काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)ले ६७ वर्षको उमेरमा फुटेको मस्तिष्कको जटिल रक्तनलीसम्बन्धी रोग ब्रेन एभीएमको चिरफार नगरी न्यूरोइन्टरभेन्सन प्रविधिबाट सफल उपचार गरिएको छ ।
चिकित्सकहरूका अनुसार ६७ वर्षको उमेरमा फुटेको एभीएमको यस प्रकारको सफल उपचार भएको नेपालमै पहिलो घटना हो।
६७ वर्षका हरिप्रसाद कँडेल पहिलेदेखि नै दीर्घकालीन कलेजो रोगबाट पीडित थिए। एक दिन शौचालय जाने क्रममा उनी अचानक बेहोस भएपछि परिवारले तत्काल काठमाडौं मेडिकल कलेजको आकस्मिक कक्षमा पुर्याएको थियो ।
करिब तीन घण्टादेखि अचेत रहेका उनको तत्काल सीटी स्क्यान गर्दा मस्तिष्कको असामान्य स्थानमा ठूलो रक्तस्राव (हेमाटोमा) देखियो। रक्तस्रावको स्थान सामान्य नभएकाले त्यसको वास्तविक कारण पहिचान गर्न थप परीक्षण गरियो ।
त्यसपछि काठमाडौं मेडिकल कलेजको अत्याधुनिक बाइप्लेन क्याथल्याबमा न्युरोइन्टरभेन्सन विशेषज्ञ डा। अरुण पौडेलको नेतृत्वमा डीएसए एन्जियोग्राफी गरियो।
परीक्षणका क्रममा मस्तिष्कमा रगत पुर्याउने धमनी र रगत फर्काउने शिराबीच जन्मजात असामान्य रूपमा बनेको रक्तनलीको जालो अर्थात् ब्रेन एभीएम फुटेर रक्तस्राव भएको पुष्टि भयो। उपचार प्रक्रियामा कलेजो रोग विशेषज्ञ डा। सागर पौडेलको टोली पनि संलग्न थियो ।
चिकित्सकहरूका अनुसार एभीएम जन्मजात हुने रक्तनलीसम्बन्धी दुर्लभ विकृति हो । सामान्यतया यस्तो समस्या युवावस्थामै देखिने वा फुट्ने गर्छ। तर ६७ वर्षको उमेरमा एभीएम फुट्नु दुर्लभ र उच्च जोखिमपूर्ण अवस्था मानिन्छ ।
रोगको पुष्टि भएपछि चिकित्सकहरूले टाउको नखोली तिघ्राको रक्तनलीबाट अत्यन्त सानो क्याथेटर मस्तिष्कसम्म पुर्याएर न्युरोइन्टरभेन्सन (एन्डोभास्कुलर) प्रविधि तथा आवश्यक स्टेन्ट र बेलुन प्रविधि प्रयोग गरी एभीएमको सफल उपचार गरेका थिए ।
लामो र जटिल उपचारपछि रक्तस्राव नियन्त्रण गर्दै एभीएमलाई सुरक्षित रूपमा बन्द गर्न चिकित्सक टोली सफल भएको अस्पतालले जनाएको छ ।
उपचारपछि हरिप्रसादको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको, केही दिनमै होसमा फर्किएको र हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टरले बताएका छन् । हरिप्रसादकी पत्नी सुजाता कँडेलले उपचारको सफलतालाई शब्दमा व्यक्त गर्न नसकिने खुसीको क्षण भएको बताइन् ।
स्वयं हरिप्रसादले पनि आफूलाई सहज र सफल उपचार प्रदान गरेको भन्दै उपचारमा संलग्न चिकित्सक टोलीप्रति आभार व्यक्त गरेका छन् ।
डा.पौडेलका अनुसार मस्तिष्कमा असामान्य स्थानमा रक्तस्राव देखिएमा त्यसलाई सामान्य स्ट्रोक वा रक्तस्राव ठानेर मात्र उपचार गर्नु उपयुक्त हुँदैन। यस्ता अवस्थामा एभीएम, एन्युरिज्म वा अन्य रक्तनलीसम्बन्धी विकृतिको सम्भावना खोज्न डीएसए एन्जियोग्राफी सहितको न्युरोइन्टरभेन्सन मूल्याङ्कन आवश्यक हुन्छ ।
समयमै सही पहिचान र उपचार गर्न सके यस्ता धेरै बिरामीको ज्यान बचाउन सकिने उनले बताए ।
उनका अनुसार ६७ वर्षको उमेरमा फुटेको ब्रेन एभीएमको न्युरोइन्टरभेन्सनमार्फत सफल उपचार भएको यो घटना काठमाडौं मेडिकल कलेजका लागि मात्र नभई नेपालकै चिकित्सा इतिहासमा पहिलो उपलब्धि हो ।
काठमाडौं मेडिकल कलेज नेपाली कांग्रेसका लोकप्रिय नेता डा.सुनील शर्माद्वारा सञ्चालित अस्पताल हो ।
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले आज (असार ३१ गते) देखि देशभर पुनः १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डर बिक्री–वितरण सुरु गरेको छ । ग्यास आपूर्ति सहज भएसँगै पुरानै प्रणालीअनुसार भरी सिलिन्डर उपलब्ध गराउने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।
मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार उपभोक्ताले अब १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डर साबिककै मूल्य २ हजार ६० रुपैयाँमा खरिद गर्न सक्नेछन् । यसअघि भारतबाट ग्यास आयातमा समस्या आएपछि निगमले गत फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१ केजी) मा मात्र ग्यास भरेर बिक्री–वितरण गर्दै आएको थियो ।
हाल आयात सहज भएको र बजारमा भरी सिलिन्डरको माग बढेकाले पुनः पुरानै व्यवस्था लागू गरिएको निगमले जनाएको छ । निगमका अनुसार बजारमा केही समयसम्म ७.१ केजीको आधा सिलिन्डर र १४.२ केजीको भरी सिलिन्डर दुवै प्रकारका ग्यास सिलिन्डर उपलब्ध हुन सक्नेछन् ।
त्यसैले उपभोक्तालाई ग्यास खरिद गर्दा सिलिन्डरको तौल र मूल्य राम्रोसँग जाँच गरेर मात्र खरिद गर्न आग्रह गरिएको छ । साथै, निगमले आवश्यकताभन्दा बढी ग्यास खरिद गरी घरमा भण्डारण नगर्न उपभोक्तासँग अनुरोध गर्दै सहज आपूर्तिका लागि सबैको सहयोग आवश्यक रहेको जनाएको छ ।
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएकाहरुलाई जिल्ला अदालत काठमाडौंले सजाय तोकेको छ ।
मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूवउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १५ जनालाई सजाय तोकेको हो ।
टोपबहादुरलाई ५ वर्षको कैद र ५० हजार जरिवाना, टेकनारायण पाण्डेलाई ६ वर्षको कैद र ६० हजार जरिवना, बालकृष्ण खाँणलाई २ वर्षको कैद र २० हजार जरिवाना र टेकनाथ रिजाललाई १ वर्षको कैद र १० हजार जरिवाना तोकिएको छ ।
यसैगरी, केशव दुलाललाई ७ वर्ष कैद र ७० हजार जरिवाना, सानु भण्डारीलाई ७ वर्षको कैद र ७० हजार जरिवाना, इन्द्रजित राईलाई ६ वर्षको कैद र ६० हजार जरिवाना, आङटावा शेर्पालाई ५ वर्षको कैद र ५० हजार जरिवाना, सन्देश शर्मालाई ५ वर्षको कैद र ५० हजार जरिवाना, गोविन्द चौधरीलाई ५ वर्षको कैद र ५० हजार जरिवना, सागर राईलाई ५ वर्षको कैद र ५० हजार जरिवाना तोकिएको छ ।
यस्तै, शम्शेर मियाँलाई १ वर्षको कैद र १० हजार जरिवाना, नरेन्द्र केसीलाई १ वर्षको कैद र १० हजार जरिवाना, हरिभक्त महर्जनलाई १ वर्षको कैद र १० हजार जरिवना, निरञ्जनकुमार खरेललाई १ वर्षको कैद र १० हजार जरिवाना र बेचन झालाई १ वर्षको कैद र १० हजार जरिवान तोकिएको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ वातावरणमा आफूलाई सहज रूपमा स्थापित गर्न सक्नुहुनेछ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। विद्यार्थीहरूलाई परीक्षामा राम्रो सफलता मिल्नेछ। संगीत वा कलाको क्षेत्रमा विशेष उपलब्धि प्राप्त होला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पुरानो अनुभवले नयाँ अवसरको सही उपयोग गर्न मद्दत गर्नेछ। स्वास्थ्यको लागि खानपिनमा ध्यान पुर्याउनुहोला। व्यापार व्यवसायमा धैर्य एवं मेहनतले राम्रो सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नो व्यवहारबाट सबैको मन जित्न सफल हुनुहुनेछ। आशा र विश्वासले नयाँ ऊर्जा प्रदान गर्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) यो समय आत्मविश्वास, प्रगति र सन्तुष्टिको अनुभव दिलाउने बन्नेछ।रोकिएका कार्य प्रारम्भ हुनेछन्। व्यक्तिगत वा गोपनीय जानकारीहरू बाहिर उजागर गर्नदेखि बच्नुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अरूलाई प्रेरणा दिने काम गर्न सक्नुहुनेछ। सम्मान र जिम्मेवारी दुवै बढ्न सक्छ। आफन्तहरूको सहयोगले नयाँ आशा दिलाउनेछ। आत्मअनुशासनले धेरै काम समयमै सम्पन्न गराउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
