मुगुको छायाँनाथ रारा नगरपालिका–१४ स्थित बाम गाउँमा नेपाल टेलिकमको फोरजी सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
लामो समयदेखि सञ्चार सुविधाबाट वञ्चित यस क्षेत्रका बासिन्दाका लागि यो सेवा सञ्चालन हुनु नयाँ युगको सुरुवात बनेको हो ।
यसअघि सामान्य फोन गर्नका लागि समेत स्थानीयवासी करिब एक घण्टा उकालो हिँडेर डाँडामा पुग्नुपर्ने बाध्यता थियो । आफन्तसँग सम्पर्क गर्न, अत्यावश्यक सूचना आदान–प्रदान गर्न तथा अनलाइन सेवा लिन ठूलो सास्ती व्यहोर्दै आएका स्थानीयका लागि फोरजी टावर सञ्चालनसँगै सो कठिनाइ अन्त्य भएको स्थानीय राजेश बढुवालले बताए ।
टावर सञ्चालनमा आएसँगै अब बाम गाउँ प्रत्यक्ष रूपमा विश्वसँग जोडिने भएको छ । उच्च गतिको इन्टरनेट सेवा उपलब्ध भएसँगै स्थानीय विद्यार्थीहरूलाई अनलाइन अध्ययन गर्न, सर्वसाधारणलाई सरकारी तथा डिजिटल सेवा लिन र पर्यटन, व्यवसाय एवं आपतकालीन अवस्थामा सञ्चार गर्न सहज हुनेछ ।
दुर्गम बस्तीका नागरिकका लागि यो सेवा विस्तार विकासको एक महत्वपूर्ण खुड्किलो साबित भएको नेपाल टेलिकमका प्राबिधिक प्रेम बहादुर रोकायाले बताए ।
यस ऐतिहासिक उपलब्धिका लागि निरन्तर पहल, समन्वय र सहयोग गर्ने अनिल बानियाँ, नेपाल टेलिकमको प्राविधिक टोली, जनप्रतिनिधि तथा सहयोग गर्ने सम्पूर्ण स्थानीयवासीप्रति गाउँलेले हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गरेका छन् ।
सञ्चार सेवा पुगेसँगै बाम गाउँ अब अन्धकार र एक्लोपनबाट विश्वसँगको सीधा सम्पर्कतर्फ अघि बढेको स्थानीयको भनाइ रहेको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताएका छन् ।
आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘डिजिटल इकोनोमीः स्थानीय रोजगारी र पहुँच विश्वबजार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले सरकारले यस क्षेत्रमा स्पष्ट महत्वाकांक्षी योजना बनाउनुपर्ने र निजी क्षेत्रको क्षमतामाथि भरोसा गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘सरकारले दुई कुरामा स्पष्ट हुनुपर्छ । पहिलो, यस क्षेत्रमा स्पष्ट महत्वाकांक्षी योजना हुनुपर्छ । दोस्रो, निजी क्षेत्र र बजारप्रति विश्वास गर्नुपर्छ । सबै ज्ञान र क्षमता सरकारसँग मात्रै छ भन्ने सोच उचित होइन ।’
थापाले सरकारबाहिर पनि दक्ष र अनुभवी जनशक्ति रहेको उल्लेख गर्दै निजी क्षेत्रको विज्ञता र बजारको गतिशीलतालाई स्वीकार गर्नुपर्ने बताए ।
‘निजी क्षेत्रमा काम गरिरहेका साथीहरू अत्यन्त सक्षम र अनुभवी हुनुहुन्छ । सरकारले निजी क्षेत्रको योग्यता र क्षमतामाथि भरोसा गर्दै साझेदारीको भावना अपनाउनुपर्छ,’ उनले भने ।
थापाले डिजिटल अर्थतन्त्रलाई नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार बनाउन सकिने उल्लेख गर्दै यसलाई कुनै एक राजनीतिक दलको नभई साझा राष्ट्रिय एजेन्डाका रूपमा अघि बढाउनुपर्ने बताए ।
