२०८३ जेष्ठ ३ गते आईतवार
२०८३ जेष्ठ ३ गते आईतवार

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चौधौँ महाधिवेशनबाट निर्वाचिन केन्द्रीय कार्यसमितिलाई विशेष महाधिवेशनले भंग गरिसकेको बताएका छन् ।

विशेष महाधिवेशनस्थलमा बुधबार प्रतिनिधिहरूलाई सम्बोधनका क्रममा चौधौँ महाधिवेशनबाट निर्वाचित कमिटी भंग गरेर निर्वाचन आयोगलाई जानकारी गराइसकेको पनि उनले बताए ।

‘कांग्रेस कसैको निजी कम्पनी होइन । ठिक छ पार्टीले कारबाही गर्न पाउँछ र सक्छ पनि । तर मलाई कारबाही गर्नुअघि एक पटक लिखित या मौखिक स्पष्टीकरण सोधिनुपर्दैन ?’, उनले भने, ‘पार्टी विभाजित भएको छैन। हामी विशेष महाधिवेशनको हलमा छौँ । हामी सत्यको पक्षमा उभिएका छौँ । हामी कसैसँग डराउँदैनौँ । जो सत्यको पक्षमा उभिन्छ, उसले मर्यादा राख्नुपर्छ । हामी सत्यको पक्षमा उभिएका छौँ, हामी जित्छौँ ।’

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट पाँच वर्षका लागि निष्कासन गरिएका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिक्रिया दिएका छन् ।

उनले सहमतिका लागि अघि सारिएका ८ बुँदे प्रस्ताव फेसबुकमा राख्दै प्रश्न गरेका छन् । ‘सहमतिका लागि आज बिहान प्रस्तावित यी ८ बुँदामध्ये कुन बुँदा काँग्रेस र देशको अहितमा थियो र छ, त्यसबारे स्पष्ट पारेको छु’, उनले भनेका छन् ।

विश्वप्रकाश शर्माले अगाडि भनेका छन्, ‘मुस्कुराउँदै फेरि पढेँ यी बुँदा, मेरो प्रतिक्रिया केवल यत्ति छ- कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म दुवै दृढ छौँ। विधानअनुरूपको विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको छ, अब सही नेतृत्व दिनेछ।’

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका केही नेताहरूलाई कारबाही गर्ने निर्णय गरेको छ ।

आज बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले भृकुटीमण्डपमा विशेष महाधिवेशनमा सहभागी भएका उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो ।

विशेष महाधिवेशनले सभापतिमा गगन थापा र दुई महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहित नयाँ पदाधिकारी चयनको प्रक्रिया अगाडि बढाएको छ । योसँगै नेपाली काँग्रेस औपचारिक रूपमा विभाजनतर्फ अघि बढेको छ ।

चार दिनदेखि जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि सभापति पदमा वर्तमान महामन्त्री गगनकुमार थापाको मात्रै मनोनयन परेको छ।

काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनअन्तर्गत मंगलबारदेखि जारी मनोनयन दर्ता कार्यक्रम बुधबार बिहान सकिँदा सभापतिमा गगनले मात्रै उम्मेदवारी दिएका हुन् ।

उता महाममन्त्री पदमा नेताहरू विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् । शर्मा वर्तमान महामन्त्री हुन् । उता प्रदीप पौडेले १४ औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका थिए ।

सहमहामन्त्री पदमा बागमतीका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दिएको जानकारी प्राप्त भएको छ।

अहिलेसम्म निर्वाचन समितिले पदाधिकारीतर्फ कुन पदमा अरू कस-कसले मनोनयन दर्ता गराए खुलाएको छैन ।

मनोनयन दर्ता सकिएसँगै अब महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशनलाई मतदान प्रक्रियामा लैजाने तयारी गरेका छन् ।

