२०८३ भाद्र ६ गते शनिबार
२०८३ भाद्र ६ गते शनिबार

राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन् ।

‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ खर्ब खर्च हुने अवस्था छ । राजनीतिक दलका कार्यकर्ता सेटल्मेन्ट गर्न ल्याइएको प्रदेश संरचना यही संसद्‌बाट यही सरकारले खारेज गर्छ भने दुई तिहाइ बहुमत पुर्‍याउन १८४ चाहिन्छ १८७ हामी पुर्‍याउँछौं,’ उनले भने ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै जेनजी आन्दोलनमा ७६ जना युवाहरूले आफ्नो जीवन बलिदान गरेकोले निष्पक्ष छानबिन भएर कारबाही गर्न आग्रह गरे ।

उनले भने, ‘जेनजी आन्दोलनमा ७६ जना युवाहरूले आफ्नो जीवन बलिदान गरे । २५ सयभन्दा बढी युवाहरू घाइते भए, अपांग भए । राष्ट्रसेवक प्रहरीको घाँटी रेटीरेटी क्रूरतापूर्वक हत्या भयो । निष्पक्ष छानबिन भएर कारबाही होस्, म यो सरकारलाई यो अपिल गर्न चाहन्छु ।
तत्कालीन सरकारको घमण्डले देश नै अशान्तिको ज्वालामा होमिएको उनले टिप्पणी गरे । उनले आज एउटा बैठक कक्षलाई संसद् भवन मानेर कार्य सञ्चालन गर्दै गर्दा यस्तो अवस्था फेरि आउन नदिन अहिलेको सरकारलाई हेक्का रहनुपर्ने बताए ।

उनले भने, ‘अघिल्लो सरकारको घमण्डले सरकार मात्रै ढलेन, देश नै अशान्तिको ज्वालामा होमियो । सिंहदरबार जले, भौतिक संरचनाहरू ढले । संसद् भवन समेत जल्यो, आज एउटा बैठक कक्षलाई संसद् भवन मानेर कार्य सञ्चालन गरेका छौँ। यो अहिलेको सरकारलाई हेक्का रहोस् ।’

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद हर्क साम्पाङले बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सदन र सरकारमा समय व्यवस्थापन र जनताका मागप्रति गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

साम्पाङले आफूले आफैंलाई परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै समयको मूल्य बुझ्नुपर्ने बताएका छन् ।

उनले भने, ‘सबैभन्दा पहिले आफूले आफैंलाई परिवर्तन गर्नुपर्छ । अघिल्लो सपथ ग्रहणको दिन पनि १२ मिनेट ४६ सेकेण्ड ढिलो थियौं भने आज १६ मिनेट ५५ सेकेण्ड हामी ढिलो भएका छौं । जनताले हामीलाई यसरी ढिलो गर भनेर पठाएको हो जस्तो लागेन । त्यसैले प्रत्येक मिनेटको महत्व यो सदनले बुझोस्, सरकारले बुझोस्, हामी सबैले बुझौं । नेपाली हो, नेपाली समय २ बजेको बैठक ३ बजे जाँदा पनि हुन्छ, जे गर्दा नि हुन्छ भनेर भाष्य मनमा लिएर बसेका छौं, त्यो नै उन्नति गर्न नसक्नुको मुख्य कारण हो।’

साथै उनले एमसीसी खारेज गर्न माग गरेका छन् । उनले सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी अमेरिकी सहायता परियोजना एमसीसी खारेजी गर्नुपर्ने बताए ।

उनले भने, ‘म आफनो मन्तव्य राख्नुभन्दा पनि सरकारले कसो गर्नुपर्ने हो । म जनताको मागहरु जनताले चाहेका कुराहरु के कस्ता छन् भन्ने कुरा बुँदागत रुपमा बाचन गर्न चाहन्छु । पृथ्वी रहिरहुन्जेलसम्म यो देश रहनुपर्छ । हाम्रो देशको अंकित झण्डा रहिरहनुपर्छ । यो मान्यता राख्दर्छौं । देशको स्वाधिनता र असंलग्न परराष्ट्र नीतिलाई बचाइ राख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी एमसीसी खारेज गर्नुपर्छ भनेर माग गर्दछु ।’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलित समुदायमाथि भएको ऐतिहासिक अन्यायप्रति सरकारको तर्फबाट सार्वजनिक रूपमा माफी मागेका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आफ्ना मित्र खगेन्द्र सुनार निर्वाचित भएर सदनमा आएको प्रसंग उठाउँदै चुनावी दौडका क्रममा आएका विवादबारे उल्लेख गरे ।

