२०८३ जेष्ठ १७ गते आईतवार
२०८३ जेष्ठ १७ गते आईतवार

मासु पकाउँदा तेल भनेर डिजेल हालेपछि….

मकवानपुर । पेट्रोलियम पदार्थ डिजेललाई तेल भनेर कराइमा हाल्दा आगो सल्किएको छ । मकवानपुरको हेटौंडा-८ कमानेस्थित नमुना टोलमा बुधबार साँझ भएको आगलागीमा दुई जना घाइते भएका छ्न् ।

पर्सा, वीरगञ्ज महानगरपालिका-३० घर भई हाल डेरा गरी बस्दै आएका सलाउदिन देवानकी १३ वर्षीया छोरी असिया खातुनले मासु पकाउने क्रममा गल्तीवश डिजेल हाल्दा आगो लागेको हो ।

आगो लागेपछि उनको अनुहार, हात, पिठिउँ र खुट्टा जलेको छ भने उनीसगै बस्ने भारत बिहार राज्य, मोतिहारी जिल्लाकी २५ वर्षीया अफ्रिदा खातुन सामान्य घाइते भएकी छिन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक विमला कुमारी कठायतको नेतृत्वमा खटिएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएर घाइतेहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पठाएको छ ।

आगलागीबाट काठको ढोका, धान, चामल र लत्ताकपडा जलेर अन्दाजी बीस हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।