२०८३ कार्तिक १३ गते बिहीबार
२०८३ कार्तिक १३ गते बिहीबार

असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएका नेकपा (एमाले)का नेता तथा पूर्वप्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (कोइरी)लाई उच्च अदालत जनकपुरले दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको छ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत महोत्तरीको २०८० मंसिर २८ गतेको सफाइ दिने फैसला उल्ट्याउँदै महतोलाई दोषी ठहर गरेको हो।

जिल्ला अदालतको फैसलाविरुद्ध तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेश प्रदेश सांसद अभिराम शर्मापक्षलगायतले पुनरावेदन दिएका थिए। सोही पुनरावेदनमाथिको सुनुवाइपछि उच्च अदालतले महतोलाई पाँच वर्ष कैद सजाय हुने फैसला सुनाएको हो।

श्रीमती हत्याका आरोपी नेपाली ब्रो भनेर चिनिने नुवाकोटका कुमार थापाविरुद्ध कर्तव्य ज्यान कसुरमा जन्मकैदको सजाय माग दाबी गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

काठमाडौँ प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले ‘नेपाली ब्रो’सहित उनकी प्रेमिका जुम्लाकी प्रतीक्षा आचार्य, सहोदर भाइ विक्रम थापामगर र बालाजुका पुजन क्षेत्री थापालाई प्रतिवादी बनाउँदै कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । काठमाडौँ जिल्ला अदालतमा बुधबार मुद्दा दर्ता भएको हो ।

थापाले गत जेठ २२ मा खुकुरी प्रहार गरेर श्रीमती ईश्वरी भुजेलको हत्या गरेका थिए । प्रहरीले ‘नेपाली ब्रो’सहित तीन जनालाई पक्राउ गरेको थियो ।

नेपाली सेनाको सैनिक ब्याण्डमा कार्यरत सुवेदार ईश्वरी भुजेल कार्यालयको ड्युटी सकेर स्कुटरमा घर फर्किँदै गर्दा काठमाडौँको तारकेश्वर नगरपालिका पैयाँटारको उकालोमा ढुकेर बसेका कुमार थापामगरले चुक्कुले घाँटी रेटी हत्या गरेका थिए ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएकी ईश्वरीको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयसीमाभित्र आफ्नो सभामा पेश गर्न नसकेका देशका २३ वटा स्थानीय तहसँग स्पष्टीकरण माग गरेको छ।

मन्त्रालयले ती विभिन्न गाउँपालिका र नगरपालिकालाई पत्र काट्दै तीन दिनभित्र बजेट तर्जुमा प्रक्रियाको हालको अवस्था र बजेट ल्याउन ढिलाइ हुनुको मुख्य कारण स्पष्ट पारेर विवरण पठाउन कडा निर्देशन दिएको हो।

कानुनले तोकेको समयमै बजेट ल्याउने प्रक्रियामा ढिलासुस्ती गर्ने स्थानीय निकायहरूलाई जवाफदेही बनाउन मन्त्रालयले यो कदम चालेको हो।

मन्त्रालयले पठाएको पत्रमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा भएको कानुनी व्यवस्थालाई स्मरण गराइएको छ।

उक्त कानुनहरू अनुसार प्रत्येक स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान (बजेट) असार १० गतेभित्र अनिवार्य रूपमा कार्यपालिकाबाट स्वीकृत गराई आ-आफ्नो सभामा पेश गर्नुपर्ने र असार मसान्तभित्र पारित गरिसक्नुपर्ने स्पष्ट व्यवस्था रहेको छ।