उनले भने, ‘मेरा मित्र खगेन्द्र सुनार निर्वाचित भएर यहाँ आउनु भएको छ । चुनावी दौडमा रहँदा उहाँका विषयमा विवाद आयो । थाहा छैन, उहाँले गल्ती गर्नुभयो या भएन । तर उहाँले माफी माग्नुभयो । उहाँले गल्ती गर्नुभयो कि गर्नुभएन भन्ने अन्योलबीच पनि उहाँले छिट्टै माफी माग्नुभयो ।’

लामिछानेले त्यसलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै सिङ्गो देशलाई सम्बोधन गर्दै भने, ‘खगेन्द्र सुनारहरु माथि युगौंयुगसम्म गरेको अन्यायको लागि हामीले माफी माग्यौं ।’

उनले सदनबाट पहिलोपटक सामूहिक रूपमा ऐतिहासिक विभेदप्रति क्षमायाचना गरिएको दाबी गरे ।
उनले भने, ‘यो केवल सामाजिक गल्ती थिएन, संगठित अपराध थियो ।’

उनका अनुसार शताब्दीयौँदेखि सीप भएका समुदायलाई अछूत ठान्ने प्रवृत्तिले देशको विकासमा अवरोध सिर्जना गरेको थियो । उनले अब जातका आधारमा कसैले पनि झुक्न नपर्ने उल्लेख गर्दै सरकारको तर्फबाट पुनः माफी मागेका हुन् ।

‘यो देश किन बनेन थाहा छ । किनकी जसका हातमा सिप थियो तिनलाई हामीले अछुत मान्यौं । अब कुनैपनि नेपाली जातका नाममा झुक्नुपर्ने छैन । म सिङ्गो पार्टी, सम्माननीय प्रधानमन्त्रीज्यू र सरकारको तर्फबाट माफी माग्छु ।’

उनले माफीको मूल्य न्यायले निर्धारण गर्ने पनि बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले जनताले आफ्नो पार्टीलाई सिंहदरबार चलाउन नभएर बदल्नका लागि म्यान्डेट दिएको बताएका छन्।

प्रतिनिधि सभाको पहिलो बैठकमा सम्बोधन गर्दै उनले आफ्नो नेतृत्वले देश रूपान्तरणको काम सुरु गरिसकेको दाबी गरे। उनले अब परिणाममुखी काममार्फत परिवर्तन देखाइने स्पष्ट पारे।

‘हामी सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं। यसको सुरुवात हामीले गरिसकेका छौं,’ उनले भने, ‘हामी बोलेर होइन, काम गरेर देखाउन चाहन्छौं।’

सभापति लामिछानेको भनाइलाई नयाँ राजनीतिक शक्तिको रूपमा प्रणालीगत सुधारतर्फ केन्द्रित प्रतिबद्धताका रूपमा हेरिएको छ।

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आशिष गजुरेल प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो बैठकमा सहभागी हुन साइकल चढेर संघीय संसद् भवन पुगेका छन्।

गजुरेल सार्वजनिक यातायात पूर्वाधारका विज्ञ पनि हुन्। उनले सम्भव भएसम्म पैदल हिँड्न वा सार्वजनिक यातायात प्रयोग गर्न सुझाव दिएका छन्। सांसदको यो गतिविधि सार्वजनिक भएको फोटोमा उनी दौरा-सुरुवाल लगाएर माउन्टेन बाइक चढेर सिंहदरबार पुगेको देखाइएको छ।

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभा बैठकमा आफूलाई दिइएको समयप्रति असन्तुष्टि जनाउँदै लामो मन्तव्य राख्ने इच्छा व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको नयाँ अधिवेशन आजबाट सुरु हुँदैछ । पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची तय गरिएको छ । शुभकामना मन्तव्यका लागि दलहरूको सांसद सङ्ख्याको आधारमा समय बाँडफाँट गरिएको छ, जसअनुसार श्रम संस्कृति पार्टीलाई ७ मिनेट समय छुट्याइएको छ ।

सोही पार्टीबाट अध्यक्ष साम्पाङले नै सम्बोधन गर्ने तयारी रहेको छ । तर उनले सामाजिक सञ्जालमार्फत आफूलाई दिइएको समय पर्याप्त नभएको संकेत दिएका छन् ।

‘७ मिनेट मात्रै बोल्न दिने भन्ने खबर आयो । ७ मिनेट होइन १ घण्टा ७ मिनेट बोल्न मन छ,’ उनले उल्लेख गरेका छन् । देशको स्वाधीनता, सम्प्रभुता, नागरिकका पीडा तथा विकासको आकांक्षालाई विस्तृत रूपमा उठान गर्न चाहेको उनको भनाइ छ ।

