२०८३ भाद्र ७ गते आईतवार
२०८३ भाद्र ७ गते आईतवार

दुर्गा प्रसाईँलाई रिहा गर्न माग गर्दै काठमाडौँमा मोटरसाईकल र्याली निकालिएको छ ।

आइतबार काठमाडौँको माइतीघर मण्डलामा भेला भएका राजावादीहरूले प्रसार्ईंको तत्काल रिहा गर्न सरकारसँग माग गर्दै सो र्याली निकालेका हुन् ।

उनीहरूले प्रसाईँलाई पक्राउ गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।

प्रसाईँलाई यही फागुन ४ गते सोमबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो । सोही पक्राउको विरोधमा हिन्दुराज्य नेपाल कायम गरौँ भन्ने मूल नारासहित र्यालीमा सहभागी भएकाहरूले गणतन्त्र विरोधी नारा पनि लगाएका थिए ।

माइतीघर मण्डलाबाट सुरु भएको सो र्याली भद्रकालीमा पुगेर समापन भएको थियो ।

काठमाडौँ । निर्वाचनलाई बढीभन्दा बढी सहभगितामूलक बनाउने र बदर प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई व्यापक रूपमा अगाडि बढाएको छ ।

आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत कार्यक्रम मतदाता शिक्षा कार्यक्रम अगाडि बढाइएको छ । आयोगले यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालित भएको जनाएको छ ।

 

आममतदाताको बस्ती तथा घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराउने कार्य खटिएका स्वयंसेवकबाट भइरहेको आयोगले उल्लेख गरेको छ । मतदाता शिक्षा कार्यक्रम प्रयोजनका लागि आयोगले स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता तोकी अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भइसकेको छ ।

यस्तै, निर्वाचन आचारसंहिताको उल्लंघन हुनेगरी मिथ्या तथा भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न तथा गैरकानुनी कार्य गर्ने व्यक्ति र संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन आयोगले अधिकतम् प्रयास गरिरहेको छ । आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सूचना सदाचार प्रवर्द्धन एकाइ पूर्ण रूपमा क्रियाशील रहेको जनाएको छ ।

हानिकारक सूचना उत्पादन एवं सम्प्रेषण गर्ने २९० कन्टेन्ट उत्पादक र सम्प्रेषकलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको छ । यस्तै, ११ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ बमोजिम कारबाही गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको छ । त्यस्तै, ६५ वटालाई प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि प्रेस काउन्सिल, नेपालमा र एक वटालाई विज्ञापन ९नियमन गर्ने० ऐन, २०७६ बमोजिम कारबाहीका लागि पठाइएको आयोगले जनाएको छ ।

काठमाडौं । दुई समुदायबीच उत्पन्न तनावका कारण रौतहटको सदरमुकाम गौरमा लगाइएको कर्फ्यु आज (आइतबार) पनि जारी रहने भएको छ । स्थिति थप बिग्रन नदिन र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले शनिबारदेखि जारी कर्फ्युलाई परिमार्जनसहित निरन्तरता दिएको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी संशोधित आदेश अनुसार शनिबार दिउँसो १ बजेदेखि सुरु भएको कर्फ्यु आज बिहान ६:३० बजेसम्म यथावत रहनेछ । सर्वसाधारणको सुविधा र अत्यावश्यक कामका लागि बिहान ६:३० बजेदेखि ८:३० बजेसम्म दुई घण्टाका लागि कर्फ्यु केही खुकुलो पारिएको छ ।

यद्यपि, खुकुलो पारिएको सो समयमा पनि कुनै पनि किसिमका भेला, सभा, जुलुस, प्रदर्शन वा मानिसहरू जम्मा हुन पाइने छैन । बिहान ८:३० बजेपछि अर्को आदेश नभएसम्मका लागि पुनः पूर्ण रूपमा कर्फ्यु लागू हुने प्रशासनले स्पष्ट पारेको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ‘क’ बमोजिम जारी गरिएको यो आदेशको उल्लंघन गर्ने जोकोहीलाई कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ । कर्फ्यु अवधिमा तोकिएको क्षेत्रभित्र हिँडडुल गर्न र आवतजावत गर्न पूर्णतः निषेध गरिएको छ ।

