मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण ईभी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले उचित क्षतिपूर्ति र सरकारी सम्बोधनको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन् ।
पीडित परिवारले संघीय सरकारले विशेष निर्णय गरेर आफूहरूका माग सम्बोधन गर्नुपर्ने अडान राखेका छन्।
दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले यसअघि मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने तथा घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग राखेका थिए। तर, पछिल्लो समय उनीहरूले संघीय सरकारबाटै थप विशेष सम्बोधन हुनुपर्ने माग अघि सारेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये एक जनाको शव परिवारले बुझिसकेको छ भने बाँकी १३ जनाको शव हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ।
पीडित परिवार, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीलगायतको उपस्थितिमा भएको छलफल निष्कर्षविहीन बनेको थियो। पीडित परिवारका माग र क्षतिपूर्तिका विषयमा आज पनि छलफल हुने प्रहरीले जनाएको छ।
बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी हाइस दुर्घटनामा पर्दा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।
दुर्घटनामा आफन्त गुमाएका परिवार यतिबेला शोकसँगै न्याय र उचित राहतको प्रतीक्षामा छन्। उनीहरूले सरकारबाट ठोस निर्णय नआएसम्म शव नबुझ्ने अडान कायम राखेका छन्।
छठपर्व विधिवत आजबाट सुरु भएको छ । आज पर्वको प्रारम्भ गर्दै बर्तालुले ‘नहाय–खाय’ विधि गर्दैछन् ।
आज बर्तालुले पोखरी वा जलाशयमा पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनीतो खानेछन् । यो विधिलाई मिथिलामा ुनहाय–खायु भन्ने गरिन्छ ।
आज ‘नहाय–खाय’ विधि गर्ने बर्तालुले भोलि दिनभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।
त्यसपछि पर्सी (तेस्रो दिन) निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा उभिएर अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ ।
यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली भोली पल्ट (अन्तिम दिन) बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर देखाइएपछि छठपर्व सम्पन्न हुने परम्परा छ ।
मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब राष्ट्रिय पर्व नै बनिसकेको छ । पहाड, मधेसको सांस्कृतिक घुलमिलले छठपर्व अब साझा पर्व बन्दै गएको छ । यो पर्व मिथिला संस्कृतिको अभिन्न अङ्गका रूपमा स्थापित भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका गतिविधिहरूमाथि प्रश्न उठाएका छन् । शुक्रबार जनकपुरधाममा पत्रकारसम्मेलनमार्फत महामन्त्री पौडेलले सरकारले अन्य दलहरूमाथि नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन् ।
उनले पुराना पार्टीका पुराना नेताहरूजस्तै अहिलेको सरकार पनि कुनै कम नरहेको बताए । आफ्नो पार्टीमा मात्र नभई सरकारले अर्को पार्टीहरूमा कसलाई सभापति बनाउने, कसको पार्टी फुटाई दिने, कसलाई के दोष लगाइदिने जस्ता कार्यहरूमा केन्द्रित भएको महामन्त्री पौडेलले आरोप लगाएका छन् । आफ्नो पार्टीमा प्रश्न उठाउनेहरूलाई कसरी कमजोर बनाउने धन्दामा सरकार नेतृत्वको पार्टी लागि परेको पौडेलको भनाई छ ।
महामन्त्री पौडेलले रास्वपाले कांग्रेसभित्र किन हस्तक्षेप गर्नुप¥यो ? भनेर प्रश्न गरेका छन् । सरकारले गुटबन्दीको राजनिति सुरु गर्न खोजेको आभास भएको महामन्त्री पौडेलको भनाई छ । विगतमा राज्य सत्ता कब्जा गरेर शासन गर्न खोजेजस्तै अहिले पनि उही किसिमको कार्य भइरहेकोले पहिलेको सरकार र अहिलेको सरकारमा कुनै फरक नरहेको उनको भनाई छ ।
महामन्त्री पोडेलका अनुसार रास्वपा नेतृत्वको सरकारसँग प्रश्नहरूको सामना गर्ने क्षमता छैन । सरकारको गतिविधिले नेपालको लोकतन्त्रलाई समाप्त पार्ने महामन्त्री पौडेलको भनाई छ । जनताको अपेक्षा विपरीत सरकारले कार्य गरिरहेको उनले बताए । दुई तिहाइ बहुमत प्राप्त भएर बनेको सरकारलाई अझै के चाहिएको छ ? भनेर महामन्त्री पौडेलले प्रश्न गरेका छन् ।
कांग्रस पश्न गर्ने पार्टी भएकोले सरकारले काङ्ग्रेसमाथि प्रश्न नगरोस् भनेर सरकारले अनेकौँ प्रपञ्च गरिरहेको महामन्त्री पौडलले बताए । विधिको शासन र कानुनी राज्य रहेसम्म निर्दोषीलाई दोषी बनाउन नसकिने पौडेलको भनाई छ ।