
म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् ।
२२ हजार ८५० मतका साथ उनी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरे ।
नेपाली काँग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८८४ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गरे । म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी भएका छन् । लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् ।
उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् । लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गरेका हुन् ।
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा मोरङ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रूविना आचार्य विजयी भएकी छन् । उनीले ५५ हजार ५१३ मत प्राप्त गरेर विजयी भएकी हुन् ।
निकटतम प्रतिस्पर्धी कांग्रेसका शेखर कोइराला भए । उनले १२ हजार ८५० मत प्राप्त गरेका छन् । शेखरको तुलनामा रविनाले चार गुणा भन्दा बढी मत प्राप्त गरेकी हुन् । रूविनाले शेखरलाई ४२ हजार ६६३ मतान्तरले पराजित गरेकी हुन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका १० निर्वाचन क्षेत्रमै ‘क्लिन स्वीप’ गरेको छ । हरेक क्षेत्रमा रास्वपाले भारी मतान्तरले जित निकालेको छ । कांग्रेस–एमालेसहित उमेदवार फराकिलो मतान्तरसहित पराजित हुँदा प्रतिस्पर्धीहरू धेरैको जमानतसमेत जफत भएको छ । काठमाडौंका २२६ उमेदवारको जमानत जफत भएको छ ।
काठमाडौं–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना निर्वाचित हुँदा कांग्रेस र रास्वपाबाहेक सबै उमेदवारको जमानत जफत भएको छ । कुल २९ हजार ४०० मत सदर भएकोमा दुई हजार ९०० भन्दा कम मत पाउने सबैको जमानत जफत भएको हो । काठमाडौं–१ मा एमाले, नेकपासहित २६ उमेदवारका जमानत जफत भएको छ ।
काठमाडौं–२ मा रास्वपाकै सुनिल केसी फराकिलो मतान्तरसहित निर्वाचित भए । उनले २४ हजार २६९ मत पाउँदा कांग्रेसका कविर शर्माले ६ हजार ९८९ र राप्रपाकी कुन्तिदेवी पोखरेलले चार हजार १३८ मत ल्याएर जमानत जोगाएका छन् । त्यसबाहेकका २५ उमेदवारको जमानत जफत भएको छ ।
काठमाडौं–३ मा रास्वपाकै राजुनाथ पाण्डे १८ हजार ७५७ मतसहित निर्वाचित भए । यहाँ उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ ११ हजार १७१ मतसहित दोस्रो भए भने कांग्रेसका रमेश अर्याल ६ हजार मत ल्याएर तेस्रो भए । त्यसबाहेक चौथो भएका एमालेका रामेश्वर फुयालसहित १९ जनाको जमानत जफत भएको छ ।
काठमाडौं–४ मा रास्वपाका पुकार बम २३ हजार ४८८ मतसहित निर्वाचित भए । उनीपछि दोस्रो भएका नेपाली कांग्रेसका सचिन घिमिरेले ६ हजार ९५९ मत पाए । तेस्रो भएका एमालेका राजन भट्टराईले पाँच हजार २३७ मत पाएका छन् । त्यसबाहेकका २४ उमेदवारको जमानत जफत भएको छ ।
काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेल २७ हजार ४७७ मतसहित निर्वाचित भए । यहाँ दोस्रो भएका कांग्रेसका प्रदीप पौडेलको आठ हजार २११ मत छ । तेस्रो भएका ईश्वर पोखरेल र त्यसपछिका सबै उमेदवारको जमानत जफत भएको छ । यहाँ जमानत जफत हुने उमेदवारको संख्या २४ छ ।
काठमाडौं–६ मा रास्वपाकै शिशिर खनाल निर्वाचित भएका छन् । उनले २७ हजार ७१९ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका कृष्ण सवुज बानियाँले ६ हजार ७५१ मत ल्याएर दोस्रो भए । एमालेका अमनकुमार मास्के चार हजार २६८ मतसहित तेस्रो भए । उनीपछि राप्रपाका उद्धवराज भेटवालसहित १७ उमेदवारको जमानत जफत भएको छ ।
काठमाडौं–७ मा रास्वपाका गणेश पराजुली २७ हजार ८०५ मतसहित निर्वाचित भए । दोस्रो भएका कांग्रेसका प्रमोदहरि गुरागाईंले तीन हजार ९८२ मत ल्याएर दोस्रो भए पनि उनको जमानत जोगिएन । उनीसहित २५ उमेदवारको यहाँ जमानत जफत भएको छ ।