उनले यस क्षेत्रको प्रवर्द्धनका लागि आवश्यक नीतिगत तथा कानुनी सुधारमा संसद्मा रहेका सबै दलका सांसदहरू सहयोग गर्न तयार रहेको पनि बताए ।
संसदमा हुने बहसलाई थप प्रभावकारी र तथ्यपरक बनाउन डा. गोविन्द पोखरेल नेतृत्वको टोलीले आवश्यक अध्ययन सामग्री र प्रतिवेदन सांसदहरूलाई उपलब्ध गराउने तयारी गरिरहेको जानकारी पनि थापाले दिए ।
जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा जारी कफ्र्यू आदेश हटाएको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार गोलबजार नगरपालिका क्षेत्रमा आज साँझ ७ बजेदेखि कफ्र्यू आदेश हटाएको जनाएको हो ।
जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणपछि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कफ्र्यू लगाइएको थियो ।
काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले फुटको संघारमा पुगेको पार्टीलाई एकताबद्ध गर्ने अभियान सुरु गरेका छन् । आइतबार काठमाडौंको बानेश्वरमा भेला भएका नेताहरुले ‘देश र कांग्रेस जोड्ने अभियान’ सुरु गरेका हुन् ।
‘राष्ट्रका लागि कांग्रेस, कांग्रेसका लागि एकता’ नारामार्फत अभियान सुरुवात गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
सो अवसरमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले पार्टीभित्र लामो समयदेखि बढ्दै गएको मतभेद, अविश्वास र आन्तरिक किचलोका कारण संगठन कमजोर बन्दै गएको बताए ।
सम्मेलनमा उनले नेपाली कांग्रेस अहिले पार्टी एकताको गम्भीर परीक्षणबाट गुज्रिरहेको बताउँदै एकताबिना लोकतन्त्र सुदृढ हुन नसक्ने बताएका हुन् ।
‘लामो समयदेखि पार्टीभित्र देखिएको मतभेद, अविश्वास र आन्तरिक किचलोले संगठनलाई कमजोर बनाएको छ । आज पार्टी एकताको गम्भीर परीक्षणबाट गुज्रिरहेको छ,’ उनले भने, ‘नेपालको राजनीतिक इतिहासले एउटा सत्य पटक—पटक प्रमाणित गरेको छ, जब नेपाली कांग्रेस कमजोर हुन्छ, लोकतन्त्र कमजोर हुन्छ । जब कांग्रेस विभाजित हुन्छ, लोकतान्त्रिक शक्तिहरू र राष्ट्रिय हितमाथि प्रतिगामी शक्तिहरू हाबी हुने वातावरण बन्छ ।’
उनका अनुसार कांग्रेसको एकता कुनै दलगत स्वार्थको विषय नभई लोकतन्त्रको रक्षा र राष्ट्रको स्थायित्वसँग जोडिएको राष्ट्रिय दायित्व हो ।
‘त्यसैले कांग्रेसको एकता कुनै दलगत स्वार्थको विषय होइन, यो लोकतन्त्रको रक्षा र राष्ट्रको स्थायित्वसँग जोडिएको राष्ट्रिय दायित्व हो,’ उनले भने, ‘दुर्भाग्यवश, यतिबेला देश अनेकौं चुनौतीबाट गुज्रिरहेको छ । सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव मधेशका विभिन्न जिल्लासम्म फैलिँदा नेपाली नागरिकहरूले ज्यान गुमाएका छन्, अब मूल्य बराबरको धनसम्पत्तिमा क्षति पुगेको छ र नेपाली समाजको सद्भावमाथि चोट पुगेको छ ।’
देश अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै उनले सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव मधेशका विभिन्न जिल्लासम्म फैलिँदा नागरिकले ज्यान गुमाएको, ठूलो धनसम्पत्तिमा क्षति पुगेको र सामाजिक सद्भावमा समेत आघात पुगेको बताए ।
