२०८२ आश्विन ३० गते बिहीबार
२०८२ आश्विन ३० गते बिहीबार

आर्थिक अभावमा मृत्यु कुरिरहेका लिम्बुको जीवनमा आशाको किरण बने सांसद डा. सुनिल शर्मा

मोरङको बेलबारी नगरपालिका–३ निवासी ३८ वर्षीय जापान सिंह लिम्बु तीन वर्षदेखि मिर्गौला फेल भएर पीडामा थिए। कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न असमर्थ रहेका उनी मृत्युको प्रतिक्षामा बस्न बाध्य भएका थिए।

यस पीडादायी अवस्थाको जानकारी पाएपछि स्थानीय युवा नेता तथा समाजसेवी रिक्त गुरुङले घटना नेपाली कांग्रेसका युवा नेता तथा संघीय सांसद डा. सुनिल शर्मासमक्ष पुर्याए। खबर पाएलगत्तै डा. शर्माले लिम्बुको घरमै पुगेर अवस्थाको जानकारी लिए र तत्काल काठमाडौं मेडिकल कलेजमा सम्पर्क गरी आवश्यक सबै उपचार निःशुल्क गर्ने व्यवस्था मिलाए।

डा. विजयमान सिंह कटुवाल र डा. सुरेश महर्जनको नेतृत्वमा भएको प्रत्यारोपण शल्यक्रियामा जापान सिंहलाई उनका ६० वर्षीय पिता धनप्रसाद लिम्बुले मिर्गौला दान गर्नुभयो। सफल अपरेशनपछि अहिले लिम्बुको स्वास्थ्यमा सुधार भएको छ।

डा. शर्मा प्रतिनिधिसभाका एक मात्र सांसद हुन् जसले अहिलेसम्म तलब–भत्ता लिनु भएको छैन। उहाँले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आउनु भएको छ। यस्ता शिविरबाट उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था मिलाउने उहाँको पहल निरन्तर जारी छ।

उनको पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका नागरिकका लागि ५० शय्याको निःशुल्क क्याबिन सञ्चालनमा ल्याइएको छ। त्यस्तै, हालै बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गर्नुका साथै निजी लगानीमा देशका विभिन्न सात स्थानमा एम्बुलेन्स उपलब्ध गराइसक्नुभएको छ।

डा. शर्माले देखाएको यो मानवीयता “साँचो नेता भनेको जनताको अभिभावक हो” भन्ने सन्देश दिने उदाहरण बनेको छ। कठिन परिस्थितिमा मृत्यु पर्खिरहेका एक नागरिकलाई नयाँ जीवन दिने यस उदार कदमले समाजमा सकारात्मक ऊर्जा फैलाएको छ।

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको सञ्चालक कम्पनी मेटाले नेपाल सरकारसँगको औपचारिक दर्ता प्रक्रिया अघि बढाउन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङको सचिवालयसँग सम्पर्क गरेको छ ।

सूचना तथा प्रविधि मन्त्रालयका प्रवक्ता तथा सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुर कार्यालयमा कार्यरत एक कर्मचारीले मन्त्री गुरुङका स्वकीय सचिव (पीए) शालिग्राम पराजुलीलाई सम्पर्क गरेका हुन् ।

‘मेटाको सिंगापुरस्थित कार्यालयमा कार्यरत अन्सारी थरका एक कर्मचारीले मन्त्रीज्यूको पीएलाई सम्पर्क गरेर दर्ता तथा सूचीकरणका लागि आवश्यक पर्ने कागजातबारे जानकारी माग्नुभएको रहेछ,’ प्रवक्ता ठाकुरले भने, ‘त्यसपछि पीएले हामीलाई जानकारी पठाइदिन भन्नुभयो, हामीले ५ मिनेटमै आवश्यक विवरण इमेलमार्फत पठाइसकेका छौँ ।’

प्रवक्ता ठाकुरका अनुसार मन्त्रालयले आज साँझ करिब ५ बजे इमेल गरेर मेटालाई दर्ता र सूचीकरणका लागि आवश्यक प्रक्रिया तथा कागजातबारे जानकारी गराएको हो ।

नेपालमा सामाजिक सञ्जाल नियमनका लागि सरकारले तय गरेको दर्ता प्रक्रिया अनुसार मेटासहितका विभिन्न अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्मलाई सम्पर्क गर्ने, विवरण माग गर्ने र औपचारिक दर्ता प्रक्रियामा ल्याउने प्रयास सरकारले थालेको छ ।

काठमाडौं– सरकारले दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू (जस्तै फेसबुक, एक्स आदि) बन्द गर्ने निर्णय गरेको छ ।

