२०८३ भाद्र ८ गते सोमबार
२०८३ भाद्र ८ गते सोमबार

भारतको कोलकाता बन्दरगाहबाट तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेको कार्गो रेल पहिलो पटक विराटनगर आइपुगेको छ ।

शुक्रबार कोलकाताबाट प्रस्थान गरेको रेल सोमबार दिउँसो विराटनगरस्थित कस्टम यार्डमा पुगेको हो । पहिलो ढुवानीमार्फत स्वस्तिक आयल इन्डस्ट्रिजका लागि आयात गरिएको औद्योगिक कच्चा पदार्थ ल्याइएको बताइएको छ ।

नेपाल–भारत पारवहन सम्झौताअनुसार तेस्रो मुलुकबाट आयात हुने मालसामान भारतीय रेलमार्फत सिधै विराटनगर भन्सार कार्यालयसम्म ल्याउन सकिने व्यवस्था लागू भएपछि पूर्वी नेपालका उद्योगी तथा व्यवसायीलाई ढुवानी प्रक्रियामा सहजता हुने अपेक्षा गरिएको छ ।

कार्गो रेल सेवाको सुरुवात कोलकातामा नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेड (कोनकोर) का प्रतिनिधिहरूको उपस्थितिमा गरिएको थियो । उनीहरूले संयुक्त रूपमा हरियो झण्डा देखाएर रेललाई विराटनगरतर्फ पठाएका थिए ।

विराटनगर पुगेको कार्गो रेललाई भन्सार कार्यालयका कर्मचारी तथा व्यवसायीहरूले स्वागत गरेका थिए ।

यसअघि बथनाहादेखि विराटनगर कस्टम यार्डसम्म कार्गो रेल सञ्चालन गर्ने पहल भए पनि सेवा निरन्तर हुन सकेको थिएन । २०८० जेठमा एउटा कार्गो रेल आएपछि उक्त सेवा रोकिएको थियो ।

पछिल्लो समय आवश्यक नीतिगत निर्णय, प्रक्रिया तथा सम्बन्धित निकायबीचको समन्वय पूरा भएपछि कोलकाता बन्दरगाहबाट विराटनगरसम्म रेलमार्फत मालसामान ढुवानी गर्ने व्यवस्था पुनः कार्यान्वयनमा आएको हो । यसले पूर्वी क्षेत्रका उद्योगका लागि आयात व्यवस्थापनमा थप विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले चार किलो २५८ ग्राम कोकिनसहित दुई विदेशी महिलालाई पक्राउ गरेको छ।

ब्युरोको टोलीले गत असार ३१ गते कोलम्बियाबाट दोहा हुँदै कतार एयरवेजको उडान नम्बर ‘क्युआर ६४६’द्वारा काठमाडौं आएकी ६२ वर्षीया कोलम्बियन नागरिक योनेथ गार्जन काइसेडोलाई पक्राउ गरेको हो।

ठमेलबाट नियन्त्रणमा लिएको ब्युरोको टोलीले उनको सुटकेसमा फल्स बटम बनाई ब्लांकेट, म्याट, ज्याकेट, एप्रोन र नेक पिलोभित्र सिलिकनमा मिसाई लुकाएर राखेको अवस्थामा चार किलो २५८ ग्राम कोकिन बरामद गरेको हो।

थप अनुसन्धानको सिलसिलामा कोलम्बियन नागरिकसँग कोकिन लिन भारतको मणिपुरबाट काठमाडाैं आएकी ३७ वर्षीया रिबेका पुल्लेलाई प्रहरीले साउन ३ गते आइतबार पक्राउ गरेको हो।

काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार विशेष श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । 

हिन्दु धर्ममा साउन महिनालाई भगवान् शिवको अत्यन्त प्रिय महिना मानिन्छ ।

सनातन कालदेखि नै साउन महिनाको प्रत्येक सोमबार भगवान् शिवको व्रत, पूजा–आराधना, जप, तप, अभिषेक तथा दान–पुण्य गर्ने परम्परा चलिआएको छ । 

यस महिनाको सोमबार श्रद्धापूर्वक व्रत बसेर भगवान् शिवको आराधना गर्दा मनोकामना पूरा हुने, पाप नाश हुने, मानसिक शान्ति प्राप्त हुने तथा परिवारमा सुख, शान्ति र समृद्धि आउने शास्त्रीय विश्वास रहदै आएको छ । 

काठमाडौं । स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ ।

न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले फिफा विश्वकप २)२६ को उपाधि जितेको हो ।

खेलको १०६औँ मिनेटमा टोरेसले गरेको गोल नै स्पेनलाई दोस्रो पटक विश्व च्याम्पियन बनाए । 

२०१० पछि स्पेनले पहिलो पटक यो ऐतिहासिक सफलता हात पारेको हो ।

सन् २०२१ र २०२४ को कोपा अमेरिका तथा २)२२ को विश्वकप जितेको अर्जेन्टिनाले यसपटक भने प्रमुख प्रतियोगितामा पहिलो पटक उपाधिविहीन बन्यो ।  