तर सकेसम्म सबै निर्वाचित कमिटीलाई सर्वसम्मत गराउने तयारी पनि भइरहेको छ । त्यसकैका लागि निर्वाचन समितिले उम्मेदवारी दिएकाहरूलाई फिर्ताको मञ्जुरीनामामा पनि सही गराएर मात्रै मनोनयन दर्ता गराइरहेको छ ।

विशेष महाधिवेशन आयोजकले पदाधिकारीसहितको केन्द्रीय कार्यसमितिलाई सर्वसम्मत बनाएर निर्वाचन आयोगमा जाने तयारी गरिरहेको छ ।

काभ्रेपलाञ्चोक । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ मा रहेको एसबीआई बैंकको शाखामा लुटपाट भएको छ ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार साँझ ७ बजेतिर बैंकमा लुटपाट भएको हो ।

लुटपाटपछि अहिले प्रहरी सक्रिय भएको र अनुसन्धान प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालयका एसपी लालध्वज सुवेदीले जानकारी दिए ।

स्थानीयका अनुसार भने नकाबधारीहरु छिरेर त्यहाँ रहेका सेक्युरिटी गार्डलाई हिर्काएर कर्मचारी नियन्त्रण लिएर पैसा लुटेर भागेका छन् ।

घाइते सेक्युरिटी गार्डको भने गाउँपालिकाकै बस्तीपुरको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि खुलाइएको निर्वाचन प्रहरीमा ५ दिनमा करिब १ लाख जनाले आवेदन दिएका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)ले ७७ वटै जिल्लास्थित आ-आफ्ना कार्यालयमार्फत २५ पुसबाट आवेदन खुलाएकामा मंगलबारसम्म करिब १ लाखको दरखास्त परेको हो ।

२१ फागुनका लागि तय भएको निर्वाचन सुरक्षार्थ नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरीले १५ हजार १ सय १० जनाका लागि आवेदन खुलाएका थिए । १ माघसम्म आवेदन दिने अवधि तोकिएको छ ।

विगतको तुलनामा यो पटक आवेदन दिनेको संख्यामा केही कमी आएको बताइएको छ ।

तोकिएको संख्यामा दरखास्त नपरेमा केही दिन थप गर्न सकिने पनि बताइएको छ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि करिब ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्ने सरकारको तयारी छ ।

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि बुधबार मतदान हुने भएको छ ।

विशेष महाधिवेशन निर्वाचन समितिले साँझ साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम तय भएको जानकारी दिएको छ । उम्मेदवारी मनोनयन दर्ताबाहेक बाँकी तालिका बुधबारका लागि सारिएको हो ।

निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार मनोनयन दर्ता भइसकेपछि बाँकी तालिका भोलिबाट कार्यान्वयनमा आउनेछ । यसअघि मंगलबार दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको थियो । पछि मनोनयनपत्र बेलुका ५ बजेपश्चात् दर्ता गरिने भनिएको थियो । त्यसपछि पनि साँझ साढे ६ बजेका लागि सारिएको थियो । त्यस्तै राति ९ बजे मतदानको समय तोकिएको थियो ।

सभापतिमा उम्मेदवारी दिन ३० हजार रूपैयाँ शुल्क तोकिएको छ । त्यस्तै, उपसभापति र महामन्त्रीका लागि समान २५ हजार रूपैयाँ शुल्क निर्धारण भएको छ ।

त्यस्तै, सहमहामन्त्री पदका लागि २० हजार रूपैयाँ शुल्क तोकिएको छ । केन्द्रीय सदस्य पदका लागि भने १० हजार रूपैयाँ शुल्क तोकिएको छ । यसैबीच संस्थापन र विशेष महाधिवेशन पक्षमा विवाद समाधानका वार्तामा पनि छन् ।

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको सम्भावना रहेको बताएका छन्।

संसद् विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेका बेला उनले अदालतबाट पुनर्स्थापना हुने सम्भावना रहेको बताएका हुन्।

मंगलबार झापा क्षेत्र नम्बर २ मा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद् भंग गरेर संविधानलाई जबरजस्त लिक बाहिर पुर्‍याउने काम गरिएको पनि दोहोर्‍याएका छन्।

