२०८३ बैशाख १७ गते बिहीबार
२०८३ बैशाख १७ गते बिहीबार

काठमाडौँ । द वन्डरल्यान्ड गेम जोनले W1 Karting Championship घोषणा गर्न गइरहेको छ । नेपालमै पहिलोपटक आयोजना हुन लागेको W1 Karting Championship सम्बन्धी सम्पूर्ण जानकारी सार्वजनिक गर्न द वन्डरल्यान्डले आधिकारिक प्रेस सम्मेलन आयोजना गरेको छ । अन्तराष्ट्रिय मापदण्ड अनुसारको यो ऐतिहासिक मोटरस्पोर्ट इभेन्ट मार्फत नेपालमा कार्टिङ रेसिङलाई नयाँ उचाईमा पु¥याउने लक्ष्य राखिएको छ ।

यो च्याम्पियनसिप कार्यक्रम ३ दिन (अगष्ट २९, ३०, ३१ अगष्ट २०२५) सम्म आयोजना हुनेछ । यस प्रतियोगिताले नेपालमा मोटरस्पोर्ट संस्कृति विकास गर्न, युवा पुस्तामा उत्साह जगाउन र अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धी ड्राइभर उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । यहाँ परिवार र साथीहरूसँग आउन सक्नुहुनेछ । वन्डरल्यान्डले देशभरि लोकप्रियता प्राप्त गर्दै सबै उमेरका मानिसहरूको मन जित्न पनि सफल भएको छ ।

नेपालको एक शीर्ष रमाइलो पार्क वन्डरल्याण्ड नेपालमा हरेक उमेर समूहका लागि रमाईलो आकर्षणहरू प्रदान गर्न सफल भएको छ । यहाँ थ्रिल राइड्सदेखि लिएर पूर्णतः डुब्दो भर्चुअल रियालिटी अनुभवसम्म सबैका लागि आकर्षक गतिविधिहरू उपलब्ध छन् । गो–कार्टिङ, Virtual reality, motorized zipline, projection bowling, trampoline, outdoor rides, arcade गेम्सजस्ता सुरक्षित र रोमाञ्चक गतिविधिहरूले परिवारलाई अविस्मरणीय यादहरू सिर्जना गर्न सहयोग पुर्याएका छन् ।

मनोरञ्जनको खोजी गर्ने नेपाली र पर्यटकहरूका लागि वन्डरल्यान्ड नेपालले उत्कृष्ट गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको छ । चाहे निजी कार्यक्रमको आयोजना गर्न चाहना होस वा रोमाञ्चक साहसिक दिन बिताउने योजना बनाउन, वन्डरल्यान्डले हरेक पललाई उत्सवमा बदलिदिएको छ । अहिलेसम्म वन्डरल्यान्ड ले नेपालमा “NWC MMA”  प्रतियोगिता र “God is Woman” कन्सट सफलतापूर्वक आयोजना गरिसकेकोे छ । यी सबै कार्यक्रमहरूले वन्डरल्यान्ड नेपालमा आगन्तुकहरूलाई विशेष अनुभव र अविस्मरणीय यादहरू दिएका छन् ।

काठमाडौं । नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको माइलस्टोनमा गृह मन्त्रालय पहिलो भएको छ ।

आर्थिक वर्ष २०८१–२०८२ को लागि तोकिएको माइलस्टोनमा गृह मन्त्रालय पहिलो भएको हो । आर्थिक, पूर्वाधार,शासकीय सुधार र सामाजिक क्षेत्रको माइलस्टोनामा गृह मन्त्रालय उत्कृष्ट देखिएको छ ।

तोकिएको १०६ वटा माइलस्टोनमा गृह मन्त्रालयले ९३ माइलस्टोन पुरा गरेको छ भने १३ माइलस्टोनको काम जारी छ । शासकीय सुधारका क्षेत्रमा गृह मन्त्रालयले ८८ प्रतिशत प्रगति हासिल गरेको छ ।

उक्त प्रगति पछिल्लो ५ वर्षयताकै उच्च हो । माइलस्टोनको निकायगत प्रगति प्रवृतिमा शासकीय सुधार क्षेत्रमा २०७७÷७८ मा ८६.८, २०७८/७९ मा ६४.५, २०७९/८० मा ६९.१, २०८०/८१ मा ६८ प्रतिशत मात्र थियो । शासकीय सुधारमा प्रधानमन्त्री कार्यालयले ७७, रक्षाले ५७, संघीय मामिलाले ८७, कानुनले ७६ र परराष्ट्र मन्त्रालयले माइलस्टोनमा ७६ प्रतिशत प्रगति हासिल गरेको छ ।