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरूको गति हेरेर होइन आफ्नै तालमा अघि बढ्दा फाइदा हुनेछ। धेरै विकल्प देखिए पनि एउटा निर्णयमा अडिग रहनु बुद्धिमानी हुनेछ। कसैले सम्झेर गरेको सम्पर्कले अनुहारमा मुस्कान ल्याउन सक्छ। अधुरो छोडिएको सानो काम टुङ्ग्याउने दिन हो। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरभित्रको सानो परिवर्तनले दिनलाई रमाइलो बनाउनेछ। आफूले भनेको कुरा परिवारले सजिलै स्वीकार गर्नेछन्। धेरै सोचिरहनुभन्दा सुरु गरेको कामलाई अन्त्यसम्म पुर्‍याउनु राम्रो हुनेछ। खर्चभन्दा बचतलाई प्राथमिकता दिनु लाभदायक हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कुनै आकस्मिक घटनाले सोच्ने दृष्टिकोण बदल्न सक्छ। सबै सूचना सही नहुन सक्छन् त्यसैल विचार गरेर मात्र विश्वास गर्नुहोस्। साथीसँग भएको छोटो संवादले अलमल हटाउनेछ। हतारमा दिएको प्रतिक्रिया पछि बदल्नुपर्ने अवस्था आउन सक्छ। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक ६ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नो जिम्मेवारीबाट पछि नहट्नुहोस्। घरको एउटा सामान्य कुराले सबैलाई एउटै ठाउँमा ल्याउनेछ। पैसा खर्च गर्नु अघि फेरि एकपटक सोच्नु राम्रो हुनेछ। आज धेरै सुन्नुभन्दा कम बोल्नु फाइदाजनक रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) तपाईंको निर्णयमा अरूले भरोसा गर्नेछन्। कसैले मागेको सहयोग दिनुभयो भने त्यसको मूल्य अवश्य रहनेछ। देखावटी प्रतिस्पर्धामा समय खर्च नगर्नुहोस्। आफ्नो स्वभाव जस्तो छ त्यही नै आजको सबैभन्दा ठूलो बल हुनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक ९ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) थोरै व्यवस्थित हुनुभयो भने दिनभरिका काम सहजै मिल्नेछन्। थन्किएका कागजपत्र वा सामान मिलाउने राम्रो मौका छ। घरका ठूलाबडाको सुझावलाई बेवास्ता नगर्नुहोस्। शरीरले दिएको संकेतलाई पनि ध्यान दिन आवश्यक छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कुनै निम्तो वा अचानक भएको भेटले दिनको रौनक बढाउन सक्छ। धेरै समयपछि खुलेर हाँस्ने अवसर मिल्नेछ। कसैको सफलताबाट प्रेरणा लिनुहोस् तुलना नगर्नुहोस्। मनमा लागेको कुरा सही व्यक्तिसँग साझा गर्दा हलुका महसुस हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धैर्यले आज तपाईंलाई अगाडि बढाउनेछ। अरूले नदेखेको कुरा तपाईंले सजिलै बुझ्न सक्नुहुनेछ। कुनै निर्णय तुरुन्तै दिनुपर्ने दबाब आए पनि समय लिएर सोच्नुहोस्। आफ्नो सीमाभित्र रहेर अघि बढ्दा फाइदा हुनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) घरबाहिरको कामले दिनलाई व्यस्त बनाउन सक्छ। नयाँ ठाउँ वा नयाँ अनुहारसँगको भेटले फरक अनुभव दिनेछ। धेरै योजना बनाउनु भन्दा एउटा काम पूरा गर्नु राम्रो हुनेछ। साँझ परिवारसँग बसेर बिताएको समय सबैभन्दा मिठो लाग्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोकिएको कुरा फेरि चल्न थालेको अनुभव हुनेछ। तपाईंको धैर्यको परिणाम विस्तारै देखिन थाल्नेछ। अरूको आलोचनाभन्दा आफ्नै लक्ष्यमा ध्यान दिनुहोस्। परिवारको साथले आत्मविश्वास बढ्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कसैले दिएको सानो सुझावले ठूलो काम सजिलो बनाउन सक्छ। साथीसँग मिलेर बनाएको योजना अगाडि बढ्ने संकेत छ। बोल्नेभन्दा गर्ने मानिसलाई आज बढी सम्मान मिल्नेछ। आफ्ना आवश्यकतालाई पनि समय दिन नबिर्सनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफूलाई अनावश्यक रूपमा थकित नबनाउनुहोस्। दिनभरि सबैको अपेक्षा पूरा गर्न खोज्दा आफ्नै काम पछि पर्न सक्छ। मन परेको विषयमा केही समय खर्च गर्दा नयाँ ऊर्जा मिल्नेछ। बेलुकातिर आएको एउटा समाचारले मुस्कान ल्याउन सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।