२०८३ भाद्र ११ गते बिहीबार
२०८३ भाद्र ११ गते बिहीबार

रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय टिमुरे र विभिन्न प्रहरी चौकीका गरी २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। २०८३ साउन ११ गते बिहानसम्म प्राप्त विवरण अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार र खोजीका लागि तीन हजार ३ सय ९८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ।

जिल्लास्थित इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ मध्ये १३ जना मात्र सम्पर्कमा आएका छन् भने १० जना अझै बेपत्ता छन्। यस्तै, प्रहरी चौकी रसुवागढीका ९ मध्ये १ जना, स्याफूबेँसीका ८ मध्ये ५ जना, अस्थायी प्रहरी पोष्ट मैलुङका ८ मध्ये ३ जना, बेत्रावतीका १० मध्ये ९ जना र हाकुका ६ मध्ये ५ जना प्रहरी कर्मचारी मात्र सम्पर्कमा आएका छन्।

बाढीका कारण देशका विभिन्न स्थानबाट हालसम्म १६२ जनाको शव फेला परिसकेको छ। जसमध्ये चितवनमा ६४, धादिङमा २७, नवलपरासी पूर्वमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, रसुवा र नवलपरासी पश्चिममा २-२ जनाको शव भेटिएको हो।

घटनामा घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्रि.वि. शिक्षण अस्पतालमा २०, ट्रमा सेन्टरमा ४, वीर अस्पतालमा ३, त्रिशुली अस्पतालमा ९, नर्भिक अस्पतालमा ३ तथा बिरामी/घाइतेमध्ये बिरेन्द्र सैनिक अस्पताल र ग्रिन सिटी अस्पतालमा १-१ जनाको उपचार भइरहेको जनाइएको छ।

सम्पर्कविहीन रहेका प्रहरी कर्मचारी तथा अन्य नागरिकहरूको खोजी कार्य तीव्र पारिएको र राहत तथा उद्धारका लागि सुरक्षा निकाय निरन्तर खटिरहेको छ।

भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेको छ।

नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेललाई भारतले उक्त राहत सामग्री हस्तान्तरण गरेको हो। भारतका अनुसार ती सामग्री विनाशकारी आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपालको उद्धार तथा राहत प्रयासमा सहयोग पुर्‍याउनेछन्।

भारतले थप राहत सामग्री बिहीबार नेपाल आइपुग्ने जनाएको छ।

भारतले कठिन परिस्थितिमा नेपाल र नेपाली जनताको साथमा रहेको जनाएको छ। भारतले आफ्नो सहयोगलाई ‘फर्स्ट रेस्पोन्डर’ तथा ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गतको सहयोगका रूपमा प्रस्तुत गरेको छ।

 रसुवा जिल्लामा आएको बाढीबाट ठूलो मानवीय क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयबाट प्राप्त २०८३ भदौ १० गते राति ११ः०५ बजेसम्मको विवरणअनुसार विभिन्न स्थानमा कार्यरत २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्।

बाढी प्रभावित क्षेत्रमा हालसम्म ३ हजार ३१८ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ।

विभिन्न प्रहरी कार्यालयका कर्मचारीको अवस्था

इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ जनामध्ये १३ जना सम्पर्कमा आएका छन्। यस्तै, प्रहरी चौकी रसुवागढीमा कार्यरत ९ जनामध्ये १ जना, प्रहरी चौकी स्याफ्रुबेसीका ८ जनामध्ये ५ जना र अस्थायी प्रहरी पोस्ट मैलुङका ८ जनामध्ये ३ जना सम्पर्कमा आएका छन्।

त्यस्तै, प्रहरी चौकी बेत्रावतीमा कार्यरत १० जनामध्ये ९ जना र प्रहरी चौकी हाकुमा कार्यरत ६ जनामध्ये ५ जना सम्पर्कमा आएका छन्।

प्राप्त विवरणअनुसार विभिन्न प्रहरी कार्यालयमा कार्यरत २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कमा आएका छैनन्।

१५७ शव फेला

बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म १५७ वटा शव फेला परेको प्रहरीले जनाएको छ।

फेला परेका शवमध्ये रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ वटा रहेका छन्।

४१ घाइतेको विभिन्न अस्पतालमा उपचार

बाढीबाट घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

उनीहरूमध्ये त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २० जना, राष्ट्रिय ट्रमा सेन्टरमा ४ जना, वीर अस्पतालमा ३ जना, वीरेन्द्र सैनिक अस्पतालमा १ जना, ग्रिन सिटी अस्पतालमा १ जना, नर्भिक अस्पतालमा ३ जना र त्रिशूली अस्पतालमा ९ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।