यस्तै माइलस्टोनको निकायगत प्रगति प्रवृति आर्थिक क्षेत्रमा अर्थ मन्त्रालयको ५७, कृषिको ७४, उद्योगको ५६, पर्यटनको ७७, वनको ७२ र भूमिको ७८ प्रतिशत रहेको छ । यता पूर्वाधारको क्षेत्रतर्फको माइलस्टोनमा भौतिक पूर्वाधार मन्त्रालयले ३६, उर्जा मन्त्रालयले ५६, शहरी मन्त्रालयले ४५, खानेपानी मन्त्रालयले ७२, सञ्चार मन्त्रालयले ६५ प्रतिशत नतिजा निकालेको छ ।

गृहमन्त्री रमेश लेखकले नीतिगत र कानुनी सुधारलाई पहिलो प्राथमिकता दिनुभएका थियो । सोही अनुसार गृह प्रशासनले अपराध अनुसन्धान तथा फैसला कार्यान्वयन, प्रहरीमा सेवा प्रवाहका लागि डेस्क स्थापना, महाशाखा गठन तथा लागू औषधविरुद्ध महाभियान सञ्चालन, विपद व्यवस्थापन, भूकम्पपछिको पुनर्निमाण, राजस्व चुहावट, सीमा अपराध नियन्त्रण लगायत काममा पाएको सफलता माइलस्टोनमा देखिएको छ ।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार भएको उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठकमा औचित्य नभएका संस्था खारेज, गाभ्ने वा प्रदेश वा स्थानीय तहमा हस्तान्तरण गर्ने सम्बन्धमा छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयमा भएको बैठकले यसअघिका विभिन्न आयोग एवं कार्यदलले दिएका सुझाव प्रतिवेदनका आधारमा खारेज गर्ने, गाभ्ने र हस्तान्तरणका लागि सिफारिस भएका निकायबारे विस्तृत अध्ययन गरी ठोस प्रस्ताव ल्याउन आयोगको कार्यान्वयन समितिलाई जिम्मेवारी दिएको छ ।

आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीले उद्देश्य अनुकूलको सकारात्मक परिणाम ल्याउने विकल्पसहित १५ दिनभित्र प्रतिवेदनसहितको प्रस्ताव ल्याउन कार्यान्वयन समितिलाई निर्देशन दिएका छन् ।

आयोगमा मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा कार्यान्वयन समिति छ । सार्वजनिक सेवालाई सरल, पहुँचयोग्य, मितव्ययी र झञ्झटरहित बनाउन गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठित आयोगको पहिलो बैठक गत असार ४ गते भएको थियो ।

आयोगमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेलगायत पदेन सदस्य रहेका छन् ।

आयोगमा राजनीतिक दलमध्येबाट नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा तथा विज्ञमध्येबाट तीन सदस्य थप भएपछिको यो पहिलो बैठक हो ।

बैठकमा कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिको सुझावबमोजिम संघ, प्रदेश र स्थानीय तहको कार्यविस्तृतीकरण परिमार्जनको प्रस्ताव राष्ट्रिय समन्वय परिषद्बाट स्वीकृत गरी मन्त्रिपरिषद्मा पेस गर्ने विषयमा पनि जानकारी गराइएको थियो ।

आयोगले सेवा प्रदायक निकायको भौतिक तथा मानवीय संरचना, कार्यविधि र प्रविधि सेवामैत्री बनाउने, निर्णय प्रक्रियालाई छरितो, नतिजामूलक र सरल बनाउने, कार्यसम्पादनमा ढिलासुस्ती र दोहोरोपन हटाउन तहगत र निकायगत अन्तर समन्वय सुनिश्चित गर्ने कार्यादेश छ ।

यसैगरी, तीन तहका सरकारबीचको सहकार्य र समन्वय सुदृढ बनाउने, संघीयता अनुकूल हुनेगरी विद्यमान प्रशासनिक संरचना, कार्यप्रक्रिया र कानुनमा सुधार गर्ने, सुशासनसम्बन्धी ऐन र कानुनमा सुधारका विषय पहिचान गर्ने, निजामती सेवालाई सक्षम, उच्च मनोबलयुक्त र उत्तरदायी बनाउने कार्यादेश आयोगलाई छ ।

पाल्पा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खहरेको बाढी जस्तै भएको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघ पाल्पाको आयोजनामा आइतबार तानसेन गरेको पत्रकार भेटघाट कार्यक्रम उनले रास्वपाको राजनीति बर्खामा आउने खहरेको बाढी भएको बताए ।

