२०८३ कार्तिक १० गते सोमबार
२०८३ कार्तिक १० गते सोमबार

एनपीएल : उद्घाटन खेलमा सुदूरपश्चिमले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको सामान्य लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ८७ रनमा समेटियो ।

जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । त्यस्तै, तल्लो क्रममा ब्याटिङ गरेका अनिल खरेल २६ बलमा १५ रन जोड्दै अविजित (नटआउट) रहे भने ओपनर सैफ जैबले १४ बलमा १३ रन बनाए ।  

अन्य ब्याट्सम्यानहरूले भने दोहोरो अंकमा रन छुन सकेनन् । विनोद भण्डारी ८ बलमा ९ रन, ईशान पाण्डे ९ बलमा ७ रन, अविनाश बोहरा ९ बलमा ३ रन, ब्रान्डन म्याकमुलेन २ बलमा २ रन र शेरफेन रदरफोर्ड ४ बलमा १ रन बनाएर पेभिलियन फर्किए । 

आरिफ शेख (६ बल), स्कट कुग्गेलेइन (२ बल) र हेमन्त धामी (१ बल) खाता नखोली शून्य रनमै आउट भए । सुदूरपश्चिमले अतिरिक्त बापत १० रन प्राप्त गरेको थियो ।  

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।