२०८२ फाल्गुन २७ गते बुधबार
२०८२ फाल्गुन २७ गते बुधबार

महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ ।

महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्साको सरकारी वकिलको कार्यालय संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिनेछन् ।

‘सहकारी ठगीको मुद्दा यथावत् हो, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिनेगरी मात्रै आरोपपत्र संशोधन गर्ने स्वीकृत दिइएको हो,’ महान्यायाधिवक्ता सबिता भण्डारी बरालले भनिन्, ‘यसलाई मुद्दा फिर्ता लिएको रुपमा बुझ्न हुँदैन ।’

उनले बुधबार ४ वटा जिल्ला अदालतमा चलिरहेको अभियोगपत्र संशोधन गर्न स्वीकृत दिने निर्णय गरेकी थिइन् । यो निर्णय पछि जिल्ला अदालत कास्कीमा चलिरहेको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता हुनेछ ।

काठमाडौं- फेरि एक पटक फुटको शिकार हुँदै गरेको नेपाली कांग्रेसका दुवै समूह बुधबार साँझ निर्वाचन आयोगमा पुगेका छन् ।

सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाहरू निर्वाचन आयोग पुगेका हुन् ।

देउवा पक्षले महामन्त्रीद्वय थापा र शर्मा तथा सह-महामन्त्री फरमुल्लाह मनसुरलाई कारबाही गरिएको जानकारी अद्यावधिक गराउने पत्र लिएर पुगेको छ ।

उता विशेष महाधिवेशन पक्ष देउवा नेतृत्वले दाबी गरेको केन्द्रीय कार्यसमिति आधिकारिक नभएको भन्दै पत्र लिएर पुगेको हो ।

दुवै पक्षले लिएर गएको पत्र अहिले आयोगले अध्ययन गरिरहेको प्रवक्ता नारायणप्रसाद भट्टराईले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चौधौँ महाधिवेशनबाट निर्वाचिन केन्द्रीय कार्यसमितिलाई विशेष महाधिवेशनले भंग गरिसकेको बताएका छन् ।

विशेष महाधिवेशनस्थलमा बुधबार प्रतिनिधिहरूलाई सम्बोधनका क्रममा चौधौँ महाधिवेशनबाट निर्वाचित कमिटी भंग गरेर निर्वाचन आयोगलाई जानकारी गराइसकेको पनि उनले बताए ।

‘कांग्रेस कसैको निजी कम्पनी होइन । ठिक छ पार्टीले कारबाही गर्न पाउँछ र सक्छ पनि । तर मलाई कारबाही गर्नुअघि एक पटक लिखित या मौखिक स्पष्टीकरण सोधिनुपर्दैन ?’, उनले भने, ‘पार्टी विभाजित भएको छैन। हामी विशेष महाधिवेशनको हलमा छौँ । हामी सत्यको पक्षमा उभिएका छौँ । हामी कसैसँग डराउँदैनौँ । जो सत्यको पक्षमा उभिन्छ, उसले मर्यादा राख्नुपर्छ । हामी सत्यको पक्षमा उभिएका छौँ, हामी जित्छौँ ।’

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट पाँच वर्षका लागि निष्कासन गरिएका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिक्रिया दिएका छन् ।

उनले सहमतिका लागि अघि सारिएका ८ बुँदे प्रस्ताव फेसबुकमा राख्दै प्रश्न गरेका छन् । ‘सहमतिका लागि आज बिहान प्रस्तावित यी ८ बुँदामध्ये कुन बुँदा काँग्रेस र देशको अहितमा थियो र छ, त्यसबारे स्पष्ट पारेको छु’, उनले भनेका छन् ।

विश्वप्रकाश शर्माले अगाडि भनेका छन्, ‘मुस्कुराउँदै फेरि पढेँ यी बुँदा, मेरो प्रतिक्रिया केवल यत्ति छ- कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म दुवै दृढ छौँ। विधानअनुरूपको विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको छ, अब सही नेतृत्व दिनेछ।’

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका केही नेताहरूलाई कारबाही गर्ने निर्णय गरेको छ ।

आज बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले भृकुटीमण्डपमा विशेष महाधिवेशनमा सहभागी भएका उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो ।

विशेष महाधिवेशनले सभापतिमा गगन थापा र दुई महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहित नयाँ पदाधिकारी चयनको प्रक्रिया अगाडि बढाएको छ । योसँगै नेपाली काँग्रेस औपचारिक रूपमा विभाजनतर्फ अघि बढेको छ ।

चार दिनदेखि जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि सभापति पदमा वर्तमान महामन्त्री गगनकुमार थापाको मात्रै मनोनयन परेको छ।

काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनअन्तर्गत मंगलबारदेखि जारी मनोनयन दर्ता कार्यक्रम बुधबार बिहान सकिँदा सभापतिमा गगनले मात्रै उम्मेदवारी दिएका हुन् ।

उता महाममन्त्री पदमा नेताहरू विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् । शर्मा वर्तमान महामन्त्री हुन् । उता प्रदीप पौडेले १४ औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका थिए ।

सहमहामन्त्री पदमा बागमतीका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दिएको जानकारी प्राप्त भएको छ।

अहिलेसम्म निर्वाचन समितिले पदाधिकारीतर्फ कुन पदमा अरू कस-कसले मनोनयन दर्ता गराए खुलाएको छैन ।

मनोनयन दर्ता सकिएसँगै अब महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशनलाई मतदान प्रक्रियामा लैजाने तयारी गरेका छन् ।

तर सकेसम्म सबै निर्वाचित कमिटीलाई सर्वसम्मत गराउने तयारी पनि भइरहेको छ । त्यसकैका लागि निर्वाचन समितिले उम्मेदवारी दिएकाहरूलाई फिर्ताको मञ्जुरीनामामा पनि सही गराएर मात्रै मनोनयन दर्ता गराइरहेको छ ।

विशेष महाधिवेशन आयोजकले पदाधिकारीसहितको केन्द्रीय कार्यसमितिलाई सर्वसम्मत बनाएर निर्वाचन आयोगमा जाने तयारी गरिरहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।