२०८३ भाद्र ७ गते आईतवार
२०८३ भाद्र ७ गते आईतवार

राष्ट्रिय प्रजातन्त पाटीका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले देश जोगाउने हो भने राजा सहितको सर्वपक्षिय सहमती अहिलेको निकास भएको बताउनु भएको छ ।

मंगलवार महेन्द्र नगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लिङदेनले जेन्जी बिद्रोहको माग ८४ को चुनाव ८२ मा गर्नु मात्रै नभएको बताउँदै तत्काल सर्वपक्षिय सहमती नभए देश अझै ठूलो दुर्घटनामा जाने बताउनु भयो । चुनावले मात्रै निकास दिने कुनै आधार नभएको उहाँको तर्क थियो ।

सभालाई सम्बाधेन गर्दै उहाँले नयाँ भनिएकाहरुको सिद्धान्त के हो भनी प्रश्न गर्नु भयो ? ६४ सालमा तत्कालीन माओबादीले जनताका सबै चाहना पुरा गर्ला भनी पहिलो पाटी बनाएपनि अहिले माओवादी कहाँ पुग्यो ? अहिलेको नयाँ पाटीको पनि अवस्था त्यस्तै हुने उहाँको तर्क थियो । राप्रपासँग देश बनाउने स्पष्ठ भिजन भएको बताउँदै गणतन्त्र संघियता र धर्म निरपेक्षताकै कारण देश दुर्घटनामा परेकोले अब जनताले मतदान गर्दा गम्भिर हुन आग्रह गर्नु भयो ।

शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन्।

पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ। पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ।

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ । स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले ग्याल्पो ल्होसारलाई अझ अर्थपूर्ण बनाउँछ।

नयाँ वर्षका रुपमा मनाइने यो पर्वले नयाँ आशा, उमङ्ग र उल्लास बोकेर समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अझ सबल बनाउन सहयोग पुग्ने पनि विश्वास छ। यो पर्वले परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै सहकार्य र समझदारीको वातावरण सृजना गर्दछ।

यस अवसरमा गुम्बा दर्शन, धर्मगुरु र लामाबाट आशिर्वाद प्राप्त गर्ने परम्परा, विशेष परिकार खाप्से, डेशिल, गुथुक आदिको स्वाद लिनु र परिवारसँग मिलेर उल्लासपूर्वक समय बिताउनु नेपालीहरुको मौलिक पहिचान हो।

काठमाडौं । नेपाली कांग्रेसले आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा ‘प्रतिज्ञा सभा’ आयोजना गर्दै छ ।

कांग्रेस मधेस प्रदेश कार्यसमितिको आयोजनामा हुन लागेको सोही सभामार्फत पार्टीले आसन्न निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसपालि कांग्रेसले आफ्नो घोषणापत्रलाई ‘प्रतिज्ञा पत्र’ को नाम दिएको हो ।

निर्वाचन आयोगलाई फागुन ३ गते नै बुझाइसकिएको उक्त प्रतिज्ञा पत्रलाई आज जनकपुरको ऐतिहासिक तथा सांस्कृतिक भूमिबाट औपचारिक रूपमा जनतामाझ ल्याउन लागिएको हो । सभालाई सम्बोधन गर्न कांग्रेस सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका केन्द्रीय तहका प्रमुख नेताहरू जनकपुर पुग्ने कार्यक्रम छ ।

मधेसको माटोले सधैं प्रजातन्त्र, समावेशिता र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाउँदै आएकाले घोषणापत्र सार्वजनिक गर्न जनकपुरलाई रोजिएको कांग्रेस नेताहरूले बताए । यो सभालाई केवल राजनीतिक कार्यक्रम मात्र नभई मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरका रूपमा कांग्रेसले लिएको छ ।

नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवले मधेस आन्दोलनपछिको राजनीतिक यात्रामा कांग्रेसले मधेसका जनताको पहिचान, अधिकार र सशक्तीकरणका मुद्दालाई मूल एजेण्डा बनाएको बताए । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सभापति गगन कुमार थापा स्वयं मधेसको जिल्ला सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवार बनेर मधेसका जनतासँग प्रत्यक्ष जोडिएका छन् । यो मधेस र राष्ट्रिय राजनीतिबिचको सम्बन्ध सुदृढ बनाउने सन्देश हो ।’

