२०८३ श्रावण २३ गते शनिबार
२०८३ श्रावण २३ गते शनिबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल तथा मट्टीतेलमा समान १५ रुपैयाँले वृद्धि गरिएको जानकारी दिएको हो ।

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको विषयमा छानविनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक नगर्दै बाहिरिएको छ ।

सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्न आनाकानी गरिरहेको थियो । जनआस्था साप्ताहिकले प्रतिवेदन हात पारेर आज बिहानैबाट प्रकाशन गर्न थालेको थियो ।

अहिले अन्य सञ्चारमाध्यममा पनि प्रतिवेदनका अन्तरवस्तु धमाधम आइरहेका छन् ।

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब सडकबाटै सरकार सञ्चालन गर्ने बताएका छन् । बुधबार पार्टीको बागमती प्रदेशस्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष घिसिङले राजनीतिक अभियानलाई थप सशक्त बनाउने घोषणा गरेका हुन् ।

उनले देशको स्थायित्व र समृद्धिका लागि जनताले दिएको करिब दुई तिहाइ बहुमतको अभिमत सबैले स्वीकार गर्नुपर्ने बताए । उनले भने,‘चुनावबाट अत्यधिक मतले करिब दुई तिहाइको बहुमत एउटा पार्टीलाई दिएको छ । उज्यालो नेपाल पार्टीलाई सडकमा बसेर सरकार चलाउनु भनेर म्यानडेट दिएको छ । सडकको सरकार उज्यालो नेपाल पार्टी हुने छ, हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं।’

उनले पार्टी गठनको तीन महिनाभित्रै चुनावमा सहभागी हुनुपर्ने अवस्था आएको बताए । उनले अर्को दलसँग सहमति गर्दा केही अलमल भए पनि देशभर उम्मेदवारी दिन सफल भएको बताए। चुनाव हार्दा पनि जितेको पार्टी उज्यालो पार्टी रहेको उनको दाबी छ ।

उनले भने, ‘पार्टी गठन गरेको तीन महिनाभित्र चुनावमा भाग लिनुपर्ने अवस्था आयो । त्यो समयभित्र पनि बीचमा अर्को पार्टीसँग सहमति गरेपछि त्यहाँपनि अलमल भयौं । छोटो समयमा पनि देशैभरी उम्मेदवारी दिन भने सफल भयौं । जित्न नसक्दा पनि हारेर पनि जितेको उज्यालो पार्टी हो । देश पनि जितेको छ । उज्यालो पार्टी पनि जितेको छ’ उनले भने ।

कार्यक्रममा उनले सातै प्रदेशमा भेला सम्पन्न भएपछि जिल्ला, पालिका र वडा तहसम्म संगठन विस्तार गर्ने योजना रहेको पनि जानकारी दिए।

काठमाडौं । प्रधानमन्त्री, मन्त्रीलगायतले साइत हेरेर शपथ लिने परम्परालाई लिएर अर्थमन्त्री रामेश्वर खनालले असन्तुष्टि व्यक्त गरेका छन् ।

भावी प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले शुक्रबार मध्याह्न १२ः३४ बजे शपथ लिने गरी साइत तय गरिएको भन्ने समाचार सार्वजनिक भएपछि अर्थमन्त्री खनालले यसबारे टिप्पणी गरेका हुन् ।

खनालले यस्तो परम्परा आफूलाई मन नपरेको स्पष्ट पारेका छन् । उनले आफूहरू सरकारमा आउँदा साइत हेर्ने वा देखाउने अभ्यासका लागि समय वा अवसर नै नभएको उल्लेख गर्दै त्यसको साटो देशले इतिहासमै पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न गरेको बताएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘यो साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन ! हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन ! । तर, इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो त !’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।

शुक्रबार मध्याह्न १२:३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने साइत तय गरिएको बताइएको छ । शपथ ग्रहण समारोह विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न गरिनेछ ।

कार्यक्रममा ७ वटा शंखबाट शंखनाथ गरिनेछ । त्यस्तै, रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार १०८ जना बटुकले स्वस्ति वाचन गर्ने र १६ जना भिक्षुबाट अष्टमंगल पाठ गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।

प्रधानमन्त्रीको शपथपछि बालेनले दिउँसो २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ सिट जितेको बताइएको छ । सोही आधारमा पार्टीले अब एकल सरकार गठन गर्दै नेतृत्व सम्हाल्ने तयारी गरेको जनाइएको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज राष्ट्रपति कार्यालय शीतल निवासमा सांसद केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदको शपथ ग्रहण गराएका हुन् ।

ज्येष्ठ सदस्य केसीले बिहीबार बाँकी २७४ सांसदलाई शपथ गराउनेछन् ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् । सांसद केसी कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित भएका हुन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)को घुँडाको शल्यक्रिया सम्पन्न भएको छ । उनको न्युजिल्याण्डको अकल्याण्डस्थित अस्पतालमा आज बिहान शल्यक्रिया सम्पन्न भएको हो ।

साम्बाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत डाक्टर साइमन र उनको टोलीबाट सफलतापूर्वक घुँडाको शल्यक्रिया भएको जानकारी गराएकी छिन् ।

कतारमा घुँडाको शल्यक्रिया गर्नका लागि सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग संकलन गरेकी उनले खाडी क्षेत्रमा हालको अवस्था सामान्य नहुँदा न्युजिल्याण्डमै उपचार गरिएको जनाएकी छिन् ।

उनले लेखेकी छिन्– ‘खाडी क्षेत्रमा हाल अवस्था सामान्य नरहेकै कारण कतार र एस्पेटार पुग्न समस्या भएपछि त्यहाँकै सुझावअनुसार न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञबाट मेरो शल्यक्रिया गरिएको छ, स्थिति सामान्य हुनेबितिक्कै रिह्याब एस्पेटारमा निरन्तरता दिने जानकारी सबैमा गर्दछु।’

उनले आफ्नो उपचारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । उनि भन्छिन्– ‘यस पीडाको घडीमा मलाई साथ दिनुहुने वेलिङ्गटन र अकल्यान्डमा रहनुभएका नेपाली परिवारलाई जति धन्यवाद दिए पनि कम हुन्छ, मेरो क्लब वेलिङ्गटन फिनिक्स र मेरो व्यवस्थापन टिमले दिनरात गरेर यो शल्यक्रियाको लागि समय मिलाउनुभएको छ । आम समर्थक जसले सधैँ मेरो लागि सहयोग र माया दिनुभयो, त्यसै ऊर्जा लिएर म पुनरागमनको यात्रामा अघि बढेको छु । यहाँहरू सबैलाई हृदयदेखि धन्यवाद । अब सम्पूर्ण ध्यान पुनरागमनमा ।’

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।