२०८३ आश्विन ३ गते शनिबार
२०८३ आश्विन ३ गते शनिबार

नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा.सुनीलकुमार शर्मा मोरङको बेलबारी नगरपालिका–४ बाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि पदमा निर्विरोध निर्वाचित भएका छन्।

क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएसँगै शर्माको १५औँ महाधिवेशन यात्रा औपचारिक रूपमा सुरु भएको छ।

स्वास्थ्य र शिक्षा क्षेत्रमा देशव्यापी रूपमा मानवीय सेवाका असंख्य काम गर्दै आएका शर्माले आर्थिक अभावका कारण उपचारबाट वञ्चित विपन्न तथा असहाय नागरिकको निःशुल्क उपचारदेखि अवसरबाट वञ्चित विद्यार्थीलाई शैक्षिक सहयोगसम्मका काम गर्दै आएका छन्।

निःशुल्क उपचार, शल्यक्रिया, स्वास्थ्य शिविर तथा विपन्न विद्यार्थीको शिक्षामा सहयोगलगायतका सामाजिक सेवाका गतिविधिमार्फत उनले देशका विभिन्न क्षेत्रमा सेवा पुर्‍याउँदै आएका छन्।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको नेतृत्व सम्हालेपछि पनि शर्माले विपन्न तथा असहाय नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने तथा अवसरबाट वञ्चित विद्यार्थीलाई शिक्षामा सहयोग गर्ने अभियानलाई निरन्तरता दिँदै आएका छन्।

स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा उनको सक्रियता देशका विभिन्न क्षेत्रमा रहँदै आएको छ।

बेलबारी नगरपालिका–४ बाट क्षेत्रीय प्रतिनिधि पदमा निर्विरोध निर्वाचित भएसँगै शर्मा कांग्रेसको १५औँ महाधिवेशन प्रक्रियामा अघि बढेका छन्। यस वडाबाट महाधिवेशनका लागि चयन हुने सबै प्रतिनिधि सर्वसम्मत भएका छन्। यसअघि पनि वडा तहमा प्रतिनिधि चयन सर्वसम्मत हुँदै आएको थियो।

 गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना घलेले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सम्मको दीर्घकालीन सहयोग गर्ने भएका छन्।

यस सम्बन्धी एक सम्झौतामा घले दम्पतिले नेतृत्व गरेको एमआईटी ग्रुप फाउन्डेसन र राष्ट्रिय बाल अधिकार परिषद्सँग समझदारी (एमओयू)मा शुक्रबार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर भएको थियो ।

उक्त समारोहमा राष्ट्रिय बाल अधिकार परिषद्की अध्यक्ष पनि रहेकी मन्त्री सीता वादी पनि उपस्थित थिइन्।

राष्ट्रिय बाल अधिकार परिषद् बालबालिका सम्बन्धी ऐन, २०७५  बमोजिम बालबालिकाको अधिकार तथा हक हितको संरक्षण र सम्वर्धन गर्न स्थापित विशिष्टीकृत निकाय हो । सरकारले साविक केन्द्रीय बाल कल्याण समितिलाई राष्ट्रिय बाल अधिकार परिषदमा रुपान्तरण गरेको हो ।

संयुक्त राष्ट्र संघीय बाल कोष (युनिसेफ)ले रसुवा बाढीबाट प्रभावित झन्डै १७,००० बालबालिकालाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको आवश्यकता रहेको जनाएको छ।

त्यस्तै अभिभावक वा संरक्षकविहीन तथा परिवारबाट छुट्टिएका ५०० भन्दा बढी बालबालिका उच्च जोखिममा रहेको र उनीहरूलाई संरक्षण सेवाको खाँचो रहेको युनिसेफले जनाएको छ।

फाउन्डेसनले कक्षा १२ सम्म अध्ययन गर्न सहयोग गर्ने

फाउन्डेसनले बाढीबाट प्रभावित १८ वर्षमुनिका बालबालिकालाई कक्षा १२ सम्म अध्ययन गर्न सहयोग गर्ने जनाएको छ।

सहयोगअन्तर्गत बालबालिकाको अवस्थाअनुसार शिक्षा, खाना, आवास, कपडा, स्वास्थ्य उपचारलगायत आधारभूत आवश्यकता पूरा गर्न खर्च गरिनेछ।

सामाजिक संजालमा लेख्दै घलेले बाढीको पानी घटेपछि पनि प्रभावित बालबालिकाको समस्या अन्त्य नहुने बताए।

बाढीका कारण कतिपय बालबालिकाको जीवनमा कुनै पनि बालबालिकाले भोग्न नपर्ने खालको परिवर्तन आएको उल्लेख गर्दै उनले आफू र आफ्नी पत्नी ती बालबालिका र उनीहरूका परिवारले भोगेको अवस्थाबाट प्रभावित भएको जनाए।

‘हामी भाग्यमानी महसुस गर्छौं कि कठिन समयमा मात्रै होइन, आगामी वर्षहरूमा पनि उनीहरूलाई सहयोग गर्न सक्छौं, ताकि उनीहरूले आफ्नो शिक्षालाई निरन्तरता दिन सकून्, आधारभूत आवश्यकता पूरा होस् र भविष्यलाई आशाका साथ हेर्न सकून्,’ घलेले भने।

उनले यो सहयोग रकममा मात्र सीमित नभएको बताए । बालबालिका हुर्कंदै जाँदा दीर्घकालीन रूपमा साथ दिने र उनीहरूले भोगेको कठिनाइले जीवनमा पाउने अवसर निर्धारण नगरोस् भन्ने उद्देश्य रहेको उनको भनाइ छ।

‘सबैभन्दा महत्त्वपूर्ण कुरा, उनीहरूलाई आफूहरूलाई बिर्सिएको छैन भन्ने महसुस गराउन चाहन्छौं,’ घलेले भने । अष्ट्रेलियामा बसोबास गर्ने घले दम्पतिले नेपालमा पांचतारे होटल लगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन्।

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज र भोलि वडा अधिवेशन हुनेछ ।

वडा अधिवेशनले सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित गर्नेछ । कांग्रेसको विधानअनुसार वडा सभापतिलाई वडासदस्यका लागि मनोनयन गर्ने अधिकारसमेत दिइएको छ । जसअनुसार गाउँपालिकाका वडा सभापतिले पाँच, नगर–उपमहानगरपालिकाका वडा सभापतिले ६ र महानगरपालिकाका वडा सभापतिले सातजनालाई मनोनयन गर्न पाउनेछन् ।

वडा समितिमा एकतिहाइ सदस्य अनिवार्य महिला हुनुपर्ने व्यवस्था छ । विधानमा समावेशी सिद्धान्तअनुसार सबै समुदायको प्रतिनिधित्व, अल्पसंख्यक, अपांगता भएका व्यक्ति र युवाको प्रतिनिधित्वलाई समेत ध्यान दिँदै क्रियाशील सदस्यमध्येबाट वडासदस्य मनोनयन गर्नुपर्ने व्यवस्था छ ।

गाउँ, नगर, उपमहानगर र महानगरका वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिसमेत चयन हुनेछन् । कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार वडा र पालिका अधिवेशन सम्पन्न भएपछि असोज ७ गते जिल्ला र असोज १० गते प्रदेश अधिवेशन हुनेछ । त्यसपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा १५औँ केन्द्रीय महाधिवेशन हुनेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।