२०८३ भाद्र ६ गते शनिबार
२०८३ भाद्र ६ गते शनिबार

थापाथली स्थित सुकुमबासी बस्तीमा डोजर चलेको छ । बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू हटाउन डोजर चलाइएको हो ।

बिहानैदेखि बाक्लो सुरक्षाकर्मीको उपस्थितिपछि बस्तीका मानिसले आफ्नो सामान हटाउन थालेका थिए ।

बस्तीमा रहेका मान्छेलाई बाहिर निकाल्न प्रहरीले सघाइरहेका छन् । सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले बाक्लो सङ्ख्या नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी तैनाथ छन् । स्थिति शान्तिपूर्ण छ ।

नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू हटाउने कार्य आज (शनिबार) बिहानैदेखि सुरु हुने भएको छ ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयको पूर्व सूचना अनुसार नदीको प्राकृतिक बहावमा नकारात्मक असर परेको र सहरी पूर्वाधार निर्माणमा अवरोध पुगेको भन्दै प्रशासनले वैशाख ११ गते (शुक्रबार) साँझ ७ बजेसम्म ती संरचना खाली गर्न अन्तिम समय सीमा तोकेको थियो ।

उक्त समय सीमा सकिएसँगै आज वैशाख १२ गते बिहान ६ बजेदेखि नै अनधिकृत घरटहराहरू भत्काउने र अतिक्रमित क्षेत्र पूर्ण रूपमा खाली गराउने प्रक्रिया अघि बढाइने भएको हो ।

प्रशासनले शुक्रबार नै सूचना जारी गरी घरटहरा खाली गर्न तथा आफ्ना निजी सामान, लत्ताकपडा र घरपालुवा जनावर सुरक्षित स्थानमा सार्न आग्रह गरेको थियो । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर सुरक्षित स्थानान्तरण गर्न प्रशासनले निर्देश गरेको छ ।

बस्ती खाली गराउने कार्यमा कुनै पनि अवरोध सिर्जना भएमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ ।

प्रशासनका अनुसार आगामी १० देखि १५ दिनभित्र वास्तविक भूमिहीन सुकुमबासीहरूको पहिचान र लगत संकलन गरी उनीहरूको उचित बसोबासको व्यवस्था मिलाइने तयारी छ ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

काममा नयाँ जोश देखिनेछ। जिम्मेवारी पूरा गर्दा सन्तुष्टि मिल्नेछ। आर्थिक पक्ष क्रमशः बलियो बन्दै जानेछ। सहकर्मीहरूसँग समन्वय राम्रो रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

पारिवारिक सहयोगले हौसला बढ्नेछ। धनसम्बन्धी योजना सफल बन्न सक्छ। अध्ययनमा एकाग्रता कायम रहनेछ। आत्मबल बढेर निर्णय सजिलो हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

विचारमा स्पष्टता ल्याउन आवश्यक देखिन्छ। सानो यात्राले नयाँ अनुभव दिलाउनेछ। काममा लचकता अपनाउँदा फाइदा हुनेछ। मित्रसँग भेटघाट सुखद बन्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

परिवारसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ। धैर्यताले काममा सफलता ल्याउनेछ। व्यापारमा सन्तोषजनक आम्दानी हुनेछ। स्वास्थ्यमा सामान्य सुधार रहनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक २ रहेको छ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

नेतृत्व क्षमताले अरूलाई प्रभावित पार्नेछ। नयाँ जिम्मेवारी सम्हाल्ने अवसर मिल्नेछ। सिर्जनात्मक काममा रुचि बढ्नेछ। प्रशंसा प्राप्त हुँदा आत्मविश्वास थपिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

कार्य योजनामा स्पष्टता ल्याउनु आवश्यक हुनेछ। मेहनतले अपेक्षित परिणाम दिन सक्छ। सहकर्मीको सुझाव उपयोगी बन्नेछ। समयको सदुपयोग गर्दा लाभ मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

सन्तुलन कायम राख्दा सफलता मिल्नेछ। आर्थिक पक्षमा सुधार आउने संकेत देखिन्छ। नयाँ सम्बन्ध बन्न सक्ने सम्भावना छ। यात्राबाट सकारात्मक अनुभव प्राप्त हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आत्मविश्वासले चुनौती पार गर्न मद्दत गर्नेछ। गोप्य योजना अघि बढाउन समय अनुकूल छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। स्वास्थ्यप्रति सजग रहनु उचित हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ८ रहेको छ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