काठमाडौं । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ः०० बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए । संसद्का बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिलगायत सम्पूर्ण तयारी पूरा भइसकेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

सङ्घीय संसद्अन्तर्गतको माथिल्लो सभा (राष्ट्रियसभा) को बैठक भने सङ्घीय संसद् सचिवालयस्थित राष्ट्रियसभा कक्षमा बस्नेछ । राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

निर्वाचन आयोगले यही चैत ५ गते ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ निर्वाचन परिणामसहितको प्रतिवेदन’ राष्ट्रपतिसमक्ष बुझाएको थियो । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच र एक स्वतन्त्र सांसदको उपस्थिति रहेको छ ।

प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै
आजको बैठकमा तीन अध्यादेश पेस हुँदैछन् । बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन)अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

त्यसअघि बैठकमा सभाका ज्येष्ठ सदस्य/सभामुख अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवशेन आह्वानसम्बन्धी पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउनेछन् ।

बैठकमा सभामुखले नेपालको संविधानको धारा, १०४ बमोजिम प्रतिनिधिसभाले आफ्नो नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्नुहुने सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

आज सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनय गर्नुहुने सम्भावित कार्यसूची रहेको छ । बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएको महासचिव पाण्डेयले जानकारी दिए ।

सोही बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनका लागि दिन तोक्नेछ । बैठकको अन्त्यमा सभामुखले संविधानसभाका सदस्य एवं पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधासभा तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहोराको शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाको आजदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सुरु भएको छ । 

परीक्षामा पाँच लाख १२ हजार ४२१ जना सहभागी छन् । जापानको एक परीक्षा केन्द्रमा २३ जना सहभागी भएका छन् । परीक्षामा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना सहभागी छन् ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ । आज पहिलो दिन परीक्षार्थीले अहिले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । परीक्षा आउँदो २९ गते सकिनेछ ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र परीक्षण सम्पन्न गरिसक्ने योजना छ । उत्तरपुस्तिका परीक्षक र संपरीक्षकलाई परीक्षण केन्द्रमा नै रहेर परीक्षण गर्न भनिएको छ । परीक्षण केन्द्र रहेको विद्यालय भवनको सम्भव भएसम्म सिसिटिभी जडान भएको सुरक्षित कक्षमा परीक्षण र संपरीक्षण गराउने व्यवस्था गरिएको छ भने परीक्षण केन्द्रबाट उत्तरपुस्तिका बाहिर लैजाने, तोकिएका परीक्षकको सट्टामा अन्यले परीक्षण गर्ने, तोकिएको योग्यता नपुगेका शिक्षकले परीक्षण गर्ने, उत्तरपुस्तिकाको पोका हराउन वा मिसिन सक्ने जस्ता अनियमितता रोक्ने प्रबन्ध गरिएको छ ।

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दिएको रिट उच्च अदालतले खारेज गरेको छ। पाठकले बस्नेतविरुद्ध जबरजस्ती करणको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन्।

उच्च अदालतका न्यायाधीश सोमकान्त मैनाली र केशव अधिकारीको संयुक्त इजलासले पाठकको रिट खारेज गर्दै जिल्ला सरकारी वकिल काठमाडौंको निर्णय सदर गरेको हो।

पाठकले जिल्ला प्रहरी परिसरमा बस्नेतविरुद्ध उजुरी दिएकी थिइन्। उनको रिटमा दाबी नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध पाठक उच्च अदालत गएकी थिइन्। उच्चको यो फैसलासँग महेश बस्नेतविरुद्ध शोभा पाठकको आरोप खारेज भएको छ।

रिट खारेज गर्ने अदालतले आदेश दिएसँगै बस्नेतले विगत तीन वर्षदेखि दिँदै आएको दुःख आजबाट अन्त्य भएको बताएका छन्।

उनले भनेका छन्, ‘झुटा मुद्दा र बनावटी विवरण पेस गरेर राजनीतिक आग्रह बोकेका केही व्यक्तिहरूको उक्साहटमा ममाथि लगाइएका आरोपहरू पहिलो पटकमै खारेज भएका थिए। त्यसपछि पूरक जाहेरीका नाममा गरिएको दोस्रो प्रयास पनि उच्च अदालत पाटनबाट खारेज भएको छ।’

उनले आफ्नो चरित्रहत्या गर्ने र परिवारलाई समेत अनावश्यक दुःख दिइएको गुनासो गरेका छन्। गृहमन्त्री सुधन गुरुङको निर्देशनमा गिरफ्तारको दुष्प्रयास समेत भएको भन्दै यी सम्पूर्ण घटनाकाविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।