२०८२ फाल्गुन २७ गते बुधबार
२०८२ फाल्गुन २७ गते बुधबार

काठमाडौँ । पत्रकारिता छोडेर पत्रकार राजीव खत्री रास्वपामा प्रवेश गरेका छन् । सामाजिक सञ्जालमा समेत चर्चित रहेका पत्रकार खत्री पत्रकारिता छोडेर राजनीतिको मैदानमा ओर्लिएका हुन् ।

 केही दिनअघि न्यूज २० टेलिभिजनबाट राजीनामा दिएका उनी आज औपचारिकरुपमा रास्वपाका प्रवेश गरेका छन् ।

पत्रकारितामा छँदै रास्वपाप्रति सदासयता राख्दै आएका खत्रीले सभापति रवि लामिछानेसँग कारागारमा दुई पटक छलफलपछि पार्टी प्रवेश गरेका हुन् । उनको पार्टी प्रवेश कार्यक्रममा रास्वपाको कार्यालय घन्ट घरमा निकै भिडभाड भएको थियो । पार्टीका शुभेच्छुक र सञ्चारकर्मीको बाक्लो उपस्थितिबीच रास्वपाका नेताहरूले उनलाई ब्याच लगाइदिएर पार्टीमा स्वागत गरेको छ ।

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकेको छ ।

आयोगले बुधवार सात वटै प्रदेशका लागि मतदान स्थल निर्धारण गरेको जानकारी दिएको हो ।

आयोगको निर्णय अनुसार सात वटै प्रदेशको राजधानी रहेका जिल्लामा मतदान स्थल रहने गरी स्थान तोकिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार तोकिएका मतदान स्थलमा दुई–दुई वटा मतदान केन्द्र रहने व्यवस्था मिलाइएको छ ।

जसमा मतदान केन्द्र क प्रदेश सभाका सदस्यका लागि र मतदान केन्द्र ख गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि तोकिएको छ ।

निर्वाचनमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलले मतदान गर्ने व्यवस्था रहेको छ ।

कुन प्रदेशको मतदान केन्द्र कहाँ ?

कोशी प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर मोरङ

मधेश प्रदेश: महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका वडा ४ धनुषा

बागमती प्रदेश: भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका ४ मकवानपुर

गण्डकी प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा कास्की

लुम्बिनी प्रदेश: कर्मचारी मिलन केन्द्र, घोराही, दाङ

कर्णाली प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत

सुदूरपश्चिम प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी, कैलाली

नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले निर्वाचनको परिणाम जस्तोसुकै आएपनि स्वीकार्य हुने स्पष्ट पारेका छन् ।

बुधवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पोखरेल यस्तो बताएका हुन् । उनले पार्टीभित्र प्रतिष्पर्धाको राजनीति एमालेले आत्मसाथ गरेको सिद्धान्त भएको भन्दै यसलाई अन्यथा लिन नहुने समेत बताए ।

उनले पार्टीभित्र हुने प्रतिष्पर्धाले पार्टीलाई तप मजबुत र लोकतान्त्रिक बनाउन सहयोग पुग्ने भन्दै प्रतिष्पर्धालाई अस्वभाविक रूपमा लिन नहुने बताए । ‘पार्टीभित्र प्रतिष्पर्धाको राजनीति भनेको हामीले आत्मसाथ गरेको विचार हो । त्यसकारण यसलाई के के न होला भनेर सोच्नुहुदैन । अरु पार्टीले यस्तो गरेको भए ओहो उत्पात राम्रो भनिन्थ्यो । एमालेले प्रतिष्पर्धाको अभ्यास गर्दाखेरी यो त राम्रो हो भन्नुपर्यो नि । प्रतिस्पर्धा गर्न तयार हुनेले प्रतिस्पर्धाबाट प्राप्त हुने परिणामलाई पनि स्वीकार गर्छ । हामी स्वीकार्छौं’ उनले भने ।

उनले महाधिवेशन प्रतिनिधिहरुले स्वविवेक प्रयोग गर्ने भन्दै उनिहरुको मतको कदर गर्दै अगाढि बढ्नुपर्नेमा जोड दिए ।

नेकपा एमालेको नयाँ नेतृत्वका लागि मतदान जारी छ । एमालेको ११औं महाधिवेशनअन्तर्गत आज पाँचौं दिन हो । काठमाडौँको भृकुटीमण्डपमा भएको मतदानमा ५ बजेर २ मिनेटसम्म ८०२ मत खसिसकेको निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले जानकारी दिए ।

उनले मतदान गर्न छिटोमा ९ मिनेटदेखि २ घण्टा ४ मिनेटसम्म लगाएर समय लगाएको उनले जानकारी गराए ।

‘मतदान छिटोमा ९ मिनेट र ढिलोमा २ घण्टा ४ मिनेटसम्म लगाएर गरिएको छ,’ उनले भने, ‘मतदाताले ३५ मिनेट मतदान गर्न सक्नुहुन्छ भन्ने अनुमान थियो । सबैलाई प्राविधिक ज्ञान नभएकोले ढिलाइ भएको छ । आज रातभर मतदान चल्नेछ ।’