नयाँ अवसरले भविष्य उज्ज्वल बनाउनेछ। काममा निरन्तरता राख्दा उपलब्धि हासिल हुनेछ। अध्ययनमा राम्रो परिणाम देखिनेछ। यात्राले ज्ञान विस्तार गर्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

परिश्रमले सफलता दिलाउनेछ। आर्थिक अवस्थामा सुधार आउनेछ। सहकार्यले काम सजिलो बनाउनेछ। धैर्य र संयमले प्रगति सम्भव हुनेछ। आजको शुभ रंग कालो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

नयाँ सोचले कार्यक्षेत्रमा उन्नति ल्याउनेछ। साथीभाइको साथ उपयोगी बन्नेछ। योजनामा स्थिरता आवश्यक देखिन्छ। सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

मनमा शान्ति र सन्तुष्टि रहनेछ। सृजनात्मक काममा रुचि बढ्नेछ। परिवारसँग रमाइलो समय बित्नेछ। प्रयासले राम्रो नतिजा ल्याउनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक ७ रहेको छ।

जति टाढा उति देशको माया गाढा। यो उक्ति खासमा लामो समय अष्ट्रेलिया बसोबास गरेका खेम शर्मालाई सुहाउँछ। किनकी उनको कर्म विदेशी भूमिमा भए पनि स्वदेशको मुहान फेर्ने काममा बढी केन्द्रित छ। तर अहिले पनि केही वर्षदेखि यहाँ नेपालमै बस्न थालेका छन्। केही नयाँ गरौँ, देशको मुहार फेरौँ भन्ने ध्येयका कारण नै आफूलाई जन्मभूमिले तानेको उनको अनुभव छ।

हेर्दा, सुन्दा सामान्य लाग्ने सरसफाइको काम अनुशासनको पहिलो मानक नै हो। तर सरसफाइलाई उनले कुनै पनि व्यक्ति या राष्ट्रकै समृद्धिको पहिलो खुड्किलो हो भन्छन्। उनले सुरुमा अष्ट्रेलिया र पछिल्ला वर्षहरूमा नेपालमै सरसफाइ अभियानमा गरेको काम देखेर नेपाली समाजलाई सिक्न बाध्य बनायो। एक दशकअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफा गरेर उनले सरसफाइ कस्तो हुनुपर्छ भन्ने एउटा मानक नै प्रस्तुत गरेका थिए।

मुलुकलाई समृद्ध बनाउन हरेक नागरिकको जागरण आवश्यक रहेको बताउने शर्माको देशका लागि केही गरौँ भन्ने हुटहुटी यसपटक भने पुस्तकका रूपमा बाहिर आएको छ। यो पटक शर्माले विचार र चिन्तनको माध्यमबाट समृद्ध नेपालको परिकल्पना गरेर विभिन्न शीर्षकका २४ वटा पुस्तक डिजिटल स्वरूपमा प्रकाशन गरेर विश्व कीर्तिमान राख्न सफल भए।

राष्ट्र निर्माणमा केन्द्रित रेहेर एउटै लेखकले एकैपटकमा फरक शीर्षकका धेरै पुस्तक प्रकाशन गरेकाले उनलाई शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा विश्व रेकर्डको प्रमाणपत्र प्रदान गरियो। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रमाणपत्र प्रदान गरेका थिए।

‘रक्षा’, ‘गृह’, ‘परराष्ट्र’, ‘अर्थ’, ‘भूमि व्यवस्था’, ‘सहकारी तथा गरिबी निवारण’, ‘खानेपानी सरसफाइ तथा फोहर व्यवस्थापन’, ‘कृषि तथा पशुपन्छी विकास’, ‘श्रम तथा रोजगार’, ‘यातायात तथा नागरिक उड्डयन’, ‘शिक्षा’, ‘विज्ञान तथा प्रविधि’, ‘संस्कृति तथा पर्यटन’, ‘सञ्चार तथा सूचना प्रविधि’, ‘स्वास्थ्य तथा जनसङ्ख्या’, ‘सामाजिक विकास’, ‘सङ्घीय मामिला तथा सामान्य प्रशासन’, ‘युवा तथा खेलकुद’, ‘सहरी विकास’, ‘वन तथा वातावरण’, ‘कानुन, न्याय तथा संसदीय मामिला’, ‘ऊर्जा, जलस्रोत तथा सिँचाइ’, ‘उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार’, ‘सङ्घीय मामिला तथा सामान्य प्रशासन’ गरी विभिन्न शीर्षकका यी पुस्तकको डिजिटल प्रकाशन आज सार्वजनिक गरिएको हो।

