
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । सोमवार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो ।
कुल ८३ सदस्यीय प्रदेश सभामा मतदान प्रक्रियामा ७१ जना सांसद सहभागी भएका थिए । मुख्यमन्त्री आचार्यलाई नेकपा (एमाले) नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) नेपालले विश्वासको मत दिएका छन् । सभामा बहुमत प्राप्त भएसँगै सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा गरे ।
सोमवारको बैठकमा ८ जना सांसद अनुपस्थित रहेका थिए । प्रदेश सभा सचिवालयको हाजिरी अभिलेखअनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिषकुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलादेवी थारु, माया पुन र सरोज थापा बैठकमा अनुपस्थित थिए ।
नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभाबाट विश्वासको मत लिएका हुन् । कांग्रेसले समर्थन फिर्ता लिए पनि अन्य सत्ता साझेदार दलहरूको समर्थनमा मुख्यमन्त्रीले आफ्नो बहुमत सिद्ध गरेका हुन् ।
सरकारले साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा गरेको छ । १६ जना उपभोक्ताले एक–एक लाख तथा एक जनाले १० लाखको बम्पर उपहार जितेका छन् ।
गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३ सय ५० रुपैयाँको सामान किनेका उपभोक्ताले यसपटककाे बम्पर उपहारमा १० लाख रुपैयाँ जितेका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन् ।
सोमबार बागमती प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्ने क्रममा मुख्यमन्त्री बानियाँले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
सरकारका आफुसंगै रहेका दलहरूले छाडेर गएपछि मुख्यमन्त्रीको कुर्सीमा बस्न उपयुक्त लागेर मार्गप्रसस्त गर्ने निर्णय लिएको उनले बताए ।
उनले विभिन्न आन्दोलन तथा शान्ति प्रक्रिया हुँदैसँगै यात्रा गरेका सहयात्री दलहरूले पार्टी नेतृत्वको निर्णयका कारण साथ छोड्नुपरेको र त्यसले आफूलाई दुःख लागेको बताए।
उनले सहयात्रीहरूले समर्थन फिर्ता लिएपछि विश्वासमा संकट पैदा भएको र त्यस्तो अवस्थामा मुख्यमन्त्रीको कुर्सीमा बसिरहन उपयुक्त नहुने उल्लेख गरे ।
विश्वासको मत लिनुको सट्टा छोडेर जाने दलहरूलाई मिलेर नयाँ सरकार बनाउन वा अगाडि बढ्नका लागि मार्गप्रशस्त गरिदिएको उनले बताए ।
सो क्रममा मुख्यमन्त्री बानियाँले आफ्नो कार्यकालमा भएका कामकारवाहीका बारेमा जानकारी गराएका थिए ।
एमालेले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका थिए ।
तर आफ्नो पक्षमा बहुमत नपुग्ने देखिएपछि उनले राजीनामा दिएका हुन् ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विद्युत्, सिँचाइ र सार्वजनिक सेवामा लगाएको कर वृद्धिको विरोध गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेका छन् ।
दुई तिहाइ बहुमतको सरकारले ल्याएको बजेटले आम जनता र न्यून वर्गीय श्रमिकलाई मारमा पारेको भन्दै उनले आपत्ति जनाएका हुन् ।
माइतीघरमा हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले सरकारले घरायसी विद्युतमा ५ प्रतिशत र उद्योग, खानेपानी तथा सिँचाइमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएर किसान र उपभोक्तामाथि अन्याय गरेको बताए ।
अध्यक्ष घिसिङले न्यून आय भएका राइड शेयरिङमा आबद्ध युवाहरूमाथि ५ प्रतिशत भ्याट र व्यक्तिगत आयकर थोपरिएको तर उच्च पदस्थ सांसदहरूको करको दर न्यून रहेको भन्दै आक्रोश व्यक्त गरे । उनले सरकारको कर नीति मध्यम र न्यून वर्गीय जनताको हित विपरीत रहेको दाबी गरे ।
विद्युत् खपत बढाउन र ग्यासको परनिर्भरता घटाउन सरकारले ठोस योजना ल्याउनुपर्नेमा उनले जोड दिए । ईभीमा भन्सार दर बढाइनु र आत्मनिर्भर अर्थतन्त्रको दिशामा अवरोध पुर्याउनु गलत नीति भएको उनको तर्क छ ।