‘एउटा बर्खा नसकिदै खहरेको बाढी सुक्छ, कमिला हिंड्न थाल्छ,’ पौडेलले भने । रास्वपा पनि अब हराउँदै जाने दाबी गर्दै उनले विरोधमा रमाएर राजनीति नगर्न सुझाए । एमाले र कांग्रेस देश र जनताको हितलाई काम गर्ने पार्टी भएको उनले जिकिर गरे । सरकार ढल्छ भनेर सपना नदेख्न भन्दै पौडेलले सरकार सहमति अनुसार नै अगाडि बढेको बताएका छन् ।

‘मुलुकको सुरक्षित भविष्यका लागि दुई ठूला दल मिलेर सरकार बनाएका हौं,’ उनले भने, ‘यही सरकारले मुलुकको भविष्य बनाउँछ । अहिलेको सरकार ढल्नेवाला छैन ।’ अस्थिरताको खोजी गर्ने दिन गएको भन्दै अब नेकपा माओवादी केन्द्रबाट मुलुकलाई अस्थिरतामा लैजान रोकिएको उल्लेख गरे । दृष्टिकोण, एजेण्डा र गन्तब्य नभएका पार्टीले अस्थिरता निम्त्याउन खोजिरहेको समेत पौडेलले दाबी गरे ।

काठमाडौं । ‘गुण्डा नाइके’ राजु गोर्खाली पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । ‘विशेष टोलीले चन्द्रागिरी आसपासबाट पक्राउ गरेको हो,’ प्रहरी उच्च स्रोतले भन्यो । उनीमाथि अनुसन्धान भइरहेको उनले बताए ।

उनीविरुद्ध १० करोड रुपैयाँको चेक बाउन्सको उजुरी छ । उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। प्रहरीले उनीमाथि बैंकिङ कसुरको मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाउने तयारी गरिरहेको जनाएको छ ।

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन मिश्री नेपाल आएका हुन् । ओलीलाई ३१ भदौदेखि १ असोजसम्म भारत भ्रमण गर्न भारतीय पक्षले प्रस्ताव गरेको छ। तर, भ्रमणको औपचारिक मिति भने अझै तय भइसकेको छैन । विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीसँग भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गरेका छन् ।

विदेश सचिव मिश्रीले राष्ट्रपति, परराष्ट्रमन्त्री, परराष्ट्रसचिव लगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। उनी सोमबार स्वदेश फर्किने छन् । मिश्रीको भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि एक लाख बढीले आवेदन फारम भरेका छन् । रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको ईपीएस कोरिया शाखाले साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो ।

जसमा एक लाख २ हजार ५६४ जनाले आवेदन दिएका ईपीएस शाखाले जानकारी दिएको छ । यस पटकको भाषा परीक्षाबाट अनुमानित ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन् । जस अन्तर्गत उत्पादनमुलक क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय जना उत्तीर्ण हुनेछन् । तर आवेदन दिनेमध्ये उत्पादन क्षेत्र र कृषि क्षेत्रको छुट्याउन बाँकी रहेको पनि शाखाले जानकारी दिएको छ ।

नेपालको श्रम रोजगार तथा सुरक्षा मन्त्रालय र गणतन्त्र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच भएको समझदारी पत्र अनुसार ईपीएस प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिक श्रमिकको रुपमा जाँदै आएका छन् । यस प्रयोजनका लागि योग्य उम्मेदवार छनोट गर्न प्रथम चरणमा भाषा परीक्षा सञ्चालन गरिन्छ ।

यस वर्षका लागि एचआरडी कोरियाले अनुमानित ५ हजार ३ सय कोटा छुट्याउँदै परीक्षा कार्यक्रमको तालिका पठाएको हो । परीक्षाको मिति भने पछि प्रकाशित गरिनेछ । परीक्षा एक दिनमा बढिमा ५ सिफ्टमा सञ्चालन हुनेछ। आवेदन संख्याका आधारमा र अन्य कुनै कारण आइपरेमा परीक्षा तालिका फेरबदल हुन सक्ने पनि ईपीएस शाखाले जनाएको छ ।

कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या थपघट हुन सक्ने पनि सूचनामा जानकारी दिइएको छ । भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीले दोस्रो चरणको सिप तथा प्रतिस्पर्धा क्षमता परीक्षणमा समेत उत्तीर्ण भएपछि मात्रै रोजगार आवेदन फारम भर्न सक्ने छन् । दोस्रो चरणको परीक्षा सम्बन्धी जानकारी प्रथम चरणको परीक्षाको नतिजा प्रकाशनपछि सार्वजनिक गरिनेछ ।

