२०८३ बैशाख ५ गते शनिबार
२०८३ बैशाख ५ गते शनिबार

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन् ।

विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक गए राति सुनौलीबाट पूर्वतर्फ आइरहेको भारतमा दर्ता भएको ‘कन्टेनर’ले एकतर्फी सडकमा ‘ओभरटेक’ गर्ने क्रममा ती सवारीसाधन एकापसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

दुर्घटनामा मोटरसाइकल चालक कालिकोट रास्कोट नगरपालिका–६ का करिब ३० वर्षीय अमर कार्की, सोही मोटरसाइकल पछाडि सवार रास्कोट–७ का करिब २५ वर्षीय महेन्द्र महतारा घाइते भएका छन् ।

त्यसैगरी यात्रीवाहक एउटा बसमा सवार ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार रोल्पा स्मृति गाउँपालिका–४ का बस चालक शङ्कर विष्ट, रामेछाप मन्थली नगरपालिका–१२ का विनोदकुमार अछामी, रोल्पा नगरपालिका–४ लिवाङका उदीराम विष्ट, धरान–१५ का नाम्नुहाङ राई, रोल्पा नगरपालिका–२ का दर्शन पोख्रेल, सुनसरी नगरपालिका–५ का चन्द्रसिंह थापा तथा प्युठान स्वर्गद्वारी नगरपालिका–७ का ६० वर्षीय यज्ञप्रसाद भुसाल घाइते भएका छन् ।

घाइते भएका सबैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ । दुर्घटनामा संलग्न कन्टेनर चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो मतान्तरसहित आफ्नो अग्रता कायम राखेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको आज बिहान ६:३० बजेसम्मको अद्यावधिक विवरण अनुसार देशभरबाट कुल एक करोड सात लाख ३० हजार ५५१ मत गणना भइसकेको छ ।

हालसम्मको परिणामले परम्परागत ठुला दलहरूलाई निकै पछाडि छाड्दै राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको देखाएको छ । यो सङ्ख्या अन्य कुनै पनि दलले पाएको मतभन्दा उल्लेखनीय रूपमा बढी हो ।

त्यस्तै, दोस्रो स्थानका लागि पुराना दलहरूबीच प्रतिस्पर्धा देखिएको छ । प्राप्त विवरण अनुसार नेपाली कांग्रेस १७ लाख ४७ हजार ७३७ मतसहित दोस्रो स्थानमा रहेको छ भने नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) १४ लाख ४८ हजार ३१८ मत ल्याएर तेस्रो स्थानमा सीमित भएको छ ।

चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले आठ लाख तीन हजार ६२७ मत आफ्नो पोल्टामा पारेको छ । यसैगरी, नयाँ शक्तिको रूपमा उदाएको श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ५८७ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन लाख २९ हजार ४५७ मत बटुल्न सफल भएको छ ।

आयोगको एकीकृत विवरण अनुसार जनता समाजवादी पार्टी, नेपालले एक लाख ७४ हजार ३०६ र राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४९७ मत पाएका छन् । त्यसैगरी, जनमत पार्टीको पक्षमा ७८ हजार ९४९ मत खसेको छ भने एकल चिन्ह चक्कि लिएर उठेका दलहरूले ६१ हजार ५३३ मत पाएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।