सात दिनको अल्टिमेटममा दर्ता नगरेपछि सञ्चार मन्त्रालयको निर्देशनमा दूरसञ्चार प्राधिकरणले यस्तो कदम चालेको हो ।

 

विशेषज्ञका अनुसार यस कदमले तत्काल चार ठूला असर निम्त्याउन सक्छन् ।

१️. साइबर जोखिम– ‘भीपीएन प्रयोग बढेर बैंकिङ ठगी र साइबर अपराधको खतरा उच्च हुन्छ,’ डा. राजीव सुब्बा ।

२️. सामाजिक सम्बन्धमा असर– ‘वैदेशिक रोजगारीमा रहेका नेपाली र उनीहरूको परिवारबीच भावनात्मक दूरी बढ्छ,’ डा. मीना पौडेल ।

३️. व्यवसायमा धक्का– अनौपचारिक अर्थतन्त्र र स्टार्टअपहरूमा ठूलो असर पर्छ, बजार विस्तार र मार्केटिङका प्रमुख च्यानल हराउँछन्,’ डा. चन्द्रमणि अधिकारी ।

४️. अभिव्यक्ति स्वतन्त्रतामा संकुचन– ‘सञ्चार र आलोचनाको ठूलो माध्यम हराउँछ, जसले नागरिकको आवाज थिच्छ।’ उज्ज्वल आचार्य ।

यसरी सामाजिक सञ्जाल बन्दको निर्णयले नागरिक जीवन, अर्थतन्त्र र लोकतान्त्रिक अधिकार सबै क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।

काठमाडौं– नेपाली कांग्रेसका सांसद उदय शम्शेर राणाले भू–उपयोग ऐन २०७६ र नियमावली २०७९ अनुसार स्थानीय तहमा अनिवार्य रूपमा गर्नुपर्ने नक्साङ्कनका लागि समय सीमा थप गर्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा उनले नक्सांकन कार्य समयमै सम्पन्न गर्न नसकिएको भन्दै समय सीमा थप गर्न सरकारसँग आग्रह गरेका हुन् ।

राणाले हालसम्म देशभरका २१३ स्थानीय तहले मात्र नक्सांकन कार्य पूरा गरेको बताए । विशेषगरी सहरी क्षेत्रमा प्रक्रिया जटिल भएकाले तोकिएको अवधिभित्र काम सम्पन्न गर्न नसकिएको उनको भनाइ थियो ।

‘समय सीमा छोटो हुँदा जनतामा जसरी पनि नक्सांकन र कित्ता काट गर्नुपर्ने बाध्यता सिर्जना भएको छ,’ सांसद राणाले भने, ‘यसले भ्रष्टाचारजन्य गतिविधि बढाउनुका साथै नागरिकलाई समस्या मात्र होइन, राजस्व असुलीमा समेत अवरोध पुगेको छ ।’

उनले सहज, पारदर्शी र प्रभावकारी ढंगले नक्सांकन र कित्ता काटको व्यवस्था मिलाउन सरकारले आवश्यक कदम चाल्नुपर्नेमा पनि जोड दिए ।

नेपाल सरकारले देशमा दर्ता नगरिकन सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूलाई आजैबाट बन्द गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

अबदेखि नेपालमा आधिकारिक रूपमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गर्न पाइने छैन । सरकारको सूचीमा फेसबुकदेखि युट्युबसम्मका चर्चित सामाजिक सञ्जालहरू परेका छन् ।

सरकारले हालसम्म दर्ता नभएका २६ वटा सामाजिक सञ्जाल तत्काल बन्द गर्न लागिएको जनाएको छ। तीमध्ये प्रमुख नामहरू यस्ता छन्ः

फेसबुक
एक्स
ह्वाट्सएप
म्यासेन्जर
इन्स्टाग्राम
युट्युब
लिङ्कडइन
विच्याट लगायत ।
अब यी प्लेटफर्महरू नेपालमा सेवा सञ्चालन गर्न चाहन्छन् भने सरकारले तोकेको प्रक्रिया पूरा गरी दर्ता गर्नुपर्नेछ । नत्र, इन्टरनेट सेवा प्रदायकहरूमार्फत ती सेवाहरू अवरुद्ध गरिनेछ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उपत्यकावासीलाई ध्वनि, धुवाँ र फोहर प्रदूषणमुक्त वातावरण कायम गर्न सहयोग गर्न अपिल गरेको छ ।

प्रहरीले जारी गरेको सार्वजनिक सूचनामा राति अबेर र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलगाई खाना पकाउन अनुरोध गरिएको छ । सूचनामा बिहान नृत्य वा व्यायाम गर्दा अनावश्यक खोक्ने वा खकार्ने कार्य नगर्न र मोटरसाइकल वा अन्य सवारी साधन बिहानै स्टार्ट गर्दा ठूलो आवाज ननिकाल्न आग्रह गरिएको छ ।