उनले मतदानका लागि लाइनमा उभिनेले ८ बजेभित्र टोकन लिएर मतदान स्थलमा प्रवेश गरिसक्नुपर्ने पनि बताए । एमालेमा दुई हजार २ सय ६३ जना मतदाता (प्रतिनिधि) छन् । एमालेमा केपी शर्मा ओली र ईश्वर पोखरेल नयाँ नेतृत्वका लागि प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन् ।

काठमाडौँ। नेपाल सरकारले उपहार स्वरूप दिएका दुई हात्ती आज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका लागि उडेका छन् । कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाज मार्फत बुधबार दिउसो ५ बजेपछि खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई हात्ती विमानस्थलबाट छुटेका हुन् ।

दुई हात्ती मंगलबार नै चितवनबाट भैरहवा ल्याइएको थियो । हात्तीहरूसँगै चितवनका एक जना पशु प्राविधिक, रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ तथा खगेन्द्रप्रसादका माउते पाचुखा थारु पनि कतार प्रस्थान गरेका छन् । केही समय हात्तीहरूको रेखदेख गर्नेदेखि त्यहाँका कर्मचारीहरूलाई हात्तीको स्याहारसुसार गर्न सिकाएर मात्रै उनीहरू फर्किने छन् ।

 

नेपाल सरकारका तर्फबाट कतारलाई उपहारस्वरूप ६ वर्षको भाले हात्ती खगेन्द्रप्रसाद र ७ वर्षकै पोथी हात्ती रुद्रकली पठाइएको हो ।

२०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने बाचा गरेको थियो ।

काठमाडौं– नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा आजै राति सार्वजनिक हुने भएको छ । एमाले नेता राजेन्द्र गौतमले राति साढे १० बजेअघि नै नतिजा सार्वजनिक हुने बताएका हुन् ।

मतदान स्थल भृकुटीमण्डपमा बुधबार बिहान प्रेस ब्रिफिङको क्रममा गौतमले मतदान सकिएको दुई घण्टाभित्र नतिजा सार्वजनिक हुने बताएका छन् ।

‘हाम्रो जम्मा मतदाताहरूको संख्या र भोटिङ मेसिनलाई लाग्ने समयलाई काउन्ट गर्दा खेरी एक जना व्यक्तिलाई एक जना व्यक्तिलाई २० मिनेट लाग्ने र एक पटकमा ८० जनाले भोट खसाल्न पाउने व्यवस्था गरिएको छ,’ उनले भने, ‘यसरी हेर्दा टेन्टेटिभ्ली आठ-साढे आठ घण्टामा हामीले मतदान सक्काउँछौँ भन्ने तयारी अनुसार, निर्वाचन आयोगले दिएको सूचना अनुसार हामी अगाडि बढेका हौँ ।’

ललितपुर । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत आउने नयाँ जनभावनाअनुरूपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताएकी छन् । ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

 

गत भदौ २३ र २४ गते ‘जेन-जी’ युवाहरूले गरेको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति निर्माण भएको स्मरण गर्दै उनले अहिलेको सरकारको मुख्य एजेन्डा नै सुशासन र निर्वाचन रहेको स्पष्ट पारिन् । प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने ‘अर्जुनदृष्टि’ सहित सरकार अहोरात्र खटेको र तयारीका काम धेरै अगाडि बढिसकेको जानकारी दिइन् । उनले भनिन्, ‘हामी अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित छौँ । निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरूपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ ।’

मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन निर्वाचन नै एक मात्र विकल्प रहेको उनले जिकिर गरिन् । निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न उनले सबै पक्षसँग सहयोगको आग्रह समेत गरिन् ।

 

समाजमा बढ्दो अराजकताबारे सचेत गराउँदै प्रधानमन्त्री कार्कीले शान्ति खल्बल्याउने र कानून हातमा लिने जस्ता गतिविधि सरकारलाई स्वीकार्य नहुने चेतावनी दिइन् । उनले भनिन्, ‘म थप स्पष्ट पार्न चाहन्छु, समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउनु हुँदैन । शान्ति खल्बल्याउने, कानून हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय छ ।’

काठमाडौँ । विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ ।

अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका लागि अनुसन्धानको टुंगो नलागेसम्म आजैको मितिबाट पार्टीको उपाध्यक्ष पदबाट निलम्बन गरिएको अध्यक्ष हर्क साम्पाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लामालाई काठमाडौँको कपनबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार पक्राउ गरेको थियो ।

२०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र २ जना घाइते भएको घटनामा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।

काठमाडौँ । सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिबीचको वार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज साँझ सम्पन्न वार्ता फलदायी भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

