२०८२ फाल्गुन २७ गते बुधबार
२०८२ फाल्गुन २७ गते बुधबार

काठमाडौं । नेपाली कांग्रेसले मोरङ–३ बाट प्रतिनिधिसभा सदस्यका लागि डा. सुनिल शर्मालाई उम्मेदवार बनाएको छ ।

कांग्रेसका निवर्तमान सांसदसमेत रहेका शर्मालाई पार्टीले आगामी निर्वाचनका लागि टिकट दिएको हो । यसअघि पनि शर्माले उक्त क्षेत्रबाट भारी मत ल्याएर निर्वाचित भएका थिए ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको कार्यक्रम तय भएको छ । सोही क्रममा शर्माले मोरङ–३ बाट उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । जसका लागि उनि विराटनगर पुगिसकेका छन् ।

डा. शर्मा कांग्रेस राजनीतिमा प्रभावशाली नेताका रूपमा परिचित छन् । मोरङमा पार्टी संगठन विस्तार र आर्थिक स्रोत परिचालनमा उनको भूमिका महत्वपूर्ण मानिन्छ ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् ।

सोमवार साँझ सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री खरेलले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाइसकेको राजनीनामा दिएको जानकारी गराए ।

उनले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ बाट उम्मेदवारी दिने घोषणा पनि गरे । उनले आफूले सरकारमा रहँदा मुलुकको विकास र सुशासनको आधारशिला तयार पारेको दाबी पनि गरे ।

उनले आफूहरुले तयार पारेको आधारशीलामा रहेर निर्वाचित सरकार अघि बढ्न सकेमात्र मुलुकमा विकास र सुशासन कायम गर्न सकिने उनको जिकिर छ । उनले मुलुकको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको औंल्याउँदै यसको अन्त्य अपरिहार्य रहेको पनि बताए ।

उनले सरकारले नागरिक हितलाई केन्द्रमा राखेर काम गर्नसके मात्र मुलुक नागरिकको हित हुने बताए । ‘हामीले जति आधारशीला बनाएर गएका छौँ, यो आधारशीलामा आउने सरकारले काम गर्यो भने मुलुकको विकास सम्भव छ । थिति र विधि हामीले बनायौं तर हामी त्यसअनुरुप नचलेकै कारण देश बनेन । यो चार महिनाको अवधीमा देश यसरी बन्छ भन्ने अवस्थामा त छैन । जति पनि हामीले यो बीचमा काम गर्यौं । सबैभन्दा ठुलो रोग भनेको भ्रष्टाचार रहेछ । यसलाई अन्त्य गर्नुपर्ने छ । यो कुर्सीमा बस्ने हरेक मान्छेले जनताको लागि मात्र सोचोस्’ उनले भने ।

खरेल गत असोज ५ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीको पदभार ग्रहण गरे ।

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन् । उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउँदै छ ।

 

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ अभियानका अगुवा दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई सोमबार पोखराबाट पक्राउ गरिएको हो ।

यसअघि भ्रमपूर्ण अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले दुर्गा प्रसाईंलाई पक्राउ गर्न साइबर ब्यूरोलाई पत्र काटेको थियो ।

मेडिकल व्यवसायी प्रसाईंले अफवाह फैल्याएको भन्दै निर्वाचन आयोगले कारबाही अगाडि बढाउन निर्वाचन नेपाल प्रहरीको साइबर ब्युरोलाई निर्देशन दिएको थियो ।

आयोगबारे मिथ्या तथा भ्रामक सूचना फैलाएको भन्दै आवश्यक कारबाहीका लागि आइतबार ब्यूरोमा पत्र पठाएको थियो ।

शनिबार पत्रकार सम्मेलन गरेर प्रसाईंले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिकता दिँदा ५२ करोड रुपैयाँको लेनदेन भएको दाबी सहितको विवादित भिडिओ सार्वजनिक गरेका थिए ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै बन्ने ठोकुवा गरेका छन् ।

बालेन प्रधानमन्त्री नबने जनकपुरमा आएर आत्मदाह गर्ने उनको भनाइ छ ।

‘हामी सीता माताका सन्तान हौं । सीमा माता यही धर्तीमा समाहित भएकी थिइन् । बालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको धर्तीमा समाहित हुनेछु,’ उनले दोहोर्‍याएर भने, ‘बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु ।’

बालेनलाई देशको महानायक भन्दै उनले आफ्नो गम्झा देखाउँदै भोट मागे ।

‘म हात जोडेर भन्छु, मसँग केही छैन । केवल आग्रह गर्छु, तपाईंहरूसँग गम्छामा भिख माग्छु, मधेशलाई प्रधानमन्त्री देऊ,’ आक्रामक भाषण गरेका सिंहले भने ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धादिङ क्षेत्र नम्बर १ मा आशिका तामाङलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।

सोमबार रास्वपा केन्द्रीय कार्यालयमा पार्टी नेता गणेश पराजुलीले तामाङलाई टिकट हस्तान्तरण गरेका हुन् ।

रास्वपाकी केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार तामाङ धादिङ–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएकी हुन् ।

यसअघि तामाङले काठमाडौं क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने संकेत गरेकी थिइन् । तर अन्ततः उनी रास्वपाको टिकट लिएर धादिङ–१ बाट चुनावी मैदानमा उत्रिने भएकी छन् ।

काठमाडौँ । निर्वाचन आचारसंहिता लागु हुनुअघि नेपाल प्रहरीका ४८ एसपी र ६७ डीएसपीको सरुवा भएको छ । त्यसक्रममा केही महत्त्वपूर्ण जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

झापाका एसपी राजन लिम्बूको कार्यअवधि नपुग्दै त्यहाँ बसुन्धरा खड्का सरुवा भएकी छन् । सिन्धुपाल्चोकमा काजीकुमार आचार्य, इलाममा कुलदीप चन्द, रुपन्देहीमा जनकबहादुर शाही, सिरहामा बासुदेव पाठक, नुवाकोटमा विपिन रेग्मी, मकवानपुरमा श्यामबहादुर खत्री र रौतहटमा सीताराम रिजाल जिल्ला प्रहरी प्रमुखका रुपमा सरुवा भएका छन् ।

जिम्मेवारीबाट हटाइएका प्रायः एसपीले एक वर्षको कार्य अवधि पूरा गर्न पाएनन् ।

डीएसपीमध्ये रुकुम रसुवामा अशोक थापा, लमजुङमा जितेन्द्रकुमार बस्नेत, पश्चिम रुकुममा बेदबहादुर पौडेल, दोलखामा मनोजकुमार लामा, तेह्रथुममा लक्षण ओली र हुम्लामा शंकर खड्काले जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् ।

उनी रास्वपाको तर्फबाट चुनाव लड्ने तयारी छन् । त्यसैले उम्मेदवारी दर्ता गर्नुअघि मन्त्री पद छोडेका हुन् ।

उनले अब चुनावका लागि आफू होमिने बताए । उनी जेनजीहरूको प्रतिनिधिको रुपमा सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।