२०८३ भाद्र ६ गते शनिबार
२०८३ भाद्र ६ गते शनिबार

काठमाडौं । बले भनेर चिनिने कलाकार सागर लम्सालमाथि बलात्कारको आरोप लागेको छ ।

अमेरिका बस्ने एक युवतीले वर्ष दिनअघि आफ्नो इच्छाविपरीत लम्सालले जबर्जस्ती करणी गरेको आरोप लगाएकी हुन् । त्यो घटनापछि आफू मानसिक रूपमा थप विक्षिप्त बनेको पीडित युवतीले फेसबुकमार्फत बताएकी छन् ।

पारिवारिक रूपमै चिनजान भएको व्यक्तिसँग भेट्दा मनमा शान्ति र हौसला मिल्ने ठानेर भेटेको युवतीले बताएकी छन् । लम्सालले ‘तिम्रो अपार्टमेन्ट हेर्न लैजाऊ’ भनेपछि उनले आफू बस्ने कोठामा लगेको बताएकी छन् ।

कोठामा पुगेपछि रुँदै आफूले भोगेका मानसिक पीडा सुनाइरहँदा लम्सालले जबर्जस्ती करणी गरेको युवतीको आरोप छ ।

सागर लम्साललाई समेत ट्याग गरिएको उक्त पोस्टअनुसार दुवै जनाबीच पारिवारिक रूपमै चिनजान थियो । युवतीले उनलाई ‘दाइ’ भनेर सम्बोधन गर्थिन् । लम्साल अमेरिका गएका बेला युवतीसँग भेट भएको थियो ।

नेपाल हुँदादेखि नै एन्जाइटी र डिप्रेसनजस्तो मानसिक समस्यासँग जुधिरहेको बताउने युवतीले आफ्ना बुबाको सुझावपछि नै लम्साललाई भेटेकी थिइन् ।

उनको यो पोस्टपछि धेरैले प्रतिक्रिया दिएका छन् । कमेन्टमा लम्साललाई पनि थुप्रैले प्रश्न गरेका छन् । तर लम्सालले यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । मोबाइल फोन पनि रिसिभ भएन ।

काठमाडौँ । ४० हजार रुपैयाँ घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले धनुषाको लालगढबाट प्रहरी निरीक्षक ओकिल अधिकारीलाई पक्राउ गरेको हो ।

उनलाई आज बिहान लालगढबाट घुससहित पक्राउ गरिएको अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासका सूचना अधिकारी उपसचिव प्रकाश पोखरेलले जानकारी दिए । अहिले आवश्यक कागजात संकलन गरेर प्रहरी निरीक्षक अधिकारीलाई अख्तियारको केन्द्रिय कार्यालय टंगालमा पठाउने तयारी भइरहेको उनले बताए ।

कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले निगरानी गर्दै आएको थियो । सोही क्रममा उनलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको हो ।

निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम गरिरहेको तस्बिर सार्वजनिक भएको छ । कार्यव्यस्तताका कारण घर जान नपाएपछि उनी मन्त्रालयकै सोफामा सुतेका हुन् ।

उनको निजी सचिवालयका अनुसार २४ घण्टा काममा व्यस्त मन्त्री गुरुङ मन्त्रालयमै सुतेका हुन् ।

यो तस्बिर फेसबुकमा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लेखेका छन्, ‘निर्माता भन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन ।’

पश्चिम एसियामा जारी द्वन्द्वका कारण अलपत्र परेका नेपालीको उद्धार गर्न नेपाल सरकारले आजदेखि तीन दिनसम्म विशेष उडान सञ्चालन गर्ने भएको छ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ३ अप्रिलमा काठमाडौँ-दुबई, ४ अप्रिलमा दुबई-काठमाडौं तथा ५ अप्रिलमा काठमाडौँ-दमाम-काठमाडौँ उडान गर्ने तालिका तय गरेको छ।

सरकारका अनुसार ती क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फर्काउन तथा गन्तव्य मुलुकसम्म पुर्‍याउन यो विशेष उडान सञ्चालन गर्न लागिएको हो।

यसअघि चैत १७ गते परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका उच्च अधिकारीबीच बैठक बसेर उद्धार र आवागमन सहज बनाउने विषयमा छलफल भएको थियो।