यदि सवारी साधनबाट ठूलो आवाज निस्कने भए छिमेकभन्दा पर लगेर स्टार्ट गर्न प्रहरीले सुझाएको छ । यो अभियानमार्फत प्रहरीले शान्त र स्वच्छ वातावरण कायम गर्न सबैको सहयोगको अपेक्षा गरेको छ ।

 

काठमाडौं । सरकारले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जिएसआई) मा नेपालले कुनै किसिमको सहमति नगरेको पुनःस्पष्ट गरेको छ ।

चीनको थियानजिनमा आयोजित साङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यही भदौ १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्तामा जिएसआईमा ‘नेपालले सहमति जनाएको’ भनेर सार्वजनिक भएका समाचार आधारहीन भएकाले भ्रममा नपर्न सरकारले अनुरोध गरेको छ ।

परराष्ट्र सचिव अमृतबहादुर राईले भने, ‘मुुलुकले अङ्गीकार गरेको असंलग्न परराष्ट्रनीतिप्रति सरकार पूर्ण प्रतिबद्ध छ, परराष्ट्र सम्बन्धलगायत संवेदनशील विषयमा वास्तविकता नबुझि टीकाटिप्पण नगर्न सम्बद्ध सबैमा मेरो आग्रह छ ।’

प्रधानमन्त्री ओली र राष्ट्रपति सी नेतृत्वको वार्तामा सहभागी परराष्ट्र सचिव राईले ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्स’लगायत द्विपक्षीय, क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका विषयमा दुवै नेताबीच छलफल भएको बताए ।

भक्तपुर । परम्परागत इन्द्रजात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । यहाँका टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो ठड्याइएको छ । यसरी ठड्याइएको लिङ्गोलाई नेपाल भाषामा यम्वोःद्यो भनिन्छ ।

संस्कृतिकर्मी ओम धौभडेलका अनुसार देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो । पारिजात खोज्ने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यहरुले पारिजात फूल टिप्दै गरेको बेला पक्राउ गरे । जयन्तलाई छुटाउन देवता र दैत्यहरुबीच भएको युद्धमा देवताको जित भएको खुशियालीमा इन्द्रजात्रा मनाउन थालिएको आएको किवंन्दती छ ।

पूजाआजासहित आज भक्तपुरको इताछे, तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछेँ, सुजम्हरी, खौमा, इताछेँलगायत टोलमा ‘यम्वो द्यो’ ठड्याइएको छ । यो जात्रा भक्तपुरमा आठ दिनसम्म मनाइन्छ ।

झापा । नेपाली कांग्रेस नेता डा शशाङ्क कोइरालाले नेपालमा १७ लाख हेक्टर खेतीयोग्य जमिनबाट ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन हुन सक्ने बताएका छन् ।

नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा बुधबार बिर्तामोडमा आयोजित ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता, उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवाद कार्यक्रम उनले नेपालमा खेतीयोग्य जमिनको आधारमा ३० करोड जनसङ्ख्यालाई पुग्ने खाद्यान्न उत्पादन गर्ने सामथ्र्य नेपालसँग रहेको बताएका हुन् ।

नेता डा कोइरालाले उत्पादन क्षमतामा ह्रास आउँदा व्यापार घाटा बढेको भन्दै कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन विशेष सरकारी योजना आवश्यक रहेको बताए । उनले देश विकासको आधार नै कृषि भएको धारणा राखे । एक अर्को प्रसंगमा नेता कोइरालाले लोकतान्त्रिक पद्धतिमा पार्टी सञ्चालन ‘चेन अफ कमान्ड’बाट हुनुपर्नेमा जोड दिँदै निर्वाचित सभापतिले सबै कार्यकर्तासँग समान व्यवहार गर्नुपर्ने धारणा राखे ।

कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले उपभोक्ताका आवाज सङ्कलन गरी सरकारसम्म पु¥याइने बताउनुभयो । पार्टीको महाधिवेशन २०८३ मङ्सिरभित्रै हुने र त्यसका लागि समयमै क्रियाशील सदस्यता नवीकरण सक्न उहाँले आग्रह गरे ।

ऊर्जामन्त्री दीपक खड्काले अस्थिर सरकारका कारण अर्थतन्त्र कमजोर भएको उल्लेख गर्दै त्यसैले पनि कांग्रेस एमालेको संयुक्त सरकारको आवश्यकता भएको बताए । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले उपभोक्ता, उत्पादक र बिक्रेताबीच सन्तुलन कायम गर्न राज्यको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै खाद्य मिसावट, विषादी प्रयोग र नियमनकारी निकायको कमजोरीबारे चिन्ता व्यक्त गरे ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।