जान्नुहोस् अनार कुन कुन रोगका बिरामीले खानुहुँदैन ।

0
944

मौषमी फलफुल खानु स्वास्थ्यको लागि अत्यन्तै फाइदाजनक हुन्छ भन्ने सबैलाई जानकारी भएकै कुरा हो । तर फलफुल सेवन गर्दा पनि सावधानी अपनाउनु पर्छ भन्ने सुन्दा तपाईलार्य अचम्म लाग्न सक्छ । हिजो आज अनारको सिजन भएकाले बजारमा सस्तो मुल्य मै पाइने भएकाले जस्ले जति बेला पनि खान सक्छन् तर त्यसले कस्ता ब्यक्तिलाई फाईदा गर्छ र कस्तालाई हानी गर्छ भन्ने चाही बुझ्नै पर्छ । अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ। तर कस्ता ब्यक्तिले अनार खाने र कस्ताले
नखाने भन्ने चाँही जान्नु पर्छ । जुन हामीले तल उल्लेख गरेका छौ ।

१, तौल घटाउन चाहने व्यक्ति
यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

२, प्रेसर लो हुने व्यक्ति
अनारमा पाइने एंटीऑक्सीडेंट्सका कारण प्रेसर लो हुने हुँदा प्रेसर लो हुने ब्यक्तिले अनार खानु हुदैन।

३, मधुमेह रोगि
अनार खानाले सुगरको मात्रा बढ्ने हुदा मधुमेह रोगीले अनार खानु हुदैन।

४, कलेजोमा समस्या भएका व्यक्ति
अनारमा पाइने एंजाइम्सले कलेजोको एंजाइम्समा असर पुर्याउने हुनाले कलेजोमा समस्या भएका व्यक्तिले अनार खानु हुदैन।

५, कब्जियत
अनारमा फाईबर्सको मात्रा अधिक हुने हुदा कब्जियत र पेटमा ग्यास बढाउछ। त्यसैले अनार खानु हुदैन।

६, औषधि लिइरहेको व्यक्ति
यदि तपाई बिपी वा कोलेस्ट्रोल कम गर्ने औषधि लिइरहनु भएको छ भने अनार खानु हुदैन। अनार खादा औषधिले काम गर्दैन।

७, दम रोगी
दम रोगीले अनार खादा दम झन् बढ्ने हुँदा दम रोगीले अनार खानु हुदैन।