भाषा परीक्षाका सबै केन्द्र काठमाडौँमै रहने छन् । परीक्षाको नतिजा एचआरडी सर्भिस अफ कोरियाबाट प्राप्त भएपछि प्रकाशन गरिनेछ । परीक्षार्थी आफूले प्राप्त गरेको नतिजा अंक अनलाइनबाट प्राप्त गर्न सक्ने छन् ।

भाषा परीक्षाको वैद्यता सम्बन्धित नतिजा प्रकाशन भएको २ वर्षसम्म मात्रै रहनेछ । परीक्षामा पढाई सम्बन्धी २० वटा र सुनाई सम्बन्धि २० वटा गरी एक–एक सय पूर्णाङ्कको प्रश्न हुनेछ । २५–२५ मिनेट गरी ५० मिनेटमा परीक्षा सकिनेछ। तर यी दुई परीक्षाको बिचमा विश्राम नभई लगातार सञ्चालन हुनेछ । परीक्षामा सामेल हुन जाँदा सक्कल राहदानी र प्रवेश पत्र लिएर जानुपर्नेछ ।

काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको तुलनामा वाणिज्य बैंकहरुको औसत ब्याजदर घटेको छ । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ५.५८ प्रतिशत विन्दुमा झरेको छ ।

यो ब्याजदर साउन महिनामा ५.६९ प्रतिशत विन्दु रहेको थियो । ब्याजदर बढाउनेमा प्रभु बैंक रहेको छ । घटाउने बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज, एभरेष्ट, सानिमा, कुमारी, सिद्धार्थ, कृषि विकास र नेपाल एसबिआई बैंक रहेका छन् । अन्य बैंकहरुको ब्याजदर भने स्थिर रहेको छ ।

भदौमा कृषि विकास बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.२० प्रतिशत कायम गरेको छ भने संस्थागततर्फ २.८५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । एभरेष्ट बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.७५ प्रतिशत दिँदा संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर तोकेको छ ।

हेर्नुस् कसको कति ब्याजदर ?

रौतहट । रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर दोहोरो झडप हुँदा नगरप्रमुख प्रेमलाल साह कानुसहित पाँच जना घाइते भएका छन् ।

शनिवार दिउँसो देवाहीगोनाही-९ धरहरीटोलस्थित कृष्ण मन्दिरमा लाग्ने श्रीकृष्ण जन्माष्टमी मेलाको उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा नगरप्रमुख कानुसहित पाँच जना घाइते भएका हुन ।

झडपमा नगरप्रमुख कानु, देवाहीगोनाही-९ का रामविकाश साह, सोहीटोलका श्यामविनय साह, इलाका प्रहरी कार्यालय देवाहीगुनाहीमा कार्यरत प्रहरी वरिष्ठ हबलदारद्धय जगदीशराय यादव र धनसुन्दर ठाकुर घाइते भएका इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । उनका अनुसार घाइते नगरप्रमुखको टाउकोमा १७ वटा टाँका लगाएको छ ।

प्रहरी नायब उपरीक्षक कार्कीले हबलदार यादवको टाउकोमा पाँचवटा र हबलदार ठाकुरको टाउकोमा चार वटा टाँका लगाइएको जानकारी दिए । उनका अनुसार अन्य घाइतेहरूको गरुडास्थित बेटर नेपाल अस्पतालमा उपचार भइरहेको छ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवाहीगोनाही-९ का अन्दाजी ३५-४० वर्षीय राधामोहन साह, अन्दाजी ३५-४० वर्षीय विनोद साह र अन्दाजी २१-२२ वर्षीय रीतिक साहलाई पक्राउ गरिएको उपरीक्षक कार्कीले उल्लेख गरे ।

नगरप्रमुख कानु पक्षले उनीबाट रिवन काटी मेलाको उद्घाटन गर्ने भनिरहँदा अर्को पक्षले औपचारिक उद्घाटन नगरी मेला सञ्चालन गर्ने भनेपछि विवाद भएको थियो । उक्त विवाद बढेपछि दुवै पक्षबीच झडप भएको उनले जानकारी दिए ।

मेष : पारिवारिक सुख, वाणीमा माधुर्य र आर्थिक लाभको योग बनिरहेको छ । आजको दिन वाणीमा संयमता राख्दा सम्बन्धहरू अझ सुदृढ बन्नेछन् । व्यापार वा सेवामा लाभदायक लेनदेनको सम्भावना छ ।