सभामुख घिमिरेले संविधान र कानुनअनुसार आफूले आगामी फागुन ५ गतेसम्म पदीय जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था रहेको जिकिर गर्दै सोहीअनुसार अघि बढिरहेको दाबी समेत गरे।

सभामुख घिमिरेले भने,‘भदौ २७ गते राति करिब ११ बजेको आसपासमा संसद् जबरजस्त भंग गरिएको छ। संविधान त्यस मानेमा लिकभन्दा बाहिर लगिएको छ। तर सभामुखको संविधान र कानूनसम्मत अवधि रहेकाले गर्दा अब हुने भनिएको आम निर्वाचन २१ फागुन भन्दा अगाडि फागुन ५ गतेसम्म अवधि रहेकाले गर्दा मैले सोही पदीय हैसियतमा बस्नुपरेको हो। भोलि संसद् पुनर्स्थापनाको पनि सम्भावना छ।’

सभामुख घिमिरेले आगामी निर्वाचनमा भाग लिने वा नलिने भन्ने कुरा पनि पदीय जिम्मेवारीका कारण आफू टुंगोमा पुग्ने अवस्था नरहेको समेत स्पष्ट पारेका छन्।

काठमाडौँ । डेढ वर्षअघि चितवनको भरतपुर-२९, सिमलतालस्थित त्रिशूली नदीमा हराएका दुई वटा बसमध्ये एउटा गणपति डिलक्सको बस फेला परेको छ ।

आइतबार बिहान बसको अवशेष फेला परेपछि उत्खननको सुरु गरिएको थियो । उत्खननको तेस्रो दिनमा डेढ वर्षअघि सिमलताल दुर्घटनामा परेको बस नै रहेको पुष्टि भएको हो । तीन दिनदेखि निरन्तर उत्खनन गर्दा मंगलबार सशस्त्र प्रहरी बलको टोलीले गणपति डिलक्स रहेको फला पारेको हो । खोजी कार्यमा खटिएका एक सशस्त्र प्रहरीका अनुसार उत्खनन् गर्दा गणपति डिलक्स लेखिएको भाग फेला परेको छ । उनले अझै उत्खनन कार्य भइरहेको बताएका छन् ।

२०८१ असार २८ गते बिहानपख काठमाडौँबाट गौर जाँदै गरेको प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस नारायणगढदेखि २२ किलोमिटर पूर्वोत्तर सिमलतालमा पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएको थियो ।

दुवै बसका ६५ यात्रुमध्ये बस नदीमै पुगे पनि गणपति यातायातको बसमा सवार तीन यात्रु पौडेर माथि आएका थिए । दुर्घटनामा परेकामध्ये केहीको मात्रै शव फेला परेको थियो ।

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ ।

निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि मतदान तथा मतगणनासम्मको विस्तृत निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

समितिका संयोजक सीताराम केसीका अनुसार विभिन्न पदमा उम्मेदवारी दर्ता गर्न शुल्क तोकिएको छ । सभापति पदका लागि ३० हजार रुपैयाँ तोकिएको छ । उपसभापति र महामन्त्री पदमा २५ हजार रुपैयाँ, सहमहामन्त्री पदमा २० हजार रुपैयाँ र केन्द्रीय सदस्य पदमा १० हजार रुपैयाँ तोकिएको छ ।

विशेष महाधिवेशन पुस २७ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको हो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजित यस महाधिवेशनले पार्टीको वर्तमान केन्द्रीय कार्यसमिति विघटन गरी नयाँ नेतृत्व चयन गर्ने लक्ष्य राखेको छ ।

आज तेस्रो दिनमा पुग्दा महाधिवेशनमा मतदान प्रक्रिया राति ९ बजेदेखि सुरु हुने तयारी छ । निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि नियमित महाधिवेशनकै ढाँचामा प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । यसअघि महाधिवेशनमा कार्यविधि पारित भएसँगै नयाँ निर्वाचन समिति गठन भएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।