तर, मन्त्रालयको आफ्नै सूचना प्रणाली (पोर्टल) मा प्रविष्ट विवरण तथा प्राप्त प्रतिवेदनका आधारमा केही स्थानीय तहले हालसम्म पनि आर्थिक वर्ष २०८३/८४ को बजेट सभामा पेश नगरेको देखिएकाले आधिकारिक स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयद्वारा प्रेषित पत्रमा बजेट तर्जुमा प्रक्रिया हाल कुन चरणमा पुगेको छ, तोकिएको समयभित्र बजेट सभामा पेश गर्न नसक्नुको मुख्य प्राविधिक वा राजनीतिक कारण के हो, तथा बजेट प्रक्रिया टुङ्गोमा पुर्‍याउन मन्त्रालयको तर्फबाट थप समन्वय वा सहजीकरण आवश्यक पर्ने भए सोसमेत खुलाएर पत्र प्राप्त भएको मितिले तीन दिनभित्र अनिवार्य जानकारी गराउन भनिएको छ।

यसका साथै, असार मसान्तको अन्तिम समयसीमाभित्र बजेट पारित गर्न सहज हुने गरी स्थानीय तहको सभाको आगामी कार्यतालिकासमेत मन्त्रालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ।

स्थानीय तहमा बजेट निर्माण प्रक्रियालाई समयमै सम्पन्न गराई कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयन र वित्तीय सुशासन सुनिश्चित गर्नका लागि मन्त्रालयले यो विशेष पहल कदमी लिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिएका छन् ।

सभापति रवि लामिछानेले पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

चितवनमा भएको पहिलो महाधिवेशनबाट ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

शपथ समारोहमा प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन शाह भने सहभागी भएनन् ।

नेपालस्थित जर्मनी दूतावासले राहदानी खरिदसम्बन्धी विषयमा सार्वजनिक भएका समाचारकाबारेमा आफ्नो भनाइ स्पष्ट गरको छ ।

दूतावासले सो सम्बन्धमा आज सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्ट पार्दै जर्मनीस्थित नेपाली कार्यवाहक राजदूतलाई जर्मनको सङ्घीय विदेश मन्त्रालयमा भएको बैठकमा उपस्थित हुन निमन्त्रणा गरिएको तर बोलावट नगरिएको जनाएको छ ।

साथै दूतावासले कुनै विरोधपत्र वा अन्य कुनै दस्तावेज हस्तान्तरण नगरिएको स्पष्ट पारेको छ । मुद्दाको प्रक्रियाको नतिजाका आधारमा हुनसक्ने सम्भावित परिणामबारे कुनै चेतावनी नदिइएको दूतावासले उल्लेख गरेको छ ।

‘न्यायपालिकाको स्वतन्त्रतालाई जर्मनीले पूर्ण सम्मान गर्दछ । वास्तवमा, यो सिद्धान्त हाम्रो संविधानमै सुनिश्चित गरिएको छ । सिद्धान्ततः दूतावासले अदालतमा विचाराधीन मुद्दाका बारेमा टिप्पणी गर्दैन र यस प्रकरणमा पनि कुनै चरणमा टिप्पणी गरेको छैन’, दूतावासले उल्लेख गरेको छ ।

गुल्मीमा जंगली बँदेल नियन्त्रणका लागि श्रीमानले नै थापेको विद्युतीय धरापमा परेर श्रीमतीको मृत्यु भएको छ ।

बाली जोगाउन श्रीमानले राखेको करेन्टमा परेर धुर्कोट गाउँपालिका–५ मन्टारीका ६६ वर्षीय भेषराज भण्डारीकी श्रीमती ६० वर्षीया हुमकला भण्डारीको यस्तो घटनामा परेर मृत्यु भएको हो ।

घटनामा परेकी हुमकला चिच्चाएको थाहा पाएपछि छिमेकीले प्रहरीलाई १ सय नम्बरमा खबर गरेको धेरै समयपछि मात्रै श्रीमानले यस्तो घटनाको जानकारी पाएका थिए ।

छिमेकीसमेत रहेका धुर्कोट गाउँपालिका वडा नं ५ का अध्यक्ष केशवराज भण्डारीले श्रीमानले राखेको धरापबारे श्रीमतीलाई जानकारी नहुँदा त्यही धरापमा परेको र उनी चिच्याएपछि छिमेकीले प्रहरीको १ सय नम्बरमा खबर गरेको धेरै समयपछि मात्रै श्रीमानले जानकारी पाएका थिए ।

