२०८३ बैशाख १८ गते शुक्रबार
२०८३ बैशाख १८ गते शुक्रबार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न आह्वान गरेकी छन् ।

 

प्रधानमन्त्री कार्कीले आज भिडियो सन्देश दिँदै हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने विषयलाई स्मरण गराएकी हुन् ।

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले देशभर यही कात्तिक ३० गतेभित्र मतदाता नामावली सङ्कलनकार्य सञ्चालन गरिरहेको छ ।

 

‘जेनजी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन, सबैभन्दा पहिला तपाईँ–हामीले हाम्रो मतदाता परिचयपत्र बनाउनुपर्छ । अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ’, प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘तपाईँहरू आफैँ सही प्रतिनिधि बन्नुपर्छ । विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्छ । मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचय बनाऔँ ।’

 
 
 
 
 
 
 
 

नेपाल पुकार र बुलन्द सञ्चारले संयुक्त रूपमा आयोजना गरेको “Gen Z विद्रोह र अबको निकास” शीर्षकको अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू र नयाँ पुस्ताका प्रतिनिधिहरूबीच देशको वर्तमान राजनीतिक अवस्था र सम्भावित निकासबारे खुला संवाद भएको छ।

कार्यक्रममा नेपाली कांग्रेसका डा. सुनिल कुमार शर्मा, Gen Z अगुवा रक्षा बम, नेकपा (एमाले) का अब्दुस मिया र नेपाली कम्युनिस्ट पार्टीका राजन दाहाल सहभागी थिए।

कार्यक्रममा बोल्दै डा. सुनिल कुमार शर्माले पछिल्ला राजनीतिक घटनाक्रम र Gen Z आन्दोलनबारे आफ्ना विचार राख्दै भने, “म पनि सरकारको अंश थिएँ, तर Gen Z हरु विरोधमा आउनु भन्दा पहिलेदेखि नै मैले संसदभित्र यो सरकारको विरोध गर्दै आएको थिएँ।” उनले विद्रोहभन्दा संवाद र समन्वयमार्फत अघि बढ्नुपर्नेमा जोड दिँदै भने, “मण्डेला जेलबाट निस्किएपछि विद्रोहको बाटो रोजेका थिएनन्, उनले संवाद र सहमतिको बाटो अपनाए। हामीले पनि त्यही बाटो लिनुपर्छ।”

उनले संसद विघटन नगरी Gen Z का प्रतिनिधि र संसदभित्रका सक्षम सांसदहरू मिलेर समाधान खोज्नुपर्ने सुझाव दिए। “अहिले पनि ढिलो भएको छैन, Gen Z लगायत सबै दलका प्रतिनिधि मिलेर संसद पुनर्स्थापना गर्नुपर्छ, नत्र जेन जी हरुको जायज माग पूरा हुने छैन,” उनले स्पष्ट रूपमा भने। डा. शर्माले विगतका गलत निर्णयहरूको जिम्मा पुराना पुस्ताले लिनुपर्ने कुरा पनि स्वीकारे। “पैलाकाले देश लुटेका हुन्, त्यसको जिम्मा हामीले लिनैपर्छ। नेपाली कांग्रेसका नेताहरूले गरेका गल्तीहरूको जिम्मा म पनि लिन्छु,” उनले भने। राजनीतिक अनिश्चितताका बीच उनले थपे, “सबै मिलेर अघि बढ्नुपर्छ। तपाईंहरूलाई लाग्छ र अहिलेको अवस्था हेर्दा फागुन २१ मा चुनाव सम्भव छ? यदि यही परिस्थितिमा चुनाव भयो भने म राजनीतिबाटै अलग हुन्छु।”

सोहि कार्यक्रममा बोल्दै Gen Z अगुवा रक्षा बमले देशको वर्तमान राजनीतिक अवस्थाबारे तीखो टिप्पणी गरिन्। उनले लामो समयदेखि सत्तामा रहेका नेताहरूको कुशासन, भ्रष्टाचार र मनपरी प्रवृत्तिकै कारण देश आजको संकटमा पुगेको बताइन्। बमले भनिन्, “लामो समयदेखि नेताहरूले देशलाई आफ्नो स्वार्थका लागि प्रयोग गरे, जसको परिणाम अहिलेको राजनीतिक अविश्वास र जनआक्रोश हो।”