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान गरिने भएको छ । नेपाल वायु सेवा निगमले यसअघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो ।

नेपाल वायु निगमले यसअघि आइतबार, मंगलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएको थियो । उडान तालिकामा परिवर्तन गरेसँगै अबदेखि आइतबार, मंगलबार र शनिबार गरी सातामा तीन पटकमात्र उडान हुने भएको रेसुङ्गा विमानस्थल गुल्मीका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए।

नेपाल वायुसेवा निगमका हाल तीन मात्र ट्वीनअटर जहाज रहेको र उक्त जहाज समय–समयमा मर्मत गर्नुपर्ने भएका कारण जहाजको अभावमा केही समयका लागि निगमले यसअघिको नियमित तालिकामा परिवर्तन गरेको उनले बताए । वर्षात्को समय, खराब मौसम र बाक्लो हुस्सुका कारणबाहेक पछिल्लो तीन महिना रेसुङ्गा विमानस्थलमा नियमित रूपमा हवाई उडान हुँदै आइरहेको छ ।

रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले १८ सिट क्षमताको ट्वीनअटर जहाजबाट काठमाडौँदेखि बिहान ६:३० बजे र रेसुङ्गा विमानस्थलदेखि बिहान ७:३० बजे उडान गर्दै आइरहेको छ । निगमले काठमाडौँबाट गुल्मीका लागि सात हजार ५०० र गुल्मीदेखि काठमाडौँका लागि रु सात हजार ३०० भाडादर निर्धारण गरेको छ । रेसुङ्गा विमानस्थलमा दिउँसोको समयमा अत्यधिक हावाको चाप हुने भएकाले प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान हुने गर्दछ ।

जिल्लामा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको छ । अठार घण्टा लामो यात्रा गरेर राजधानी पुग्नुपर्ने बाध्यता रहेको यस क्षेत्रका नागरिकले आकाशमार्गबाट ४५ मिनेटमै सहज रूपमा गुल्मीबाट राजधानी आवतजावत गर्न सहज बनेको छ ।

जिल्लामा हवाई सेवा लिने नागरिकको चाप पछिल्लो समयमा बढ्दै गएको छ । तर यात्रुहरूको चाप बढे पनि उडान सङ्ख्या थोरै हुने र उडान तालिकामा परिवर्तन भइरहने भएका कारण यस क्षेत्रका नागरिक समस्यामा परेका छन् । जिल्लामा नेपाल वायुसेवा निगमले २०८० वैशाख २९ गतेदेखि व्यावसायिक हवाई उडान सेवा सुरुआत गरेको थियो ।

मोरङ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार डा. सुनिल शर्मा कानेपोखरी गाउँपालिका–५ भन्साबारीमा आयोजित घरदैलो कार्यक्रममा सहभागी हुँदा स्थानीयवासीको उत्साहजनक भीड देखिएको छ।

घरदैलोका क्रममा गाउँ–टोलका बासिन्दाले जुरुक्क उठेर स्वागत गर्दै “यसपालि जित सुनिश्चित छ” भन्दै खुलेर समर्थन जनाएका थिए। कार्यक्रममा सहभागी स्थानीयले विकास निर्माण, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सुधारका अपेक्षा राख्दै उम्मेदवारप्रति विश्वास व्यक्त गरेका छन्।

डा. शर्माले जनताको सुझाव र अपेक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मोरङ–३ को समग्र विकासका लागि आफू निरन्तर सक्रिय रहने बताएका छन्। उनले घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या सुन्ने र समाधानका उपाय खोज्ने प्रयास गरिरहेको बताए।

अभियान टोलीका अनुसार जनताको माया, विश्वास र आशिर्वादले चुनावी माहोल झन् उत्साहित बनेको छ र आगामी दिनमा यस्ता भेटघाटलाई निरन्तरता दिइनेछ।

 प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब १२ दिन मात्र बाँकी रहँदा निर्वाचन तयारी देशभर तीव्र पारिएको छ । निर्वाचन आयोग नेपालले अधिकांश प्रदेशमा मतपत्र तथा आवश्यक सामग्री पठाइसकेको र बाँकी स्थानमा अन्तिम चरणको ढुवानी भइरहेको जनाएको छ ।