प्रतिज्ञा पत्रमा मधेसको समृद्धि, कृषिको आधुनिकीकरण, उद्योग तथा व्यापारको विस्तार, सीमावर्ती क्षेत्रको विकास, युवा रोजगारी र सामाजिक न्यायका विषयलाई प्राथमिकतामा राखिएको छ । जनकपुरको बाह्रविघा मैदानमा हुने सभामा मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रबाट गरी १ लाखभन्दा बढी मतदाताको सहभागिता रहने अपेक्षा गरिएको यादवले बताए ।

जनकपुरबाट घोषणापत्र सार्वजनिक भएलगत्तै काठमाडौँमा पनि यसबारे थप जानकारी दिइने भएको छ । आजै दिउँसो ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता देवराज चालिसेले पत्रकार सम्मेलन गरी प्रतिज्ञा पत्रका विशेषताहरूबारे विस्तृत जानकारी दिने कार्यक्रम तय भएको छ ।

मोरङ क्षेत्र नम्बर ३ को चुनावी माहोलबीच नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्मा र नेकपा एमालेका उम्मेदवार ईरान राईबीच डा. सुनिल शर्माको निवासमा आत्मीय भेटघाट भएको छ।

राजनीतिक प्रतिस्पर्धा आ–आफ्नो ठाउँमा भए पनि आपसी सम्मान, सहिष्णुता र लोकतान्त्रिक संस्कार झल्काउने गरी भएको यो भेट विशेष रह्यो।

यस अवसरमा डा. शर्माका बुवा लोकनाथ न्यौपाने र आमा होमादेवी न्यौपानेले दुबै उम्मेदवारलाई आशिर्वाद प्रदान गर्दै स्वस्थ प्रतिस्पर्धा, जनताको सेवा र देशप्रतिको जिम्मेवारी सफलतापूर्वक पूरा होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

राजनीतिमा सम्मान, संस्कार र मानवीय सम्बन्धको सुन्दर उदाहरणका रूपमा यो क्षणलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्।

करिब २५० जनालाई गैरकानुनी माध्यमबाट अमेरिका पुर्‍याएको आरोप लागेका दुई व्यक्तिविरुद्ध झन्डै एक अर्ब रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ। अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा अभियोग दर्ता गरेको हो।

मुद्दाका प्रतिवादीहरूमा कलबहादुर बस्नेत (रुकुम पश्चिम, बाँफिकोट गाउँपालिका-२) र अमित बस्नेत (रुकुम पूर्व, सिस्ने गाउँपालिका-५) रहेका छन्। प्रकरणको अनुसन्धान मानव बेचबिखन अनुसन्धान ब्युरोले गरेको थियो।

ब्युरोका अनुसार कलबहादुर हाल डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा छन्। उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को समन्वयमा गत भदौमा दुबईबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। उनी मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा थुनामा रहेका हुन्। अर्का प्रतिवादी अमित भने फरार अवस्थामा रहेको र फरार अभियुक्तका रूपमा मुद्दा अघि बढाइएको जनाइएको छ।

प्रहरी उपरीक्षक एवं प्रवक्ता राजन लिम्बुका अनुसार दुवैले ठुलो संख्यामा व्यक्तिलाई अमेरिका पठाउने भन्दै रकम असुली गरेको, कतिपयलाई भने गन्तव्यमा नपुर्‍याई अलपत्र पारेको देखिएको छ। बैंक खाताको विवरण परीक्षण गर्दा कलबहादुरको खाताबाट ७० करोड ६० लाख ५३ हजार ७२२ रुपैयाँ र अमितको खाताबाट २७ करोड ४५ लाख २९ हजार २८ रुपैयाँ बराबरको शंकास्पद कारोबार फेला परेको प्रहरीले जनाएको छ।