काठमाडौं–८ मा रास्वपाकै विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मतसहित निर्वाचित भए । यहाँ नेकपाका सुमन सायमी तीन हजार २१७ मत ल्याएर दोस्रो भए पनि उनको जमानत जोगिएन । यहाँ कांग्रेसकी सपना राजभण्डारी जोशी र एमालेका राजेश शाक्यसहित २१ उमेदवारको जमानत जफत भएको छ ।
काठमाडौं–९ मा रास्वपाकै डोलप्रसाद अर्याल (डीपी) २७ हजार ४१३ मतसहित निर्वाचित भए । यहाँ कांग्रेसकी नानुमैयाँ बास्तोला चार हजार ४३९ मतसहित दोस्रो भएर जमानत जोगाइन् । त्यसपछिका एमालेका अजयक्रान्ति शाक्यसहित २२ उमेदवारका जमानत जफत भएको छ ।
काठमाडौं–१० मा रास्वपाका प्रदीप विष्ट ३७ हजार ४६९ मतसहित निर्वाचित भए । यहाँ कांग्रेसका हिमाल कार्की आठ हजार एकसय मतसहित दोस्रो भएर जमानत पनि जोगाए । तर, तेस्रो भएका एमालेका विनोद श्रेष्ठले चार हजार ८६४ मत ल्याउँदा उनको जमानत जोगिएन । उनी र नेकपाकी रुपा महर्जन, राप्रपाका बलराम थापासहित २३ उमेदवारको जनमत जफत भएको छ ।
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन् ।
शुक्रबार राति सम्पन्न मतगणनाअनुसार उनी १० हजार ६ सय ४५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटमतम प्रतिद्वन्दी रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मत प्राप्त गरेका छन्।
काठमाडौं निर्वाचन क्षेत्र- ३ मा कुलमानलाई हराउँदै राजुनाथ पाण्डे विजयी भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका हुन्।
उनी १८ हजार ७५७ मत पाएर विजयी भएका हुन्।
कुलमानले ११ हजार १७१ मत पाएर दोस्रो स्थानमा रहेका निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिंइन्।
काठमाडौं । मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।
मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले दिएको जानकारीअनुसार गुरुङ २४१५ मतसहित निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत ल्याइन् । नेशनल मंगोल अर्गनाइसेजनका रामबहादुर घलेले ९ मत ल्याएका छन् ।
यो नेपाली कांग्रेसको दोस्रो जित हो ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।
पूर्वप्रधानमन्त्री प्रचण्ड १० हजार २४० मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाएका छन् ।
नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत पाइन् ।
यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी उम्मेदवार सन्दीप पुनले २०३, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उम्मेदवार जुद्धबहादुर बुढामगरले १९१ मत पाएका छन् ।
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ८ मा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ भारी मतान्तरले विजयी भएका हुन्।
उनले २४ हजार ५ सय ९२ मत ल्याएका छन्। यहाँ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुमन सायमिले ३ हजार २ सय १७ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली काँग्रेसकी उम्मेदवार सपना राज भण्डारीले २ हजार ८ सय ३५ मत ल्याइन् भने नेकपा एमालेका राजेश शाक्यले एक हजार ९ सय ९ र राप्रपाका उम्मेदवार नवीन शाहीले १ हजार ९ सय ९ मत प्राप्त गरेका छन्।
उज्यालो नेपालका उम्मेदवार राजन खड्गीले एक हजार ३३ मत ल्याएका छन्। यससँगै काठमाडौँका १० क्षेत्रमध्ये रास्वपाले ३ क्षेत्र जितिसकेको छ।
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतले आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलास उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए ।
उक्त रिटमाथि शुक्रबार सुनुवाइ गर्दै उनलाई थुनामुक्त गर्ने आदेश दिइएको हो ।
प्रहरीले पछिल्लो पटक उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।