आयोगका अनुसार सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका निर्वाचन क्षेत्रमा मतपत्र पुगिसकेको छ भने बागमतीसहित अन्य प्रदेशमा ढुवानी नियमित रूपमा जारी छ । राजधानीभित्रका मतदान केन्द्रमा समेत केही दिनमै मतपत्र पु¥याइने तयारी गरिएको छ ।

निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि दुई करोडभन्दा बढी मतपत्र छपाइ गरी प्याकिङसहित पठाइसकिएको आयोगले जनाएको छ । समानुपातिकतर्फ पनि दुई करोडभन्दा बढी मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।

मतपत्र बाहेक आवश्यक ५१ प्रकारका निर्वाचन सामग्रीमध्ये अधिकांश ढुवानी पूरा भइसकेको छ, जसले निर्वाचन व्यवस्थापनलाई व्यवस्थित बनाएको आयोगको दाबी छ ।

मतपत्र छपाइ भने जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा आयोगको क्यालेण्डरअनुसार चरणबद्ध रूपमा गरिएको थियो । पुस महिनादेखि सुरु भएको छपाइ प्रक्रियाअन्तर्गत मतदाता शिक्षा प्रयोजनका लागि झन्डै ११ लाख नमूना मतपत्र समेत तयार गरिएको थियो ।

निर्वाचन नजिकिँदै जाँदा आयोगले सुरक्षा, सामग्री व्यवस्थापन तथा मतदान केन्द्र तयारीलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।

काठमाडौं । जेनजी आन्दोलनपछि हुन लागेको प्रतिनिधि सभाको निर्वाचन आउन अब १४ दिन बाँकी छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनको लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावाली सङ्कलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित तुल्याउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ ।

आयोगले मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि बनाएर जारी गरेको हो । कार्यविधिअनुसार आयोगले स्थायी मतदाता नामावली सङ्कलन गर्ने कार्यक्रमसहितको सूचना प्रकाशन गर्नेछ । सो सूचना आयोगले आवश्यकताअनुसार राष्ट्रियस्तरका सञ्चारमाध्यमबाट समेत प्रकाशन तथा प्रसारण गर्न सक्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।

नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारको नाम स्थायी मतदाता नामावलीमा समावेश हुनेछ ।

निर्वाचन आयोगले जारी गरेको उक्त कार्यविधिअनुसार कुनै व्यक्तिको नाम छुटेको वा कुनै मतदाताको नाम वा विवरणमा कुनै त्रुटि भएमा सम्बन्धित व्यक्तिले आफ्नो नाम समावेश गराउन वा त्रुटि सच्याउन प्रमाणसहित प्रमुख नाम दर्ता अधिकारीसमक्ष निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांगे्रसले देशको नेतृत्व लिएर कुसाशन हटाउने प्रतिज्ञा गरेका छन् । जनकपुरको तिरूहुतिया गाछीमा आयोजित प्रतिज्ञासभालाई सम्बोधन गर्दै थापाले सबैलाई समेटेर लैजान कांग्रेस सक्षम रहेको बताए । उनले कुरा हैन काम काम गर्न आएको प्रतिवद्धता जनाएका छन् ।

सभापति थापाले भने, ‘मधेशबाट कांग्रेसले देश बदल्ने सहास लिएको छ । आट लिएको छ। अब मधेशले देशको संघीयतालाई कार्यान्वयन गराउन जरूरी छ ।’ उनले मधेशले देशलाई नेतृत्व गर्ने शिक्षा, स्वास्थ्य र विज्ञान र सूचना प्रविधिको क्षेत्र भएकाले मधेशले अब परविर्तन गर्नु पर्ने बताए। उनले मधेशलाई ज्ञानको केन्द्र बनाउन कांग्रेस मधेश झरेको बताए ।

