२०८३ बैशाख १६ गते बुधबार
२०८३ बैशाख १६ गते बुधबार

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले पाँच विकेटले जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा जनकपुलाई काठमाडौंले दुई ओभर बाँकी रहँदै पाँच विकेटले हराएको हो ।

एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् ।

एनपिएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा दोस्रो दिन मंगलबार चितवन राइनोज र कर्णाली याक्सले पहिलो प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उद्घाटन गरेकी छन् ।

कीर्तिपुरस्थित र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भव्य कार्यक्रमबीच प्रधानमन्त्री कार्कीले उक्त प्रतियोगिताको उद्घाटन गरेकी हुन् ।

उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा त्रिवि मैदानमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो । आजको उद्घाटन खेलमा काठमान्डु गोर्खाजले टस जितेर साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध फिल्डिङ गरिरहेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा सुरु भएको प्रतियोगिता यही मङ्सिर २७ गतेसम्म चल्ने छ । प्रतियोगितामा आठ टोली सहभागी छन् ।

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई प्रहरी नायब महानिरीक्षक (डीआइजीपी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

मंगलवार बसेको बढुवा समितिको बैठकले अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको हो ।

काठमाडौं । राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजस्व विभागले उत्कृष्ट कर योगदान गर्ने संस्थाहरूलाई सम्मान गर्ने क्रममा स्वास्थ्य तथा शैक्षिक क्षेत्रको उत्कृष्ट करदाताका रूपमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा। सुनिल शर्माको विराटनगर स्थीत नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड सम्मानित भएको छ।

आर्थिक वर्ष २०८०र०८१ मा स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा सवै भन्दा बढी कर तिरेर राज्यको राजस्व प्रणालीलाई मजबुत बनाउन योगदान दिएको भन्दै नोबेललाई सम्मान प्रदान गरिएको हो। स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लामो समयदेखि कार्यगर्दै आएको नोबेल यस वर्ष पनि उत्कृष्ट करदाताको सूचीमा अग्रस्थानमा रहेको विभागले जनाएको छ। नोबेल मेडिकल कलेज डा।सुनिल शर्माकी छोरी सोइना शर्माले सम्हालिरहेकी छिन्।

विभागले अन्य श्रेणीका उत्कृष्ट करदाताहरूलाई पनि सार्वजनिक गरेको छ। संस्थागत करदातामध्ये सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल दूरसञ्चार प्राधिकरण पहिलो स्थानमा रह्यो भने व्यक्तिगत करदातातर्फ राजबहादुर शाह उत्कृष्ट ठहरिए।

एकलौटी फर्म श्रेणीमा थर्ड आइ इन्टरनेशनल, वस्तु निर्माणमा डाबर नेपाल, सूचना प्रविधि सेवा निर्यातमा ओरिक्स नेपाल प्रालि, कृषि तथा पशुपन्छीजन्य उद्योगमा पोषक ब्रिडर फार्म प्रालि, बैंक तथा वित्तीय सेवामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, पर्यटनतर्फ सोल्टी होटल लिमिटेड, र वस्तु व्यापारमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालि उत्कृष्ट करदाता घोषित भए।

यस्तै, ५० देखि १०० करोड वार्षिक कारोबार समूहमा ब्रिडिएस एण्ड क्लियरिङ लिमिटेड सम्मानित भयो। डमीमूलक उद्योग श्रेणीमा भोटेकोशी पावर कम्पनी प्रालिले सबैभन्दा बढी कर तिर्‍यो। रेमिट्यान्स तथा मनी ट्रान्सफरमा आईएमई लिमिटेड उत्कृष्ट करदाता रह्यो भने निर्यातमुखी उद्योग श्रेणीमा यूनिलिभर नेपाल लिमिटेडले सम्मान प्राप्त गर्‍यो।

नोबेल मेडिकल कलेजको निरन्तर कर योगदानलाई यस वर्ष पनि सरकारी निकायले उच्च प्रशंसा गरेको छ, जसले निजी स्वास्थ्य क्षेत्रले राष्ट्रको कर संरचनामा कति महत्वपूर्ण भूमिका खेलिरहेको छ भन्ने पुष्टि गरेको छ।

