पाकिस्तानको एक चर्चमा भएको आक्रमणमा परी कम्तीमा ९ जनाको मृत्यु , अन्य ४४ जना घाईते ।

0
325

३ पौष , एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम प्रान्तको राजधानी क्वेटास्थित एक चर्चमा आइतबार भएको आक्रमणमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् ।क्वेटाको एक सामुदायिक अस्पतालका प्रवक्ता वासिम वैगले आत्मघाती आक्रमणमा ९ जनाको मृत्यु भएको र ४४ जना घाइते भएको जानकारी दिएको भन्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले समाचार लेखेका छन् ।

घटनामा थप केही जना गम्भीर घाइते रहेका बताउँदै मृतक सङ्ख्यामा वृद्धि हुनसक्ने प्रवक्ता वैगले बताएका छन् । घाइतेमध्ये नौ जनालाई गम्भीर चोट लागेको बताइएको छ । स्थानीय सञ्चारमाध्यमले घटनामा करिब १० देखि १५ किलोग्राम विस्फोटक पदार्थ प्रयोग भएको बताएका छन् । घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।