२०८३ श्रावण १० गते आईतवार
२०८३ श्रावण १० गते आईतवार

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बालेन्द्र साहलाई एक हप्ताभित्र संसदमा सहभागी गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

सभाको मंगलवारको बैठकमा बोल्दै सत्तारुढ दलका महामन्त्री कविन्द्र बुर्लाकोटीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले आफूले प्रधानमन्त्री शाहको सचिवालयसँग कुराकानी गरेको उल्लेख गर्दै संसदको अवरोध खुलाउन प्रतिपक्षी दलहरूलाई आग्रह गरे ।

उनले भने ‘प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ । सम्भवतः अबको एक हप्ताभित्रै प्रधानमन्त्रीज्यू संसदमा आउने कुरा जानकारी गराउन चाहन्छु ।’

तर प्रतिपक्षी दलहरूले प्रधानमन्त्री शाह संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै संसदमा अवरोध गर्दै आएका छन् ।

विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण, सहयोग, खोजतलास तथा उद्धार कार्यलाई थप सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ परराष्ट्र मन्त्रालयले नयाँ मोबाइल एप सार्वजनिक गरेको छ ।

कन्सुलर सेवा विभागद्वारा विकसित गरिएको ‘मोफा मित्र’ नामक सो एप जेठ १२ गते मंगलबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

परराष्ट्रमन्त्री शिशिर खनालको प्रमुख आतिथ्यतामा एपको औपचारिक शुभारम्भ गरिएको थियो ।

यस एपको सञ्चालनसँगै विदेशमा अप्ठ्यारोमा परेका वा उद्धारको पर्खाइमा रहेका नेपाली नागरिकहरूले सिधै विभाग वा विदेशस्थित नेपाली नियोगहरूमा आफ्नो गुनासो दर्ता गराउन सक्नेछन् ।

यो प्रविधिले कन्सुलर सेवा प्रवाहलाई थप चुस्त, पारदर्शी र पहुँचयोग्य बनाउने विश्वास लिइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले विपक्षी दलहरूले संसद्मा गरिरहेको अवरोधलाई तमासाको संज्ञा दिएका छन् ।

पर्यटनसम्बन्धी विधेयकमाथि छलफलका लागि संसद्को रोस्ट्रममा उभिएका उनले अहिलेका विपक्षीले दशौँ वर्षदेखि तमासा गरिरहेको आरोप लगाए ।

संसद् बोलाएर पनि स्थगित गरेको सरकारले ल्याएका ८ वटा अध्यादेशको जोडदार बचाउ गरेका उनी विपक्षीको आवाज नै निषेध गर्नुपर्ने शैलीमा प्रस्तुत भए ।

उनले विपक्षीले प्रधानमन्त्री खोज्दै संसद्मा अवरोध गरेर तमासा गरेको बताएपछि कांग्रेस सांसद नरेन्द्रकुमार केरूङ आक्रोशित हुँदै आशनबाट अगाडिमसम्म गए ।

रोस्ट्रममा रहेका खरेलतिर औँला तेर्स्याउँदै आएका उनी चर्को स्वरमा कराइरहेका थिए । उनी उत्तेजक शैलीमा अगाडि बढेपछि कांग्रेसका सचेतकलाई आपत् आइलाग्यो ।

आफ्नो आशन छाडेर अगाडि आएका उनलाई कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सम्हालिन् । आक्रोशित देखिएका उनलाई बासनाले सम्हाल्दै आशनसम्म लगिन्।

पूर्वसञ्चारकर्मीसमेत रहेका खरेल विपक्षी विचारको सम्मान नगरी आक्रमक शैलीमा प्रस्तुत हुँदा सबै विपक्षी सांसदहरू आक्रोशि देखिएका थिए ।

‘आठवटा अध्यादेश किन चाहिएछ भन्ने अहिले थाहा भयो नि । तपाईंहरूले आधा शताब्दीदेखि अड्किएको विधेयकको हलो अब अड्काउन मिल्दैन’, खरेलले भने, ‘संसद् विपक्षीले अवरोध गर्ने थलो होइन । पर्यटन विधेयक अघि बढिरहँदा पर्यटनका कुरा सम्बोधन गर्नुपर्नेमा अवरोध गर्ने कस्तो तरिका हो यो ?’

खरेलको आक्रमक शैलीले विपक्षीलाई चिढ्यायो । त्यसपछि सभामुख डोलप्रसा अर्यालले संसद् बैठक १५ मिनेटलाई रोके ।

प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखसँग छलफल गरेका छन्। मंगलबार बिहान हरूसँग सामूहिक छलफल गरेको उनको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्ध थप सुदृढ तुल्याउने र सहकार्यका विषयमा छलफल केन्द्रित भएको छ।

प्रधानमन्त्री शाहलेयसअघि चैत २५ गते नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गरेका थिए।

साथै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग पनि ईयूसँग आबद्ध विभिन्न मुलुकका राजदूतहरुले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा आज नेपालस्थित इयूको कार्यालयका डेपुटी हेड अफ मिसन थोमस मिलर तथा लिथुवानिया, साइप्रस, चेक रिपब्लिक, लक्जेम्बर्ग, रोमानिया, डेनमार्क र नेदरल्याण्डका गैरआवासीय राजदूतहरूले शिक्षामन्त्री पोखरेलसँग संयुक्त रूपमा भेटवार्ता गरेका हुन्।

श्रम संस्कृति पार्टीले आफ्ना सबै तहका कार्यक्रम तथा प्रचार सामग्रीमा पार्टी अध्यक्ष हर्क साम्पाङको तस्बिर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ।

पार्टीको कोशी प्रदेश (प्रदेश नं १) कार्यसमितिले जेठ ११ गते जारी गरेको सर्कुलरमा जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा तथा टोलस्तरमा सञ्चालन हुने कार्यक्रमका व्यानर र प्रचार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्बिर अनिवार्य रूपमा राख्न भनिएको हो।

प्रदेश समिति अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिनाको हस्ताक्षर रहेको सर्कुलरमा ‘श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङज्यूको तस्बिर अनिवार्यरूपमा प्रयोग गर्नु गराउनु पर्ने’ उल्लेख गरिएको छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा भएका छन्। पर्सा अदालतको आदेशपछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

अदालतको आदेश अनुसार उनलाई साधारण तारेखमा रिहा गरिएको हो। प्रहरीले उनलाई साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।