परराष्ट्रमन्त्री शिशिर खनालको निर्देशनपछि निगमले तीन दिनका लागि विशेष उडान सञ्चालन गर्ने निर्णय गरेको हो। पश्चिम एसियामा बढ्दो तनाव र असुरक्षाका कारण फेब्रुअरी २८ देखि नियमित उडानहरू स्थगित छन्।

उडान सञ्चालनका क्रममा आवश्यक बीमा व्यवस्थापनका लागि राष्ट्रिय बीमा कम्पनीले सहयोग गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिनिधि सभाको सभामुख चयनको प्रक्रिया आज (शुक्रबार) सुरु हुँदैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ ।

सचिवालयले उम्मेदवारको नामावली दिउँसो २ः३० बजे सार्वजनिक गर्ने जनाएको छ। प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ अनुसार सभामुखको निर्वाचन चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने बैठकमा हुने मिति ज्येष्ठ सदस्यले तोकेको छ ।

यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोलप्रसाद अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले अर्यालको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

हालको प्रतिनिधि सभामा रास्वपाको झण्डै दुई तिहाइ १८२ सांसद रहेकोले अर्यालको निर्वाचित हुने सम्भावना निकै उच्च छ । काठमाडौं क्षेत्र नं. ९ बाट निर्वाचित अर्याल यसअघि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पनि सम्हालेका थिए।

सचिवालयका अनुसार यदि एकभन्दा बढी उम्मेदवारी दर्ता भएमा निर्वाचन प्रक्रिया चैत २२ गतेको बैठकमा अघि बढ्नेछ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ ।

चैत २० गते बिहानैदेखि लागु हुने गरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीले दुवैजनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।

ओली र लेखकलाई प्रहरीले चैत १४ मा पक्राउ गरेको थियो ।यसअघि पहिलोपटक अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

प्रहरीले ओली र लेखकबारे भदौ २३ मा भएको जेनजी आन्दोलनमा दमन गरेको कसुरमा अनुसन्धान गरिरहेको छ । आज म्याद थपको लागी प्रहरीले दुवैजनालाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराएको थियो ।

यही चैत २२ गते हुने प्रतिनिधिसभाको सभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रतिनिभिसभाको आजदेखि सुरु भएको पहिलो अधिवेशनको पहिलो बैठकमा अध्यक्षता गर्ने ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले दिनुभएको निर्देशन बमोजिम संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयले कार्यतालिका सार्वजनिक गर्नुभएको हो ।

सो कार्यतालिका बमोजिम यही चैत २० गते बिहान ११ बजेदेखि २ बजेसम्म प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नियमावालीको ढाँचामा प्रस्तावको सूचना (मनोनयन) संसद् सचिवालय, सिंहदरबारमा दर्ता गर्ने कार्यक्रम रहेको छ । सोही दिन २ः३० बजेदेखि तोकिएको समयमा दर्ता भएका उम्मेदवारीको सूचना दर्ता क्रम अनुसार सूची प्रकाशन हुनेछ ।

दर्ता भएका प्रस्तावका सूचनालाई चैत २२ गते हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तावले प्रस्ताव र समर्थकले समर्थन गर्ने र सामूहिक छलफल पश्चात् निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सभामुखको लागि पार्टी उपसभापति डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय भएको छ ।

संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले प्रस्ताव गरेको बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ ।

गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि भेरी नदिमा अन्त्यष्ठि गरिएको छ ।

सामुहिक बलात्कार पछि इनिशाको हत्या गरिएको र दोषिलाई कारवाही नहुँदासम्म शव नबुझ्ने परिवारको अडान पछि २७ दिनदेखि इनिशाको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको थियो ।

घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरी अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिए पछि परिवारले शव बुझ्न सहमत भएका थिए । दुई साता लामो अनुसन्धान पछि प्रहरीले गत साता सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

आइतबार सरकारी वकिल कार्यालयले सुर्खेत जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा मंगलबार भएको थुकछेक बहस पछि घटनामा संलग्नलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । सुर्खेत जिल्ला अदालतका बाल इजलासका न्यायाधीश दीपक ढकालको इजलाशले आरोपित चारै जनालाई थुनामा राख्न आदेश दिएको थियो । अदालतको आदेशअनुसार उनीहरूलाई बालसुधार गृहमा पठाइने भएको छ ।

फागुन २३ गते शनिबार बिदाको दिन बिहान ६ बजे नै ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।