शर्माका यी डिजिटल पुस्तकहरूले विश्व कीर्तिमानमा नाम दर्ज गर्न सफल भएको छ। राष्ट्र निर्माणमा केन्द्रित रहेर एउटै लेखकले एकै पटक धेरै पुस्तक लेखेको विषयमा उनलाई विश्व कीर्तिमानको प्रमाणपत्र दिइएको हो। ती सबै पुस्तक छ लाखभन्दा बढी शब्दका छन्। ती पुस्तकको विमोचनसँगै राष्ट्रियसभाका अध्यक्ष दाहालले शर्मालाई विश्व कीर्तिमानबाट प्राप्त प्रमाण पत्र, ट्रफी र मेडल प्रदान गरेका थिए।

पुस्तक लेख्दाका अनुभव साट्दै शर्माले आफू धेरै रात अनिद्रा रहेको बताए। उनका अनुसार राष्ट्र निर्माणमा दृष्टिकोणको आवश्यक पर्छ। जुन यतिबेला मुलुकमा खाँचो छ। त्यसैले नेपालका मन्त्रालयहरूकै शीर्षक राखेर ती मन्त्रालयले के कस्तो काम गर्दा देश बन्छ भन्ने विषयलाई यी पुस्तकमा समेटिएको उनको भनाइ छ।

विमानस्थलमा सफाइको नमूना पेस गरेपछि त्यस लगत्तै पशुपतिनाथ क्षेत्र हुँदै नेपालका धेरै क्षेत्रमा सरसफाइको अभियान नै चल्यो र त्यसको नेतृत्व उनले बताए। त्यसैले उनको पहिचान सफाइ अभियन्ता बन्न पुग्यो। अहिले त्यसैमा आफूलाई चिनाउन उनलाई रुची लाग्छ।

‘हामीजस्ता सचेत मान्छेले नै फोहर गरेको हो विमानस्थल’, उनले उक्त अभियान सम्झँदै भने, ‘अनि हामीले नै सफा नगरे कसले गर्छ ? रूपान्तरण आफैँबाट जरुरी छ नि। त्यसैले ग¥यौँ र एउटा मानक बनायौँ पनि। त्यसैले अब फोहर नगरौँ, त्यसो भएपछि सफा गर्नै पर्दैन।’

एनआरएनद्वारा अयोजना भएको आजको सो कार्यक्रममा विश्वभर विभिन्न देशमा रहेका नेपालीहरूको अनुवभलाई जोड्ने संयन्त्रका रूपमा एनआरएन हुनुपर्ने धारणा उनले रखे। त्यसैले हालै प्रकाशित पुस्तक सङ्ग्रह बिक्रीबाट भविष्यमा प्राप्त हुने रोयल्टीको ५० प्रतिशत रकम ‘ज्ञान मञ्च’ निर्माणमा योगदान गर्ने उनले बताए।

‘मेरो उद्देश्य पुस्तक बेचेर रोकिनु मात्रै होइन, विचारलाई संरचनामा, संरचनालाई संवादमा र संवादलाई राष्ट्र निर्माणमा बदल्नु हो’, उनले भने, ‘अब हामी नेपाली नागरिक भएर सोच्नुपर्ने बेला आएको छ। विचार, धारणा फरक हुन सक्छ तर, देश साझा हो।’ उनले राष्ट्रिय पक्षमा साझा नागरिक चेतनाको निर्माण गर्न विचारको चिन्तन आवश्यक आधार रहेको बताए।

शर्मा यस लगत्तै देश विकास र समृद्धिका लागि मार्च पहिचान गर्ने र त्यसपछि थप दुई पुस्तक प्रकाशन गर्ने तयारीमा छन्। उनको विचारमा प्रवासी नेपालीहरू केवल रेमिट्यान्सका स्रोत मात्रै होइनन्। उनीहरू ज्ञान, अनुभव, दृष्टि र राष्ट्रियताप्रति गम्भीर रहेको उनले बताए।

यसै धारणाबाट प्रेरित भएर यो वर्षभित्र नेपालको ७७ वटै जिल्लाको सम्भावना, रूपान्तरण र मार्गचित्रमाथि पहिलो र विश्वमै फैलिएका एनआरएनबाट नेपालले के सिक्न सक्छ भन्ने विषयमा दोस्रो पुस्तक लेख्ने जानकारी दिए।

कार्यक्रममा उनको पुस्तकलाई समीक्षा गर्दै डा सुरेश तिवारीले देशको समृद्धिका आधारशिलाका रूपमा शर्माका पुस्तक प्रकाशित भएको बताए। यी पुस्तक पढेर व्यवहारमा उतार्न सकिएमा नेपालमा विकासका ढोका धेरै खुल्ने उनको दाबी छ।