साथै आर्थिक मन्दी, बेरोजगारी, युवाको बढ्दो पलायन, सुशासनको संकट र जनजीविकाका समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको उनको बताए ।
त्यस्तै, अर्का नेता रन्जित कर्णले देश असहज अवस्थामा पार्टी विभाजित गर्न नहुने धारणा राखे । ‘आम जनताको मन रोएको बेला कांग्रेसलाई जोड्नुपर्ने आवश्यक्ता छ । कांग्रेस आन्तरिक रुपमा कमजोर र विभाजन भयो भने देश कमजोर हुन्छ । यस्तोबेला कांग्रेस एकढिक्का हुनैपर्छ ।’
कार्यक्रममा नेताहरुले कांग्रेसभित्र देखिएको संस्थापन र इतर भनिएको पक्षलाई एकतावद्ध हुन आग्रह गरे ।
जनकपुर । हिन्दूवादी संगठनहरुको संयुक्त मोर्चा ’हिन्दू मोर्चा’ र नेपाल सरकारका गृहमन्त्री सुदन गुरुङबीच १३ बुँदे सहमती भएको छ ।
शनिबार जनकपुरधाममा बसेको दुई चरणको बैठकमा हिन्दू मोर्चा र सरकरबीच सहमती भएको छ । मोर्चाले दिगो शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आर्थिक सहअस्तित्व प्रवद्र्धनका लागि हिन्दू राष्ट्र गर्नेलगायतका माग राखेकोमा समय सीमा तोकी माग हरु पूरा गर्ने तय भएको छ ।
सुनसरी घटना पछि हिन्दूवादी संघ संस्थाहरुले धनुषामा पनि विरोध प्रदर्शन गर्दै आएको थियो । स्थिती साम्य गर्न गृहमन्त्रीसहितको टोली आज जनकपुरधाम आएर वार्ता बसेका थिए ।
सहमती भएसंगै मोर्चाले आन्दोलन तथा विरोधका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएका छन् ।
यस्ता छन् सहमती भएका मागपत्रमा उल्लेखित बुँदाहरूः
१. दिगो शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा आर्थिक सहअस्तित्वको प्रवद्र्धनका लागि किराँत, बौद्ध सहित ८१.प्रतिसत हिन्दूको बहुलता भएको नेपाल राष्ट्रलाई हिन्दू राष्ट्र कायम गर्ने विषयमा स्पष्ट समयसीमा तोकी सर्वदलीय, सर्वपक्षीय छलफल प्रक्रिया अगाडि बढाउने –तीन महिनाभित्र)।
२. जुनसुकै धर्म, सम्प्रदाय वा समुदायले मनाउने चाडपर्व तथा धार्मिक अवसरहरूमा घातक हतियार प्रदर्शन गर्ने कार्यलाई नियन्त्रण गर्ने। यस्तो कार्य गर्ने व्यक्ति वा समूहलाई कानुनबमोजिम कारबाही गर्ने।
३. मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च र चर्चलगायत धार्मिक स्थलमा जडान गरिएका ठूला ध्वनि –लाउडस्पिकर) तथा ध्वनि विस्तारक उपकरणको प्रयोगलाई नियन्त्रण गर्ने। आवश्यक धार्मिक गतिविधिहरूका लागि परिसरसम्म मात्र सीमित ध्वनि प्रयोग गर्ने व्यवस्था मिलाउने।
४. मन्दिर, मस्जिद, गुम्बा, चर्च तथा अन्य धार्मिक स्थलमा रहने सम्पूर्ण व्यक्तिहरूको अभिलेखीकरण र पहिचान खुलाउने तथा विदेशी नागरिक भए नभएको अभिलेख सम्बन्धी निकायबाट गराई निगरानी र व्यवस्थापन गर्ने।
५. सामाजिक सञ्जाल वा अन्य माध्यमबाट धार्मिक, साम्प्रदायिक, जातीय हिंसा, द्वेष, चरित्र हत्या वा अनैतिक सोच फैलाउने व्यक्तिहरूको पहिचान गरी प्रचलित कानुनअनुसार कारबाही गर्ने।