दुवैको संयुक्त रूपमा ९८ करोड ५ लाख ८२ हजार ७५१ रुपैयाँ बराबरको अवैध कारोबार पुष्टि भएको दाबी गर्दै सोही रकम बिगो कायम गरी सम्पत्ति शुद्धीकरणअन्तर्गत मुद्दा दायर गरिएको जनाइएको छ।

काठमाडौं- सडकमा हिँडिरहेका कमजोर शारीरिक अवस्थामा एकजना वृद्धलाई गाडीबाट ओर्लिएर मुक्का बर्साउने पुरूष समातिएका छन्।

काठमाडौंको चप्पल कारखाना नजिकै चक्रपथमा आफूलााई मुख छाडेको भन्दै वृद्धमाथि मुक्का बर्साउने ती व्यक्तिलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

सोमबार बिहानैदेखि वृद्धमाथि मुक्का बर्साएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीमाथि दबाब बढेको थियो ।

सडकमा हिँडिरहेका एक वृद्धलाई ती जीप चालकले पटक पटक मुक्का हानेको भिडियोले सामाजिक सञ्जाल तातेपछि प्रहरीलाई तनाव भएको थियो ।

उक्त भिडियोमा एकजना अधवैंशे बा.३ च ११०३ नम्बरको जीपबाट झरेर हिँडिरहेका ती वृद्धमाथि गाली गर्दै हातपात गरेका देख्न सकिन्छ।

‘ए जँडिया के भन्या ओई तैँले,’ भन्दै ती चालकले वृद्धको टाउकोमा मुक्का हानेका थिए । चालकसँगैकी महिला पनि वृद्धलाई गाली गर्दै खनिएकी थिइन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराई सडकमा वृद्ध कुट्नेलाई नियन्त्रणमाा लिएको पुष्टि गरे । उनका अनुसार पैदलयात्रीलाई मुक्का हान्ने व्यक्तिलाई ट्राफिक प्रहरीले नियनणमा लिएको हो।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।

सोमबार राति भक्तपुरको ठिमीस्थित घरबाटै पक्राउ परेका प्रसाईंलाई अनुसन्धानका लागि काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले चार दिनको म्याद प्रहरीलाई दिएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई सोमबार साँझ घरबाटै नियन्त्रणमा लिएर भद्रकालीस्थित परिसरमा ल्याइएको थियो ।

आगामी फागुन २१ गते हुने निर्वाचन विथोल्न सक्ने गतिविधि गर्ने आशंकामा प्रसाईंमाथि निगरानी बढाइएको थियो । सोही आशंकाको आधारमा उनलाई पक्राउ गरिएको हो ।

यसअघि माघ २३ गते पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा रिहा भएका थिए। त्यस बेला निर्वाचनसम्बन्धी उनले दिएका अभिव्यक्तिलाई साइबर ब्यूरोले अनुसन्धानको आधार बनाएर बयान लिएको थियो । माघ ५ गते पोखराबाट पनि पक्राउ परेर सोधपुछपछि रिहा भएका प्रसाईंमाथि प्रहरीले पुनः अनुसन्धान अघि बढाएको छ।

काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले कार्यसम्पादनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै तीन जना प्रहरी अधिकृतलाई सम्मान गरेको छ।

सम्मानित हुनेमा पवनकुमार भट्टराई (एसपी), कौशल कुमार बुढाथोकी (डिएसपी) र जनार्दन घिमिरे (डिएसपी) रहेका छन्। भट्टराई र बुढाथोकी जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत छन् भने घिमिरे प्रहरी वृत्त सिंहदरवारमा कार्यरत छन्।

कार्यालयका अनुसार काठमाडौँ उपत्यकामा आयोजना हुने विरोध प्रदर्शन, आन्दोलन, बन्द-हड्ताल, चाडपर्व, खेलकुद तथा अन्य भीडभाडयुक्त कार्यक्रमहरूको व्यवस्थापन र सुरक्षा नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरेको आधारमा एसपी भट्टराई र डिएसपी बुढाथोकीलाई पुरस्कृत गरिएको हो। उक्त सम्मान कार्यालयको अभिलेखमा रहने गरी प्रदान गरिएको जनाइएको छ।