कन्या (Iटो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रभावशाली व्यक्तिसँग सहकार्यको अवसर मिल्न सक्छ। शुभचिन्तकको सुझाव उपयोगी साबित हुनेछ। आय आर्जनका स्रोतहरू बढ्नेछन्। व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज कार्यक्षेत्रमा एकपछि अर्को अवसर हाथ लाग्नाले मन आनन्दित रहनेछ। कृषि वा पशुपालनबाट राम्रो आय आर्जन गर्न सकिनेछ। घरपरिवारमा आफूभन्दा ठूलाको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्तहरूसंग रमाइलो जमघटले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा पिताको साथ र सहयोग मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साझेदारी व्यापारमा विशेष लाभ रहनेछ। सकेसम्म यात्रा नगर्नुहोला। निर्णय लिने क्षमता राम्रो रहेको छ। नयाँ अवसरको फाइदा उठाउन सकिनेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) खर्चमा नियन्त्रण राख्नुहोस। नयाँ लगानी लगाउनको लागि उपयुक्त समयको प्रतिक्षा गरौं। सकेसम्म ठूलो कार्यहरूमा हात नहालौं। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) भावनामा आएर कुनै पनि कार्य नगर्नुहोस्। लामो दूरिको यात्रा नगर्नुहोला। प्रेम सम्बन्धमा सुधारका योग रहेका छन्। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रूखो बोली सबैभन्दा ठूलो शत्रु बन्न सक्छ। कुनै पनि कुरालाई लिएर एउटा धारणा नबनाउनुहोस्। धनमा वृद्धि हुनेछ। अरुलाई सल्लाह दिनबाट जोगिनुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।
उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोगका क्रममा सरकारी कागजात किर्ते गरेको आरोप लागेका तीनजना संविधानसभा सदस्यलाई कसुरदार ठहर गर्ने जिल्ला अदालत काठमाडौंको फैसला सदर गरेको छ ।
न्यायाधीशहरू खड्कबहादुर केसी र गोपालप्रसाद बास्तोलाको इजलासले सभासद्हरू गायत्री शाह, विश्वनाथप्रसाद यादव र शिवपुजन राय लगायतलाई कसुदार ठहर गर्ने जिल्ला अदालतको फैसलालाई मंगलबार सदर गरेको हो ।
उच्चले गत असार २३ गते संविधानसभा सदस्यहरू गायत्री शाह, विश्वनाथप्रसाद यादव र शिवपुजन राय यादव राहदानी ऐनविपरीतको कसुरमा दोषी ठहर हुने जिल्लाको फैसला सदर गरेको हो ।
उनीहरूलाई काठमाडौं जिल्ला अदालतले ०७१ जेठ २१ गते तत्कालीन संविधानसभा सदस्य शाह, यादव र राय यादवलाई जनही पाँच महिना कैद र ५०० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उनीहरू सबैजना ०६४ सालमा पहिलो संविधानसभाका सदस्य भएका थिए।
यस्तै विचौलियाको भूमिका खेलेका डिलबहादुर घर्ती, गोपाल बानियाँ, मनोजकुमार कार्की, देवेन्द्र पौडेल र सन्तोषराज उप्रेतीलाई किर्ते कागज कसुरमा दोषी ठहर भएका छन् । यिनीहरूलाई जनही एक वर्ष कैद र पाँच लाख ५४ हजार रुपैयाँ जरिवाना भएको छ।
उता नक्कली राहदानी प्रयोग गरी अस्ट्रेलिया जान खोजेका म्याग्दीका पृथ्वी छन्त्याललाई जिल्ला अदालत काठमाडौंले एक वर्ष कैद र ५०० रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।
गायत्री, विश्वनाथप्रसाद र शिवपुजनले संविधानसभा सदस्यको हैसियतमा प्रदान गरिएको विशिष्ट कूटनीतिक राहदानी आर्थिक लाभ लिने गरी विचौलियालाई बिक्री गरेको खुलेको थियो।
सरकारले कानून विपरित र जथाभावी रूपमा सवारी साधन राखेर ‘सवारी आतंक’ सिर्जना गर्ने जो–कोहीलाई कानूनी कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरेको छ ।
मन्त्रीपरिषद्का निर्णयहरू सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले सञ्चारमाध्यम र नेताका घर अगाडि गाडी पार्किङ गर्ने काम नियोजित कार्य नभएको स्पष्ट पारे ।
नेताका घर अगाडि, सञ्चारमाध्यम भवन अघि नियमविपरित सवारी साधनहरू राखिएको र जरिवानासमेत नतिरी छाडिएको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले यसमा सरकारको कुनै योजना वा संलग्नता नरहेको प्रष्ट पारे ।
