
काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष नेपालसहित विभिन्न देशमा दशैंको टीकाको उत्तम साइतबारे जानकारी गराएको छ । शनिबार अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपालसहित विभिन्न देशको उत्तम साइतबारे जानकारी गराएको हो ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसअघि नै नेपालका लागि असोज १६ गते बिहान ११: ५३ बजे टीकाको उत्तम साइत रहेको जानकारी गराइसकेको छ ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिक अनुसार, अक्टोबर २ मा भारतमा ११: ४९, अमेरिकामा अक्टोबर १ मा न्युयोर्कमा ११: २५, फ्र्यांकफर्ट, केन्टुकीमा ११:५७, टेक्सासमा ११:३३ र क्यालिफोर्नियामा ११:११ रहेको छ । त्यस्तै क्यानडामा अक्टोबर १ मा टोरन्टोमा ११:५५ र भान्कुभरमा बिहान ११: ३३ मा रहेको छ । त्यसैगरी अष्ट्रेलियाको सिड्निमा अक्टोबर २ को बिहान ११:४३ बजेको साइत उत्तम रहेको जनाएको छ ।
२०८२ सालको दशैं असोज ६ गते घटस्थापना रहेको छ भने असोज १३ गते सोमबार फूलपाती रहेको छ ।
काठमाडौं । हमासको सशस्त्र शाखा कस्साम ब्रिगेड्सले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्बिर’ सार्वजनिक गरेको छ, जसमा नेपालका विपिन जोशीको तस्बिर पनि समावेश छ ।
इजरायली सेनाको व्यापक हवाई र स्थलगत आक्रमणले बन्दीहरूको सुरक्षामा खतरा उत्पन्न गरेको हमासको दाबी छ । अल जजिराका अनुसार, इजरायली सेनाले गाजा सिटी नियन्त्रणमा लिने अभियान जारी राख्दा यो तस्बिर सार्वजनिक भएको हो । शनिवार अनलाइनमा पोस्ट गरिएको सङ्कलित तस्बिरमा जीवित र मृत बन्दीहरूको अनुहार देखाइएको छ, जसलाई ‘रोन अराड’ क्याप्सन दिइएको छ ।
यो सन् १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेना क्याप्टेन रोन अराडलाई संकेत गर्छ, जो आमल आन्दोलनले कब्जा गरी हिज्बुल्लाहलाई सुम्पिएका थिए । उनको मृत्यु भएको विश्वास छ, तर निर्णायक प्रमाण छैन । हमासले तस्बिरसँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सम्झौता अस्वीकार र सेनाप्रमुख एयाल जामिरको गाजा सिटी विजय योजनालाई संकेत गर्दै ‘बिदाई तस्बिर’ भनेको छ ।
इजरायली अधिकारीहरूले करिब २० बन्दी जीवित रहेको विश्वास गरेका छन्, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० भन्दा कम जीवित रहेको बताएका छन् । नेतान्याहू र ट्रम्पले सबै बन्दी फिर्ता गर्ने र हमासलाई ध्वस्त गर्ने दाबी गरेका छन् ।
काठमाडौं । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ ।
घटस्थापनादेखि पूर्णिमाको पर्सिपल्टसम्म (असोज ६ गतेदेखि २२ गते) सम्म नेपालभर लागू हुनेगरी रुट परमिट खुला गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।
तर विशेष परिस्थितका कारण निषेध गरिएका सार्वजनिक सवारीलाई भने बन्देज नै गरिएको विभागले जनाएको छ ।
त्यस्तै, बुटवल-नारायणघाट सडक खण्डको दाउन्ने क्षेत्रमा दसैँ अवधिभर ठुला मालवाहक सवारी (१२ चक्के वा सोभन्दा माथि) सञ्चालन नगर्ने तर खाद्यान्न लगायतका अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई भने निरन्तर सञ्चालन गर्न दिइने समेत विभागले जनाएको छ ।
