२०८३ कार्तिक २७ गते बिहीबार
२०८३ कार्तिक २७ गते बिहीबार

एनपीएल : कर्णालीलाई हराउँदै प्लेअफ पुग्यो लुम्बिनी

लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ ।

बिहीबार सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी एक खेल अगावै प्लेअफमा पुगेको हो ।

कर्णालीले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले ६ विकेट गुमाएर १६ ओभर ४ बलमा पूरा गर्‍यो ।

लुम्बिनीका लागि डार्शी सर्टले सर्वाधिक ४६ रन बनाए भने दिलिप नाथले २८ रन जोडे ।

बलिङतर्फ कर्णालीका मार्क वाटले ४ विकेट लिए । पवन सर्राफ र हुसेन तलातले समान १ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले १९ दशमलव २ ओभरमा सवै विकेट गुमाएर १०५ रन बनायो ।

कर्णालीका लागि सोमपाल कामीले २८, हुसेन तलातले २४, गुलशनकुमार झाले १३ र पवन सर्राफले १२ रन बनाए । बाँकी ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङतर्फ लुम्बिनी लायन्सका लागि कप्तान रोहितकुमार पौडेल, डार्सी सर्ट, किशोर महतो र अभिषेश गौतमले दुई दुई तथा शेर मल्लले एक विकेट लिए ।

६ खेलबाट लुम्बिनी ९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । कर्णाली ६ खेलबाट ४ अंकसहित सातौं स्थानमा छ ।एनपीएल : कर्णालीलाई हराउँदै प्लेअफ पुग्यो लुम्बिनी

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।