त्यसैगरी प्रहरी वृत्त सिंहदरवारका लागि ३,१७५.१९ वर्ग मिटर क्षेत्रफलको जग्गा स्थायी उपयोगका लागि प्राप्त गर्ने प्रक्रिया तथा पूर्वाधार विकाससम्बन्धी काममा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै डिएसपी घिमिरेलाई पनि सम्मान गरिएको कार्यालयले जनाएको छ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गर्न माग गरेको छ ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।

‘रातको समयमा दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेर सरकारले आफ्नो अलोकतान्त्रिक चरित्र उदांगो पारेको छ’ उनले भनेका छन्, ‘सरकार देशलाई मुठभेडतर्फ धकेल्ने प्रपञ्च गर्दैछ । बिना कारण एउटै व्यक्तिमाथि प्रतिशोध साँधेर पटक–पटक पक्राउ गर्नुले सरकारको तानाशाही चरित्रको पुष्टि हुन्छ ।’

प्रसाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए । त्यसपछि राप्रपाका प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रसार्इंलाई अविलम्ब र बिना शर्त रिहा गरियोस् ।’

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले सूचना जारी गर्दै २०८३ साल वैशाख १४ गतेदेखि कक्षा १२ का साधारण, प्राविधिक तथा परम्परागत धारतर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ भएका) परीक्षार्थीहरूको वार्षिक परीक्षा सञ्चालन हुने जनाएको हो ।

सूचना अनुसार परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म सञ्चालन हुनेछ । वैशाख १४ गतेदेखि सुरु हुने परीक्षा वैशाख २७ गतेसम्म चल्नेछ । विभिन्न संकाय र धारअन्तर्गत अनिवार्य तथा ऐच्छिक विषयहरूको परीक्षा तोकिएको मिति र समयमा सञ्चालन गरिने बोर्डले जनाएको छ ।

वैशाख १४ गते अनिवार्य अङ्ग्रेजी (नियमित) विषयबाट परीक्षा सुरु हुनेछ भने १५ गते अनिवार्य नेपाली, १६ गते अनिवार्य अङ्ग्रेजी (आंशिक) र सामाजिक अध्ययन (प्राविधिक धार) का विषयहरू सञ्चालन हुनेछन् ।

त्यसैगरी गणित, लेखा, भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान, अर्थशास्त्र, शिक्षा, व्यवस्थापन, मानविकी तथा विभिन्न प्राविधिक विषयहरूको परीक्षा क्रमशः तोकिएको तालिकाअनुसार सञ्चालन गरिनेछ । बोर्डले परीक्षार्थीहरूलाई परीक्षा सुरु हुनुभन्दा कम्तीमा आधा घण्टा अगाडि नै परीक्षा केन्द्रमा उपस्थित हुन निर्देशन दिएको छ । परीक्षा सुरु भएको १५ मिनेटपछि उपस्थित हुने परीक्षार्थीलाई सहभागी गराइने छैन । परीक्षा कार्यक्रममा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः परीक्षा व्यवस्था नगरिने पनि स्पष्ट पारिएको छ ।

त्यस्तै, परीक्षा केन्द्र परिवर्तन गर्न नपाइने, मोबाइल फोन, स्मार्ट घडी लगायतका विद्युतीय उपकरण लैजान निषेध गरिएको, आवश्यक सामग्री परीक्षार्थी स्वयंले ल्याउनुपर्ने तथा जीवविज्ञान विषयका परीक्षार्थीहरूले बोटनी र जुलोजीका लागि एउटै उत्तरपुस्तिका प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

कुनै विद्यार्थीको एकभन्दा बढी विषय एकै दिन परेमा सूचना प्रकाशित भएको १५ दिनभित्र बोर्डको प्रदेश वा शाखा कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ । साथै, अनिवार्य नेपालीको सट्टा ऐच्छिक अङ्ग्रेजी अध्ययन गर्ने विदेशी नागरिकले वैशाख १५ गते नै ऐच्छिक अङ्ग्रेजी विषयको परीक्षा दिनुपर्ने जनाइएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।