काठमाडौँ। फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको अत्यन्त रोमाञ्चक प्रतिस्पर्धामा इङ्ल्यान्डले फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ।
इङ्ल्यान्डले खेलको तेस्रो मिनेटमै डेक्लान राइसको गोलबाट अग्रता लिएको थियो। त्यसपछि १८औँ मिनेटमा एज्री कोन्साले गोल थप्दै टोलीलाई २–० को अवस्थामा पुर्याए। पहिलो हाफमै बुकायो साकाले ३७औँ र इन्जुरी समयको ४६औँ मिनेटमा लगातार दुई गोल गर्दै इङ्ल्यान्डलाई ४–० को सहज अग्रता दिलाए। पहिलो हाफ समाप्त हुँदा इङ्ल्यान्ड चार गोलले अगाडि थियो।
दोस्रो हाफ सुरु भएलगत्तै फ्रान्सले शानदार पुनरागमनको प्रयास गर्यो। ४८औँ मिनेटमा कप्तान केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सको खाता खोले। त्यसपछि ५४औँ मिनेटमा ब्राडली बार्कोलाले एमबाप्पेको पासमा गोल गरे।
६६औँ मिनेटमा माइकल ओलिसेको सहयोगमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याए। फ्रान्सले मात्र १८ मिनेटको अन्तरमा तीन गोल फर्काएर खेललाई रोमाञ्चक बनाएको थियो।
तर ८७औँ मिनेटमा पेनाल्टीमार्फत बुकायो साकाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे र इङ्ल्यान्डलाई ५–३ को अग्रता दिलाए।
इन्जुरी समयको ९६औँ मिनेटमा ओस्मान डेम्बेलेले फ्रान्सका लागि अर्को गोल गरे पनि त्यसको दुई मिनेटपछि जुड बेलिङ्घमले गोल गर्दै इङ्ल्यान्डको ६–४ को जित सुनिश्चित गरे।
यो जितसँगै इङ्ल्यान्डले विश्वकप २०२६ मा तेस्रो स्थानमा रह्यो भने फ्रान्स चौथो स्थानमा सीमित भएको छ।
हारका बाबजुद फ्रान्सका कप्तान केलियन एमबाप्पेले व्यक्तिगत रूपमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। यस खेलमा दुई गोल थपेसँगै उनले जारी विश्वकपमा १० गोल पुर्याउँदै गोल्डेन बुटको दौडमा शीर्ष स्थान कब्जा गरेका छन्। यसअघि आठ गोलसहित अग्रस्थानमा रहेका अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई उनले पछि पारेका हुन्।
यस्तै, विश्वकप इतिहासमा पनि एमबाप्पे सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। उनका नाम अब विश्वकपमा २२ गोल पुगेका छन् भने मेसी २१ गोलसहित दोस्रो स्थानमा झरेका छन्।
अब प्रतियोगिताको फाइनल खेल मात्र बाँकी रहेकाले मेसीसँग एमबाप्पेलाई उछिन्ने अन्तिम अवसर हुनेछ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ अनुभवले आत्मविश्वास बढाउनेछ। आम्दनी बढाउने काम प्रारम्भ गर्न सक्नुहुनेछ। वाद विवादबाट टाढा रहनुहोस्। अतिथिको रुपमा सत्कार प्राप्त हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अवसरलाई समयमै उपयोग गर्नु बुद्धिमानी हुनेछ। चुनौतीहरू पन्छाउदै आफ्नो काम बनाउने समय रहेको छ। विद्यार्थीहरूलाई अध्ययनमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सकारात्मक सोचले सफलता नजिक ल्याउनेछ। अनावश्यक साइनो गाँस्नेहरूबाट सावधान रहनुहोला। परिवारको तर्फबाट सोचेजस्तो सहयोग नमिल्ला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धैर्यपूर्वक अघि बढ्दा राम्रो परिणाम प्राप्त हुनेछ। विद्यार्थीहरूलाई गुरुजनहरुको सहयोग मिल्नेछ। दिन समग्रमा उत्साहजनक रहने संकेत रहेको छ।आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफुले गरेको कामबाट अरुले फाइदा उठाउने चेष्टा गर्नेछन्। नयाँ कार्यप्रति मन आकर्षित हुनेछ। कला वा संगीतको क्षेत्रमा सफलता मिल्नेछ। सञ्चित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) चिताएका काम समयमा सम्पादन गर्न सकिनेछ। उद्योग र व्यापारमा पहिला लिएका निर्णयहरूबाट लाभ मिल्नेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिश्रमले भविष्यका लागि बलियो आधार तयार गर्नेछ। अध्ययनमा कमजोरीको अनुभूति हुनेछ। अनावश्यक कार्यहरूमा समय खर्च हुनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नोकरी वा पेशामा अधिकारीहरूको साथ र सहयोग पाइनेछ। मेहनतीहरुलाई राम्रो परिणाम प्राप्त हुनेछ। विभिन्न भौतिक संसाधन जुटाउने अवसर मिल्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ९ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बाँकी रहेका काम एक–एक गर्दै सकिँदै जानेछन्। घर वा कार्यस्थल मिलाउँदा नयाँ जाँगर आउनेछ। सानो परिवर्तनले दिनलाई अझ व्यवस्थित बनाउनेछ। शरीरलाई थकान महसुस भए आराम गर्न नबिर्सनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) साथीभाइसँगको भेटले दिनलाई रमाइलो बनाउनेछ। पुरानो सम्बन्ध फेरि नजिकिने संकेत देखिनेछ। कसैलाई दिएको सहयोगको राम्रो प्रतिफल पाउन सक्नुहुनेछ। सानो खुसीले पनि दिनभरि मुस्कान कायम रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज धैर्य राख्दा धेरै कुरा सजिलै मिल्नेछन्। आफ्नो अनुभव प्रयोग गर्ने अवसर आउनेछ। अरूको कुरा बीचमै नकाटी पूरा सुन्नु राम्रो हुनेछ। घरमा शान्त वातावरण रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दैनिक कामबाट केही फरक अनुभव मिल्नेछ। बाहिर निस्कँदा उपयोगी भेट हुन सक्छ। मन लागेको काम सुरु गर्ने उत्साह बढ्नेछ। परिवारसँग बिताएको समयले दिनलाई अझ रमाइलो बनाउनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को स्याटेलाइट ब्याण्डविथ खरिदसम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
समितिले आज सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिना समक्ष बुझाएको प्रतिवेदनले विभिन्न समयमा भएका स्याटेलाइट ब्याण्डविथ खरिद तथा सम्झौतामा कानुनविपरीत कार्य, प्रक्रियागत कमजोरी, वित्तीय अनुशासन उल्लङ्घन तथा संस्थालाई आर्थिक हानि पुग्ने जस्ता गम्भीर प्रकृतिका कैफियत फेला परेको निष्कर्ष निकालेको छ ।
स्याटेलाइट ब्याण्डविथ खरिदका सन्दर्भमा विभिन्न निकायमा परेका उजुरी, महालेखापरीक्षकको कार्यालयका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई आधार बनाएर सञ्चार मन्त्रालयले २०८३ जेठ २२ गते अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले आज मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा विभिन्न अवधिमा भएका खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को व्यवस्था उल्लङ्घन भएको तथा त्यसबाट नेपाल टेलिभिजनलाई आर्थिक नोक्सानी पुगेको उल्लेख छ । जसबाट करिब रु २० करोड ६१ लाख ७३ हजार ४६९ बराबरको हानीनोक्सानी भएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार स्याटेलाइट ब्याण्डविथ भाडा खरिदका क्रममा प्रतिस्पर्धात्मक प्रक्रिया नअपनाई पुरानै दररेटमा सम्झौताको म्याद थप गरिएको, सेवा सुरु हुनुअघि नै भाडा भुक्तानी गरिएको, सेवा सुरु भएपछि पनि बढी रकमको बिल भुक्तानी गरिएको तथा लागत अनुमान अस्वाभाविक रूपमा बढाई आवश्यकताभन्दा बढी ब्याण्डविथ खरिद गरिएको पाइएको छ । सन् २०१२ मा प्राविधिक रुपमा असफल बोलपत्रदातालाई नै सेवा खरिदका लागि छनौट गरिएको गम्भीर विश्लेषणसहितको प्रतिवेदन समितिले मन्त्रालयलाई बुझाएको छ । त्यस्तै, प्रयोग गरिरहेको स्याटेलाइटको ‘डिजाइन लाइफ’ सकिने बेलामा सोहि सेवा प्रदायकसँग थप १० मेगाहर्ज ब्याण्डविथ खरिद गर्नेगरी सम्झौता गरिएको प्रतिवेदनले औँल्याएको छ ।
