२०८३ बैशाख ७ गते सोमबार
२०८३ बैशाख ७ गते सोमबार

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको अध्यक्ष बन्नकै लागि पार्टीमा फर्किएको बताएकी छन् । एक टेलिभिजनसँग कुराकानी गर्दै उनले अबको आफ्नो लक्ष्य पार्टीको आगामी नेतृत्व (अध्यक्ष) बन्नु रहेको बताएकी हुन् ।

बिहीबार इमेज टेलिभिजनका पत्रकार जगदीश खरेलले लिएको अन्तर्वार्तामा भण्डारीले आफूले सरकारी सेवा–सुविधा परित्याग गर्दै राष्ट्र र पार्टीको हितका लागि राजनीतिमा फर्किएको जानकारी दिइन् । ‘यो सबै गर्नका लागि तपाईँ एमालेको अध्यक्ष बन्नुपर्छ भन्ने हो ?’ भनेर सोधिएको प्रश्नमा भण्डारीले भनिन्, ‘हो’ ।

एमालेको राजनीतिमा सक्रिय भएकी उनले भनिन्, ‘व्यक्तिगत पदलोलुपता वा महत्वाकांक्षा होइन, राष्ट्रिय आवश्यकताका विषयमा सक्रिय हुन खोजेकी हुँ ।’ भण्डारीले केही साताअघि मात्रै सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेको थिइन् । उनी एमालेको राजनीतिमा सक्रिय भएसँगै ‘भावी अध्यक्ष’का रुपमा चर्चा चलिरहेको छ ।

उनले आफ्नो प्राथमिकतामा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरण, उद्योग, कृषि, रोजगारीका माध्यमबाट अर्थतन्त्रको सबलीकरण, शिक्षा तथा स्वास्थ्यको गुणस्तर वृद्धि र जलवायु परिवर्तनजस्ता विश्वव्यापी चुनौतीसहितका विषय रहेको उल्लेख गरिन् ।

उनले वर्तमान अध्यक्ष केपी शर्मा ओलीबारे भनिन्, ‘उहाँ दुई कार्यकाल अध्यक्ष भइसकेकाले अब दोहोरिएर नेतृत्वमा आउनु हुन्न भन्ने मलाई विश्वास छ । मैले चिनेको केपी ओली त्यस्तो होइन ।’ उनले पार्टीभित्र विगतमा देखिएको विभाजन र गुटबन्दी स्वीकार गर्दै त्यसलाई अब समाधान गरी एमालेलाई थप सुदृढ बनाउने रहेको बताइन् ।

काठमाडौं । सुनचाँदी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । बिहीबार सरकारसँग ६बुँदे सहमति भएपछि व्यवसायीले आन्दोलन स्थगित गरेका हुन् ।

सरकारसँग सहमति भएसँगै विरोधका कार्यक्रम स्थगित गरेर शुक्रबारदेखि नियमित रूपमा पसल खुला हुने नेपाल सुनचाँदी व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले जानकारी दिए ।

सरकारले आर्थिक वर्ष २०८२÷८३ को बजेटमार्फत् सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर र हीराजडित गहनामा १३ प्रतिशत भ्याटको व्यवस्था गरेको थियो । कर र भ्याटले उपभोक्ता र व्यवसायी दुवैलाई असर पर्ने भन्दै फिर्ताको माग गर्दै व्यवसायीहरू एक महिनादेखि आन्दोलनमा उत्रिएका थिए ।

विहीबार अर्थ मन्त्रालयमा भएको वार्तामा व्यवसायीका माग सम्बोधन गर्न एक कार्यदल गठन गर्ने र विलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गहनाको सन्दर्भमा आवश्यक अध्ययन गरी पुनरवलोकन गर्न सिफारिस गर्ने सहमति भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार कार्यदलले अध्ययन गरेर प्रतिवेदन पेस गर्ने बेलासम्म बजेटमार्फत वृद्धि भएको कर र भ्याट लागू नहुने सहमति भएको छ ।

