२०८३ कार्तिक ८ गते शनिबार
२०८३ कार्तिक ८ गते शनिबार

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको मृत्यु भएको भए पनि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हालसम्म यो एकल घटना रहेको र सर्वसाधारणमा व्यापक जोखिम नदेखिएको जनाएको छ।

डब्ल्यूएचओले फ्रान्सेली अधिकारीहरूसँग सम्पर्कमा रहेर घटनाको नजिकबाट निगरानी गरिरहेको जनाएको छ। घटनाबारे थप जानकारी प्राप्त भएपछि अद्यावधिक विवरण सार्वजनिक गर्ने सङ्गठनले बताएको छ।

शामोन्डा भाइरस मुख्यतः गाईवस्तुमा देखिने भाइरस हो। डब्ल्यूएचओका अनुसार यो भाइरस पहिलोपटक सन् १९६५ मा नाइजेरियामा गाईवस्तुमा पहिचान गरिएको थियो। गाईबाहेक भेडा, बाख्रा, घोडा र अल्पाकामा समेत यसको सङ्क्रमण देखिएको छ।

विश्व पशु स्वास्थ्य सङ्गठन (डब्ल्यूओएएच) का अनुसार सङ्क्रमित जनावरमा ज्वरो आउने, पखाला लाग्ने र दूध उत्पादन घट्नेजस्ता लक्षण देखिन सक्छन्। यसले जन्मिने बाच्छाबाच्छीमा जन्मजात असामान्यता पनि निम्त्याउन सक्छ।

यसअघि शामोन्डा भाइरसका अधिकांश घटना अफ्रिका र जापानमा देखिएका थिए। सन् २०२६ को गर्मीयाममा जर्मनीको दक्षिणी क्षेत्र र स्विट्जरल्यान्डका गाईवस्तुमा यो भाइरस पहिचान भएपछि युरोपमा पनि यसको उपस्थिति देखिएको हो। त्यसपछि अस्ट्रिया, बेल्जियम र फ्रान्सका जनावरमा समेत सङ्क्रमण भेटिएको छ।

कसरी सर्छ भाइरस?
यो भाइरस मुख्यतः कुलिकोइडिस नामक सानो उड्ने किराको टोकाइबाट जनावरमा सर्छ। यो किरा झिँगाजस्तै देखिन्छ। भाइरसको सङ्क्रमण फैलाउने किराको ठ्याक्कै प्रजाति पहिचान गर्न थप अध्ययन आवश्यक रहेको डब्ल्यूएचओले जनाएको छ।

सामान्य अवस्थामा एउटा जनावरबाट अर्को जनावरमा यो भाइरस सर्ने गरेको प्रमाण छैन। तर, सङ्क्रमित गर्भवती जनावरबाट गर्भमा रहेको भ्रूणमा भने सङ्क्रमण सर्न सक्छ।

शामोन्डा भाइरस अर्थोबुन्याभाइरस समूहमा पर्ने भाइरस हो। यो समूहका भाइरसको प्रकोप किराको मौसमी गतिविधिअनुसार चक्रमा देखिन सक्ने विश्व पशु स्वास्थ्य सङ्गठनले जनाएको छ।

विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने क्रम आज चौथो दिन पनि जारी रहनेछ । निधारमा रातो टीका र कानमा पहेँलो जमरा सिउरिएर मान्यजनबाट आशीर्वाद लिन नेपालीहरू टाढाटाढाबाट यात्रा गरिरहेका छन्। 

बडादशैंको मुख्य दिन विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ । यही दिनलाई टीका लगाउने विशेष दिनका रूपमा लिइन्छ । तर टाढा रहेका माइती, मावली तथा आफन्तकहाँ विजयादशमीकै दिन पुगेर टीका थाप्न सम्भव नहुने भएकाले त्यसपछिका दिनमा पनि टीका लगाउने चलन छ ।

दशैंको टीका लगाउने क्रम विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म जारी रहने परम्परा छ । 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो २ः३० बजे पत्रकार सम्मेलनमार्फत अभियान उद्घाटन गरिनेछ ।

कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्नेछन् ।

गत असोज २३ गते बसेको केन्द्रीय संयोजन समितिको बैठकले कात्तिक ७ देखि मंसिर २५ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

अभियानमा पार्टी संगठन सुदृढीकरण, सदस्यता नवीकरण, संगठन समायोजन तथा जनतासँगको सम्बन्ध विस्तारलाई प्राथमिकता दिइनेछ । साथै, बैठक, भेला, प्रशिक्षण, जनसेवा र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