उद्योगी शेखर गोल्छामाथि जारी अनुसन्धानका लागि अदालतले चार दिनको म्याद थप गरेको छ। धितो पत्रसम्बन्धी कसुरको आशंकामा उनीमाथि अनुसन्धान अघि बढाइएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गोल्छालाई बिहीबार काठमाडौँको नक्साल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो। उनी हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्षसमेत रहेका थिए।

प्रहरीले धितो पत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ।

यसअघि नेपाल धितो पत्र बोर्डले विवादास्पद सेयर कारोबारसम्बन्धी विषयमा जाँचबुझ तथा सुपरिवेक्षण प्रतिवेदन तयार गरेको थियो। उक्त प्रतिवेदनमा व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाललगायत समूहसँग मिलेमतो भएको आशंकासहित गोल्छासमेत छ जनाको संलग्नताबारे प्रश्न उठाइएको बताइएको छ।

पूर्वमन्त्री एवं  राप्रपाका नेता विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ।

उनी राप्रपाका वरिष्ठ नेता एवं उपाध्यक्ष हुन् । उनलाई आफू अनुकूलको ठेक्का पार्ने प्रयासका क्रममा ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पाण्डे ०७९ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

पाण्डेविरुद्ध ०७५ सालमा सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम भएको अख्तियारले मुद्दा दायर गरेको थियो ।

सो मुद्दामा उनी ४ करोड धरौटी बुझाएर रिहा भएका थिए ।

प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोला किनारमा रहेका सुकुम्वासी बस्तीलाई मानवीय ढंगले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री शाहले हरेक वर्ष बाढीका कारण हजारौँ नागरिकको विचल्ली हुने गरेको बताएका छन् । उनले हरेक वर्ष ज्यान जोगाउन संघर्ष गर्नुपर्ने अवस्था आउने गरेको पनि स्मरण गरेका छन् ।

उनले यो समस्या वर्षौँदेखि दोहोरिँदै आएको बताए। शाहले अब यसलाई थाती नराखी दीर्घकालीन समाधान आवश्यक रहेको जोड दिएका छन्।

प्रधानमन्त्री शाहले खोला किनारका बस्तीका कारण डुबानको जोखिम मात्रै नभई ढल निकास प्रणालीमा समेत अवरोध पुगेको बताएका छन् । जसले उपत्यकाको वातावरणीय समस्या थप जटिल बनाएको उनको तर्क छ।

उनले थापाथली, गैरीगाउँ, मनोहरा लगायतका क्षेत्रमा रहेका जोखिमपूर्ण बस्तीहरूलाई बल प्रयोग नगरी मानवीय ढंगले स्थानान्तरण गरिने स्पष्ट पारे।

प्रधानमन्त्री शाहले आफूले निर्वाचनदेखि नै उठाउँदै आएको प्रतिबद्धता र सरकारका प्राथमिक योजनाअन्तर्गत सुकुम्बासी व्यवस्थापनलाई अघि बढाइने उल्लेख गर्दै वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याएर दीर्घकालीन समाधान गर्ने बताए।

उनले देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूरा गरी जग्गा वितरण गर्ने तयारी भइरहेको पनि जानकारी दिएका छन्।

सरकारले आगामी १५ दिनभित्र काठमाडौंका वास्तविक भूमिहीनलाई बसोबासको उचित प्रबन्ध गर्ने तयारी भइरहेको जनाएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनारका सार्वजनिक र सरकारी जग्गामा अनधिकृत रूपमा बनाइएका घर टहराहरू खाली गर्न अत्यन्त जरुरी सूचना जारी गर्दै १० देखि १५ दिनभित्र वावस्तविक भूमिहीनलाई बसोबासको उचित प्रबन्ध गर्ने तयारी भइरहेको जानकारी दिएको हो ।

जिल्ला प्रशासनले वर्षौँदेखि सार्वजनिक आवागमन, शहरी पूर्वाधार निर्माण र नदीको बहावमा अवरोध पुऱ्याउँदै आएका यस्ता संरचनाहरू वैशाख ११ गते साँझ ७ बजेभित्र खाली गरिसक्न प्रशासनले अन्तिम निर्देशन दिएको हो । नदी किनारमा जोखिमपूर्ण रूपमा बसोबास गरिरहेका व्यक्तिहरूका साथै त्यहाँ भाडामा बस्ने र व्यवसाय गर्नेहरूलाई समेत लक्षित गरी यो सूचना जारी गरिएको छ ।