उनले भने, ‘मधेशको शिक्षा नभएको भए आज पहाडमा गणित राम्रो पढाइ हुँदैनथ्यो । पहाडमा मधेशका शिक्षकले पढाएका हुन्। उनकै शिक्षाले देश शिक्षित भएको छ । तर आज मधेशको शिक्षा, स्वास्थ्य र वि१ानको अवस्था जरजर छ, यहाँ किसान, उखु किसानको अवस्था, पर्यावयरणको अवस्था भयावह छ। खानेपानीको समस्या समाधान गर्न म मधेश आएको हुँ ।’

उनले मधेशले सिंगो देशलाई पाल्न सक्ने तागत बोक्न सक्ने बनाउने प्रतिज्ञा गरेको बताए। उनले मधेशका या देशका जुनसुकै युवा विदेशमा भए त्यहाँ दूतावास राखेर भए पनि नेपालीको हेरचाह गर्ने व्यवस्था गर्ने बताए । उनले भने, ‘अब मधेश वा कुनै क्षेत्रका नेपाली विदेशमा रहेछ भने उसको हेरचाह गर्न नेपाल सरकारले दुतावासको व्यवस्था र कर्मचारीको व्यवस्था गर्छ ।’

थापाले मधेशको वित्तीय संरचना खल्बलिएकोले यहाँका सहकारी ठगहरूलाई तह लगाउन कांग्रेस मधेश आएको बताए । ‘यहाँको वित्तीय संस्था खल्बलिएको छ’, उनले भने, ‘सहकारी ठगहरूको विगबिगी बढेको छ । सहकारी ठगहरूलाई तह लगाउन कांग्रेस मधेश झरेको छु ।’

सभापति थापाले मधेशका युवाहरूले देखेको क्रिकेटको सपना पूरा गराउन चाहेकोले यहाँ क्रिकेट एकाडेमी बनाउने रहेको समेत बताएका छन । उनले भने, ‘मैले यहाँका युवाहरूको क्रिकेटको सपना पुरा गर्न चाहन्छु ।’ उनले आफू मधेशको बेटा बन्न आएको भन्दै दुर्गानन्दको सहास, कुशेश्वरको रगतको सम्मान र महेन्द्रनिधिको जीवनशैली रहेकोले यहाँ आफू मधेशमा आएको बताए ।

कांग्रेस पखालिएर जनविश्वास लिन मधेश आएको सभापति थापाले बताए । ‘अब हामी मत मात्रै होइन विश्वास र भरोसा लिन आएक छौं । देशलाई सँगसँगै हिडाउन र परिवर्तन देख्न आएको हुँ । म सबै युवाहरूको सपना पूरा गर्न र युवाहरूको साँझा पार्टी बनाउन आएको हुँ ।’

पूर्वराजा ज्ञानेन्द्र शाह ले फागुन ७ गते मनाइने प्रजातन्त्र दिवसको अवसरमा बुधबार आठ मिनेट लामो भिडियो सन्देश सार्वजनिक गरेका छन्।

सन्देशमा उनले वर्तमान निर्वाचन प्रक्रियालाई अस्वीकार गर्दै राष्ट्रिय समस्याको समाधान र सर्वपक्षीय समझदारीको आवश्यकता औँल्याएका छन्।

पूर्वराजाले आफ्नो सन्देशमा प्रजातन्त्र स्थापनाका लागि योगदान दिने राजा त्रिभुवन र सहिदहरूको सम्झना गर्दै उनीहरूप्रति श्रद्धासुमन अर्पण गरेका छन्।

केही महिनाको झापा बसाइपछि काठमाडौं फर्किँदा गत फागुन २१ गते स्वागत गर्ने सर्वसाधारण, आदिवासी र नागरिकप्रति उनले कृतज्ञता व्यक्त गरेका छन्। उनलाई स्वागत गर्ने कार्यक्रमको संयोजन गरेका दुर्गा प्रसाईं अहिले सरकारको हिरासतमा छन् ।

 

उनले देश अहिले असामान्य र संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै द्वन्द्व रोक्न र सद्भाव बढाउन सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्। ‘देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस जनताले गरेका छन्,’ पूर्वराजाले भनेका छन्।

पूर्वराजाले प्रजातन्त्रमा संवैधानिक प्रक्रिया र आवधिक निर्वाचन आवश्यक भए पनि वर्तमान अवस्थामा राष्ट्रिय समस्याको समाधान नजिक नभएसम्म निर्वाचनमा जानु उपयुक्त नहुने बताए।