महँगी, भ्रष्टाचार, बेरोजगारी, कालोबजारीलगायत जनजीविकाका समस्या उठाउँदै केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री र जिल्लामा सम्बन्धित निकायसमक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रमसमेत तय गरिएको छ ।

पार्टीले आगामी स्थानीय तह निर्वाचनअघि वडा तथा पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
​घरका पुराना सर सामानको व्यवस्थापन गर्ने क्रममा केही उपयोगी वस्तु फेला पर्नेछन्। खानपानमा विशेष ध्यान दिएर स्वास्थ्यलाई जोगाउनुहोला। आर्थिक कारोबार गर्दा हतार नगरी प्रष्ट हिसाब राख्नुपर्छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
​सृजनात्मक काममा समय खर्चिंदा मनमा छुट्टै किसिमको सन्तुष्टि मिल्नेछ। पारिवारिक जिम्मेवारी बढे पनि तपाईंले सहजै सम्हाल्नुहुनेछ। बेलुकीपख घुमघाम वा रमाइलो वातावरणमा समय बित्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
​व्यापारमा नयाँ प्रविधि वा अनलाइन माध्यमबाट फाइदा लिने अवसर जुर्नेछ। कसैको कुरा सुनेर भन्दा आफ्नै बुद्धि र विवेक प्रयोग गरेर निर्णय लिनुहोला। स्वास्थ्य सामान्य रहनेछ तर अल्छीपन हाबी हुन नदिनुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
​आफन्तसँगको पुरानो मनमुटाव आपसी समझदारीबाट सधैँका लागि मेटिनेछ। अध्ययन वा कुनै नयाँ भाषा सिक्ने क्षेत्रमा प्रगति हुनेछ। लगानी गर्ने सोचमा हुनुहुन्छ भने अनुभवी व्यक्तिको सल्लाह अनिवार्य लिनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लामो समयदेखि पर्खिरहेको जवाफ प्राप्त हुँदा अर्को कदम चाल्न सजिलो हुनेछ। किनमेलमा आवश्यक वस्तु मात्र छान्दा खर्च घट्नेछ। रिस उठेको बेला तुरुन्तै जवाफ नदिनु राम्रो हुन्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
घरमा पाहुना आउने वा कसैसँग भेटघाटको अवसर बन्नेछ। बगैँचा वा घर सजाउने काममा रुचि बढ्न सक्छ। कुनै सामान मर्मत गर्नुपर्ने भए बिग्रँदै जानुअघि नै ध्यान दिनुपर्ने हुन्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो सीप देखाउनुपर्ने काममा पछि नहट्नुहोला। परीक्षा वा अन्तर्वार्ताको तयारी गरिरहेकाले अभ्यासलाई प्राथमिकता दिनु उचित हुनेछ। कुनै समाचार सुनेर धारणा बनाउनुअघि त्यसको सत्यता बुझ्नुहोस्। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पैसासम्बन्धी कुरा गर्दा हिसाब स्पष्ट राख्नुहोला। कसैले दिएको वचन पूरा नभए शान्त रूपमा कुरा राख्नु राम्रो हुनेछ। खानाको समय नमिल्ने बानी छ भने त्यसलाई सुधार्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सभा समारोह वा सार्वजनिक कार्यक्रममा सहभागी हुने अवसर मिल्न सक्छ। आफ्नो कुरा राख्दा अरूलाई पनि बोल्ने ठाउँ दिनुहोला। अनावश्यक देखावटीमा खर्च नगर्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
कामको सूची बनाएर अघि बढ्दा अल्झिएका विषय क्रमशः टुंगिनेछन्। कुनै विवरण लेख्दा नाम, मिति र रकम दोहोर्‍याएर जाँच्नुहोला। अनुभवी व्यक्तिसँग सीपसम्बन्धी कुरा सिक्ने मौका उपयोगी बन्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आफ्नो प्रतिभा वा काम देखाउन लाज नमानी अघि बढ्नुहोला। उधारो वा साझेदारीको कुरा गर्दा सर्त पहिल्यै मिलाउनु आवश्यक छ। मनमुटाव भएको व्यक्तिसँग खुला कुरा गर्दा अन्योल हट्न सक्छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कामको सिलसिलामा नियम वा प्रक्रिया बुझ्नुपर्ने अवस्था आउन सक्छ। हतारमा निर्णय गर्नुभन्दा सम्बन्धित कागज राम्ररी पढ्नुहोला। घरका सामान सुरक्षित राख्ने र ढोका–चाबी जाँच्ने बानी अपनाउनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।