६. सुनसरी देवानगञ्ज घटनापछि भएको आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिमाथि दर्ता भएका मुद्दाहरूको पुनरावलोकन गरी आवश्यक निर्णय लिने तथा सम्बन्धित व्यक्तिहरूलाई कानुनी प्रक्रियाअनुसार रिहा गर्ने।
७. आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा आवश्यक स्वास्थ्य सेवाको व्यवस्था गर्ने।
८. धार्मिक आयोगहरूको औचित्य, आवश्यकता र कानुनी आधारहरूको पुनरावलोकन गरी खारेजीको प्रक्रिया अगाडि बढाउने।
९. आन्दोलनमा सहभागी नागरिकहरूको सुरक्षा तथा धार्मिक सुरक्षाको प्रत्याभूति नेपाल सरकारले गर्ने।
१०. २०६२÷२०६३ साल देखि हाल सम्म प्रदान गरिएको नेपाली नागरिकताको सम्बन्धमा छानबिन गरि विदेशी नागरिकहरूको सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने। –तीन महिनाभित्र)
११. मदरसा, मस्जिद तथा अन्य धार्मिक संस्थाहरूमा विभिन्न फण्डिङको छानबिन गरी अनुगमन तथा नियमन गरी तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउनु पर्ने।
१२. बाहु बलीय जघन्य अपराधको घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गरी पीडित लाई क्षतिपूर्ति समेत दिने।
१३. संयुक्त हिन्दू मोर्चाले आन्दोलनका सबै कार्यक्रम आजैका मितिबाट फिर्ता÷स्थगित गर्ने।
अमेरिका जान चाहने नेपाली नागरिकका लागि अब भिसा आवेदन प्रक्रिया थप कडा र खर्चिलो बनेको छ । अमेरिकी विदेश मन्त्रालयले नेपालसहित ५० भन्दा बढी देशका नागरिकका लागि पर्यटक तथा व्यावसायिक भिसामा आवेदन दिँदा ठूलो रकम धरौटी (भिसा बन्ड) राख्नुपर्ने नियमलाई स्थायी रूपमा लागू गरेको हो ।
यस नयाँ व्यवस्था अनुसार बि-१ (व्यापार) र बि-२ (पर्यटक) भिसामा अमेरिका जान चाहने नेपालीहरूले न्यूनतम १० हजार अमेरिकी डलरदेखि अधिकतम २० हजार अमेरिकी डलर (हालको विनिमय दर अनुसार करिब ३० लाख रुपैयाँभन्दा बढी) सम्म धरौटी रकम बुझाउनुपर्नेछ ।
नयाँ प्रावधान अनुसार भिसा अन्तर्वार्तामा सहभागी हुनुअघि नै तोकिएको धरौटी रकम भुक्तान गरिसक्नुपर्नेछ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार यदि आवेदकको भिसा अस्वीकृत भएमा वा अमेरिका पुगेर भिसाको सम्पूर्ण सर्त पालना गर्दै तोकिएको समयभित्रै स्वदेश फर्किएमा उक्त धरौटी रकम पूरै फिर्ता गरिनेछ। तर, भिसाको अवधि नाघेर गैरकानुनी रूपमा अमेरिकामा बसेमा (ओभरस्टे गरेमा) भने धरौटीबापत राखिएको उक्त रकम जफत हुनेछ।
भिसाको म्याद सकिएपछि पनि गैरकानुनी रूपमा अमेरिकामा बस्ने विदेशी नागरिकहरूको सङ्ख्या उल्लेख्य रूपमा बढेपछि अमेरिकी सरकारले यो कडा कदम चालेको हो । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा परीक्षणका रूपमा सुरु गरिएको ‘भिसा बन्ड’ कार्यक्रम प्रभावकारी देखिएपछि यसलाई स्थायी नीतिका रूपमा कार्यान्वयनमा ल्याइएको हो ।
दक्षिण एसियाली क्षेत्रबाट नेपालका साथै बाङ्लादेश र भुटानका नागरिकसमेत यो नयाँ नियमबाट प्रभावित भएका छन्। अमेरिकी विदेश मन्त्रालयले आवश्यकता अनुसार भविष्यमा यो सूचीमा अन्य देशहरूलाई पनि थप्दै लैजाने स्पष्ट पारेको छ ।