‘प्रजातन्त्रमा राजनीतिक प्रक्रिया संवैधानिक मान्यताअनुसार चल्नुपर्छ। प्रजातन्त्रमा आवधिक निर्वाचन स्वभाविक पनि हो’, उनले भनेका छन्, ‘तर अहिले मुलुकमा पहिलो शर्त राष्ट्रिय समस्याको समाधान हो । राष्ट्रिय समस्याको समाधानका लागि सर्वपक्षीय पहल गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ । फेरि अर्को द्वन्द्व हुन नदिन सबैलाई समझदारीमा ल्याएर मात्रै निर्वाचनमा जाँदा देशले सही बाटो समात्ने थियो ।’

उनले अधिकार मात्रै खोज्ने तर कर्तव्य पालना नगर्ने प्रवृत्ति बढेको बताए र सबैलाई कर्तव्यवोधको आधारमा देशलाई संकटबाट निकाल्न आग्रह गरेका छन्।

सन्देशमा पूर्वराजाले देशको भूगोल र प्राकृतिक प्रणाली अनुसार मात्र स्थायित्व सम्भव भएको र व्यवस्थाका राम्रा पक्षलाई कायम राख्दै जनताको जीवन सरल बनाउँदै जानुपर्ने कुरामा पनि जोड दिएका छन्।

‘देशको भूबनोट र प्रकृति अुनसाारको प्रणालीले मात्रै देशलाई स्थायित्व दिन सक्छ। कुनै व्यवस्थाका राम्रा र असल पक्ष राख्नुपर्छ । जुनै व्यवस्थामा पनि खराब र नराम्रा पक्ष हुन्छन्’, उनले भने, ‘आमुल परिवर्तन र परिमार्जन गर्दै जनताको जीवन सरल र सहज बनाउँदै जानुपर्छ । प्रजातन्त्रमा सबै थरी विचार र संस्कारको आधार हुनुपर्छ ।’

उनलले देश अहिले अस्वभाविक छटपटीको भूमरीमा रहेको बताए । ‘देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस जनताले गरेका छन्’, उनले भने, ‘विगतामा अनेकौँ नाममा संघर्ष र आन्दोलन भए । संघर्षका आडमा पटक पटक परिवर्तन पनि भए । तर ती परिवर्तनले नेपाल र नेपालीलाई के दिए, समीक्षा गरौँ । अहिले हाम्रो शत्रु विपन्नता र अस्थिरता हो ।’

उनी सामाजिक मूल्य, संस्कार र सबै विचारको सम्मानको आवश्यकता औँल्याउँदै राष्ट्र र समाजको सेवामा अग्रसर हुन सबैमा दायित्वको भावना जगाउन चाहेका छन्।

राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले नेपालमा बिदेशी हस्तक्षेपले सिमा नाघेको बताउनु भएको छ ।

कैलालीको सुख्खडमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लिङदेनले आम नागरिकले महसुश गर्ने गरी बिदेशी हस्क्षेप बढेको बताउनु भएको हो । उहाँले राजनितीक दल नै बिदेशीको ईसारामा बनेको र चुनावमा कसलाई जिताउने सम्मको सबै काम बिदेशीले देखिने गरी गरिरहेको बताउनु भयो ।

उहाँले बिदेशीले बनाईदिएको पाटीले चुनाव जित्यो भने देश कता जाला भनी चिन्ता ब्यक्त गर्नु भयो । हाम्रो देश कसरी चलाउनु पर्छ भन्ने बिदेशीले भन्ने होईन नेपाली जनताले भन्नु पर्छ अब देश जोगाउने हो भने राप्रपालाई मतदान गर्नु पर्ने उहाँको धारणा थियो । धर्म निरपेक्षता,संघियता र गणतन्त्रले देश बरबादीतर्फ गएको बताउँदै देश जोगाउने की बिदेशीलाई बुझाउने यहि निर्वाचनले निर्णय लिने भन्दै मतदान गर्दा गम्भिरतापुर्वक होस पुर्याउन अपिल गर्नु भयो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।