काठमाडौँ । बंगलादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलन दमन गर्न घातक बल प्रयोग र मानवता विरोधी अपराध गरेको अभियोगमा बंगलादेशको विशेष अदालतले सत्ताच्युत प्रधानमन्त्री शेख हसिनालाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ।

बाङ्ग्लादेशको अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्यूनल (आईसीटी)ले सोमवार उनीसहित उनको मन्त्रिपरिषद्‌मा आन्तरिक मामिलामन्त्री असदुज्जमान खान कमल र तात्कालिक प्रहरी प्रमुख चौधरी अबुल्लाह अल-मामुनलाई गत वर्षका घटनामा दोषी ठहर गरेको हो।

इजलासको अध्यक्षता गरेका न्यायाधीशले उनीहरूविरुद्ध परेका सबै अभियोग र प्रहरी कारबाहीका क्रममा भएको हिंसा सविस्तार पढेर सुनाएका थिए।

सत्ताच्युत भएपछि हसिना भारतमा छिन्। उक्त विशेष अदालतमा उनको अनुपस्थितिमै मुद्दा चलेको हो। उनले आफूविरुद्धका सबै आरोप अस्वीकार गर्दै आएकी छन्।

सम्झौता गरेर काम नगरी वर्षौंदेखि अलपत्र पारिएका सडक निर्माणका रुग्ण ठेक्का सरकारले तोड्न सुरु गरेको छ।

सडक डिभिजन कार्यालय काठमाडौँले सोमबार सूचना जारी गरी त्यस्ता २५ रुग्ण ठेक्का तोडिएको जानकारी दिएको छ।

ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८०मा सम्झौता भएका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए। त्यसपछि सडक विभाग मातहतका कार्यालयले रुग्ण ठेक्का तोड्न प्रक्रिया अगाडि बढाएका थिए।

सडक डिभिजन कार्यालय काठमाडौँबाट गत ११ कात्तिकमा ठेक्का किन नतोड्ने भन्दै सम्बन्धित २५ निर्माण व्यवसायीलाई स्पष्टीकरण मागिएको थियो।

निर्माण व्यवसायीबाट पेस भएका स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानुनमा भएको व्यवस्थाबमोजिम ठेक्का रद्द गरिएको कार्यालयका प्रमुख सुवोध देवकोटाले जानकारी दिए।

कानुनमा भएको व्यवस्थाबमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौटीबापतको रकम, पेस्की जमानत जफत र पेस्की रकमको १० प्रतिशत ब्याज असुल गर्नाका साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने उनले बताए।

निर्माण व्यवसायीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुने निर्देशन दिइएको छ। ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमासमेत निर्माण सम्पन्न गर्नेतर्फ चासो नदेखाई काम अधुरो तथा अलपत्र पारी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रूपमा उपस्थित नभएर आधारभूत रूपमा ठेक्का उल्लंघन, ठेक्काको म्याद नरहेको, ठेक्का फरफारक नगरेकाले सम्झौता रद्द गरिएको उल्लेख छ।

विभिन्न मितिमा लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाई ठेक्का सम्झौता उल्लंघन गरिएको जनाइएको छ।

आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्था सुदृढ बनाउन सरकारले व्यापक तयारी सुरु गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ । यससँगै निर्वाचन सुरक्षामा कुल ३ लाख १४ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार, निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका करिब ७९ हजार, नेपाल प्रहरीका करिब ७२ हजार, सशस्त्र प्रहरी बलका ३३ हजार र म्यादी प्रहरी १ लाख ३० हजार जनशक्ति परिचालन गरिनेछ । निर्वाचन आयोगबाट मतदाता नामावली, मतदानस्थल र मतदान केन्द्रको अन्तिम टुंगो लागेपछि सुरक्षाकर्मीको संख्यामा केही सामान्य हेरफेर हुन सक्ने भए तापनि अहिलेलाई सवा तीन लाखको हाराहारीमा सुरक्षाकर्मी खटाउने गरी ‘एकीकृत सुरक्षा योजना-२०८२’ स्वीकृत भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचन र बदलिँदो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै यसपटकको निर्वाचन सुरक्षा योजना तर्जुमा गरिएको जानकारी दिए । सुरक्षा समिति बैठकले सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीलाई एकीकृत रूपमा परिचालन गर्ने निर्णय गरेको छ ।

