
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आगामी नेतृत्व चयन प्रक्रियामा महामन्त्री पदका लागि प्रतिस्पर्धा गर्ने बताएका हुन् ।
हाल झा पार्टीभित्र कुनै पनि लाभको पदमा छैनन् । उनी रास्वपाका प्रवक्ताका रूपमा सक्रिय छन् ।
आइतबारदेखि सुरु भएको रास्वपाको महाधिवेशनमा बन्दसत्रको तयारी भइरहेको छ ।
नेपाल सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिष्टमा कायमै रहने भएको छ । एफटीएफको जुन १९ मा पेरिसमा बसेको बैठकले नेपाललाई ग्रे लिस्टमा यथावत राखेको हो ।
नेपालले गत फेब्रुअरीमा ग्रे लिस्टबाट बाहिर निस्कन उच्चस्तरीय राजनीतिक प्रतिबद्धता जनाएको र आफ्ना रणनीतिक कमजोरीलाई सम्बोधन गर्न एफएटीएफ कार्ययोजना कार्यान्वयन गर्नुपर्ने भन्दै ग्रे लिस्टमा कायमै राखेको हो ।
एफटीएफले विभिन्न ७ वटा कार्ययोजना कार्यान्वयन गर्नुपर्ने जनाएको छ । जसमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापको बुझाइमा सुधार गर्नुपर्ने, वाणिज्य बैंकहरू, उच्च–जोखिम सहकारीहरू, क्यासिनोहरू, घर जग्गा क्षेत्रको जोखिम–आधारित पर्यवेक्षण सुधार गर्ने, वित्तीय समावेशीकरणमा बाधा नपु¥याई भौतिक रूपमा महत्त्वपूर्ण अवैध हुन्डी प्रदायकहरूको पहिचान र स्वीकृति प्रदर्शन गर्ने काम गर्नुपर्ने रहेका छन् ।
त्यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान सञ्चालन गर्न सक्षम अधिकारीहरूको क्षमता र समन्वय बढाउने, सम्पत्ति शुद्धीकरण अनुसन्धान र अभियोजनमा वृद्धि प्रदर्शन गर्ने र जोखिम प्रोफाइल अनुरूप अपराधको आम्दानी र साधनहरू पहिचान गर्न, पत्ता लगाउन, रोक्न, जफत गर्न र लागू भएमा जफत गर्ने उपायहरू प्रदर्शन गर्ने कार्ययोजना नेपालले कार्यान्वयन गर्नुपर्ने एफएटीएफलले औँल्याएको छ ।