यस्ता कार्यका कारण विभिन्न अवधिमा नेपाल टेलिभिजनलाई आर्थिक क्षति पुगेको अध्ययन समितिले उल्लेख गरेको छ । त्यस्तै, स्याटेलाइट ब्याण्डविथको भुक्तानी प्रक्रियामा नेपाल सरकारको राजस्व खातामा जम्मा हुनुपर्ने कर तथा अन्य राजस्व दायित्वसमेत पूर्ण रूपमा पालना नभएको प्रतिवेदनमा उल्लेख छ । यसले वित्तीय अनुशासन र राजस्व व्यवस्थापनमा समेत गम्भीर कमजोरी देखिएको समितिको निष्कर्ष छ ।
अध्ययन समितिले सन् २०१२ को मूल सम्झौतादेखि त्यसपछिका पूरक सम्झौतासम्म संलग्न उच्च व्यवस्थापनका सदस्य तथा सञ्चालक समितिका पदाधिकारीले संस्थाको हितविपरीत निर्णय गरेको देखिएको उल्लेख गरेको छ । प्रतिवेदनमा उनीहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नेपाल टेलिभिजनलाई हानि पुग्ने गरी निर्णय गरेको भन्दै आवश्यक कारबाही प्रक्रिया अघि बढाउनका लागि सिफारिस गरिएको छ । सञ्चालक समितिले निर्णयमा हेलचक्य्राइँ गर्दा सन् २०२२ जुन ६ मा नेपाल टेलिभिजनको सबै च्यानल करिब ३० मिनेट प्रशारण बन्द भएको पनि प्रतिवेदनमा जनाइएको छ ।
त्यस्तै, नेपाल टेलिभिजनभन्दा बाहिरबाट सञ्चालक समितिमा नियुक्त भएका पदाधिकारीलाई संस्थाभित्रका उच्च व्यवस्थापनबाट यथार्थपरक सूचना उपलब्ध नगराइएको तथा मन्त्रालय र नेपाल टेलिभिजनका प्राविधिक कर्मचारीले आफ्नो विज्ञताअनुसार जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको पनि प्रतिवेदनले औँल्याएको छ । लागत अनुमान तयार गर्ने क्रममा भएको लापरबाही तथा अस्वाभाविक निर्णयले संस्थालाई गम्भीर आर्थिक भार परेको निष्कर्ष अध्ययन समितिको छ ।
नेपाल टेलिभिजनले आफ्ना च्यानल भू–उपग्रहमार्फत प्रसारण गर्न सन् २००२ देखि विदेशी स्याटेलाइट ब्याण्डविथ सेवा प्रदायक कम्पनीसँग निरन्तर रूपमा भाडा सम्झौता गर्दै आएको छ । यस अवधिमा च्यानल थप गर्ने, स्ट्यान्डर्ड डेफिनेसन (एसडी) बाट हाई डेफिनेसन (एचडी) मा स्तरोन्नति गर्ने, पूरक सम्झौता गर्ने तथा उपकरण खरिदसम्बन्धी निर्णयहरूमा विभिन्न समयमा प्रश्न उठ्दै आएका थिए । प्रतिस्पर्धा बिनै खरिद, प्रक्रियागत अनियमितता, अनावश्यक आर्थिक भार, वित्तीय अनुशासन उल्लङ्घन तथा स्वार्थको द्वन्द्वजस्ता विषय देखिएको निष्कर्षसहित प्रतिवेदनले सम्बन्धित व्यक्तिमाथि कानुनबमोजिम आवश्यक कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।
डडेल्धुराको अमरगढी नगरपालिका– ७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा तीनजना घाइते भएका छन् ।
धनगढीदेखि दार्चुला जाँदै गरेकोे सु प प्र ०१००१ ज १८५० नम्बरको बोलेरो जिप आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए ।
मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाँउपालिका–१ का २५ वर्षीय शुभम लोथ्याल र सोही ठाउँका २० वर्षीय हुम लोथ्याल छन् ।
घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप करिब ५०० मिटर तल खसेको जनाइएको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ योजना अघि बढाउन अनुकूल समय रहनेछ। साथीसँग भएको सामान्य कुराकानीले नयाँ सोच दिनेछ। सानो गल्ती सच्याउने अवसर पनि मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अधुरा काम पूरा गर्ने अवसर प्राप्त हुनेछ। सदस्यसँग बसेर गरेको निर्णयले सबैलाई खुसी बनाउनेछ। मन लागेको सामान किन्ने अवसर आउन सक्छ। खर्च गर्दा सन्तुलन कायम राख्नु राम्रो हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मेहनतअनुसार राम्रो परिणाम प्राप्त हुन सक्छ। नयाँ परिचय भविष्यमा काम लाग्नेछ। बोलेको कुरा स्पष्ट राख्दा अनावश्यक भ्रम हट्नेछ। हतारमा कसैको कुरा विश्वास नगर्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारको साथले कठिन लागेको काम पनि सजिलो बन्नेछ। आत्मविश्वास बढ्दै जानेछ। खानपिनमा लापरवाही नगर्नु राम्रो हुनेछ। साँझतिर आराम गर्ने समय निकाल्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिवारबाट आवश्यक सहयोग मिल्नेछ। कसैले गरेको प्रशंसाले थप हौसला दिनेछ। नयाँ जिम्मेवारी आउँदा नआत्तिई अघि बढ्नुहोस्। दिनको अन्त्यमा खुसी दिने घटना हुन सक्छ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक ३ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साथीभाइसँगको सम्बन्ध अझ सुमधुर बन्नेछ। घर वा कार्यस्थल मिलाउँदा मन पनि हल्का हुनेछ। शरीरलाई आवश्यक आराम दिनु राम्रो हुनेछ। आफ्नो समयको सही उपयोग गर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ व्यक्तिसँग चिनजान बढ्ने सम्भावना छ साथै पुरानो चिनजानबाट उपयोगी जानकारी पाउन सक्नुहुनेछ। अरूलाई सहयोग गर्दा सम्मान पनि बढ्नेछ। सानो यात्राको योजना बन्न सक्छ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक पक्षमा सुधार आउने संकेत देखिन्छ। आफ्नो विचार शान्त रूपमा राख्दा सबैले स्वीकार गर्नेछन्। कसैको कुरामा चाँडै रिसाउने बानी कम गर्नु राम्रो हुनेछ। घरबाट राम्रो साथ पाइनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ५ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ। नयाँ ठाउँ वा नयाँ व्यक्तिसँगको भेटले खुसी थप्नेछ। आफूलाई मन लागेको काममा समय दिनुहोस्। सानो प्रयासले राम्रो उपलब्धि मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नो क्षमताको उचित प्रयोग गर्ने अवसर मिल्नेछ। घरका सदस्यको सल्लाह उपयोगी बन्नेछ। पैसाको प्रयोग सोचेर गर्नु राम्रो हुनेछ। बेलुकातिर मन शान्त रहनेछ। आजको शुभ रंग हल्का कालो हो भने शुभ अंक ९ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ योजना बनाउन राम्रो समय रहनेछ। साथीसँग मिलेर अघि बढ्दा फाइदा हुनेछ। अनावश्यक बहसबाट टाढा रहनु राम्रो हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पुरानो अनुभवले नयाँ बाटो देखाउनेछ। आफूलाई चाहिएको वस्तु भेटिन सक्छ। परिवारसँग बिताएको समयले मन खुसी बनाउनेछ। दिनको अन्त्यमा नयाँ आशा जाग्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।
शुक्रबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पौडेललाई थुनामा नराखी साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा उनीविरुद्ध दायर मुद्दाको प्रारम्भिक सुनुवाइपछि अदालतले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै थुनछेक आदेश जारी गरेको हो। आदेशअनुसार पौडेल अब साधारण तारेखमा उपस्थित हुँदै मुद्दाको सुनुवाइ प्रक्रिया सामना गर्नेछन्।
सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ९ बुँदे सहमति भएको छ । पछिल्लोपटक ९ दिनदेखि आन्दोलनरत मिटरब्याज पीडितसँग सरकारले आज सहमति गरेको हो ।
प्रधानमन्त्री कार्यालयमा करिब ९ घण्टा चलेको वार्तापश्चात सहमतिपत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव पुष्कर सापकोटा र पीडित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार सरकारले मिटरब्याजलाई आर्थिक अपराध मान्दै यो कूप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्रिपरिषद्मा प्रस्ताव लैजानेछ, जसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वतः अवैध र खारेज हुनेछन् ।
