
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ । उनी धनुषा क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए ।
निर्वाचन आयोगका कार्यवहाक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साहको उम्मेदवारी खारेज गर्ने निर्णय भएको पुष्टि गरे ।
धनुषा निर्वाचन क्षेत्र नम्बर-१ का मुख्य निर्वाचन अधिकृत मनोज बरालका अनुसार साहविरुद्ध गत १० फागुनमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । साहको स्वामित्वमा रहेको कमल निर्माण सेवा कालोसूचीमा रहेको उजुरी थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो उजुरी ११ फागुनमा निर्वाचन आयोगमा पठाएको थियो । यसपछि आयोगले गत ११ फागुनमा उम्मेदवार साहसँग स्पष्टीकरण माग गरेको थियो ।
आयोगको १८ फागुनको निर्णयले उनको उम्मेदवारी खारेजी गर्ने निर्णय गरेको थियो ।
सो पत्र आयोगले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाएको अधिकृत बरालले बताए ।
सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले गोरखाको पालुङटार नगरपालिका- ९ घर भएका ३१ वर्षीय आयन सेढाइलाई पक्राउ गरेको हो ।
भुम्डोल बस्दै आएका उनीबाट राइफल र एसएलआरको ४ राउण्ड गोली, प्लाष्टिक राउण्ड २ वटा, सट गनमा लाग्ने राउण्ड १ वटा, खुकुरी एक थान तथा सोको दाप २ थान, बन्चरो १ र सिरिन्ज ५ वटा बरामद भएको छ ।
उनलाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीमा बुझाइएको सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टले बताए । उक्त राईफल तथा हतियारमा लाग्ने गोली जेनजी आन्दोलनमा लुटिएको हुनसक्ने आशंका गरिएको छ ।
काठमाडौँ । आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ उपत्यका छाड्ने यात्रुको संख्या बढेको छ । उपत्यकाबाट गाउँ फर्किने मानिसहरूको भीड बढेको हो ।
कोटेश्वर, जडीबुटी, नयाँबसपार्क र नाकामा क्षेत्रमा बिहानैदेखि मानिसहरूको भीड लागेको छ । मतदानका लागि यसपटक साढे आठ लाख यात्रु बाहिरिने अनुमान गरिएको छ ।
विराटनगर । नेपाली सेनाको बम डिस्पोजल टोलीले मोरङ र ताप्लेजुङमा फेला परेका दुई शंकास्पद वस्तु सुरक्षित रूपमा निष्क्रिय गरेको छ।
मोरङ जिल्लाको विराटनगर महानगरपालिका–७, डाँफे चोकमा गए राति कालो प्लास्टिकको पोकाभित्र शंकास्पद वस्तु रहेको सूचना प्राप्त भएपछि नेपाली सेनाको विराटनगर विमानस्थलमा तैनाथ बम डिस्पोजल टोलीसहितको फौज परिचालन गरिएको थियो। सुरक्षा घेरा कायम गरी उक्त क्षेत्रलाई नियन्त्रणमा लिएपछि आज बिहान ०६:५४ बजे उक्त वस्तु निष्क्रिय गरिएको सेनाले जनाएको छ।
यसैगरी, ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–३, पञ्चमीस्थित हाङपाङ–दोभान भित्री कच्ची सडकखण्डमा आज बिहान ०९:१० बजे कालो टेपले बेरिएको अर्को शंकास्पद वस्तु फेला परेको थियो। जानकारी प्राप्त हुनासाथ हाङपाङ सुरक्षा वेशमा तैनाथ बम डिस्पोजल टिमसहितको फौज परिचालन गरी उक्त वस्तु १२:०१ बजे सुरक्षित रूपमा निष्क्रिय गरिएको सेनाले जनाएको छ ।
निर्वाचन सुरक्षालाई लक्षित गर्दै पूर्वी पृतना अन्तर्गत कोशी प्रदेशका सम्पूर्ण जिल्लामा करिब १२० स्थानमा बम डिस्पोजल टिम तैनाथ गरिएको छ। साथै, सम्बन्धित क्षेत्रमा कुनै शंकास्पद वस्तु देखा वा फेला परेमा नजिकैका सुरक्षा निकायलाई तत्काल जानकारी गराउन पूर्वी पृतना हेडक्वाटरले सर्वसाधारणमा अपिल गरेको छ।
घटनामा कुनै मानवीय क्षति नभएको र स्थिति सामान्य रहेको सेनाले स्पष्ट पारेको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ।
निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित हुने जानकारी दिएका हुन्।
उनले सूचनामार्फत भनेका छन्, ‘पेट्रोलियम पदार्थको आयात पाइप लाइनमार्फत नियमित रूपमा भइरहेको र आसन्न निर्वाचनको समयमा पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको आयात जारी रहनेछ।’
उनले पेट्रोलियम पदार्थको अनावश्यक रूपमा जेरी क्यान, ड्रममा स्टोर गर्दा हुनसक्ने सम्भावित आगजनीजन्य दुर्घटनाको जोखिमलाई मध्यनजर गरी जेरी क्यान, ड्रममा पेट्रोलियम पदार्थ भर्न निषेध गरिएको पनि जानकारी गराएका हुन्।
सम्भावित आगजनीजन्य दुर्घटनाको जोखिम न्यूनीकरण गर्न आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गरी सहयोग गर्न पनि नियमले सम्पूर्ण उपभोक्ता वर्गमा अनुरोध गरेको छ।
काठमाडौं । आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले ‘मौन अवधि’ सुरु गरेको छ । मतदान अघिको ४८ घण्टादेखि निर्वाचन आयोगले मौन अवधि सुरु गरेको हो ।
मौन अवधि सुरु भएसँगै निर्वाचन प्रचारप्रसारका सम्पूर्ण गतिविधिमा पूर्ण रोक लगाइएको छ । यस समयमा राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी र मतदाता लगायतका सबै सरोकारवालाहरूले निर्वाचन आचारसंहिताको पालना गर्नुपर्ने आयोगले जनाएको छ ।
प्रचारप्रसार र सभा/सम्मेलनमा पूर्ण बन्देज : निर्वाचन आयोगका अनुसार मौन अवधिमा कुनै पनि प्रकारका चुनावी सभा, सम्मेलन, कार्यशाला, गोष्ठी वा अन्तरक्रिया गर्न पाइने छैन । मतदातालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पार्ने गरी गरिने जुलुस, प्रदर्शन वा कुनै पनि किसिमका राजनीतिक जमघटमाथि प्रतिबन्ध लगाइएको छ ।
सामाजिक सञ्जाल र डिजिटल माध्यममा निगरानी : यस पटकको निर्वाचनमा सामाजिक सञ्जालमार्फत हुन सक्ने प्रचारप्रसारलाई रोक्न आयोगले कडा नीति अख्तियार गरेको छ । फेसबुक, ट्विटर (एक्स), टिकटक, भाइबर जस्ता सामाजिक सञ्जाल वा अनलाइनका माध्यमबाट कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री सम्प्रेषण गर्न पाइने छैन । दलका भातृ संगठनहरूले पहिले नै पोस्ट गरेका विज्ञापन तथा प्रचार सामग्रीहरू समेत यो अवधिमा हटाउनुपर्ने प्रावधान छ ।
भोजभतेर र होहल्ला गर्न नहुने : मौन अवधिमा बाजागाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोजभतेर आयोजना गर्न वा मतदातालाई प्रलोभनमा पार्ने कुनै पनि गतिविधि गर्न निषेध गरिएको छ । मतदान केन्द्र वरपरको शान्ति भङ्ग हुने गरी कुनै पनि किसिमको हुलहुज्जत, होहल्ला वा त्रास सिर्जना गर्ने कार्य गरेमा कानुन बमोजिम कारबाही हुने आयोगले चेतावनी दिएको छ ।
प्रचार सामग्री हटाउन निर्देशन : मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका ब्यानर, झण्डा र अन्य प्रचारप्रसारका सामग्रीहरू ४८ घण्टा अगावै हटाइसक्नु पर्नेछ । साथै, साउण्ड सिस्टम, एसएमएस वा अन्य कुनै पनि विद्युतीय माध्यमबाट मत माग्ने कार्यलाई पूर्णतः रोक लगाइएको छ ।
मतदानमा बाधा पुर्याउन नपाइने : मतदानको दिन मतदान केन्द्रमा खटिएका कर्मचारी वा मतदातालाई कुनै पनि प्रकारको बाधा–अवरोध पुर्याउन नहुने गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान सुरु हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान नसकिँदासम्म मतदान केन्द्र वरपरको वातावरण पूर्णतः शान्त र सुरक्षित राख्न आयोगले सबैमा अपिल गरेको छ ।