भण्डारी दम्पत्तीका ३ छोराछोरी भएपनि सबै बाहिर भएकाले घरमा बुढाबुढी मात्रै रहेका थिए । दुई छोरा र १ छोराी भएका उनीहरुको दुई छोरा र एक बुहारी रोजगारीको लागि दुबई बस्छन् भने छोरीको बिवाह भइसकेको थियो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ६६ वर्षीय भेषराज भण्डारीले घरदेखि करिब १ सय ५० मिटर टाढा रहेको बारीमा मंगलबार साँझ बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी बँदेल नियन्त्रणका लागि विद्युतीय धराप थापेका थिए ।

प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र वीर विश्वकर्माका अनुसार मध्यराति करिब १ः३० बजे हुमकला धरापमा परेकी थिइन् ।

प्रारम्भिक अनुसन्धानबाट उनी बँदेल पर्‍यो कि भनेर हेर्न एक्लै बारीमा गएको र सोही क्रममा गल्तीवश विद्युतीय धराप छोएपछि करेन्ट लागेको खुलेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार श्रीमानले विद्युतीय धराप थापेको विषय हुमकलालाई जानकारी थियो । तर, मध्यरातमा बँदेल परेको आशंकामा उनी एक्लै बारीतर्फ गएको बताइएको छ ।

गम्भीर घाइते भएकी हुमकलालाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको थियो । तर, चिकित्सकले बिहान ३ः२५ बजे मृत घोषणा गरेको डीएसपी विश्वकर्माले जानकारी दिए ।

घटनापछि प्रहरीले विद्युतीय धराप थाप्ने भेषराज भण्डारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

वडाध्यक्ष केशवराज भण्डारीका अनुसार आज बिहानै प्रहरीले भेषराजलाई घटनाको मुचुल्का बनाउन तम्घासबाट गाउँमा ल्याएर फर्काएको छ ।

श्रीमतीको शव भने तम्घासमै राखिएको छ । घटनाको अवस्थाबारे प्रहरीले अनुसनधान गरेपछि र छोराहरु आएपछि मात्रै शव के गर्ने भन्ने टुंगो लाग्ने उनले जनाए ।

उनका अनुसार जंगली जनावरले किसानको खेती नष्ट पार्न थालेपछि गाउँमा धेरैले यस्ता धरापहरु राख्ने गरेका छन् ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मङ्गलबारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर रु २०, डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३० ले मूल्य घटाएको छ । यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु ४० र हवाई इन्धन (अन्तरराष्ट्रियतर्फ) काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले घटाइएको छ । खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर रु १०० कटौती गरिएको छ ।

नयाँ मूल्यसूचीअनुसार तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर रु १९७ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु १९५ कायम भएको छ । यसअघि यी क्षेत्रमा पेट्रोल प्रतिलिटर रु २१७ र डिजेल प्रतिलिटर रु २२५ रहेको थियो ।

यसैगरी, पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर रु १९४.५० र डिजेल प्रतिलिटर रु १९२.५० कायम गरिएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर रु १९६ र डिजेलको मूल्य रु १९४ तोकिएको छ ।

हवाई इन्धन (आन्तरिक) को नयाँ मूल्य प्रतिलिटर रु २२९ कायम भएको छ । यस्तै, अन्तरराष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौँका लागि अमेरिकी डलर १,५६६, पोखराका लागि डलर एक हजार १०० र भैरहवाका लागि डलर एक हजार ०८५ प्रतिकिलोलिटर कायम गरिएको छ । मूल्य कटौती भएसँगै उपभोक्ताले खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर (१४.२ किलोग्राम) अब रु दुई हजार ०६० मा प्राप्त गर्नेछन् ।

यसअघि ग्यासको मूल्य प्रतिसिलिन्डर रु दुई हजार १६० रहेको थियो । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढाव र इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यबमोजिम स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।