उनले भने “सरकार र नागरिक बचाउ महाअभियानबीचको सौहार्दपूर्ण वातावरणमा सकारात्मक कुराकानी भएको छ । दुवै तर्फबाट आआफ्ना कुराकानी सौहार्दपूर्ण ढङ्गले राखियो । आन्तरिक गृहकार्य गर्दै यसलाई निरन्तरता दिने र सम्बोधन गर्दै जाने प्रारम्भिक समझदारी बनेको छ ।”

अभियानका प्रतिनिधि प्रेमदीप लिम्बूले वार्तामा सकारात्मक र सौहार्दपूर्ण रूपमा कुराकानी भएको बताए । आन्तरिक गृहकार्य गरेर चरणद्ध वार्ता र संवादका माध्यमबाट महाअभियानले उठाएका मागको समाधान गरेर अगाडि बढ्ने सहमति भएको उनले जानकारी दिए ।

वार्तामा सरकारका तर्फबाट सञ्चारमन्त्री खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना तथा नागरिक बचाउ अभियान लिम्बूको नेतृत्वमा देवीप्रसाद सङ्ग्रौला र प्रेम थापामगर सहभागी थिए । अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले वार्ताको सहजीकरण गरेका हुन् ।

आजको वार्ताको निचोडपछि अभियानका संयोजक दुर्गा प्रसाईसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने जनाइएको छ ।

सरकारले राजनीतिक वातावरण बनाएर सहज रूपमा निर्वाचन सम्पन्न गर्नका लागि वार्ता र संवाद गरिरहेको हो । विभिन्न राजनीतिक दल र सरोकार भएकाहरूसँग वार्ता गर्न केही दिनअघि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरिएको थियो ।

कानुनमन्त्री अनिल सिंहाको संयोजकत्वमा गठित समितिमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका छन् ।

राजनीतिक दल र विभिन्न पक्षसँग वार्ता गर्न उक्त समितिअन्तर्गत सञ्चारमन्त्री खरेलको संयोजकत्वमा छुट्टै समिति गठन गरिएको छ । सोही समितिले आज अभियानका प्रतिनिधिसँग वार्ता गरेको हो ।

काठमाडौं। आज नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको पाँचौँ दिन बिहान आठ बजेदेखि मतदान प्रक्रिया सुरु भएको छ । निर्धारित समयमै सुरु भएको मतदानमा विभिन्न पदका उम्मेदवार र प्रतिनिधिहरू एउटै लाइनमा बसेर मतदान गरिरहेका छन्।

मतदान स्थलमा उत्साहपूर्ण वातावरण छ भने प्रतिनिधिहरू र उम्मेदवारहरू एक अर्कासँग चिनजान गर्दै भोट मागिरहेका छन्।‎मतदान लाइनमा महिला र पुरुष प्रतिनिधि एउटै स्थानमा बसेको विषयमा जिज्ञासा राख्दा दुई जना महिला प्रतिनिधिले कुनै समस्या नरहेको स्पष्ट पारे।

उनीहरूले महिला र पुरुषलाई फरक–फरक रूपमा हेर्नु आवश्यक नरहेको बताउँदै ‘हामी महिला–पुरुष भनेका एक रथका दुई पाङ्ग्रा हौँ,’ भन्दै आपसी सम्मान र सकारात्मक सोचका साथ लाइनमा बसेको प्रतिक्रिया दिए।

‎उनीहरूले जुनसुकै ठाउँमा पनि महिला–पुरुष भनेर छुट्याउनुभन्दा समान सहभागिता र समान अवसरलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। पार्टीभित्र लैङ्गिक समानताको अभ्यास व्यवहारमै देखिनु सकारात्मक सन्देश भएको उनीहरूको भनाई छ।

‎यसैबीच प्रतिनिधिहरूले मतदान प्रक्रिया भोटिङ मेसिनमार्फत भइरहेको जानकारी दिएका छन्। प्राविधिक कारणले हिजो हुनुपर्ने मतदान आज सारिएको भए पनि अहिले प्रक्रिया सहज रूपमा अघि बढिरहेको जनाइएको छ। यदि कसैले भोट हाल्न नजानेको अवस्थामा सिकाउने र सहयोग गर्ने व्यवस्था गरिएको पनि प्रतिनिधिहरूले बताए।

‎प्रतिनिधिहरूले चुनावी प्रक्रियाबाट जुन नेतृत्व आए पनि स्वीकार्य हुने स्पष्ट पारे। लोकतान्त्रिक अभ्यासअनुसार निर्वाचित नेतृत्वलाई सबैले साथ, सहयोग र समर्थन गर्नुपर्नेमा उनीहरूको जोड थियो।

‎‘जो आए पनि नेकपा एमालेको समग्र अभिभावक भएर आउने नेतृत्व हो,’ एक प्रतिनिधिले भने, ‘त्यसैले व्यक्तिगत हार-जितभन्दा माथि उठेर पार्टीलाई बलियो बनाउने जिम्मेवारी हामी सबैको हो,’ यस भनाइले महाधिवेशनको लोकतान्त्रिक अभ्यास र एकताको सन्देशलाई थप बलियो भएको प्रतिनिधीको भनाइ छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।