वृष : आत्मविश्वास, सौन्दर्यबोध र मानसिक स्थिरता विशेष रूपले प्रकट हुनेछ । भावनात्मक सन्तुलन कायम राख्न सकिनेछ । कला, साहित्य वा सिर्जनात्मक क्षेत्रमा संलग्न भइनेछ भने आजको दिन प्रेरणादायी बन्नेछ । पारिवारिक सम्बन्धमा माया र समझदारीको झल्को रहनेछ ।

मिथुन : खर्च, भ्रम र शारीरिक थकानको संकेत देखिन्छ । अनावश्यक यात्राबाट बच्नु उपयुक्त हुनेछ । ध्यान, योग वा एकान्त साधनामा समय बिताउनु लाभदायक हुने छ । निजी गोपनीयताको रक्षा गर्नु आजको पहिलो प्राथमिकता हुन सक्छ ।

कर्कट : इच्छाफल सिद्ध गर्ने दिन हो । पुराना योजनाहरूमा प्रगति हुने संकेत छन् । साथीभाइ वा सञ्जालबाट सहयोग पाइनेछ । आर्थिक लाभका सम्भावना प्रबल छन् । सामाजिक कार्य वा समूहमा नेतृत्व गर्ने अवसर प्राप्त हुन सक्छ ।

सिंह : कार्यक्षेत्रमा सम्मान, सफलता र उत्तरदायित्व प्राप्तिको संकेत छ । आजको दिनमा लिएको निर्णयले दीर्घकालीन प्रभाव पार्न सक्छ । वरिष्ठ अधिकारी वा गुरुजनको कृपा प्राप्त हुन सक्छ । सार्वजनिक छविमा निखार आउने समय हो ।

कन्या : भाग्यबल जागृत हुनेछ । तपाईँका प्रयासले सफलता ल्याउनेछ । धर्म, दर्शन वा विदेशसम्बन्धी विषयमा प्रगति सम्भव छ । यात्राको योग बलियो देखिन्छ । कुनै सानोतिनो सहायताले पनि ठूलो कार्य सिद्ध हुनसक्ने समय हो ।

तुला : मानसिक तनाव, स्वास्थ्यप्रति चिन्ता वा गोप्य समस्याहरू ल्याउन सक्छ । जोखिमपूर्ण कार्यबाट टाढा रहनु श्रेयस्कर हुनेछ । ध्यान, मौन वा आत्मनिरीक्षणले आजको दिनलाई शान्त तुल्याउन सक्छ । धैर्य र स्थिरताले परिस्थिति सुधार्नेछ ।

वृश्चिक : वैवाहिक र साझेदारी सम्बन्धलाई उर्जा दिनेछ । प्रेम र विश्वासमा आधारित सम्बन्धहरू अझ प्रगाढ बन्नेछन् । वैवाहिक जीवनमा सहयोग, समझदारी र स्नेह बढ्ने सम्भावना छ । नयाँ व्यावसायिक सम्झौताका लागि पनि अनुकूल समय हो ।

धनु : कार्यक्षेत्रमा सक्रियता, अनुशासन र प्रतिस्पर्धामा विजय भइनेछ । कानुनी वा विवादित विषयहरूमा निष्पक्षता पाइनेछ । स्वास्थ्यमा सुधार, ऋण तिर्ने वा संकलन गर्ने प्रयास सफल बन्नेछ । प्रयास गर्दा लक्ष्यमा पुग्न सकिने समय हो ।

मकर : प्रेम, सन्तान र सिर्जनात्मक क्षमतामा सकारात्मक उर्जा मिल्नेछ । विद्यार्थीहरूका लागि समय अनुकूल छ । कुनै नयाँ रचनात्मक योजना थालनीको समय हो । प्रेम प्रस्ताव सफल बन्न सक्छ ।

कुम्भ : मानसिक असन्तुलन वा पारिवारिक चिन्ताको संकेत देखिन्छ । मातापिताको स्वास्थ्य वा स्थायी सम्पत्तिसम्बन्धी विषयमा संवेदनशीलता देखिन सक्छ । मानसिक शान्तिका लागि एकान्त वा साधनामा समय दिनु उत्तम हुनेछ ।

मीन : साहस, उत्साह र अभिव्यक्तिको सशक्त प्रभाव हुनेछ । छोटो यात्रा, भाइबहिनीको साथ, वा लेखन-प्रस्तुतीकरणमा सफलता मिल्नेछ । सञ्चारमार्फत अवसर प्राप्त हुने देखिन्छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।