२०८३ बैशाख १८ गते शुक्रबार
२०८३ बैशाख १८ गते शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

नेपाल आयल निगमका अनुसार, पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँका दरले मूल्य बढाइएको हो । बढेको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

भारतीय आयल निगमबाट पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा बढेर मूल्यसूची आएको निगमले जनाएको छ ।

तर, उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमले पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँमा मात्रै वृद्धि गरेको विज्ञप्तिमा जनाइएको छ ।

जेनजी आन्दोलन शुरू भएको दोस्रो दिन, अर्थात भदौ २४ गते। विध्वंस, डर र त्रासको स्थिति बनेको यो दिनले मंगला श्रेष्ठको मनमा भने नमिठो छाप छोडेर गएको छ।

त्यो दिन जापानमा रहेकी मंगलाले सधैंझै कामको ‘ब्रेकटाइम’मा पति मिलन रायसँग कुराकानी गरिन्। नेपाल प्रहरीको महाराजगञ्ज वृत्तमा प्रहरी सहायक निरीक्षकको रूपमा कार्यरत मिलनले त्यो दिन आन्दोलन सुरु भएको र मध्याह्न १२ बजेतिर मोटरसाइकल जलेको सुनाएका थिए। आफू सटरभित्र सुरक्षित रहेकाले चिन्ता नगर्न भनेका थिए।

जापानको एक रेस्टुराँमा कार्यरत मंगलाले ‘ड्युटी’मा रहँदा पनि नेपालको अवस्थाबारे छिनछिनमा जानकारी लिइराखेकी थिइन्। आन्दोलनले उग्ररूप लिइरहँदा उनको मन स्थिर हुन सकिरहेको थिएन। मंगलाले आफ्नो ‘ड्युटी’ सकेपछि मिलनलाई पटक–पटक फोन गरिन् तर उठेन। लामोको प्रयासपछि एक हवल्दारले मिलनको मृत्यु भएको कुरा सुनाए।
जेनजी आन्दोलनको निशानामा परेका थिए, महाराजगञ्ज वृत्तका सहायक प्रहरी निरीक्षक राय र जवान उत्तम थापा। दुवैलाई आन्दोलनकारीले सडकमा ल्याएर कुटीकुटी हत्या गरेका थिए।

घटनाको वास्तविकता थाहा पाएपछि केही सोच्नै नसकेको मंगलाले बताइन्। त्यसमाथि आन्दोलनकारीले वीभत्स तरिकाले हत्या गरेको थाहा पाउँदा मन झन दुख्यो। जसोतसो मिलनलाई अन्तिम बिदाइ गर्न उनी भदौ २६ गते स्वदेश फर्किइन्।

तीन जना दाजुभाइमध्ये कान्छो हुन् मिलन। सानैमा आमाबुवा बितेपछि हजुरआमा र काकाको रेखदेखमा हुर्किएका उनले सानैदेखि हन्डर खाएर प्रहरी सेवामा प्रवेश गरेका थिए।

सिन्धुलीको दूधौली–८ खोरभञ्जाङका मिलन २०७४ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए। भरतपुरमा तालिम सकिएपछि पहिलो पोस्टिङ जलेश्वर र त्यसपछि ललितपुर, जनसेवा, दरबारमार्ग हुँदै महाराजगञ्ज सरुवा भएका थिए।

त्यसअघि काठमाडौंमा सहकारीमा बजार प्रतिनिधिका रूपमा काम गर्ने सिलसिलामा धादिङ छत्र देउरालीकी मंगलासँग चिनजान भयो। दुवैको उमेर एउटै, काम एउटै। त्यही चिनजानबाट शुरू भएको प्रेम सम्बन्ध २०८० फागुन २१ विवाहमा परिणत भयो।

मंगला भन्छिन्, ‘लामो समयसम्म प्रेममा रहेर विवाह गरेका कारण एक(अर्कालाई नाम नै लिएर बोलाउँथ्यौं। उसले पनि यही वर्षभित्रै प्रहरीको जागिर छोडेर जापान जाने सोच बनाएको थियो।’ करीब १२ लाख रुपैयाँ खर्च गरेर मंगला गत वैशाखमा मात्रै रोजगारीका लागि जापान पुगेकी थिइन्।