निर्वाचन आयोगले मौन अवधिको सूक्ष्म अनुगमन गरिरहेको र आचारसंहिताको उल्लंघन गर्नेलाई तत्काल कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ । निर्वाचनको अन्तिम घडीमा सबै पक्षलाई जिम्मेवार बन्न र लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन समेत आग्रह गरिएको छ ।
रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो ।
आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदैछ ।
मगर, थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होली पर्वलाई विशेष महत्वका साथ मनाउने गरिएको छ । सबै प्रकारका भेद्भावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रंगचिंगीको पर्वका रूपमा लिने गरिन्छ ।
सबैलाई एउटै रङमा रङ्ग्याउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको पण्डित त्रिलोचन भुर्तेलले बताए । “असत्यमाथि सत्यको, छलमाथि निश्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ”, उनले भने, “धार्मिक महत्त्वसँगसँगै सामाजिक सद्भाव र उमंग प्रदान गर्न होलीको विशेष भूमिका रहेको छ ।”
प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नामबाट मनाउन थालिएको भुर्तेलले बताए । रसरंग, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रंगमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु , मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा रहेको छ ।
पहाडी जिल्लामा होलीको सोमबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ । नवलपरासी (बर्दघाट सुस्तापूृर्व)मा होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउनका लागि विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताए । “अनुमतिबिना रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने, झैझगडा गर्ने, अभद्र व्यवहारलगायत गतिविधि गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनेछौँ”, उनले भने ।
अपरिचित मानिससँग होली नखेल्न, आत्मीय र आफन्तसँग मात्र हाली खेल्न, कसैको पनि इच्छाविपरीत रङ नदल्न, लोला हान्ने काम नगर्न, छाला तथा आँखामा असर पर्ने केमिकल रङको प्रयोग नगर्न, मादक पदार्थ एवं लागुपदार्थ सेवन गरेर सवारी नचलाउन, ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्न र कुनै आपराधिक घटना हुन लागेको थाहा पाएमा तुरुन्त प्रहरीको हटलाइन १०० नम्बरमा सम्पर्क गर्न उनले अनुरोध गरे ।
काठमाडौँ । निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको ट्रक दुर्घटनामा परि रामेछापमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।
घाइते अवस्थामा सदरमुकाम मन्थलीस्थित मन्थली अस्पताल ल्याइएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मन्थली अस्पतालमा उपचारकै क्रममा ज्यान गुमाउने व्यक्ति डोरप्रसाद घिमिरे रहेको बताइएको छ।
प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार उनी रामेछाप नगरपालिका-२ साँघुटार वडा कार्यालय भवन ‘ख’ मतदान केन्द्रका मतदान अधिकृत थिए । मृतक घिमिरे मन्थली नगरपालिका-७ स्थित रूद्राक्षेश्वर माध्यमिक विद्यालयका शिक्षकसमेत रहेको जनाइएको छ। सोमबार अपराह्न निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको निशान ट्रक रामेछाप नगरपालिका-२ स्थित वडा कार्यालय नजिकैको सिरूवारी भीरबाट खसेको थियो।
दुर्घटनामा घाइते भएका मध्ये तीन जना गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन्। यसअघि दुर्घटना स्थलमै नेपाल प्रहरीका असई आरपी यादवको मृत्यु भएको भएको थियो।