उनले भने ‘किसानले प्रयोग गर्ने सिँचाइको विद्युत् महसुल निःशुल्क गर्नुपर्नेमा उल्टै १३ प्रतिशत भ्याट थपिनु संवेदनशील विषय हो । शिक्षा र स्वास्थ्यमा जनदबाबपछि भ्याट हटाइए पनि विद्युतजस्तो अत्यावश्यक सेवामा अझै कायमै राखिएको छ । अहिले ग्यासमा लाइन बस्नुपर्ने अवस्था छ, जब कि इन्डक्सन चुल्हो प्रयोग गर्दा ५० प्रतिशत सस्तो पर्छ । इन्डक्सन र चार्जिङ स्टेसनले ट्रान्सफर्मर पड्किन्छ भन्नु भ्रम फैलाउने काम हो । यसले ईभी (विद्युतीय सवारी) प्रयोगकर्तालाई निरुत्साहित गर्दछ ।’
घिसिङले डेडिकेटेड र ट्रंक लाइनको अर्बौँ रुपैयाँ बक्यौता उठाउनु पर्ने मागसमेत दोहोर्याए । आफू विद्युत् प्राधिकरणमा रहँदा बक्यौता उठाउन खोज्दा सरकारले हटाएको स्मरण गर्दै उनले अहिले पनि विभिन्न समिति बनाएर सो रकम मिनाहा गर्न खोजिएकोमा खबरदारी गरे ।
विद्युतमा लगाइएको भ्याट फिर्ता गर्न र ऊर्जा क्षेत्रको खपत बढाउने स्पष्ट कार्ययोजना ल्याउन माग गर्दै उज्यालो नेपाल पार्टीले एक महिना लामो देशव्यापी अभियान सञ्चालन गरेको छ ।
सभामुख डोलप्रसाद अर्यालले संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका छन् ।
प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै प्रमुख प्रतिपक्षीसहितका दलका सांसदहरुले उठेर विरोध गरेसँगै सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र साहलाई संसदमा प्रश्नको जवाफ दिन निर्देशन दिएका हुन् ।
गत १७ जेठमा प्रधानमन्त्री साहले प्रतिनिधि सभामा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । सो क्रममा साहले भारतले नेपालको मात्र नभई नेपालले समेत भारतको भूमि मिचेको दाबी गरेका थिए ।
साढे दुई महिनासम्म प्रधानमन्त्री साहले यसबारे स्पष्टिकरण दिएका छैनन् । विपक्षीले विरोध जारी राखेपछि सभाको सोमवारको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री साहलाई संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन निर्देशन दिएका हुन् । ‘प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमाोजिम माननीय सदस्यहरुको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु’ सभामुखले भने ।
सभामुखले प्रधानमन्त्री साहलाई निर्देशन दिएलगत्तै विपक्षी दलहरुले टेबल बजाएर समर्थन गरे ।
युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच व्यवसायीका माग सम्बोधन गर्ने विषयमा सहमति भएपछि संघले सञ्चालन गर्दै आएको आन्दोलनका सबै कार्यक्रम रोकिएको छ।
संघले गत साउन २२ गतेदेखि १५ बुँदे माग अघि सार्दै विभिन्न दबाबमूलक गतिविधि सञ्चालन गर्दै आएको थियो। मागमा सरकारको ध्यानाकर्षण गराउँदै आएको संघले भदौ १ गतेदेखि गन्तव्य मुलुकका लागि श्रमिक पठाउने कार्यसमेत रोक्ने घोषणा गरेको थियो।
मन्त्रालयमा मन्त्री रामजी यादवको उपस्थितिमा संघका अध्यक्ष तथा पदाधिकारीसँग भएको छलफलपछि व्यवसायीका मागमा सहमति जुटेको हो। छलफलमा संघले प्रस्तुत गरेका १५ बुँदामध्ये अधिकांश विषय नीतिगत सुधारसँग सम्बन्धित रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार व्यवसायीले उठाएका विषयमध्ये धेरैजसो वैदेशिक रोजगार ऐन तथा नियमावली परिमार्जनको प्रक्रियामा समेटिएका छन्। वैदेशिक रोजगारीलाई थप पारदर्शी, सुरक्षित र मर्यादित बनाउन प्रस्तावित कानुनी संशोधनलाई शीघ्र टुंगोमा पुर्याउन मन्त्रालय र व्यवसायी संघले आवश्यक पहल गर्ने समझदारी भएको छ।
त्यसैगरी, व्यवसायीका अन्य मागसँग सम्बन्धित विषयमा आवश्यक प्रमाण तथा कागजातसहित वैदेशिक रोजगार विभागमा निवेदन दिन सकिने र विभागबाट हुने प्रशासनिक प्रक्रियामार्फत समस्या समाधानको प्रयास गर्ने विषयमा पनि सहमति भएको छ।
विभागको तहबाट समाधान हुन नसकेका विषयमा प्रचलित कानुनी प्रक्रियाअनुसार मन्त्रालयमा पुनरावेदन गर्न सकिने व्यवस्थाबारे समेत छलफलमा स्पष्ट पारिएको मन्त्रालयले जनाएको छ।
सरकारसँग भएको सहमतिपछि संघले भदौ १ गतेदेखि सञ्चालन गर्ने भनिएका कार्यक्रमसहित यसअघि घोषणा गरिएका सबै दबाबमूलक गतिविधि तत्कालका लागि अन्त्य गरेको जनाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले लिन लागेको विश्वासको मतमा तटस्थ बस्ने निर्णय गरेको छ ।
बागमतीमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ भने लुम्बिनीमा नेकपा एमालेको नेतृत्वमा सरकार छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार सोमबार प्रदेशसभामा विश्वासको मत लिँदै गरेका दुवै प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय भएको हो ।
‘बागमती र लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीले लिन लागेको विश्वासको मतमा तटस्थ बस्ने निर्णय भएको छ,’ प्रवक्ता श्रेष्ठले भने ।
यस सम्बन्धमा प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गर्न सम्बन्धित संसदीय दलका नेतालाई पार्टीले निर्देशन दिएको उनले जानकारी दिए ।
प्रदेशमा सरकार निर्माणसम्बन्धी विषयमा अर्को निर्णय नभएसम्म राप्रपा तटस्थ रहने निर्णय अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका छन् ।
अध्यक्ष लिङ्देनद्वारा जारी निर्देशन सम्बन्धित प्रदेशका संसदीय दलका नेतालाई पठाइएको प्रवक्ता श्रेष्ठले बताए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ ।
संघले आफ्ना विभिन्न मागप्रति सरकार उदासीन बनेको भन्दै आजदेखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनी पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको हो ।
म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया पनि आजदेखि पूर्ण रूपमा बन्द गरेको संघले जनाएको छ ।
संघले यसअघि आन्दोलनका चरणअन्तर्गत पूर्वअन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन प्रकाशन तथा भिसा स्ट्याम्पिङलगायतका काम रोकिसकेको थियो । जारी श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकलाई उडानमा पठाउन दिइएको समयसीमा समेत समाप्त भएपछि संघले पूर्ण रूपमा काम–कारोबार बन्द गर्ने निर्णय गरेको हो ।
नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ । यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो ।
नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए । नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको मानिन्छ ।
वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको सम्वाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।
प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो । नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि नै छ ।
भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रूपमा मान्ने गरिएको हो । प्रथम पूजाको अधिकार पाएका भगवान् श्री गणेशको एक हातमा नाग छ ।
भगवान् विष्णुको अवतारका रूपमा जन्म लिएका श्री रामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रूपमा मानिन्छ । श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ ।
भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रूपमा सर्पको आकृति रहेको हुन्छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करको शिरमा समेत सर्पाकार मुकुट हुन्छ ।
पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख छ । लक्ष्मीको बास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ । नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन् ।
जसमध्ये एउटा प्रख्यात किंवदन्ती यस्तो छ । एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीनवटा बच्चा भेट्टाए र मारिदिए । ती बच्चाकी आमा आहरा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखी किसानसँग क्रुद्ध भइन् । रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रिसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन् ।
संयोगले किसानकी छोरी घरबाहिर रहेकीले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनयविनय गरी नमार्नुस् म तपाईँको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छोडिन् ।
मृत्युको मुखबाट बचेर प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोडषोपचारले पूजा आराधना गरी कचौरामा दूध खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाइहरूलाई पनि जीवनदान दिनुहोस् भनी वर मागिन् ।
प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन् । यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ ।
गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्रवर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई नेपाल बोलाइयो । गुरु आएको देखी गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी वर्षाएको प्रसङ्ग पनि धर्मशास्त्रमा उल्लेख छ । संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन् ।
श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षात्को शीतलताका कारण बाहिर निस्कने मान्यतासमेत छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ ।
अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।
आज काठमाडाैँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।
वैज्ञानिक रूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ । नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ ।
संगीत वा कलाको क्षेत्रमा आफन्तहरूको साथ मिल्नाले मन प्रसन्न र आनन्दित रहनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्राबाट सफलता प्राप्त हुनेछ। आर्थिक स्थिति सन्तोषजनक रहनुका साथै प्रतिष्ठा बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
आकस्मिक धनलाभका योग छन्। व्यापार व्यवसायमा आफन्तको विश्वास गर्नाले नुकसान हुनसक्छ। स्वास्थ्यको लागि पौष्टिक आहारको सेवन गर्नुहोस्। विद्यार्थीहरूको सामाजिक चेतनाको विकास हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।
विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। कार्यक्षेत्रमा लगनशीलताले अप्ठ्यारो काम सम्पादन हुनेछ। सामाजिक कामको जिम्मेवारी बढ्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
पैतृक सम्पत्तिलाई लिएर पारिवारिक मनमुटाव सुल्झिनेछ। दाम्पत्य जीवन संघर्षपूर्ण रहनेछ। स्वास्थ्यलाई लिएर चिकित्सकको सल्लाह लिनुहोस्। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
आत्मविश्वासमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा अधिकारीहरूबाट प्रशंसा मिल्नेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा गुरुवर्गहरुको सहयोग मिल्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ६ रहेको छ।
जीवन साथीसँग मनोरञ्जनात्मक समय बित्नेछ। कार्यक्षेत्रमा दिन अनुकूल रहनेछ। मित्रहरूबाट उपहार प्राप्त हुनेछ। घरको सजावटमा धन खर्चका योग छन्। खानपानमा ध्यान दिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
दीर्घकालीन योजनाहरूको रूपरेखा बन्नेछ। प्रतिष्ठित व्यक्तिहरूको बीचमा आफ्नो प्रभाव छोड्न सफल हुनुहुन्छ। शिक्षाको क्षेत्रमा राम्रो परिणाम प्राप्त हुनेछ। आम्दानीका नयाँ स्रोत बढ्नेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।
उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। धार्मिक यात्राको रूपरेखा बन्नेछ। कार्यक्षेत्रमा प्रतिस्पर्धीहरूबाट जोगीएर काम गर्नुहोस्। व्यापार व्यवसायमा नयाँ काम हात लाग्नेछ। व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आफन्तहरूसँग रमाइलो जमघटको साथै स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। व्यापार व्यवसायमा आँटेको कार्य सम्पादन हुनेछ। राजनीतिक क्षेत्रमा नयाँ नेतृत्व निभाउनु पर्ला। अध्ययनमा प्रगति हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
कार्यक्षेत्रमा अरूको भरपर्दा दुःख पाइनेछ। आफ्नो कार्य स्वयं गर्ने प्रयास गर्नुहोला। व्यापार लगायतका आर्थिक क्षेत्रमा भनेजस्तो लाभार्जन गर्न नसकिएला। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
व्यापार व्यवसायमा जीवनसाथीको सहयोग प्राप्त हुनेछ। मेहनतीहरूको लागि समय उत्तम रहेको छ। प्रतिष्ठित कामले समाजमा मानसम्मान बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
प्रशासनिक वा राजनीतिक क्षेत्रतिर रोकिएका कार्य सम्पादन हुनेछन्। आश्वासन दिनेहरूले झुक्याउन सक्लान् सचेत रहनुहोस्। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।