पढाइमा अब्बल, क्रिकेट र खानपिनमा सौखिन थिए, मिलन। काका केशव, हजुरबुवा र हजुरआमाको छत्रछायाँमा हुर्किएका मिलन सबैको प्यारो थिए।

परिवारको कान्छो सदस्य गुमाएपछि उमेरले पाका भइसकेका हजुरआमा र हजुरबुवाका आँखा ओभाना हुन सकेका छैनन्। ‘सानैमा बाआमा बिते, हामीले हुर्कायौं,’ काका केशव भन्छन्, ‘आफ्नै सन्तानसरह हुर्काएको थियौं। उसको सम्झना त सधैं मनमा आइरहन्छ।’

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका मिलनलाई सरकारले कात्तिक १७ गते सहिद घोषणा गरी अमर प्रहरीको सम्मान प्रदान गरेको छ। सहिद परिवारलाई उपलब्ध गराउने भनी निर्णय भएबमोजिमको १५ लाख परिवारले प्राप्त गरिसकेको छ। साथै नेपाल प्रहरीले अमर प्रहरी मिलनको परिवारलाई आजीवन निवृत्तिभरण उपलब्ध गराउनेछ।

प्रहरी नायब निरीक्षकसमेत रहेका माइला दाजु हरिबाबु मिलनलाई आफ्नो भाइ मात्र होइन, एक असाध्यै मिल्ने साथीजस्तै ठान्छन्। भाइ गुमाउँदा उनी विक्षिप्तजस्तै भएका छन्। ‘मैले भाइमात्र होइन, असल साथी पनि गुमाएँ। सबै कामसँगै गर्ने। पेशा पनि एउटै रोजेका थियौं। मेरो मुटुको टुक्रा थियो ऊ,’ हरिबाबु भन्छन्।

विद्यालयस्तरको पढाइमा पनि कक्षामा सधैँ पहिलोरदोस्रो हुँदै आएका मिलनले क्याम्पसको पढाइ भने चाबहिलस्थित पुष्पलाल मेमोरियल कलेज र बौद्धस्थित अरुणिमामा अध्ययन गरेको दाजु हरिबाबु बताउँछन्। उनी भन्छन्, ‘भाइलाइ असइमा भर्नाका लागि मैले पढेका किताब दिएँ, दिमाग तेजिलो थियो, दोस्रो पटकमा सफल भयो, साथीभाइसँग पनि छिटो घुलमिल हुन्थ्यो।’

प्रहरी सङ्गठनभित्र पनि एक इमान्दार, अनुशासित र असल चरित्रको परिचय बनाएका मिलन दिएको जिम्मेवारी ठीक ढङ्गले समयमै फत्ते गर्ने कर्तव्यनिष्ठ भएकाले हाकिमहरूको रोजाइमा पर्दैआएका थिए। भदौ २४ गते महाराजगञ्जमा आन्दोलनकारीबाट भाइको ज्यान लिइएको घटना सुन्न पर्दा सपनाजस्तै भएको सुनाउँदै नुवाकोटमा कार्यरत हरिबाबु भन्छन्, ‘मेरो जीवनको साह्रै दुःखद् दिनका रूपमा रह्यो भदौ २४।’

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आन्दोलनकारीको आक्रमणबाट तीन प्रहरीको ज्यान गएको थियो। त्यस्तै, कास्कीका रूपा गाउँपालिका(५ का अमृत गुरुङ र दार्चुलाको लेकाम गाउँपालिका(३ का उत्तम थापाको मृत्यु भएको थियो।

 दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस खड्काले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगिताका विजेता टोलीलाई पुरस्कार स्वरूप एक करोड १० लाख प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो ।

त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले २५ लाख तथा चौथो हुनेले १५ लाख प्राप्त गर्नेछ ।

एनपिएलमा विभिन्न आठ फ्रेञ्चाइज टोली सहभागी हुनेछन् । उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ ।

साथै, एनपीएलमा ३५ करोड रुपैयाँ भन्दा बढी पैसा उठ्ने क्यानले जनाएको छ । क्यानले १५ करोड ३० लाख प्रायोजकबाट नौ करोड सहभागी टिमबाट उठ्ने बताएको छ ।

ओटीटीबाट उठेको पैसाबाट पाँच करोड ३० लाख कटाएर बाँकी रहेको पैसाको ७१ प्रतिशत क्यानलाई आठदेखि १२ करोड टिकटबाट उठ्ने अनुमान रहेको क्यानले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।