सुरक्षा कार्ययोजना स्वीकृत भएसँगै अब नेपाली सेना परिचालनका लागि संवैधानिक प्रक्रिया अघि बढ्नेछ । राष्ट्रिय सुरक्षा परिषद्ले प्रधानमन्त्रीको अध्यक्षतामा रहने मन्त्रिपरिषद् समक्ष सिफारिस गर्नेछ, जसपश्चात् मन्त्रिपरिषद्को निर्णय र राष्ट्रपतिबाट अनुमोदन भएपछि सेना परिचालन हुनेछ ।

एकीकृत कार्ययोजना स्वीकृत भएसँगै आगामी मंसिर १० गतेदेखि निर्वाचनलाई लक्ष्य गरी सुरक्षाकर्मी परिचालन गरिनेछ । हाल नेपाली सेनामा करिब एक लाख, नेपाल प्रहरीमा करिब ८० हजार र सशस्त्र प्रहरी बलमा करिब ३७ हजार सुरक्षाकर्मी कार्यरत छन् ।

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आज सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन्। यो खेल आज दिउँसो ४ बजे सुरु हुनेछ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुनेछन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले यस पटक दैनिक नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ। पहिलो दिनको खेलको टिकट तीन दिन अगाडि नै बिक्री भइसकेको छ। क्यानका सचिव पारस खड्काले थप दर्शकलाई घरमै बसेर हेर्न अनुरोध गरेका छन्।

एनपीएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने छ। एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्।

उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।

प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ। क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार रुपियाँ तय गरेको छ।

एनपीएलमा साविक विजेता जनकपुरसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगितामा दोस्रो दिन मंगलबार चितवन राइनोज र कर्णाली याक्सले पहिलो प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

समय लागे पनि सोचेका कार्य बन्नेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। नोकरी वा व्यापार व्यवसायलाई लिएर आफन्तहरूबाट टाढिनुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

सन्तानको भविष्यलाई लिएर महत्वपूर्ण कार्यहरू पूरा हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको साथ मिल्नेछ। व्यापारमा आम्दानी बढाउन सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

स्वास्थ्य सम्बन्धी चिन्ताले सताउनेछ। आफ्नो कामको लागि अरुको भरपर्दा दुःख पाइनेछ। कार्यक्षेत्रमा बल भन्दा बुद्धिको उपयोगले काम लिनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अवसर प्राप्त भए पनि नयाँ काम प्रारम्भ गर्नु भन्दा अघि होस् पुर्याएर निर्णय लिनुहोस्। आत्मबलमा वृद्धि हुनेछ। आफूभन्दा सानाप्रति आत्मीयता बढ्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शिक्षाको क्षेत्रमा बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। व्यापार व्यवसायमा परिवारको साथ मिल्नाले सफलता प्राप्त हुनेछ। मिठो बोलिको सबैले प्रशंसा गर्नेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

विद्यार्थीहरूको अध्ययनमा राम्रो प्रगति हुनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। व्यापार व्यवसायभन्दा सेवामुलक कामबाट राम्रो उपलब्धि प्राप्त गर्न सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

परिस्थितिवस चिताएको काममा बाधा आउन सक्छ। आफुले गरेको मेहनतको फाइदा अरुले उठाउन सक्लान्। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

हातमा आएको रकम अरूको लागि खर्च गर्नुपर्ला। आफ्नो व्यवहारमा संयमता राख्नुहोस्। शेयर बजारबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

माननीयजनहरूको भावना बुझेर अगाडि बढ्नुहोस्। कार्यक्षेत्रमा प्रगतिको मार्ग प्रशस्त हुनेछ। पिताको सहयोगले आँटेको काममा सफलता मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

रचनात्मक कार्य बन्नुका साथै मनग्य धन आर्जन हुनेछ। पहिलाको सफलताले थप हौसला जगाउनेछ। धर्म कर्मप्रति रुचि बढ्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

कार्यक्षेत्रमा धेरै मेहनत परे पनि प्रतिफल प्राप्त हुनेछ। शत्रुपक्ष सक्रिय रहनेछन् सचेत रहनुहोस्। नयाँ कार्य थालनीको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

कार्यक्षेत्रमा नयाँ अवसर हात लाग्नेछ । अप्ठ्यारा परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ । समय र अवस्था नबुझी बोल्ने बानीले समस्या निम्ताउला । आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।