उनका अनुसार अब देशलाई पुरानै अनुहारले होइन, जवाफदेही र पारदर्शी नेतृत्वले अघि बढाउन आवश्यक छ। उनले थपिन्, “अब नेपाली युवाले कुशासन होइन, नयाँ सोच, नयाँ अनुहार र जिम्मेवारी बुझ्ने नेतृत्व खोजेका छन्।” रक्षा बमले युवापुस्ताले विद्रोहलाई नकारात्मक रूपमा होइन, सुधार र प्रणाली परिवर्तनको सकारात्मक कदमका रूपमा अघि बढाउनुपर्नेमा पनि जोड दिइन्।

कार्यक्रमका अन्य वक्ताहरूले पनि नयाँ पुस्ताको आवाजलाई राजनीतिक निर्णय प्रक्रियामा प्रभावकारी रूपमा समावेश गर्नुपर्नेमा जोड दिएका थिए। सहभागीहरूले विद्रोहलाई अन्तिम उपायका रूपमा होइन, संवाद र सुधारका अवसरका रूपमा बुझ्नुपर्ने निष्कर्ष निकाले।

काठमाडौँ । नेपाल सरकारले एमसीसी कम्प्याक्ट अन्तर्गत एमसीए–नेपालमार्फत काम गर्ने निर्माण र सेवा प्रदायक कम्पनीहरूलाई चालू आर्थिक वर्ष २०८२/८३ का लागि आयकर छुट दिने निर्णय गरेको छ । एमसीसी परियोजनामा काम गर्ने कम्पनीलाई मन्त्रिपरिषद्ले आयकरमा दिएको छुट सम्बन्धमा अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको हाे ।

उक्त सूचनामा आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (१) बमोजिम उक्त निर्णय गरिएको जानकारी गराएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार जारी गरिएको उक्त सूचनामा भनिएको छ, ‘नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ साउन १८ गतेको निर्णयअनुसार सो परियोजनामा संलग्न कम्पनीलाई आयकर छुट दिइने भएकोले यो सूचना प्रकाशित गरिएको हो ।’

यस निर्णयले नेपालमा शाखा दर्ता गरेका वा स्थायी संस्थापनका रूपमा दर्ता रहेका एमसिसी कम्प्याक्ट बमोजिम एमसीए–नेपालको काम गर्ने कम्पनीले एमसिसी फन्डिङ (नेपाल सरकारको योगदानसहित)बाट आर्जित आम्दानीमा यस वर्ष आयकर तिर्नुपर्ने छैन ।

अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायका अनुसार, यो व्यवस्थाले सरकारलाई विशेष परियोजना वा निकायका लागि कर छुटका व्यवस्था गर्न सक्ने अधिकार प्रदान गरेको छ ।

यसको प्रत्यक्ष लाभ एमसिसी परियोजनाअन्तर्गत भइरहेको ट्रान्समिसन लाइन र सडक सुधार जस्ता ठुला पूर्वाधार आयोजनामा कार्यरत कम्पनीहरूलाई हुनेछ । यस निर्णयले परियोजनाको गतिलाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

काँक्रेविहार (सुर्खेत) । जिल्ला प्रहरी कार्यालय सुर्खेत हिरासतमा एक जना थुनुवाको मृत्यु भएको छ । आज बिहान लागूऔषध कारोबार मुद्दामा थुनामा रहेका जिल्लाको वीरेन्द्रनगर नगरपालिका-११ पिपिराका ३५ वर्षीय गङ्गे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाले आज बिहान कर्णाली प्रदेश अस्पतालमा सुनारको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । 

 

उनका अनुसार सुनार आज बिहान ओछ्यानमा बेहोस अवस्थामा भेटिएका थिए । “उहाँसँगै सुतेका साथीहरूले बिहान उठाउन खोज्दा नउठेपछि ड्युटीमा भएका प्रहरीलाई खबर गरेका थिए”, उनले भने, “हामीले तत्कालै प्रदेश अस्पतालमा उपचारका लागि पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गर्नुभएको हो ।” 