त्यस्तै गृह मन्त्रालयले ३ महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरी मिटरब्याज नियन्त्रणसम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीडितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गर्नेछ । सहमतिअनुसार वडा कार्यालयमा लेनदेन प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत र बैंक कारोबारको प्रमाण अनिवार्य गरिनुका साथै आपराधिक लाभ वा भ्रष्टाचारको रकम मिटरब्याजमा लगाउनेहरूमाथि कडा कारबाहीको व्यवस्था गरिनेछ ।
त्यस्तै, नयाँ ऐनमा वास्तविकभन्दा बढी रकमको कागज बनाउने, ब्याजलाई साँवामा जोड्ने, ऋणीलाई भर्पाई नदिने, बढी ब्याज लिने, धम्क्याउने, शारीरिक–मानसिक शोषण गर्ने, खाली चेक वा कागजमा जबर्जस्ती सही गराउने र सम्पत्ति हत्याउने कार्यलाई अपराध मानिनेछ ।
मिटरब्याजीहरूको अनुसन्धानका लागि लिखतहरूको फरेन्सिक ल्याब परीक्षण, सम्पत्तिको स्रोतको खोजी र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) अन्तर्गत छानबिन फौजदारी कार्यविधि बमोजिम हुनेछ भने अदालतमा विचाराधीन मुद्दाहरूको हकमा पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइनेछ ।
यस्तै, सहमतिअनुसार जिल्लास्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा (पीडितका ३ प्रतिनिधिसहित) सहजीकरण समिति गठन गरी ६ महिनाभित्र सबै उजुरी फछ्र्यौट गरिनेछ, जसको अनुगमन प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले गर्नेछ। साथै, पुनः मिटरब्याजको चक्रमा पर्न नदिन वार्षिक बजेटमा आर्थिक सहायता तथा राहत प्याकेज ल्याउने सहमति भएसँगै पीडितहरूले आन्दोलनका सबै कार्यक्रमहरु स्थगित गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०५८ जेठ १९ गते राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्र शाहले नगरेको जिकिर गरेका छन्।
शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा आफ्ना आमाबुवासहित सबै परिवार नै सखाप बनाउने गरी दीपेन्द्रले दरबार हत्याकाण्ड गरी आत्महत्या गरेको भनी फैलाइएको हल्लामा कुनै सत्यता नरहेको बताएका हुन्।
‘२०५८ साल जेठ १९ गते दरबार हत्याकाण्ड भयो। दरबार हत्याकाण्ड हुने वित्तिकै विश्वव्यापी रूपमा एउटा फैलियो, फलानो फलानोको लभ थियो, त्यो लभमा यस्तो भएको थियो, एउटा यस्तो रेडिमेड स्टोरी र दीपेन्द्र युवराज दीपेन्द्रले बाबु, आमा, भाइ, बहिनी, काका, काकीसहित वंशनाश गरेर आफूले पनि आत्महत्या गरे भन्ने एउटा रेडिमेड कथा विश्वव्यापी रूपमा पुर्याइयो’, उनले भने।
ओलीले अहिलेसम्म त्यही गलत सूचनाले काम गरिरहेको बताए। ‘२०औँ वर्ष त्यसले एकछत्र त्यो गलत सूचनाले राज गर्यो। सही सूचना के हो अझै थाहा छैन । बिना अध्ययन त्यो कथाको रचनाकार को हो ? त्यो पनि थाहा छैन। त्यो कथाको मूल वाचक को हो? त्यो पनि थाहा छैन। तर एउटा कथा रचना भया र वाचन गरियो। त्यो एकैचोटी विश्वव्यापी रूपमा फैलियो ।’
अध्यक्ष ओलीले दरबार हत्याकाण्ड दीपेन्द्रले प्रेम असफल भएर गरिएको कथा त्यस षड्यन्त्रमा संलग्नले बनाएको दाबी गरे।
