रा हुनेछ। विदेशमा बसेर काम तथा अध्ययन गर्नेहरूका लागि समय उत्तम रहेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।