बेलबारी । मोरङको क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका उम्मेदवार डा.सुनिल शर्माको जित सुनिश्चित देखिएको छ ।
शुरु देखि नै हेभीवेट उम्मेदवारका रुपमा हेरिएका शर्माको जित सुनिश्चित देखिएको मतदाता मात्र होईन केही अध्यायन रिपोर्टहरुले समेत पुष्टि गरेका छन । क्षेत्र अन्र्तगत पर्ने बेलबारी,पथरी,कानेपोखरी र सुन्दरहरैचाका झण्डै १० हजार बढी मतदाताहरु सँग प्रत्यक्ष भेटेर गरिएको कुराकानीमा ७० प्रतिशत बढी मतदाताहरुले शर्मालाई भोट हाल्ने बताएका छन । सर्बेक्षणले ६५ देखि ७० हजार मत शर्माले पाउने देखिन्छ ।
मतादाताहरुले सुखदःुखमा साथ दिने,यस क्षेत्रको बिकासमा यति धेरै पहल गरेको ब्यत्तिलाई छोडेर अन्य उम्मेदवारलाई भोट नदिने तर्क अघि सारेका छन । अन्य पार्टीका केही उम्मेदवारहरुले बाहिर मतदाताहरु सँग भोट मागेपनि भित्रीरुपमा शर्मालाई नै सघाउने र आफना मतदाताहरुलाई शर्मालाई भोट दिने गोप्य सहमति समेत भईसकेको छ । यस क्षेत्रमा गरिएका बिभिन्न सर्बेक्षण,दलका उम्मेदवारहरुले गरेका गोप्य सहमति र शर्माको प्रभावका कारण उनको जित निश्चित देखिन्छ ।
शर्माले यसअघि भएको प्रतिनिधिसभा निर्बाचनमा झण्डै दोब्बर मतका साथ बिजयी भएका थिए । उनले निर्बाचित भएर गएपनि यस क्षेत्रको शिक्षा,स्वास्थ्य,भौतिक बिकास लगायतका क्षेत्रमा उठाएका आवाज र स्पष्ट धारणाले समेत उनलाई थप मजबुत र स्थापित गरेको छ । करोडौका बिकास योजना,पुर्बाञ्चल बिश्वबिद्यालयमा मेडिकल कलेज,निजि क्षेत्रबाटै स्वास्थ्य क्षेत्रमा बिशेष छुट लगायतका कारण पनि उनीप्रति मतदाताको आर्कषण बढेको पाईएको छ ।
उनले अहिलेसम्म राज्यकोषबाट सुबिधा र भत्ताको रुपमा केही लिएका छैनन तरपनि निजि स्तरबाटै उनले स्वास्थ्य क्षेत्रमा आफनो क्षेत्र मात्र होईन देशभरका हजारौ नागरिकहरुलाई सुलभ सेवा उपलब्ध गराएका छन भने आफनो क्षेत्रका नागरिकहरुलाई बिशेष छुट दिएका छन । यो क्षेत्रमा १ लाख ५७ हजार ५८ जना मतदाता रहेका छन ।
रामेछापमा निर्वाचन सामग्री र कर्मचारी लिएर जाँदै गरेको गाडी दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ।
दुर्घटनामा असई पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। दुर्घटनामा सात जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि मन्थली अस्पताल पठाइएको छ।
घाइते घाइते सातमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजन तिमल्सिनाले जानकारी दिए। उनका अनुसार ३ जनाको अवस्था भने सामान्य छ।
गाडीमा ११ जना सवार रहेका थिए। गाडी दुर्घटना भएपछि तीन जनाले हाम फालेको प्रहरीले जनाएको छ।
प्रतिनिधि सभा निर्वाचनको सामग्री र कर्मचारी बोकेर रामेछाप सदरमुकाम मन्थलीबाट नगरपालिका-२, देउराली जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको निसान गाडी सिरुवारी डाँडामा दुर्घटना भएको हो। गाडीमा निर्वाचन अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीसहित मतपेटिका र आवश्यक कागजात रहेका थिए।
दुर्घटना भएलगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार वेश खुर्कोटबाट सई रमेशबहादुर थापाको कमाण्डमा ११ जनाको टोली खटिएको थियो। नौ जना गोताखोर र एक जना डीएमसहितको टोलीले घाइतेको उद्धार गरेर अस्पताल पठाएको हो।
मन्थलीबाट मतदान केन्द्र कालिका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयको निर्वाचन सामाग्रीसहित कर्मचारी लिएर जाँदै गरेको गाडी सडकबाट करिब २ सय मिटर तल खसेको हो।