प्रहरी नायब उपरीक्षक बुढथापाका अनुसार सुनारको मृत्युपछि हिरासतमा जडान गरिएको ‘सिसिटिभी फुटेज’ हेरिएको छ । “फुटेजमा सुत्नुअघि बाथरुमबाट टाउको नुहाएर बाहिर निस्किएका थिए । उनी सुतेको समयमा घुर्ने भएकाले राति साथीहरूले नघुर्न भनेर उठाएको फुटेजमा देखिएको छ”, उनले भने।  

सुनार ७८ दिनदेखि हिरासतमा रहेका प्रहरी नायब उपरीक्षक बुढथापाले बताए। उनका अनुसार चार दिनअघि सरकारी वकिल कार्यालयमा मुद्दा गएर आज उनको मुद्दामा पेसी थियो ।

 मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले बन्द गराएका छन्। हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित सुरुङबाट बिहीबारदेखि पानी पथान्तरण रोकिएको हो।

मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिले खानेपानी आयोजनाको साइट कार्यालयमा ताला लगाइदिएका छन् भने माग पूरा नभएसम्म पानी पथान्तरणको गर्न नदिने अडान लिएका छन्।

यसअघिका आन्दोलनमा भएको सहमति कार्यान्वयन नगरिएको भन्दै मेलम्ची बाढीपीडित सङ्घर्ष समिति, विभिन्न राजनीतिक दल, स्थानीययले माग पूरा नभएसम्म पानी पथान्तरण बन्द गराएको मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिका उपाध्यक्ष नवराज गुरागाईँ जानकारी दिए।

मेलम्ची आयोजना प्रभावित र बाढीपीडितहरूले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्ने, मेलम्ची बाढीअघि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई मेलम्ची करिडोरमा बनाइएको घर व्यवसायको ऋण मिनाहा गर्नुपर्ने, बाढीबाट मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति रु १० लाख क्षतिपूर्ति दिइनुपर्ने, स्थानीय सरकारमार्फत खानेपानीको लेवी उपलब्ध गराइनुपर्ने, नयाँ घर निर्माणका लागि रु २० लाख अनुदान दिनुपर्नेलगायत माग राखेका छन्।

स्थानीयको माग पूरा नगरी मेलम्चीको पानी काठमाडौँ लान नपाइने उनीहरूको भनाइ छ। उनीहरूले बाढीपीडितलाई आयआर्जनका कार्यक्रम लागू गर्न माग गरेका छन्।

उनीहरूले १७ बुँदे मागका विषयमा ध्यानाकर्षण गराएका हुन्। यसअघि भएका सम्झौता कार्यान्वयन गर, मेलम्ची बाढीपीडित जिन्दावाद, पीडितका माग पूरा गरलगायत नारा लगाएका छन्।

विसं २०८१ असोज २३ गते सङ्घर्ष समिति, गाउँपालिका र खानेपानी मन्त्रालयबीच सम्झौता भएको थियो।

तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवले स्थानीयका मागमा सहमति जनाएका थिए। विसं २०७८ असार १ गतेको भीषण बाढीले मेलम्ची नदी आसपासका अधिकांश बासिन्दाका घरखेत पूर्ण रूपमा क्षति भएको थियो।

काठमाडौं । नेतृ रामकुमारी झाँक्रीले नवगठित नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाललाई कडा जवाफ फर्काएकी छन् । नेकपा एकीकृत समाजवादीकै लेट हेडमा झाँक्रीसहित ६ जना नेताहरूलाई कारबाही गरेपछि नेतृले जवाफ फर्काएकी हुन् ।

 

झाँक्रीले सामाजिक सञ्जालमार्फत माधव नेपालको १९ वर्ष लामो पार्टी प्रमुखको इतिहास र पछिल्लो कारबाहीको निर्णयमाथि गम्भीर प्रश्न उठाएकी छिन् । उनले नेपाललाई लक्षित गर्दै लेखेकी छिन्, ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ? केही अर्थ छ र अब पनि कारबाहीको? लोकले के भन्ला भन्ने पनि लागेन र ?’