पच्चीस जना मानिसको ज्यान लिएको ‘धुर्वे’ हात्तीको गतिविधिमा निगरानी बढाउन निकुञ्ज प्रशासनले उच्च सतर्कता अपनाएको छ। पटक-पटक बस्ती पसेर आतंक मच्चाउँदै आएको सो हात्तीलाई बिहीबार राति चितवन राष्ट्रिय निकुञ्जको शुखिभार क्षेत्रमा नियन्त्रणमा लिई (डार्ट गरेर) रेडियो कलर जडान गरिएको छ। साथै, हात्तीको दुईवटै दाह्रा ६-६ इन्च काटिएको छ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार, रेडियो कलर जडान भएसँगै अब उक्त हात्तीको स्थान र गतिविधिबारे प्रत्येक १०-१० मिनेटमा सूचना प्राप्त हुनेछ। सोही प्रविधिको सहयोगमा हात्ती हाल कसराको दक्षिणतर्फ तमोर ताल आसपासमा रहेको पत्ता लागेको छ। चौथो पटक दाह्रा काटिएको यस हात्तीलाई डार्ट गर्दा हर्मन नियन्त्रण गर्ने औषधिको समेत प्रयोग गरिएको छ।
बस्ती सुरक्षाका लागि विशेष संयन्त्र
हात्ती पुनः बस्ती पसेको सूचना प्राप्त हुनासाथ तुरुन्तै मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, स्थानीय टोल र वडा कार्यालयलाई जानकारी दिने व्यवस्था मिलाइएको छ। सूचना पाउनासाथ निकुञ्जको सुरक्षा निकायले तत्काल स्थलगत पुगेर हात्तीलाई निकुञ्जतर्फ धपाउने गरी तयारी गरिएको प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए। पछिल्लो पटक असार २० गते राति एकै परिवारका दुई जनाको ज्यान लिएपछि हात्तीको जोखिम नियन्त्रणका लागि यो कदम चालिएको हो।
विवादास्पद र त्रासद इतिहास
चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी मानिस मार्ने हात्तीका रूपमा कुख्यात धुर्वेले विसं २०६६ देखि मानिसमाथि आक्रमण सुरु गरेको हो। २०६९ सालमा माडी क्षेत्रमा लगातार ४ जनाको ज्यान लिएपछि उक्त हात्तीलाई मार्ने आदेशसमेत जारी गरिएको थियो, तर धुर्वे बारम्बार सेनाको गोली र सुरक्षा घेरा छल्न सफल हुँदै आएको छ।
सन् २०७४ मा एक नेपाली सेनाका मेजरको ज्यान लिएको यो हात्तीले हालसम्म २५ जनाको ज्यान लिइसकेको निकुञ्जको तथ्यांक छ। निकुञ्जमा ४५ देखि ५० वटा मत्ता हात्ती रहेकोमा रोनाल्डो र गोविन्दे जस्ता अन्य मत्ता हात्तीहरू पनि निकुञ्जमा सक्रिय छन्। रेडियो कलर र दाह्रा कटाईपछि धुर्वेको हिडडुलमा केही कमी आउने र स्थानीय बासिन्दाको सुरक्षा हुने अपेक्षा निकुञ्ज प्रशासनले गरेको छ।
बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गरेको छ ।
सरकारले मन्त्रालय संख्या घटाएसँगै केही मन्त्री मन्त्रालयविहीन बनेका छन् । तर उनीहरूलाई तत्काल पदमुक्त नगरिने र केही समयका लागि विनाविभागीय मन्त्रीका रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत राख्ने तयारी गरिएको छ ।
मन्त्रालय नभए पनि केही समयका लागि मन्त्रीहरू विनाविभागीय रूपमा रहने र यसको निकास छिट्टै निकालिने बताइएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि नेकपा एमालेका तर्फबाट सरकारमा सहभागी ६ जना मन्त्रीले राजीनामा दिने तयारी गरेका थिए ।
तर नेपाली कांग्रेस र एमालेको केन्द्रीय नेतृत्वबाट स्पष्ट निर्देशन नआएको भन्दै अन्तिम समयमा राजीनामा रोकिएको जनाइएको छ । दुवै दलले केन्द्रको आधिकारिक निर्णय नआएसम्म सरकारलाई निरन्तरता दिने समझदारी गरेका छन् ।
सरकारको नयाँ संरचनाअनुसार अब बागमती प्रदेशमा ८ वटा मन्त्रालय मात्र रहनेछन् । तीमध्ये नेपाली कांग्रेसले पाँच र एमालेले तीन मन्त्रालयको नेतृत्व गर्नेछन्। कुन मन्त्रीलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने अन्तिम निर्णय भने मुख्यमन्त्रीले गर्ने बताइएको छ ।
यस विषयमा सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले कांग्रेस–एमाले नेतृत्वबीच सरकार सञ्चालन र गठबन्धनको भविष्यबारे छलफल भइरहेको तथा सहमतिमै सबै विषय टुंगिने बताएका छन् ।