प्रशासनले जारी गरेको सूचना अनुसार वैशाख १२ गते बिहान ६ बजेदेखि ती संरचनाहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गराउने कार्य सुरु हुनेछ । यदि कसैले आफैँ संरचना हटाउन वा सरसामान सार्न नसक्ने अवस्था भएमा महानगरीय प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खबर गर्न भनिएको छ । प्रशासनले आफ्ना निजी सामान, लुगाफाडा र घरपालुवा पशुपन्छीहरू तत्काल सुरक्षित स्थानमा सार्न आग्रह गर्दै अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती र बिरामीहरूलाई प्राथमिकताका साथ अन्यत्र सार्न विशेष निर्देशन दिएको छ ।

सरकारले यसरी हटाइएका व्यक्ति र परिवारहरूलाई तोकिएका विभिन्न स्थानहरूमा आधारभूत न्यूनतम सुविधासहितको बसोबासको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । सुरक्षित रूपमा बसोबास सरेपछि वास्तविक भूमिहीन सुकुम्बासीहरूको पहिचानका लागि तत्काल लगत लिने र स्क्रिनिङको काम सुरु गरिने प्रशासनले जनाएको छ। आगामी १० देखि १५ दिनभित्र यकिन भएका वास्तविक भूमिहीनलाई बसोबासको उचित प्रबन्ध मिलाउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।

प्रशासनले यो सूचनाको अवज्ञा गरी अटेर गरेमा स्थानीय प्रशासन, प्रहरी र महानगरपालिकाको संयुक्त कारबाहीका क्रममा हुने संरचनाको क्षति र व्यक्तिगत सम्पत्तिको जिम्मेवार व्यक्ति स्वयं हुनुपर्ने कडा चेतावनी समेत दिएको छ। अवरोध सिर्जना गर्ने जोकोहीलाई कानुन बमोजिम कडा कारबाही गरिने व्यहोरा सूचनामा स्पष्ट पारिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार इजरायल र लेबनान बीचको हालको १० दिने युद्धविरामलाई तीन हप्ताका लागि थप गरिने घोषणा गरेका छन् ।

वाशिंगटनमा बिहीवार दिउँसो दुई देशबीच राजदूतस्तरीय वार्ता भएलगत्तै यो घोषणा सार्वजनिक भएको हो । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै संयुक्त राज्य अमेरिकाले लेबनान सरकारलाई हिजबुल्लाहबाट सुरक्षा प्रदान गर्न मद्दत गर्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले ओभल अफिसमा इजरायल र लेबनानका प्रतिनिधिहरूसँग भेट गरेका थिए । उक्त बैठकमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्स, विदेश सचिव मार्को रुबियो र इजरायल तथा लेबनानका लागि अमेरिकी राजदुतहरूको पनि उपस्थिति रहेको थियो ।

गत हप्ता ट्रम्पले नेतान्याहू र आउनलाई अर्को एक वा दुई हप्तामा ह्वाइट हाउसमा भेट्ने अपेक्षा गरेको बताएका थिए । उनले दुवै पक्षले शान्ति सम्झौता गर्नसक्ने आशा व्यक्त गरेका छन् । जसले हिजबुल्लाहको मुद्दालाई पनि सम्बोधन गर्नेछ ।

इजरायल र लेबनानबीचको १० दिने युद्धविराम अप्रिल १६ देखि लागू भएको थियो । यो इरानविरुद्धको अमेरिकी–इजरायली द्वन्द्वका बीच हप्ताैँसम्म चलेको सीमापार लडाइँपछि भएको हो । वर्तमान युद्धविरामका क्रममा लेबनानको दक्षिणी सीमामा तनाव जारी रहेकाले यो युद्धविराम अझै नाजुक अवस्थामा छ ।

काठमाडाैं । बागमती नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्न थालिएको छ । शनिबार र आइतबार डोजर चलाउने तयारीसँगै बिहीबार साँझ प्रहरीले माइकिङ गरेको थियो ।

यो बस्ती खाली गर्न सरकारले आज साँझ ७ बजेसम्मको अल्टिमेटम दिएको छ । आज पनि दिनभर माइकिङ गर्ने र शनिबार बिहानै डोजर चलाउने तयारी छ ।

बागमती किनारका थापाथली, सिनामंगल, टेकु, बल्खु लगायत क्षेत्रमा सुकुमबासी बस्ती छ । प्रधानमन्त्री बालेन शाहले शनिबार र आइतबारभित्र अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न सुरक्षा निकायलाई निर्देशन दिएसँगै बस्ती हटाउन थालिएको हो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।