उनले नेपाललाई पार्टीको प्रमुख र त्यसपछि पार्टी प्रमुखलाई नियन्त्रण गर्ने भूमिकामा लामो समय बिताएको स्मरण गराउँदै यो अन्तिम घटनाले उनको इतिहासलाई पुनः बल्झाएको उल्लेख गरेकी छिन् । ‘बिर्सेकाहरूले सबै घटना स्मृतिमा लिने भए,’ उनले लेखेकी छिन् ।

 

झाँक्रीले जीवनको नश्वरता र राजनीतिक जीवनको सार्थकतामाथि पनि दार्शनिक प्रश्न उठाएकी छिन् । ‘जिन्दगीमा के लानु छ कमरेड? समाज र देशको लागि जीवन/जवानी अर्पण गरेको व्यक्तिले । लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पसलमा पुग्दा बोल्ने दुई जना मान्छे । आफ्नै मलामी त कसले पो देख्छ र ?’

झाँक्रीले नेपालको पछिल्लो ‘अन्तिम कर्म’ (कारबाहीको निर्णय) का लागि “हार्दिक धन्यवाद” दिँदै व्यंग्यात्मक शैलीमा आफ्नो असन्तुष्टि प्रकट गरेकी छिन् । यद्यपि, पत्रको अन्त्यमा उनले माधव नेपाललाई अभिभावकको रूपमा स्वीकार गर्दै बाँकी जीवनको सुख, परिवारमा शान्ति र सुस्वास्थ्यको शुभकामना दिएकी छिन् । झाँक्रीले एमालेमा फर्किने घोषणा गरेकी थिइन् ।

मेष : दिन राम्रो छ । लगानीका क्षेत्र सबल बन्नेछन् । शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा मिल्नेछ । गीत संगीतको क्षेत्रमा मन जानेछ । गोप्य रूपमा गरेको काममा सफलता मिल्नेछ ।

वृष : दिन राम्रो छ । दाजुभाइसँग गरेको कारोबारले तपाईंलाई फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यमा प्रगतिका पाइला अगाडि बढ्नेछन्। धर्मकर्ममा मन जानेछ।

मिथुन : दिन सामान्य राम्रो छ। अनावश्यक क्षेत्रमा सम्पत्ति खर्च हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन राम्रो छ । स्वदेशको भन्दा विदेशको रमझमले मन आकर्षित गर्नेछ । धार्मप्रति अनास्था बढ्नेछ । परिवारको विश्वास मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन सामान्य छ। लामो यात्रा नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर हिँडेमा दिन सहज बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछन् । धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ । स्वदेशमै रोजगारीको अवसर मिल्नेछ।

तुला : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । व्यापार व्यवसायमा घाटा हुनेछ । धार्मिक कार्यमा समय दिनु उचित हुन्छ । शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने छ ।

वृश्चिक : दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुहोला । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ ।

धनु : दिन सामान्य छ । व्यापार व्यवसायमा घाटा हुने दिन छ । स्वास्थ्यले साथ दिए पनि सामाजिक र राजनीतिक क्षेत्रमा त्रास बढ्नेछ । एक्लै निर्णय लिनुभन्दा परिवारको साथ लिएर काम गरेमा फाइदा हुनेछ ।

मकर : दिन राम्रो छ । साथी भाइसँग रमाइलो भेटघाट हुनेछ । धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ । दीर्घकालीन कामका लागि नयाँ योजना बन्नेछ । कार्यक्षेत्रमा तपाईंको प्रशंसा हुनेछ ।

कुम्भ : दिन सामान्य छ । हरेक काममा झन्झट आइपर्ने जोखिम छ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ । प्रेम सम्बन्धमा खटपटी बढ्नेछ । संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : दिन राम्रो छ । दैनिक काममा देखिएका समस्या समाधान हुँदै जानेछन् । स्वास्थ्य र शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । साथीको साथमा महत्त्वपूर्ण काम बन्नेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।