यस्तै, सुनचाँदीको बिक्रीवितरणका सन्दर्भमा स्पष्ट व्यवस्था मिलाउने, स्थानीय सुनचाँदी तथा रत्न आभूषणको सहज पहुँज हुनेगरी नजिकको व्यापारिक केन्द्रबाट सुन आयात गर्ने, वाणिज्य बैंकबाटै सुन उपलब्ध हुने गरी सुन आयात तथा बिक्रीवितरणसम्बन्धी कार्यविधि, २०६८ प्रभावकारी कार्यान्वयन गर्ने र आवश्यकताअनुसार संशोधन गर्नेलगायतका विषयमा सहमति भएको महासंघले जनाएको छ ।

यस्तै, व्यवसायीका समस्या समाधान एवं कर र भ्याटका विषयमा अध्ययन गर्ने कार्यदलको सचिवालय अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखामा रहने पनि सहमति भएको महासंघले जनाएको छ ।

सहमति पत्रमा अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव विपिन आचार्य, आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाल, भन्सार विभागका महानिर्देशक महेश भट्टराई, नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र भट्टराई, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनार लगायतले हस्ताक्षर गरेका छन् ।

मेष –
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पेसा–व्यवसायमा लाभ हुनेछ। हिम्मतले काम बनाउन सकिनेछ। मध्याह्नपछि अरूको साथ जुट्नेछ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने जिम्मेवारी हात पार्ने मौका छ। कीर्तिमानी काम गर्ने समय छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। तापनि मध्याह्नदेखि समुदायको हितमा केही काम गर्न सकिनेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। धनलाभ हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
बिहानको समय रमाइलो तथा कामका लागि अनुकूल रहनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जुट्नेछ। मध्याह्नदेखि स्थिति प्रतिकूल बन्नाले काममा समय दिन नसकिएला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। स्वास्थ्य–उपचारमा खर्च हुने योग छ। सानातिना समस्यामै अल्झनुपर्ला। अर्थ अभावले पनि सताउन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मध्याह्नदेखि रमाइलो जमघटमा सहभागी भइनेछ। प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा सम्मान प्राप्त होला। पेसा–व्यवसायमा पनि मनग्य फाइदा उठाउन सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कामका लागि बिहानको समय अनुकूल रहनेछ भने परिस्थिति पनि रमाइलो हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। मध्याह्नपछि नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले सहयोग गर्न थाल्नेछन्। थोरै लाभ भए पनि दिगो काम प्रारम्भ हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आँटले काम लिन नसक्दा पछि परिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पहिलेका समस्या दोहोरिन सक्छन्। मध्याह्नपछि स्थितिमा सुधार आउनाले सजिलै लक्ष्य प्राप्ति होला। बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रचनात्मक कार्यमा जुट्दा मनग्य फाइदा उठाउन सकिनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ। चिताएको काम पनि पूरा हुन सक्छ। मध्याह्नदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। आँटेकाे काम बिग्रन सक्छ। पेसा–व्यवसायमा फाइदा कम देखिए पनि प्रयास भने दोहोर्याउनुहोला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
लगनशील बन्दा प्रशंसकहरू बढ्नेछन् भने मनग्य धन लाभ हुनेछ। विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ। प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मध्याह्नदेखि साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। उपलब्धिले थप उत्साह जगाउनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। तार्किक क्षमताले मानसम्मान र फाइदा दिलाउनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीपूर्ण काममा हात हाल्न केही समय पर्खनुहोला। छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन्। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। ऋणमोचन हुने सम्भावना छ। तर रकम हातलागी भए पनि खर्च गर्नुपर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। मध्याह्नपछि आकस्मिक खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। यात्रा गर्ने अवसर जुट्नेछ। जोखिम उठाउनुपरे पनि पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
समाजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। मध्याह्नदेखि आम्दानी बढ्नेछ। मेहनत गर्दा आम्दानीका नयाँ स्रोतसमेत फेला पर्नेछन्। तर आकस्मिक समस्याले खर्च गराउला। सरसापटमा पनि धन बाहिरिन सक्छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।