मेष : आजको दिन सिर्जनात्मक कार्य र बुद्धि परीक्षणको लागि अनुकूल रहन्छ । सन्तान पक्षबाट सुखद समाचार प्राप्त हुनसक्छ । प्रेम सम्बन्धमा मिठास छाइरहनेछ । शैक्षिक क्षेत्रका प्रयास सफल हुनेछन् । तर, खर्चमा संयमता आवश्यक छ ।
वृष : गृहस्थ जीवनमा केही मानसिक चञ्चलता देखिन सक्छ । मातृ स्वास्थ्यको ख्याल गर्नुहोला । कामको बोझले पारिवारिक समय घट्न सक्छ । सवारी साधन चलाउँदा सावधानी अपनाउनु उत्तम हुन्छ । आत्मबल र धैर्य आवश्यक हुनेछ ।
मिथुन : दाजु-भाइ वा साथीहरूको सहयोग प्राप्त हुनेछ । सञ्चार माध्यम र बौद्धिक कार्यमा सफलता मिल्नेछ । छोटो यात्रा लाभदायक रहन सक्छ । आत्मविश्वास उच्च रहनेछ र निर्णय क्षमतामा परिपक्वता देखिनेछ ।
कर्कट : वाणीमा मिठास राख्दा लाभ हुनेछ । आर्थिक पक्षमा मध्यम सुधारको संकेत छ । परिवारमा स-साना छलफल उत्पन्न हुन सक्नेछ, तर संयमता अपनाउँदा स्थिति सहज हुनेछ । बचततर्फ ध्यान दिनु उचित हुनेछ ।
सिंह : आजको दिन आत्मबल र तेज वृद्धिका लागि अनुकूल रहन्छ । नयाँ कार्यको शुभारम्भ गर्न सकिने समय हो । प्रतिष्ठा र मान-सम्मान बढ्न सक्छ । शरीरमा स्फूर्ति अनुभूति हुनेछ । तर, अहंकारले सम्बन्धमा असर पार्न नदिनुहोस् ।
कन्या : अप्रत्याशित खर्चको सम्भावना छ । शारीरिक थकान वा निद्रामा समस्या हुनसक्छ । गोप्य शत्रु सक्रिय हुन सक्छन्, सजग रहनुहोस् । ध्यान र आत्मचिन्तनबाट मन शान्त रहन सक्छ ।
तुला : आज आयका स्रोतमा वृद्धि देखिन्छ । नयाँ सम्पर्क र मित्रताले फाइदा दिलाउन सक्छ । आकांक्षा पूर्ण हुने दिन हो । सामाजिक प्रतिष्ठा बढ्नेछ । लक्ष्यप्रति समर्पित रहँदा सफलता अवश्य मिल्नेछ ।
वृश्चिक : पेशागत उन्नति, उच्च अधिकारीको समर्थन र कार्यक्षेत्रमा सफलता सम्भावित छ । जिम्मेवारीमा वृद्धि भए तापनि कार्यसम्पादन राम्रो हुने संकेत देखिन्छ । निर्णय क्षमताको प्रशंसा हुनेछ । समाजमा मान-प्रतिष्ठा बढ्नेछ ।
धनु : धार्मिक कार्यमा रुचि बढ्नेछ । बुबाको सहयोग वा आशीर्वाद लाभदायक हुनेछ । यात्राको सम्भावना छ, जुन लाभदायक रहन सक्छ । दर्शन, ध्यान वा अध्ययनमा रुचि बढ्नेछ । गुरुजन वा ज्येष्ठ व्यक्तिको सल्लाह लाभदायक हुनेछ ।
मकर : अनपेक्षित समस्याहरूले मानसिक तनाव दिन सक्छ । स्वास्थ्यप्रति ध्यान दिनु आवश्यक छ । गोप्य चिन्तन र आध्यात्मिक झुकावले राहत दिन सक्छ । वाणी वा व्यवहारमा संयमता आवश्यक छ । जोखिमपूर्ण निर्णयबाट टाढा रहनु हितकर हुनेछ ।
कुम्भ : दाम्पत्य सम्बन्धमा सौहार्दता देखिनेछ । साझेदारी वा व्यापारमा लाभ सम्भावना छ । वार्तालापमा स्पष्टता राख्दा ठूला निर्णयमा सफलता मिल्नेछ । सामाजिक जीवनमा सक्रियता बढ्नेछ । प्रेम जीवनमा पनि सकारात्मक संकेत छ ।
मीन : आज प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ । पुराना रोगहरूमा सुधार देखिन सक्छ । कानुनी वा ऋणसम्बन्धी कार्यमा सफलता मिल्नेछ । कार्यक्षेत्रमा कडा परिश्रमको सकारात्मक परिणाम प्राप्त हुनेछ । आत्मबल उच्च रहनेछ ।