सोमवार कान्तिपुर, अनलाइन खबर, हिमालय टिभी, नेपाली काँग्रेसका सभापति गगनकुमार थापाको निवास अगाडि लगेर गाडी पार्किङ गरिएको थियो । प्रहरीले पछि उक्त स्थानबाट क्रेन लगाएर गाडी हटाएको हो । ‘यदि यो सरकारकै नियोजित कार्य हुन्थ्यो भने गृह मन्त्रालय मातहतको नेपाल प्रहरीले यसरी खोजी र अनुसन्धान गर्ने थिएन । जुनसुकै पार्टीको भए पनि उहाँहरूले गर्नुभएको गल्तीका आधारमा प्रचलित कानूनअनुसार के सजाय हुनुपर्ने हो, त्यो भएरै छाड्छ’ उनले भने ।
मन्त्री पोखरेलले सार्वजनिक व्यवस्थामा खलल पु¥याउने गरी सवारी साधन राख्ने कार्यमा संलग्नहरूको प्रहरीले सुक्ष्म खोजी गरिरहेको जानकारी दिए । उनले यस कार्यमा संलग्न व्यक्ति जुनसुकै राजनीतिक दलसँग आबद्ध भएपनि कानूनबमोजिम सजाय हुने स्पष्ट पारे ।
सरकारले विधिको शासन कायम गर्न र अराजकता रोक्न कुनै सम्झौता नगर्ने समेत उनको भनाइ छ ।
सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विगतका विभिन्न आयोगहरूको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदनहरू गृह मन्त्रालयले तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
बैठकले विपद् खोज तथा उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ भने नेपाल वायुसेवा निगमको सञ्चालक समितिका अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको काम समेत गर्ने गरी कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने निर्णय गरिएको प्रवक्ता पोखरेलले बताए ।
साथै बैठकले बिउ बिजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक हासिल गर्न सफल खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गरिने निर्णय समेत भएको प्रवक्ता पोखरेलले जानकारी दिए ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका तीन वटा विधेयकलाई प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ प्रमाणीकरण गरेका हुन्।
तीनवटै विधेयक २०८३ साल असार ३० गते प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
संघीय संसद्को बैठकबाट पारित भएर राष्ट्रपतिसमक्ष पुगेका विधेयक संवैधानिक प्रक्रिया पूरा भएपछि प्रमाणीकरण गरिएको हो।
बागमती प्रदेश सरकारले पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न थालेको छ ।
मंगलवार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जावलाखेलस्थित बागमती प्रदेश सुशासन केन्द्रमा ४२ जना बचतकर्तालाई करिव १७ लाख रुपैयाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषित गरेको थियो ।
नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई निरन्तर ज्यान मार्ने धम्की आइरहेको भन्दै संसदको ध्यानाकर्षण गराएका छन् ।
मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै महरले सामाजिक सञ्जाल र फोनमार्फत आफूलाई गोली हान्ने धम्की आएको जानकारी दिएका हुन् ।
सदनमा सम्बोधन गर्दै प्रमुख सचेतक महरले जनताको प्रतिनिधि हुनुको नाताले सरकारको गुण र दोषका आधारमा आलोचना गर्दा आफूलाई निशाना बनाइएको बताए ।
महरले सदनमा आफूलाई धम्की दिने व्यक्तिको विवरण समेत सार्वजनिक गरे । उनकाअनुसार पराजुली राम नामको फेसबुक आईडीबाट उनलाई गोली हान्ने धम्की दिइएको छ । ‘हामी जनताको अभिमत लिएर यो सदनमा आएका हौँ। सरकारलाई सही बाटो देखाउन खोज्दा मलाई फेसबुक र फोनमा निरन्तर गोली हान्ने र मार्ने धम्की आइरहेको छ’ उनले भने ।
पूर्णविक्रम क्षेत्री नामक अर्का व्यक्तिबाट पनि आफूलाई भौतिक आक्रमणको धम्की आएको उनले बताए ।
यसरी सार्वजनिक रूपमै ज्यान मार्ने धम्की आउनु गम्भीर विषय भएको भन्दै उहाँले यसबारे सदन र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
उनले आफूहरू निरपेक्ष रूपमा सरकारको विरोधमा नरहेको तर जनसरोकारका विषयमा बोल्दा यस्ता धम्कीको सामना गर्नुपरिरहेको गुनासो व्यक्त गरे ।





